OMG! सेक्स पावर बढाउने इन्जेक्शन लिएपछि प्रेमी फरार, युवतीकाे मृत्यु

मुम्बई । महाराष्ट्रको भिन्वडीमा एउटा अनौठो घटना घटेको सार्वजनिक भएको छ । भिन्वडीको एउटा होटेलमा एक युवतीकाे मृत्यु भएकाे छ । शव पोष्टमार्टमका क्रममा उनको मृत्यु सेक्स पावर बढाउने औषधिको ओभरडोजका कारण भएको पुष्टी भएपछि यस्तो रहस्य खुलेको हो ।

उनी केटा साथीसँग एक दिन पहिला सो होटेलमा बस्न आएको बताइएको छ । होटेल बसाईका क्रममा उनले सेक्स पावर बढाउने औषघि लिइन र त्यसको ओभरडोजका कारण उनको मृत्यु भएको बताइएको छ ।

केटीको उमेर करीब २८ वर्ष भएको बताइएकोे छ । प्रहरीका अनुसार युवती अमृतनगरस्थित रशीद कम्पाउण्डकी हुन । ८ अप्रीलमा युवती आफ्ना केटा साथीसँग होटेलमा बस्न आएकी थिइन । महाराष्ट्रको कल्याणमा बस्ने केटा साथीलाई लिएर उनी भिवंडीको अशोका होटलमा बसेकी थ्इिन ।

होटलमा आएर युवतीले सेक्स पावर बढाने इंजेक्शन लिइन । इंजेक्शनको मात्रा बढी भएपछि युवतीको स्वास्थ्य अवस्था गम्भीर भयो ।

जब युवतीको स्वास्थ्य अवस्था विग्रियो त्यसपछि उनका प्रेमी उनलाई होटेलमा छोडेर त्यहाबाट भागेको बताइएको छ । त्यसको केही समयपछि होटेलका कर्मचारीले ढोका खोलें ।

युवती बेहाश अवस्थामा विस्तारामा सुतिरहेकी थिइन । बेहोश अवस्थामा युवतीलाई आइजीएम उप–जिल्ला अस्पतालमा भर्ना गरियो । केही समयको उपचारपछि युवती होशमा आइन । होशमा आएपछि युवतीले सबै कुरा डाक्टरलाई बताइन ।

मर्न भन्दा पहिला युवतीले आफ्नो नाम र ठेगाना डाक्टरलाई भनेकी थिइन । त्यसपछि युवतीको मृत्यु भयो । युवतीको उपचारमा संलग्न डा सुमय्या अन्सारीले यसबारेमा प्रहरीलाई जानकारी गराएका थिए ।

बाख्रालाई बचाउन बाघसँग भिड्ने महिलाले घाइते अवस्था मै लिइन् सेल्फी

भारतको महाराष्ट्र राज्यमा एक महिला बाख्रालाई बचाउन बाघसँग भिडेकी छिन् । बाघलाई लखेट्ने क्रममा नराम्रोसँग घाइते भएकी २१ वर्षीय रुपाली मेश्रामले आफ्नो घाइते अवस्थाको सेल्फी समेत लिएकी थिइन् । राज्यको पूर्वी विदर्भ क्षेत्रको भण्डारा जिल्लाको नागझिरा वन्य जन्तु आरक्ष नजिकैको गाउँमा पछिल्लो हप्ता एउटा घरको बाख्राखोरमा बाघ पसेको थियो । गाउँमा सधैं जसो हुने यस्तो घटनामा त्यसदिन नयाँ मोड आयो जब बाघले बख्रामथी आक्रमण गर्ना साथ वाणिज्यशास्त्रमा स्नातक रुपाली दाउराको भाटा  लिएर बाघमाथि झम्टिइन् । त्यसपछि बाघ पनि प्रत्याक्रमणमा उत्रियो । कोलाहल सुनेर बाहिर आएकी उनकी आमा जिजाबाईलाई समेत बाघले घाइते तुल्याइदिएपछि रुपालीले बहादुरी पूर्वक लडेर बाघलाई लखेटिन् । त्यति मात्र होइन् उनले घाइते अवस्थामा नै आमासँग सेल्फी पनि खिच्न भ्याइन् । पछि स्थानीय अस्पतालमा उपचारपछि उनी घर फर्किएकी छिन् । पातलो बस्तीमा घर भएकाले तत्काल कुनै मानवीय सहायता प्राप्त गर्न नसके पनि रुपालीले आधा घण्टासम्म बाघको सामना गरेको बुझिएको छ । पछि केही स्थानीय र वनरक्षक आएर उनलाई अस्पताल लगिएको थियो । अहिले भारतीय मिडियामा उनको बहादुरीको खुबै चर्चा भइरहेको छ । मिडियाकर्मीहरूले उनलाई घर फर्किन कत्तिको डर लागेको छ भन्ने प्रश्नको उत्तरमा उनले आफू घर फर्किन व्यग्र रहेको बताइन्।   बिबिसी

