अग्नीपथ योजनाविरुद्ध आज भारत बन्दको घोषणा, देशैभरी हाइ अलर्ट जारी
६ असार, २०७९
नयाँ दिल्ली । भारत सरकारले सेनामा भर्तीबारे अघि सारेको अग्नीपथ योजनाको विरुद्ध आज भारत बन्दको घोषणा गरिएको छ । अग्नीपथ योजनाको बिरोधमा विगत केही दिनदेखि भारतभरी नै हिंसात्मक प्रदर्शन चर्किँदै आएको थियो । प्रदर्शनकारीहरुले आज भारत बन्दको घोषणा गरेका हुन । विगत केही दिनको प्रदर्शन अत्यन्तै हिंश्रक हुन पुगेको र रेल्वे सेवामा ठूलो क्षति पुगेको थियो । तीनसय बढी रेलसेवा प्रत्यक्ष प्रभावित बनेका छन् कैयन रेलहरुमा आगजनी समेत गरिएकाे छ । आजको भारत बन्दमा हिंसा हुनसक्ने भन्दै रेल्वे प्रहरी बललाई हाइ अलर्टमा राखिएको छ । प्रशासनले प्रदर्शनकारीमाथि कडा व्यवहार अपनाउन निर्देशन दिएको छ । भारत सरकारले सेनामा भर्ती हुने बारेमा अग्नीपथ योजना सार्वजनिक गर्दै युवाहरुलाई चार वर्षका लािग मात्रै सैनिक सेवामा भर्ती लिने घोषणा गरेको थियो । यसबाट सेनामा आफ्नो भविष्य देखेर तयारी गर्दै आएका लाखौं युवाहरु आक्रोशित बनेका हुन । सेनामा चार वर्ष मात्रै सेवा गर्न पाइने र त्यसरी भर्ना भएकामध्ये २५ प्रतिशतलाई मात्रै थप सेवामा राखिने सरकारले घोषणा गरेको थियो । उक्त घोषणापछि देशैभरी आन्दोलन चर्किएको थियो । भारतमा सैनिक सेवा आकर्षणको क्षेत्र मानिन्छ । वर्षेनी लाखौं युवाहरुले सेनामा भर्ती हुन तयारी गर्ने प्रचलन रहेको छ । तर अग्नीविर योजनाले भने लामो समयदेखि तयारीमा रहेका युवाहरुलाई निराश बनाएपछि उनीहरु चर्को आन्दोलनमा उत्रिएका हुन । कोरोनाका कारण विगत दुईवर्षदेखि ठप्प रहेको भर्ती प्रक्रिया यसपटक खुलेपनि अग्नीपथ योजनाका नाममा सेनाले अन्याय गरेको भन्दै बिहार, उत्तर प्रदेश, नयाँ दिल्ली, हरियाणा, गुजरात लगायतका कैयन प्रदेशका सहरहरुमा हिंसात्मक प्रदर्शनमा केहीको ज्यान समेत गएको छ ।
मन्त्री आलेविरुद्ध उजुरी
५ असार, २०७९
सिरहामा करेन्ट लागेर एक मजदुरको मृत्यु
५ असार, २०७९
घट्यो सुन चाँदीको मूल्य
५ असार, २०७९
आज यी स्थानमा भारी वर्षाकाे सम्भावना
१ असार, २०७९
आजै बजेट पारित गर्ने तयारी
१ असार, २०७९