अचम्मः फेल भएकाहरुलाई मात्रै भर्ना पाइने कलेज
काठमाडौं, हामीकहाँ कलेज भर्ना गर्न चटारो छ । जिपिए सबैभन्दा धेरै ल्याउने विद्यार्थीको खोजीमा छन् कलेजहरु । तर सपनाको संसार मानिने अमेरिकामा भने एउटा अचम्मको कलेज छ । यहाँ पास भएका विद्यार्थीहरु भर्ना पाउँदैनन् । फेल भएकाहरुको मात्रै यहाँ भर्ना लिइन्छ ।
यो साँचो समाचार हो । अमेरिकाको स्मिथ कलेजमा फेल भएका विद्यार्थीहरुका लागि मात्रै विशेष कोसै
सञ्चालन हुने गरेको छ । म्यासाच्यूसेट विश्वविद्यालयका सहयोगमा यो कोर्स सञ्चालन भइरहेको हो ।
कोर्सको उद्देश्य फेल हुने विद्यार्थीहरुमा उत्पन्न हुने चिन्ता र अनिश्चयको अवस्था अन्त्य गर्दै उनीहरुलाई सक्षम बनाउनु हो । यो कोर्समा भर्ना हुन तपाई कहाँ कसरी फेल हुनु भएको हो, त्यो बताउनु पर्छ । पढाइमा मात्रै नभएर, सम्बन्धमा, जागिरमा, अन्तर्वार्तामा, या जीवनका अरु कुनै पनि क्षणमा र क्षेत्रमा तपाई फेल हुनु भएको छ भने यो कलेज तपाईका लागि विशेष महत्वको छ ।
यो कोर्सप्रति अहिले निकै ठूलो आकर्षण देखिएको छ । विशेष कक्षाहरुमार्फत फेल हुनेहरुलाई सकारात्मक सोच प्रदान गर्ने कोर्षमा भर्ना हुनेको ताँती लागेको मिडिया समाचारहरुमा उल्लेख छ ।
ठुलो लिंगकै कारण सेक्स गर्न सक्दैनन यी युवक
एजेन्सी । केही व्यक्तिहरु आफ्नो लिंगको साइज ठुलो भएकै कारण भाग्यमानी ठान्छन् । तर, केन्याका एक व्यक्तिलाई यही कुरा अभिशाप भएको छ । २० वर्षीय सोरेन्स ओइटी ओपिया नाम गरेका युवक लिंग ठुलो भएकै कारण सेक्स गर्नबाट बञ्चित भएका छन् । यी युवकको लिंग सामान्य लिंगभन्दा १० गुणा ठुलो रहेको छ । १० वर्षको उमेरमा उनको मेडिकल अप्रेशन भएको थियो । तर, केही समय पश्चात समस्या झन् बल्झिन पुग्यो । उनको लिंग झनै ठुलो भएर बढ्न थाल्यो । उनको लिंगमात्रै ठुलो भएन, उनको लिंगको स्वरुप नै बिग्रियो । यसै कारण उनले अब सेक्स गर्न असमर्थ भएका छन् । बिहे गरेर धेरै बच्चाहरु जन्माउने उनको सपना पुरा नहुने भएको छ । ठुलो लिंगकै कारण उनी काम गर्न पनि सक्दैनन् । लिंगकै कारण उनले स्कुल छोडेका थिए । उनलाई स्कुलमा अन्य विद्यार्थीहरुले गिज्याउन थालेपछि उनले स्कुल छोड्न बाध्य भएका थिए । उनको परिवारले उपचारका लागि फण्ड कलेक्सन गर्ने काम थालेको छ । अफ्रिकामा उनको जस्तो समस्या अरुको छैन । एउटा अपत्यारिलो घटना भएका कारण उनको लागि फण्ड उठ्ने कुरामा परिवार विश्वस्त रहेको बताएका छन् । बुबाआमाको मृत्युपश्चात उनी अहिले हजुरआमासँग बस्दै आएका छन् ।
आत्महत्या गर्न उक्साउने अनलाइन गेम, एक सय ३० जनाले गरिसके आत्महत्या