नेपोलियनको सपना: समुद्रमुनि संसारकै लामो सुरुङमार्ग (६ तस्वीर)

काठमाडौं, भदौ २५ । ‘च्यानल टनेल’ विश्वको सबैभन्दा लामो सुरुङमार्ग हो । फ्रान्स र बेलायतबीच समुद्री सतह ‘इंग्लिस च्यानलमुनि’ बनाइएको उक्त सुरुङमार्ग ५० किलोमिटर लामो रहेको छ । करिव सय बर्ष लगाएर बनाइएको उक्त सुरुङमार्गको सपना नेपोलियन बोनापार्टले देखेका थिए । ‘बीबीसी’का अनुसार सुरुमा मोटर, कार तथा बसहरु आवतजावत गर्नको लागि सुरुङको परिकल्पना गरिएपनि सुरुङमार्ग बनेपछि सुरक्षाका कारणले अहिले रेलमात्रै गुड्ने गर्दछ । उक्त सुरुङमार्ग मार्फत हरेक बर्ष १६ लाख पटक रेल ओहोरदोहोर गर्दछन् भने करिव एक करोड यात्रुहरु बेलायत र फ्रान्सबीच आवतजावत गर्दछन् । सन् १८८० मा ‘यूरोटनेल’ नाम गरेको कम्पनिलाई उक्त सुरुङमार्ग बनाउन जिम्मा दिइएको थियो । तर, सुरुङ खन्ने काम भने आठ बर्षपछि सन् १८८० बाट भएको थियो । सुरुङमार्ग बनाउन थालेको एकसय बर्षपछि ‘यूरोटनेल’ कम्पनि सन् १९८० मा समुद्री सतह ‘इंग्लिस च्यानल’मुनिबाट बेलायतदेखि फ्रान्ससम्म सुरुङ छिचोल्न सफल भएका थिए । यूरोटनेलका प्रवक्ता जोन कीफका अनुसार सुरुङ खन्ने काम सकिएपछि बेलायतका तत्कालिन प्रधानमन्त्री मार्गरेट थ्याचरले सुरुंगमा सडक बनाउन चाहेकी थिइन् । तर, ५० किमि लामो उक्त सुरुङको बीचमा गाडी दुर्घटना तथा ट्राफिकजाम हुनेसक्ने र उद्धार गर्न कठिनाइलगायतका सुरक्षाका कारण रेलमात्र आवातजावत गर्न सकिनेगरी रेललिक बनाइएको थियो । प्रवक्ता कीफ पुर्व प्रधानमन्त्री थ्याचरको सपना कार जीप तथा बसहरु आरामका साथ आवातजावत गर्न सकिनेगरी लामो सुरुङमार्ग बनाउन धेरै मेहनत गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘त्यसको लागि कारको धुवाँ, दुर्घटना तथा ट्राफिकजाम न्यूनिकरण गर्नको लागि स्वचालित विद्युत्तिय बस तथा गाडीहरुको निर्माण हुनुपर्छ । त्यसको लागि अझै हामीले १० देखि १५ बर्ष कुनुपर्ने हुन्छ ।’

