एभरेष्ट दैनिक

प्रधानमन्त्री कार्यालयमा छुट्टै मन्त्री हुने

काठमाडौं, फागुन १८ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा क्याबिनेट मन्त्री राख्ने तयारी गरेको छ। संघीय शासनमा सफलता हासिल गरेका अन्य देशहरुको सिको गर्दै प्रधानमन्त्रीलाई सघाउन छुट्टै मन्त्री राख्न गृहकार्य थालिएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ । आजको अन्नपुर्ण पोष्टमा खबर छ-प्रधानमन्त्रीलाई केही अधिकार थप गर्दै शक्तिशाली बनाएसँगै महत्वपुर्ण जिम्मेवारीसहित वरिष्ठ मन्त्री राख्ने तयारी सुरु भएको हो। हालैमात्र स्वीकृत कार्यविभाजन नियमावलीमा प्रधानमन्त्रीका केही महत्वपर्ण अधिकारहरु थप गरिएको छ।