अनलाइनमार्फत खेल्न मिल्ने ‘ब्लु ह्वेल’ नामको गेम खेलेर अहिलेसम्म एक सय ३० भन्दा बढी युवाहरुले आत्महत्या गरिसकेका छन् । त्यसैले पनि यस गेमलाई ‘सुसाइड गेम’ अर्थात् आत्महत्या गर्ने खेलको रुपमा पनि लिइएको छ । रयिन समाचारपत्र ‘नोभया ग्याजेट’ ले सार्वजनिक गरिेको तथ्यांक अनुसार यसै वर्षदेखि सुरु गरिएको यस गेमले आइतबारसम्म रुसमा एक सय ३० भन्दा बढी किशोर–किशोरीहरुले आत्महत्या गरिसकेका छन् । अब बेलायतमा यस गेमलाई अनुमति दिने कि नदिने भन्ने विषयमा छलफल भइरहेको छ । युरोपियन मुलुकहरुमा यस गेमले हंगामा मच्चाइरहेको छ । एडभेन्चर यात्रा गर्न मन पराउनेहरुलाई लक्षित गरी कुनै टेलिभिजन कार्यक्रमको अवधारणामा ल्याइएको गेमबाट युवाहरु गेमको अन्तिम लेभल पार गर्नका लागि आत्महत्यासम्म गर्न पुगेको ‘द सन’ पत्रिकाले उल्लेख गरेको छ । समाचारमा उल्लेख भएअनुसार यस अनलाइन गेम खेल्ने व्यक्तिले आफैंलाई आत्महत्या गर्न प्रोत्साहित गर्छ । अनलाइनमा समूहमा मिलेर खेलिने गेममा आफ्नो समूहमा एकजना अन्जान ‘मास्टर’ भेटिनेछ । त्यस मास्टरले समूहको सदस्यहरुलाई प्रत्येक लेभलअन्र्तगत् दैनिक कार्यहरु दिनेछ, जुन ५०औं लेभल ५०औं दिनमा पूरा हुनेछ । दैनिक कार्यहरुमा आफैंलाई हानि पुर्याउने, हरर (डरलाग्दो) फिल्म हेर्नुपर्ने, रातको समयमा कुनैपनि बेला उठ्नुपर्नेलगायतका अनौठा र अकल्पनीय रहेका छन् । तर, अन्तिम ५०औं दिनमा विशेषगरी युवाहरुलाई आत्महत्या गर्न निर्देशन दिएर त्यसलाई नियन्त्रण गर्न लगाइन्छ । ‘नोभया ग्याजेट’का अनुसार ती सबै गेमको अन्तिम ५०औं लेभलमा पार गर्न नसकपछि आत्महत्या गर्न पुगेको हुन् ।’
जन्मेको ८ महिनामा १८ किलो भएकी यी बालिका
वैशाख १ । जन्मेको ८ महिनामै एक बालिकाको तौल १८ केजी पुगेपछि उनका आमाबाबु चिन्तित बनेका छन् । भारत, पन्जाबस्थित चाहत कुमारी जन्मेको ८ महिनामै पाँच वर्षको बच्चाको जत्तिकै तौल भएको छ । उनले खाना पनि १० वर्षको बच्चाले खानेसरह खान्छिन् । छोरीको तौल यसरी बढ्दै जानुमा बच्चाका बाबुआमा चिन्तित बनेका छन् । ती बालिकाको तौल यसरी दिनप्रतिदिन बढ्नुको कारणबारे अनुसन्धान भइरहेको स्थानीय डा. वासुदेव शर्माले बताए । डा.शर्माकाअनुसार चाहतको स्वास्थ्य अवस्था जटिल बन्दै गएको र श्वासप्रश्वास, अनिद्रालगायतको अरु समस्याहरु थपिँदै गएका छन् । उनलाई छालासम्बन्धी समस्या पनि देखिएको छ । रगत परीक्षण गरेर हेर्दा निकै जटिल अवस्था देखिएको छ । उनको परिवारले आर्थिक अवस्था सामान्य भएकाले चाहतको उपचारका लागि राम्रो अस्पताल जान नसकेको बताए । २३ वर्षीय बाबु सुरजकाअनुसार चाहत जन्मिँदा कुनै समस्या नभएको तर, चार महिना पुगेपछि एक्कासि तौल बढेको उनी बताउँछन् । उनले यो सबै हुनुमा आफ्नो र परिवारको कुनै दोष नभइ भगवानको दोष भएको बताए । उनले आफ्नो छोरीलाई देखेर मानिसहरु हास्दा नराम्रो लागेकोसमेत बताए । चाहतकी आमा २१ वर्षीया रिनाले आफ्नो दोस्रो सन्तान छोरी पनि गुमाउनुपर्छ कि भन्ने चिन्ताले रातभरि निदाउन नसकेको बताउँछिन् । रिनाले यसअघि छोरोलाई जन्म दिएकी थिइन् । तर, बचेन । उनले रुँदै भनिन्–‘फेरि अब छोरीको अवस्थाले चिन्ता लागेको छ ।’ डा.शर्माले उनको उपचारका लागि अमृतसरमा रहेको नागरिक अस्पतालमा लैजान सिफारिस गरेका छन् । तर, चाहतको बाबुले अमृसतसर टाढा र खर्चिलो भएकाले जान नसक्ने बताएका छन् । चाहतकी आमा रिनाले सधैं सपनामा छोरीको उज्जवल भविष्य देखेको बताउँदै उनको भविष्य राम्रो होस् भनेर भगवानसँग प्राथना गरेको बताइन् ।
अचम्म, ५५ फिट लामो कपाल भएकी महिला, घुम्न जाँदा बोकिदिन्छन् श्रीमानले
कसैको कपाल घुँडासम्म पुग्यो भने आम्मै कति लामो कपाल भन्ने गरिन्छ । तर तस्वीरमा देखिएकी यी महिलाको कपाल भने पत्याइनसक्नु छ । यसले एकातिर चर्चा बटुलेको छ भने अर्कोतर्फ उनका लागि बोझ पनि । फ्लोरिडाकी आसा मन्डेलालाई भने यही कपाल बोझ भएको छ । नहोस् पनि कसरी ? उनको कपालको लम्बाइ नै ५५ फिट छ भने तौल २० किलो छ । उनलाई नुहाउनकै लागि ६ बोतल स्याम्पु लाग्छ । कपाल सुकाउनै तीन दिन लाग्छ । कपाल सारै लामो भएपछि उनले २५ वर्षदेखि कोर्न छोडेकी छिन् जसका कारण लट्टा परेका छन् । २० किलोको कपाल उनलाई गह्रौँ भारी बनेको छ । कपालकै तौलका कारण उनको काँध दुख्ने गरेको छ ।उनको कपाल सम्हालिदिने साथी नभई हुँदैन । किनकि, बाटोमा हिँड्दा एकजनाले कपाल बोकेर हिड्नुपर्छ । लामो कपालकै कारण धेरैले उनलाई विवाह गर्न अस्वीकार गरे । तर, केही महिनाअघि उनको एक हेयर ड्रेसरसँग हिमचिम बढ्यो र तत्कालै बिहे पनि गरिन् । अहिले भने उनलाई केही राहत भएको छ, किनकि बाहिर घुम्न जाँदा श्रीमान्ले उनको कपाल बोकिदिन्छन् । कपालको भारले टाउको र काँधमा असर पर्न सक्ने भन्दै चिकित्सकले उनलाई कपाल काट्न सल्लाह दिएका छन् । तर, मन्डेला भने कपाल काट्न चाहन्नन् । यही लामो कपालका कारण उनको गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता छ । यसबाहेक उनको पृथक् पहिचान नै आयआर्जनको मुख्य स्रोत बनेको छ । उनले हेयर प्रोडक्ट एन्ड एक्सेसरिजको विज्ञापनमा मोडलिङ गर्छिन् र लाखौँ डलर कमाउँछिन् ।
विश्वकै सबैभन्दा ठूलो बालुवाको महल बनाउँदै कीर्तिमान
चैत ८ । भारतका सुदर्शन पटनायक र उनका ४५ जना विद्यार्थीले मिलेर विश्वकै सबैभन्दा ठूलो बालुवाको महल बनाएर विश्वकिर्तिमान कायम गराएका छन् । ९ दिनको कडा मेहनतपछि निर्मित उक्त महलमा बालुवाको सुन्दर आकृतिहरु समाहित छन् । गत महिना पटनायकको नेतृत्वमा विश्व शान्तिका लागि भारतको उडिसा राज्यको सामुद्रिक पुरी तटमा १४.८४ मिटर अर्थात् ४८.