OMG ! जर्मनीबाट मगाइयो कागज, २२२ तोला सुनले लेखियो रावण, वर्षमा तीन दिनमात्र हेर्न पाइने

काठमाडौं, भगवान मान्नेहरुले आफ्नो भक्ति दर्शाउन के सम्म गर्दैनन् । यस्तै एउटा समाचार सार्वजनिक भएको छ । पत्याउन गारो पर्छ, हिन्दूहरुको पवित्र मानिने ग्रन्थ रामायण लेखिएको छ २२२ किलो सुनको मसी बनाएर । र, यो रामायण हेर्नका लागि वर्षमा ३ दिनमात्रै खुला गरिएको छ । यसको कभर ६ किलोको चाँदीले बनेको छ । रामका भक्त गोकर्णभाईले सन् १९८१ मा यो रामायण लेखेका थिए । यो रामायणको तौल १९ किलो रहेको छ भने यो छ३० पेज मोटो छ । यतिमात्रै होइन यसमा २२ किलो सूनका अतिकित १० किलो चाँदी, चार हजार हीरा, मणिकजस्ता रत्नहरुको पनि प्रयोग गरिएको छ । यसमा हिराहरुको प्रयोग अक्षरहरुलाई साइनिङ पार्नका लागि गरिएको हो । सूरत भेस्तान निवासी रामभाई गोकर्ण भाई भक्तका पनाती गुरुवन्त भाईले यसको जानकारी मिडियामा दिएका हुन । यो रामायण लेख्नका लागि जर्मनीबाट कागज मगाइएको थियो । कागज यति सेतो छ कि हातले छोएपनि दाग लाग्छ रे । अहिले यो रामायणको पुजा गरिन्छ । वर्षमा गुरुपूर्णिमा, रामनवमी र दीपावलीको अर्को दिनमात्रै यसको दर्शन गर्न सकिन्छ ।

कसरी दुरुपयोग भइरहेको छ तपाईंको फेसबुक डाटा : यसरी लिनुस् आफ्नो फेसबुक अकाउन्टको स्टेटमेन्ट

फेसबुकबाट व्यक्तिगत विवरण चोरी भएको भन्ने हल्लाले फेसबुक इंकका सिइओ मार्क जुकरबर्गलाई सेयर बजारमा अर्बौंको घाटा भए पछि फेसबुक प्रयोगकर्ताहरूमा एक किसिमको त्रास व्याप्त रहेको छ। हालको समस्याको सुरुवात भनेको २०१६ को अमेरिकी चुनावताका ‘क्याम्ब्रिज एनलाइटिका’ नामक ब्रिटिश परामर्शदाता कम्पनी मार्फत पाँच करोड बढी अमेरिकी फेसबुक प्रयोगकर्ताहरूको व्यक्तिगत विवरण चुहाइएको र त्यसलाई चुनाव जित्न प्रयोग गरिएको आरोप लागेपछि देखिएको प्रतिक्रिया नै हो। यसले अमेरिकामा मात्र हैन अन्य देशहरूमा पनि यस प्रति चासो देखिन थालेको छ। हुन पनि आफ्नो व्यक्तिगत विवरण भनेको आफ्नो सम्पत्ति सरह नै हो। कसले नै चाहन्छ र त्यो सार्वजनिक होस् भनेर ! अब समस्या के हो भने हामीले आफ्नो व्यक्तिगत डाटा कसरी सुरक्षित राख्ने र कसरी त्यसलाई सुरक्षित राख्ने र ककसले त्यसको प्रयोग गर्दैछ भन्ने थाहा पाउने कसरी? यो सम्भव पनि छ र स्वश्यक पनि। हामीले आफ्नो विवरण कसले प्रायो गरिराखेको छ भन्ने कुरा सजिलै पत्ता लागौं सक्छौं। यस्तोमा हामी कसले आफूमाथि निगरानी गरिराखेको छ भनेर समेत थाहा पाउन सक्छौं। गर्ने के त? सबैभन्दा पहिले सामान्य रूपमा नै फेसबुक एकाउन्ट लग इन गर्नु पर्छ। त्यसपछि जानु पर्छ सेटिङ्गमा। फेसबुक सेटिङ्ग हुन्छ स्क्रीनको माथिल्लो भागको निलो पट्टिको दायाँ तिर। त्यहाँ रहेको एरो चिन्हमा क्लिक गर्दा सेटिङ्गमा जान सकिन्छ। अब यसपछिको काम हो सेटिङ्गमा क्लिक गर्ने। यसो गरेको खण्डमा नयाँ पेज खुल्दछ र त्यसको पुछारमा ‘डाउनलोड अ कपि अफ् युअर फेसबुक डाटा’ भन्ने अप्सन दिइएको हुन्छ। यो एक किसिमले आफ्नो बैंक खाताको स्टेटमेन्ट लिए जस्तै हो। यसमा क्लिक गरेको खण्डमा हाम्रो इमेल कन्फर्मेसन मागिन्छ र त्यसपछि जिप फाइलको रूपमा सम्पूर्ण अर्काइभ डाटा हाम्रो कम्पुटरमा डाउनलोड हुन्छ। यसमा फेसबुकले विभिन्न विज्ञापन कम्पनीहरूलाई प्रदान गरेको हाम्रो सुचना पनि हुन सक्छ, जसलाई हामी ’एडभर्टाइज विथ युअर कन्ट्याक्ट इन्फो’ भन्ने शीर्षक भित्र लिउकाएर राखिएको हुन्छ। यसमा एउटा एचटिएमएल फाइल हुन्छ जुन ‘विज्ञापन विषय’सँग सम्बन्धित रहेको हुन्छ। यसमा मुलतः हाम्रो फेसबुक पेजमा प्रयोग गरिने ‘की वर्ड’ राखिएका हुन्छन् । साथै यसमा हामीले फेसबुक चलाएदेखि क्लिक या लिक गरेका विज्ञापनहरूको सूचिसम्म भेट्टाउन सकिन्छ।

