एभरेष्ट दैनिक

विष्णु माझीको अर्को मार्मिक गीत ‘याद मात्रै’, भिडियोसहित

काठमाडौं, चैत १ । नेपाली सांगितिक क्षेत्रमा निरन्तर क्रियाशिल रहेका गायक गोपाल खत्री र गायिका विष्णु माझीको सुमधुर आवाजमा सजिएको गित ‘ याद मात्रै’ बोलको मार्मिक लोकदोहोरी गीत योग्सना म्युजिक प्रालीले बजारमा ल्याएको छ । नयाँ पुस्ताको जन–जिब्रोमा निस्कने रुपको प्रशंसालाई गीतमा समेटिएको र प्रेम भित्रको विछोडलाई शब्द चित्रको माध्यमबाट ‘ याद मात्रै’ मा सकारात्मक सन्देश दिने खालको प्रेरणादायि बास्तविक कथामा आधारित गीत लाई बजारमा ल्याएको ‘ याद मात्रै’ गीतका रचनाकार शुनिल केसीले बताए । गीतमा गणेश अधिकारीको संगित रहेको उक्त गीतलाई विहीवार देखी बजारमा ल्याइएको छ । गीतको म्युजिक भिडियोमा अनु श्रेष्ठ र सुनिल श्रेष्ठ लगायतले अभिनय गरेका छन् । ‘ याद मात्रै’गीतको भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन भने सम्पादन दिपक विष्टले गरेका छन । भिडियोमा आवश्यक मात्रामा निर्देशन दिने काम निर्देशक काजिश श्रेष्ठले गरेका छन ।