८ फिट अग्लो र ५३० फिट वर्गाकार क्षेत्रफलमा फैलिएको बालुवाको महल बनाइएको हो । उनले सुदर्शन स्यान्ड इन्स्टिच्युटमार्फत् विद्यार्थीहरुलाई बालुवामा आकृति बनाउने कला सिकाउँदै आएका छन् । गत महिना सुदर्शन र उनका ४५ जना विद्यार्थीले बनाएको उक्त बालुवाको मूर्तिलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले हालै स्वीकृत गरेपछि उनको टिम संसारकै सबैभन्दा अग्लो बालुवाको महल बनाउनेको सूचीमा सामेल भएको छ । सुदर्शनले महल विश्व शान्तिको लागि बनाएको बताएका छन् । उनले बनाएको महलमा विश्वका चर्चित नेताहरु नेल्सन मन्डेला, महात्मा गान्धीलगायतका नेताहरुको मूर्ति, परेवाको मूर्ति र सबै धर्मबारेको आकृति रहेका छन् । यसअघि, अमेरिकाका टेड साइवेर्ट र उनका १३ सहयोगीले भर्जिनियाको सामुद्रिक तटमा १३।९७ मिटर अग्लो बालुवाको महल बनाएर कीर्तिमान कायम गरेका थिए ।
हस्तमैथुन गर्ने पुरुषलाई १०० डलर जरिवाना !
अमेरिकामा टेक्ससका महिला नेताले पुरुषले हस्तमैथुन गरेर १०० डलर जरिवाना गर्ने प्रस्ताव राखेका छन् । अस्पताल वा क्लिनिकको अनुमतिले गरिने हस्तमैथुनबाहेक आफूखुसी पुरुषहरुले हस्तमैथुन गरेमा उनीलाई सजाय स्वरुप १०० डलर जरिवानाको माग गरेका हुन् । डेमोक्रेट सांसद जेसिका फर्रारले दुई साता अघि हाउस अफ रिप्रिजेन्टेटिभमा उक्त प्रस्ताव दर्ता गराएकी हुन् । टेक्ससमा हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनको नियन्त्रणमा भएका कारण उनको यो प्रस्ताव कानुनका रुपमा सजिलै नबन्ने भएपनि गर्भपतनलाई दिएर कडा कानुन बनेको छ । उनले भनेकी छिन्, ‘नजन्मिएका बच्चाको सुरक्षा हरेक रुपमा हुनुपर्छ ।’ उनले यो विधेयकमा भनेकी छन्, ‘यदि कुनै व्यक्तिले स्त्रीको योनीभन्दा बाहिर विर्य निकाल्छ भने यो नजन्मिएका बच्चाको विरुद्ध कदम हो । उनकाअनुसार हेल्थ केयर कानुनको नाममा महिलालाई दुःख दिइएको छ, जबकी पुरुषलाई यस्तो कानुन छैन । यसमा उनले गर्भपतनको जिकिर गरेकी छन् । कामुकताको वर्गिकरण गर्दै उनले भनिन्, ‘योनी बाहिर शुक्राणु निकाल्नु नजन्मिएको बच्चाविरुद्ध कारबाही हो । यो जीवनलाई पवित्र बनाई राख्न असफलता हो ।’ यो विधेयक कतिपयलाई मजाक लागेको भन्दै उनले भनिन्, ‘टेक्ससमा जो महिला हरेक दिन सामना गरिरहेका छन्, यो कुनै मजाक होइन । यहाँका सांसदले महिलाका लागि स्वास्थ्य सुविधाका लागि निकै कठिन बनाएका छन् ।’
शुक्रकीट दान गर्ने युवालाई ‘आइफोन’ उपहार