खुलेआम यौन क्रिडा गर्दागर्दै पक्राउ

काठमाडौँ। अमेरिकाको ओहियो राज्यमा एउटा महिला-पुरुष जोडीलाई स्थानीय प्राथमिक विद्यालयको खेल मैदानमा बालबालिकाकै सामुन्ने यौन क्रिडा गरेको आरोपमा गिरफ्तार गरिएको छ । ओहियो राज्यको क्यान्टन सहरस्थित वाकर इलेमेन्ट्री स्कुलको चौरलाई नै यौन क्रिडा गर्ने उपयुक्त स्थान ठानेर यसो गर्न थालेपछि त्यहाँ उपस्थित बालबालिका र शिक्षक-शिक्षिका दंग परेका थिए । क्यान्टन प्रहरीका अनुसार २३ वर्षीय ज्याकोबी स्किमिडिट र २२ वर्षीय एस्ली क्यारेलीलाई यस्तो अस्वाभाविक अवस्थामा भेट्टाइएको हो । प्रहरी रिपोर्ट अनुसार त्यहाँको सेरिफ कार्यालयको आकस्मिक टेलिफोन नं. ९११ मा कसैले वाकर काउन्टी स्कुलको चौरमा दुई जना खुलेआम यौनजन्य क्रियाकलापमा लिप्त रहेको खबर पाएपछि प्रहरी सक्रिय भएको थियो । प्रहरीहरू त्यहाँ पुग्दा उनले त्यो जोडीलाई विद्यालयको खेलमैदान छेउमै भेट्टाएको थियो र नगिचै ११ बालबालिका र थुप्रै वयस्क मानिसहरू खेलिरहेका थिए । प्रहरी आउँदा पनि त्यो जोडी यथावत यौन क्रिडामा लिप्त रहेको बुझिएको छ । अमेरिकी समाचार माध्यमहरूले जनाए अनुसार क्यारेलीले कम्बल ओढेकी थिइन् र बेलाबेला त्यहाँ उपस्थित मानिसहरूलाई आफ्ना स्तन प्रदर्शित गरिराखेकी थिइन् । प्रहरीले जनाए अनुसार उक्त समय क्यारेली सर्वांग नांगी रहेकी र स्किमिडिट कम्मर मुन्तिर नांगै रहेका थिए । ती दुबैले प्रहरीलाई आफूहरूलाई उक्त स्थानमा यौन क्रिया गर्न अनुमति नरहेको बारे थाहा नभएको बताएका थिए । साथै उनीहरूले आफूहरू भन्दा ६५ फीट टाढा आफ्नै सुरमा खेलिरहेका बच्चाहरू बाहेक अन्य कुनै व्यक्ति उपस्थित रहेको बारे थाहा नभएको बताएका थिए । प्रहरी अधिकारीहरूले उक्त स्थानमा थुप्रै बड लाइट बियरका रित्ता क्यानहरू भेटिएको जनाएको छ । त्यस जोडीले आफूहरुले उक्त बियर पिएको स्वीकारेका छन् । दुबैलाई गिरफ्तार गरेर स्टार्क काउन्टी कारागार चलान गरिएको बुझिएको छ ।

