फागुनदेखि ब्याजदर बढाउने तयारीमा बैंक,ब्याजदर तोक्न बैंकहरु स्वतन्त्र
२८ माघ, २०७८
काठमाण्डौं । बैंकहरुले ब्याजदर बढाउने तयारी गरेका छन् । यसअघि ब्याजदर तोक्नु अघि बैंकर्स संघले ब्याजदर कति तोक्ने भन्ने सहमति गर्दै आएकोमा फागुनदेखि भने बैंकहरुलाई नै स्वेच्छिक रुपमा ब्याजदर बढाउन अथवा घटाउन छुट दिन लागेको बैंकर्स संघले जनाएको छ । धेरै बैंकहरु तरलता अभावका कारण ब्याजदर बढाउने पक्षमा देखिएका हुन्। लामो समयदेखि तरलता समस्या भोग्दै आएका बैंकहरुले अहिले लगानी योग्य रकम जोहो गर्न पनि ब्याजदर बढाउने तयारी थालेको बताएका छन्। शुक्रबार बसेको बैंकर्स एसोसिएसनको बैठकले बैंकहरुलाई ब्याजदर तोक्न स्वतन्त्र छोडेको एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए। उनका अनुसार बैंकहरुले स्वेच्छिक रुपमा ब्याजदर तोक्न पाउनेछन्। बैंकले स्वेच्छिक रुपमा ब्याजदर तोक्न पाउने गरी निर्णय भएको छ,उनले भने घटाउनेले घटाउन पाए र बढाउनेले बढाउन पाए। वाणिज्य बैंकहरुले ब्याजदर बढाउदा पनि निक्षेप नबढेको भन्दै गत महिना ब्याजदर स्थिर राखेका थिए। तर प्रणालीमा लगातार तरलता दबाव बढ्दै जाँदा बैंकहरुले ब्याजदर बढाउने तयारी गरेका हुन। गत महिना धेरैजसो बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा १०.०५ प्रतिशत ब्याजदर तोकेका थिए। केन्द्रीय बैंकले एक महिनामा समग्र बैंकिङ्ग सिष्टमको औसत ब्याजदर भन्दा १० प्रतिशतले मात्रै घटबढ गर्न पाउने व्यवस्था गरेको छ। फागुनदेखि धेरै बैंकहरु मुद्दतीको ब्याज ११ प्रतिशतभन्दा माथि पुर्याउने तयारीमा छन्। तेस्तै, बैकहरुले व्याजदर बढाएको भन्दै सहकारीहरुले समेत व्याजदर बढाउन पाउनूपर्ने माग राख्दै आएका छन् ।
चितवनको राप्ती नगरपालिकामा बर्डफ्लू संक्रमण
२८ माघ, २०७८
३२ सहसचिवको सरुवा(नाम सहित)
२८ माघ, २०७८
प्रदिप र सविता अभिनित सुनन सार्वजनिक
२८ माघ, २०७८
हास्य कलाकार “पाँडे”लाई मातृ शोक
२८ माघ, २०७८
अब गण्डकी प्रदेशमा निशुल्क रगत पाइने
२८ माघ, २०७८
दाङको जुत्ता गोदामा आगोलागी, ५ जनाको मृत्यु
२८ माघ, २०७८
माैसम: केही स्थानमा वर्षा र हिमपात हुने
२८ माघ, २०७८
पाल्पामा आगो ताप्दा जलेकी महिलाको मृत्यु
२७ माघ, २०७८