चिनियाँ सरकारले २० देखि ४५ बर्षका युवाका लागि विशेष अफरको घोषणा गरेको छ । यो अफर अनुसार आफ्नो शुक्रकीट दान गर्ने प्रत्येक युवकलाई सरकारका तर्फबाट निशुल्क गोल्ड आइफोन दिइने छ । यो चीन सरकारले युवाका लागि धेरै संवेदनशील आग्रह गरेको छ । सरकारले भनेको छ, ‘कृपया आफ्नो देशका लागि शुक्रकीट दान गर्नुहोस ।’ यस कार्यका लागि चीन सरकारले सामाजिक सञ्जालको साहरा समेत लिएको छ । सरकारले सामाजिक सञ्जालमा केही खेलहरु अपलोड गरेको छ । यी सबै खेल सकिएपछि शुक्रकीट दान गर्नेलाई एक हजार अमेरिकी डलर वा एक गोल्ड आइफोन प्रदान गरिने अफरको सूचना सम्प्रेषण गरिएको छ । भनिन्छ चीन दिनदिनै बूढो हुँदै गइरहेको छ । काम गर्ने मान्छेको कमी भइरहेको छ । थुप्रै चिनियाँहरु सन्तान जन्माउँन चाहँदैनन् । चीन सरकारले भनेको छकी साँस्कृतिक र राजनीतिक कारणले स्वइच्छाले शुक्रकीट दान गर्ने युवाहरुको कमीले गर्दा चीनको शुक्रकीट बैंकमा यसको कमी भइरहेको छ । ‘अपरिचित पुरषको शुक्रकीटबाट गर्भ धारण गर्नु कन्फ्युसियसको सिद्धान्तको अवहेलना गर्नु हो’ भन्ने धारणा चिनियामा व्याप्त छ । कन्फ्युसियसलाई चीनमा देवता मानिन्छ । यसै कारणले चिनियाँ युवा पनि आफ्नो शुक्रकीट दान गर्नुलाई नैतिक मान्यता विपरितको कार्य मान्दछन् । चीन सरकारको योजना यो छकी गम्भीर संकट आउनु भन्दा पहिला नै देशलाई जवान अवस्थामा कायम राख्नका लागि कृत्रिम गर्भाधानको उपाय अपनाउनु पर्छ । पछिल्लो समय चीनको जनसङ्ख्या घट्दोक्रममा रहेको छ । यसले भविष्यमा देशमा शक्रीय जनशक्तिको संकट उत्पन्न हुनसक्ने भन्दै चीनले जनसङ्ख्या वृद्धिका लागि विभिन्न नीति अगाडि सारिरहेको छ ।
माकुराले एक वर्षमा मान्छेले जति नै मासु खान्छ
चैत २ । हेर्दा सानो सानो देखिने माकुरा तर त्यसले एक वर्षमा मान्छेले खाने जति नै मासु खान्छ भनेको सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर माकुराले एक वर्षमा ४० करोडदेखि ८० करोड टनसम्म किरा फट्याङ्गा खाने गरेको एक अध्ययनले देखाएको छ । साइन्स अफ नेचरमा प्रकाशित समाचार अनुसार अनुसन्धानले माकुराले एक वर्षमा मानिसले खाने माछा मासु जति नै किरा फट्याङ्गा खाने गरेको पाइएको छ । मुख्य अनुसन्धानकर्ता डाक्टर मार्टि नेफरले गएको चार दशकमा संकलन गरेको तथ्यांकको आधारमा माकुराले खाने किरा फट्यांग्राको तौलका बारेमा प्रतिवेदन तयार पारेको बताएका छन् । उनका अनुसार संसारभर रहेको माकुराको तौल २ करोड ५० लाख टन रहेको छ भने यसले वर्षमा ४० देखि ८० करोड टन किरा फट्याङ्ग्रा खान्छन् । यो अनुसन्धानले खाना चक्रमा माकुराको भूमिकाको महत्वबारे जनचेतना जगाउन सहयोग पुग्ने उनको भनाई छ ।
बाख्राको बर्किम्लाबाट किसानहरु यसरी करोडपति बन्छन्