अचम्म ! यहाँ छ अंग्रेजी देवीको मन्दिर, मन्दिर गए फरर्र अंग्रेजी सिक्ने विश्वास

नयाँदिल्ली । अंग्रेजी सिक्न के–के गर्नुपर्छ ? अंग्रेजी कक्षा लिनुपर्छ, अभ्यास गर्नुपर्छ, अंग्रेजी भिडियो र पत्रपत्रिका पढ्नुपर्छ । जानकारहरूले अनेक उपाय सुझाउन सक्छन् । तपाईलाई पत्यार नलाग्न सक्छ– भारतको एउटा गाउँमा अंग्रेजी सिक्न अंग्रेजी देवीको पूजापाठ गर्नुपर्ने मान्यता रहेको छ । अंग्रेजी देवीको मन्दिरमा पूजापाठ गरेमा फरर्र अंग्रेजी बोल्न सकिने विश्वास स्थानीय वासिन्दामा रहेको छ । उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाको वनका गाउँमा दलित समुदायले अंग्रेजी शिक्षाको महत्व बुझाउन सन् २०१० अक्टुबरमा अंग्रेजी देवीको मन्दिर स्थापना गरेको भारतीय अनलाइन बोल्डस्काईमा प्रकाशित समाचारमा उल्लेख छ । अंग्रेजी देवीको अनुहार विदेशी म्याडम जस्तो छ, जसको एउटा हातमा कलम र अर्काे हातमा किताब समातिएको छ । देवीको शिरमा टोपी लगाइएको छ । देवीको मूर्तिमा बनाइएको धर्मचक्र बौद्ध धर्मको प्रतिक हो । अंग्रेजी देवीको मूर्ति स्थानीय विद्यालयमा एक दलित नेताले स्थापना गरेका थिए । ग्रामीण क्षेत्र र शहरमा पुरुषसँग पढ्ने अनेक उपाय भएपनि महिलासँग अवसर नहुने गरेको स्थानीय वासिन्दाको भनाई छ । यस्तो बेला अंग्रेजी देवीको मूर्तिले महिलालाई आधुनिक र शिक्षित बन्ने प्रेरणा दिने समाचारमा जनाइएको छ । देवीको मूर्ति २० किलो तौल र पितलको रहेको छ । देवीको मन्दिरमा स्थानीय वासिन्दाले आफ्ना बालबच्चाको भर्ना राम्रो अंग्रेजी स्कूलमा होस् भनेर प्रार्थना गर्ने गरेका छन् । अंग्रेजी देवीको मन्दिर स्थापनाको मुख्य उद्देश्य दलित समाजमा भाषाको ज्ञान हुनुपर्ने सन्देश दिनु रहेको छ । दलित नेता बाबा साहब भीमराव अम्बेडकरले अंग्रेजी शिक्षा र प्रचारप्रसारमा जोड दिएका कारण उन्नति भएको मान्यता छ । देवीको मन्दिरमा स्थानीय वासिन्दाले आफ्ना बालबच्चाको भर्ना राम्रो अंग्रेजी स्कूलमा होस् भनेर प्रार्थना गर्ने गरेका छन् ।

