एभरेष्ट दैनिक

सर्वोच्चले आजदेखि पूर्ण रुपमा सेवा दिने

काठमाडौं । सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा भौतिक उपस्थितिमै सबै प्रकारका सेवा सुचारु गनेृ भएको छ। गएको माघ ४ गतेको पूर्ण बैठकले कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सर्वोच्चले संकुचन गरेका सेवा आजदेखि पूर्ण रुपमा प्रदान गर्ने भएको हो। बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभूत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गरेर अन्य सेवा बन्द गरेको अदालत आजदेखि भने नियमित सेवामा जाने सर्वोच्चले जनाएको छ। सर्वोच्चले झण्डै एक महिनाको सेवा सङ्कुचनको अवधिमा बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदनलगायतका मुद्दामाथि कारबाही र सुनवाइलाई भने निरन्तरता दिइएको थियो।