बाँदर रुखमा चढेको त देखिएकै हो । तर, के तपाईंले बाख्रा पनि बाँदरझैँ रुखमा चढेको देखेका छौं ? देख्ने कुरै भएन । किनकि हामीकहाँका बाख्रा त्यसरी रुख चढ्न सक्दैनन् । तर अफ्रिकी देश मोरक्कोमा पाइने एउटा विशेष जातको बाख्रा भने बाँदरझैँ रुखमा चढ्ने गर्दछ । रुखमा चढ्न बाहिर त्यस प्रजातिका बाख्राहरुले रुखमा फलेका फलहरु खान्छन् । रुखमा चढ्ने बाख्रा भनिसकेपछि विशेष नहुने कुरै भएन । अझ विशेष त यो जातको बाख्राको मल अर्थात् बर्किम्ला पो हुन्छ । यो जातको बाख्राको बर्किम्ला बेचेरै किसानहरुले करोडौँ कमाउने गर्दछन् भन्ने सुन्दा छक्क पर्नुहोला । बाख्राको बर्किम्ला बेचेर करोडौँ कमाउने भनेपछि कतै बाख्राले सुनकै बर्किम्ला पो आची गर्दोरहेछ कि भन्नुहोला । होइन, यसले मल नै आची गर्ने हो तर त्यो मल भने विशेष हुन्छ । दक्षिण पश्चिमी मोरक्को तथा अल्जेरियाका केही क्षेत्रमा आर्गन भन्ने वनस्पती पाइन्छ । उक्त वनस्पतीको फल उक्त बाख्राले निकै मीठो मानेर खान्छ । फल खाइसकेपछि त्यसको गुदो त बाख्राले पचाउँछ तर बिज भने पच्दैन र बर्किम्ला सँगै बाहिर आउँछ । किसानहरुले बाख्रो बर्किम्ला जम्मा गर्छन् र त्यसबाट फलका बिज छुुट्टाउँछन् । बर्किम्लामा पाइने फलका बिजबाट तेल निकालिन्छ । आर्गनको तेल कस्मेटिक उद्योगमा निकै महंगोमा बिक्दछ र एक लिटर तेलको १ लाख रुपैयाँ भन्दा बढि मूल्य पर्दछ ।
कछुवाको पेटभित्र ९ सय १५ सिक्का, कसरी पुग्यो सिक्का कछुवाको पेटमा ?
थाइल्याण्डको समुद्री किनारामा रहेको एउटा कछुवाको पेटभित्र नौसय १५ सिक्का भेटिएको छ । समुन्द्र किनारामा विरामी अवस्थामा रहेको उक्त कछुवालाई तत्काल उपचारका लागि पशु चिकित्सालय पु¥याउँदा त्यहाँ सिटी स्क्यानका क्रममा कछुवाको भुँडीभित्र त्यत्रोको मात्रामा पैसा फेला परेको हो । तत्काल त्यसलाई शल्यक्रिया गरियो र हेर्दा संख्या ९ सय १५ सिक्का फेला परेको हो । सिक्काको वजनकै कारण कछुवाको पेट फुुलिँदा सबै जिउ नै फुलिएको थियो । कछुवालाई पेट तथा फोक्सो समेतमा संक्रमण फैलिएको रहेछ । कछुवाको पेटमा माछा मार्ने हुक पनि फेला परेको चिकित्सकहरुले बताएका छन् । कछुवाको पेटमा यति ठूलोमात्रामा सिक्का कसरी पुुगे त भन्ने सवालमा अनौठो जवाफ छ । मानिसहरु आफ्नो मनको इच्छा पूरा होस् भनि पानीमा सिक्का फ्याँक्दारहेछन । कछुवाले भने आफ्नो आहारा सम्झी त्यही सिक्का खाएको रहेछ । एजेन्सी
महिलाको पेटबाट काँटी, चम्चा र फलाम निस्किएपछि
एजेन्सी । एक महिलाको पेटको अपरेशन गर्दा पेटबाट कवाडी सामान निस्किएपछि अपरेशन गर्ने चिकित्सक पनि दंग परेका छन् । पेटको तल्लो भाग दुखेर लगातार वाकवाकी लागेपछि जचाउँन पुगेकी ४३ वर्षीय महिलाको सोनोग्राफी गरेर रिर्पोट हेर्दा चिकित्सकहरु दंग परेका छन् । रिर्पोटमा स्पस्ट रुपमा महिलाको पेटमा कवाडी सामान देखिएको थियो । अपरेशन गर्दा चिकित्सकले महिलाको पेटबाट काँटी, कलम, भाँचिएको चम्चा, दाउराको सानो टुक्रा, टाउकोको कपाल, फलामको चेन र मन्जन निकालेका थिए । यी सब कुरा महिलाको पेटमा कसरी पुग्यो अहिलेसम्म पत्ता लाग्न भने सकिएको छैन ।