Video: उपचारका लागि पैसा जुटाउन आफ्नै दुध बेच्दै यी आमा

  छोरीको उपचारका लागि रकम जुटाउन एकजना आमाले सडकमा आफ्नै दूध बेचेको समाचार अहिले भाइरल बनेको छ । घटना चीनको हो। डेलि मेलमा प्रकाशित समाचार अनुसार आइसीयुमा भर्ना भएकी आफ्नी छोरीको उपचारका लागि उनीहरूलाई कम्तिमा एक लाख युआन (करिब १६ लाख रुपैयाँ) आवश्यक भएकोले दुध बेच्न खोजिएको उनीहरुले बताएका छन्। चीनको सोसल मिडिया वीबोमा यो भिडियो सेयर भएपछि २४ लाख भन्दा बढी पटक हेरिएको छ। त्यसमा ५०० भन्दा बढी कमेन्ट आएका छन्।   गुवाङ्डुङ प्रान्तको ठूलो सरह शेन्जनस्थित एक बच्चाको पार्कमा खिचिएको भिडियोमा आमा भन्छिन्, .‘जतिसक्दो चाँडो पैसा जम्मा गर्न मेरो दूध बेचिरहेकी छु।’ बुबा भन्छन्, ‘अस्पतालमा एक लाख युआन तिर्नुछ। डाक्टरले तत्काल रकम जम्मा गर्न भनेका छन् ।’ पछिल्ला वर्षहरूमा चीनमा स्वास्थ्य सेवा पाउन निकै गारो परेको छ । कतिपय अवस्थामा त पालो पाउन समेत घुस तिर्नुपर्ने अवस्था छ । धेरैले ती आमाबाबुका पक्षमा सहानुपाति दर्शाउँदै सहयोगका लागि अपील गरेका छन् ।

चीनको कम्पनीले बाँड्यो २५० करोड बोनस, थैली नै बोकेर गए कर्मचारीहरु

बेइजिङ, चीनको एउटा कम्पनीले झोला भरेर बोनस दिएको छ । चीनको फाङदा स्पेशल स्टील टेक्नोलजीले आफ्ना कर्मचारीहरुलाई करिब अढाई सय नेपाली रुपैयाँबराबर बोनस बाँडेको हो । यति ठूलो रकम नगदरुपमा बाँडिएको थियो । समाचारमा उल्लेख भए अनुसार, बोनस पाउने कर्मचारीहरु ठूलो थैली बोकेर गएका थिए । कम्पनीको स्टील यूनिटमा करिब ५ हजार कर्मचारी रहेका छन् । उक्त कम्पनीको वार्षिक बिक्री आय १३०,००० करोड रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीले २५०० करोड बराबर बोनस बाँडेको थियो । बोनसमा बाँडिएको रकमको तौल मात्रै २ टन बढी भएको समाचारमा उल्लेख छ ।

चीनमा कपाल उमार्ने नक्कली औषधि बेच्ने ८५ जनालाई जेल हालियो

काठमाडौँ- चीनमा कपाल उमार्ने नक्कली औषधि बेच्ने एउटा कम्पनी सम्बद्ध ८५ जनालाई कारावासको सजाय सुनाइएको छ । युवान स्नेक ओइल योजना चलाएको आरोपमा उनीहरूलाई यस्तो सजाय सुनाइएको हो । उक्त तेल बेच्ने द रिंग भन्ने संस्थाका तीन जना संस्थापक र सो संस्थामा काम गर्ने कर्मचारीहरूलाई इनर मंगोलियाको आर्डोस अदालतले धोखाधडीको मुद्दामा दोषी पाएको थियो । चिनियाँ मिडियाहरूले जनाए अनुसार द रिंगका तीनै संस्थापकहरूलाई ११ देखि १३ वर्षको र अन्यलाई १ देखि ६ वर्षको कैद सजाय सुनाइएको छ । संस्थापकहरूले कर्मचारीहरूलाई विशेष तरिकाले झुटो बोल्न प्रशिक्षित नै गरेका थिए । उनीहरू आफुलाई को स्वास्थ्य सल्लाहकार या डाक्टरका रुपमा प्रस्तुत गर्दथे र मानिसहरूलाई फोन गरेर यस्ता औषधि किन्न फकाउँथे । उनीहरूले विशेष गरेर कपाल झरिसकेका या झर्न लागेका मानिसहरूलाई आफ्नो शिकार बनाउने गरेको खुल्न आएको छ ।