माथिको दाँत झरे कुकुरसँग विवाह
बाल विवाह रोक्नका लागि हरतरह प्रयास भइरहेका बेला भारतको जमशेदपुरको एक वस्तीमा भने बालबालिकाको कुकुरसँग विवाह गराइन्छ । यदि बालबालिकाको माथिल्लो दाँत पहिले झरेमा त्यसलाई अलक्षिणाको संज्ञा दिँदै कुकुरसँग विवाह गराइदिने चलन छ । आदिवासीहरुको बाहुल्य रहेको आदित्यपूर गाउँमा यो कुपर्थालाई आफ्नो चलन मान्छन् । यही प्रचलन अनुसार आदित्यपुरको कुलुप टाँडामा सोमबार ५ जना बालबालिकाको कुकुरसँग बिहे गराइयो । बालकहरुलाई कुकुर्नीसँग र बालिकाहरुलाई कुकुरसँग जोडी बाँधिएको हो । आफ्ना छोराछोरीलाई कुकुरसँग बिहे गराउने बाबुआमाले खराब ग्रहलाई काट्नका लागि यस्तो गर्नुपरेको बताएका छन् । सानैमा कुकुरसँग बिहे गराइदिएपछि ठूलो हुँदा उनीहरुलाई दशाले नपछ्याउने अभिभावकको विश्वास छ ।
अचम्म, पुरुषले जन्माए जुम्ल्याहा बच्चा
एक जना पुरुषले जुम्ल्याहा बच्चा जन्माएपछि चिकित्सा जगतमा नयाँ किर्तिमान बनेको छ । टेष्टट्युब प्रविधिबाट पुरुषले जुम्ल्याहा बच्चा जन्माउन सफल भएका हुन् । भारतमा एकजना पुरुषले जुम्ल्याहा बच्चा जन्माएका हुन् । नाम तथा अन्य शारीरिक अवस्थाको आधारमा महिला जस्तै भएपछि पुरुषको जस्तै एक्स वाइ क्रोमोजोम भएका ती व्यक्तिले जुम्ल्याहा बच्चा जन्माएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । मेरठको जिन्दल टेष्टट्युब बेबी केन्द्रमा पुगे । उक्त केन्द्रका डाक्टरहरुले अथक प्रयास गर्दै टेष्टट्युब विधिबाट गर्भाधारण गराए । अन्ततः उनले जुम्ल्याहा बच्चा पाए । भारतको गुडगाउँका बासिन्दा ती व्यक्तिको नाम खुलाइएको छैन । पुरुषको जस्तै क्रोमोजोम भएको तर शारीरिक अवस्था तथा अंगहरु महिलाको जस्तै भएको कारण ती व्यक्तिले गर्भाधारण गर्न सकेका थिएनन् । पुरुषको जस्तै एक्स वाइ सेक्स क्रोमोजोम भएका कारण उनको सरीरमा यौन हर्मोन तथा डिम्ब समेत विकशित हुँदैनन् । त्यसैले उनी मेरठको जिन्दल टेष्टट्युब बेबी केन्द्रमा पुगे । उक्त केन्द्रका डाक्टरहरुले अथक प्रयास गर्दै टेष्टट्युब विधिबाट गर्भाधारण गराए । अन्ततः उनले जुम्ल्याहा बच्चा पाए । डाक्टरका अनुसार उनको अविकशित पाठेघरलाई विकशित बनाउनका लागि हर्मोन तथा इन्डोक्राइनल उपचार गरियो । तत् पश्चात उनको पाठेघर बच्चा हुर्किन लायक भयो र जिन्दगीमा पूरै ३२ वर्षपछि उनको पहिलोपटक महिनावारी समेत गराउन डाक्टरहरु सफल भए । तत् पश्चात उनका श्रीमानको शुक्राणुबाट ह्युमन टिस्यु कल्चर प्रविधिको सहायताले भ्रुण तयार गरियो र उक्त भ्रुण उनको गर्भाशयमा प्रत्यारोपण गरियो । अन्ततः उनले फेब्रुअरी ६ का दिन जुम्ल्याहा बच्चा जन्माए जसमध्ये एउटा छोरा र अर्को छोरी छन् ।
जन्मदै यस्ताे बुढाे जस्तो अनुहार भएका बालक