OMG! अन्तिम संस्कार अगाडि जिउँदो भए यी बृद्ध, त्यसपछि…

फिरोजाबाद, मानिस मरेपछि जिउँदो हुन्छ त ? असम्भव कुरा मानिन्छ । तर कहिलेकाहिँ केही अपत्यारिला घटना भने हुने गर्दछन् । यस्तै भएको छ एकजना ७० वर्षीय बृद्धको जीन्दगीमा । अचम्म त के छ भने जिउँदो हुनु अघि उनको शरीरका बिभिन्न अंगमा नीलो निशान र हातमा फोकाहरु उठेका थिए । घटना भारतको उत्तरप्रदेश अन्तर्गत फिरोजाबाद जिल्लाको मक्खनपुर थाना क्षेत्रको हो । यहाँका ७० वर्षीय ज्ञानसिंह निकै दिनदेखि बिरामी थिए । उनलाई ब्लड प्रेशर, सुगरसहित कैयन अन्य बिमारी थियो । उपचारकै क्रममा एक फेब्रुअरीका दिन बिहान उनको मृत्यु भयो । बृद्धको मृत्यु भएपछि सबै नातेदार घरमा भेला भएपछि साँझ करिब ४ बजे उनलाई मसान घाट लैजान खोजियो । तर मसानघाट लैजाने तयारी गर्दा उनको शरीरम भने विचित्रको परिवर्तन देखिन थाल्यो । शरीरका कैयन स्थानमा नीलो निशाना देखियो भने हातमा फोकाहरु आउन थाले । मानिसहरु चकित थिए, कोही केही बुझन सकिरहेको थिएन । तर यही बीचमा ज्ञान सिंह भने जुरुक्क उठेर यताउता हेर्न थाले । एकैछिनपछि ज्ञानसिंह बोल्न थाले । उनका अनुसार, तीन जना व्यक्तिले उनलाई समातेर निकै टाढा एउटा सुन्दर स्थानमा लगेका थिए । त्यहाँ सुनको गेट थियो रे, गेटमा कैयन् सिपाही थिए । तर उनलाई गेट भित्र भने लगिएन । उल्टै सिपाहीहरुले उनलाई लैजानेहरुलाई गाली गर्दै आफूमाथि एउटा तातो कुरा फालेर धक्का दिए । तल खसेको कारण मेरो शरीरमा यो निलो निशान देखिएको र तातो फ्याँकेको कारण फोका उठेको उनले बताए । यमदूतहरुले भूलवस आफूलाई लगेको उनको भनाई थियो । यो खबर अहिले भारतभरि भाइरल बनेको छ । के ज्ञानसिंहले भनेजस्तै भयो होला त ? या यसका पछाडि केही वैज्ञानिक कारण छ, यो भने रहस्यकै गर्भमा छ ।  