बंगलादेशमा एकजना महिलाले अचम्मको बालकलाई जन्म दिएकी छिन् । ती बालक जन्मँदै वृद्धको जस्तो चाउरिएको अनुहार छ । बंगलादेशको मगुरा गाउँमा जन्मिएको त्यो बालकको अनुहार पुरै चाउरी परेको र आँखा पनि ठूलो र रातो छ । बच्चाको ढाडमा समेत बाक्ला रौंहरू छन् जसका कारण उनी वृद्धजस्ता देखिएका छन् । ती बालक किन यस्तो देखिए भन्ने कुरामा भने सबै सोच्न बाध्य छन् । चिकित्सकका अनुसार, कुनैपनि तवरबाट यी बालक नवजात शिशुजस्ता देखिदैनन् । सामान्यतया शिशुको छाला नरम र मुलायम हुने गर्दछ तथा चाउरी पर्ने सम्भावना नहुने चिकित्सक बताउँछन् । यी बालकलाई हेर्न मानिसहरूको लाइन लागेको छ । तर, ती बालकका आमाबुबा भने ती बालकको जन्मबाट निकै नै खुसी रहेको बताउँछन् ।
स्वयम्बरको औंठी भ्यागुताले निलेपछि…
आफैले पालेको भ्यागुताले झण्डै आफ्नै बिहे भाँड्न लाग्यो भने के होला ? रुसमा एक भ्यागुताले यस्तै बदमासी गरेको छ, तर विचरा त्यो जानिबुझी हुने कुरै भएन । उक्त भ्यागुताले आफ्नै मालिकले बिहेका लागि ठिक्क पारेको औँठी स्वात्तै निलिदिएको छ । रुसको एकेटेरिनवर्गका रोमन लिभाने नामका व्यक्तिले आफ्नो घरमा १० वर्षदेखि पालेको भ्यागुताले आफ्नी हुन लागेकी श्रीमतीको लागि साँचेको औँठी खाइदियो । अब छिटै विवाह गर्ने आँटेर औँठी समेत ठिक्क पारेका रोमनले गर्लफ्रेण्ड क्रिस्टिनालाई घरमा बोलाएर भ्यागुता राखेको अक्वारियम सफा गर्दै थिए । त्यसक्रममा उनले भ्यागुतालाई बाहिर निकालेर उसको देखभाल गर्न क्रिस्टिनालाई अह्राएका थिए । क्रिस्टिनाले आफ्नो लागि मनको राजाले बनाइदिएको औँठी सुम्सुम्याउँदै थिइन् । त्यसै क्रममा एक्कासी औँठी भुइँमा खस्यो र भ्यागुताले क्वाप्पै खाइहाल्यो । भ्यागुताले औँठी खाइदिएपछि बिहे नै बिथोलिने चिन्ताले उनमा रिसको पारो त चढेको थियो तर के गर्नु १० वर्षदेखि पालेको त्यो भ्यागुतो घरको सदस्य जस्तै पि्रय थियो । उसको पेटबाट औँठी निकाल्नको लागि उसलाई मार्न उनको हात लागेन । भ्यागुतालाई पशु अस्पताल लगियो । एक्स रे गर्दा भ्यागुताको पेटमा पत्थर सहितको औँठी रहेको पुष्टि भयो । अब भ्यागुताको पेटबाट औँठी निकाल्ने कसरी ? पेट चिर्ने कुरा पनि भएन । त्यो ठूलो औँठी भ्यागुताको दिसा सँगै बाहिर आउने सम्भावना पनि थिएन । त्यसपछि पशु डाक्टरले विशेष जुक्ति लगाए । दुइ दिनसम्म भ्यागुतालाई खानै नदिने र विशेष प्रकारको हुक मुखबाट छिराएर पेटमा भएको औँठी बाहिर निकाल्ने । पशु चिकित्सक जुलिया अन्ततः भ्यागुताको पेटबाट स्वयंवरको लागि तयार पारिएको त्यो औँठी निकाल्न सफल भइन् । भ्यागुताको पेटबाट निकालिएको औँठी सफा गरेर क्रिस्टिनालाई दिइन् उनले । औँठी पाएपछि ढुक्क रोमन र क्रिस्टिनाको जोडी पनि छिटै बिहे गर्ने योजनामा छन् ।