रेड बुल खाएर अत्यधिक खुशी भएपछि ह्रदयघात भएर युवतीको मृत्यु

मेक्सिको, कहिलकाहिँ खुसी पनि निकै महङ्गो पर्दछ । यस्तै भएको छ, मेक्सिकोकी १६ वर्षीय युवतीलाई । विदा मनाउन साथीहरुसँग एउटा समुन्द्री किनारामा पुगेकी लिनाको मृत्यु भएको हो । अन्तर्राष्ट्रिय मिडिया एजेन्सीहरुले उल्लेख गरे अनुसार तत्काल के कति कारणले उनको मृत्यु भएको भन्ने कुरा थाहा नभएपनि पोष्टमार्टम गरिएपछिको कारण थाहा पाएपछि भने सबै चकित बनेका थिए । के थियो त कारण ? पोष्टमार्टमको रिपोर्ट देख्दा चिकित्सक नै हैरान भएका समाचारमा उल्लेख छ । पोष्टमार्टमको रिपोर्टमा मृत्युअघि लिना निकै खुशी भएको उल्लेख छ । अर्थात, खुसी बढी भएकै कारण उनको मृत्यु भएको चिकित्सकहरुले बताए । घटनाको प्रहरीले जाँच शुरु गरेपछि उनका साथीहरुसँग सोधपुछ गरिएपछि केही अचम्मलाग्दो कुरा खुलेको थियो । उनका साथी र परिवारका सदस्यहरुका अनुसार, समुन्द्री किनारामा मस्ती गरिरहेको बेला लिनाले अचानक आफू औधी खुशी भएको बताएकी थिइन । “म निकै खुशी छु, मभित्र निकै उर्जा आएजस्तो लागेको छ ’ उनले भनेकी थिइन । यो कुरा गरेको केही समयमा नै उनको मृत्यु भयो । जाँच अधिकारीहरुका अनुसार, लीनाको मृत्युको कारण इनर्जी ड्रिक्स थियो । उनीहरु भएको स्थानमा खानेपानी नभएकोले मिनरल वाटरको स्थानमा इनर्जी ड्रिक्स लगेका थिए । इनर्जी ड्रिक्समा क्याफिन बढी भएको हुँदा उनको शरीरमा क्याफिनको मात्रा निकै बढी भएको अवस्थामा शरीरले सहन नसकेर मृत्यु भएको हुनसक्ने डाक्टरहरुको निष्कर्श थियो ।

सर्पको डरले ढोका नै हुँदैन यो गाउँमा

  सर्पबाट जोगिन बलियोसँग झ्यालढोका लगाउँछन् मानिसहरु । तर भारतको उत्तरप्रदेशको एउटा गाउँमा भने सर्पकै कारण ढोका नै लगाउन नपाउने चलन छ । प्रतापगढको सुडेमऊ गाउँमा कैयन् दशकदेखि यही प्रथा कायम रहेको छ । यहाँ कसैले घरमा ढोका लगायो भने अपशकुन हुने उनीहरुको मान्यता छ । त्यसैले चोरी हुने या अरु कुनै डर नमानी उनीहरुले ढोका लगाउँदैनन् । नागदेवताले उनीहरुको रक्षा गर्ने गाउँवासीको विश्वास रहेको छ । यो गाउँ १ सय वर्षदेखि एउटा नागको श्रापमा परेको गाउँवासी बताउँछन् । एकजना गाउँवासीका अनुसार, निकै वर्ष अघि एउटा नागिन ढोकाको बीचमा च्यापिएर मरेपछि नागिनले जसले ढोका लगाउँछ, त्यो बर्बाद हुने श्राप दिएकी थिइन । त्यसैदिन देखि त्यो गाउँमा ढोका लगाउन कोही पनि चाहँदैनन् ।  

श्रीमतीले सेक्सका लागि हरेक दिन टार्दै गएपछि यस्तो अचम्म गरे यिनले

श्रीमान र श्रीमतीबीच सेक्सका बारेमा आमरुपमा मनमुटाव भइ नै रहन्छ । कहिले श्रीमानलाई मन नहुने त कहिले श्रीमतीले इच्छा नदेखाउने कुराका बारेमा कतिपय आलेखहरु समेत लेखिएका छन् । तर यहाँ एकजना पुरुषले भने अचम्म नै गरे । उनले श्रीमतीले कुन दिन के भनेर सेक्सका लागि आलटाल गरिन त भन्ने फेहरिस्त नै तयार गरे । आफुले दिनहुँ गर्ने आग्रह श्रीमतीले इन्कार गरेपछि निरास बनेका एकजना पुरुषले श्रीमतीका निहुँ समेटेर ठूलै सूचि तयार पारे । एक महिनासम्म श्रीमतीले के -के निहुँ पारेर सम्भोग टारिन् भन्ने कुराको सूचि तयार पारेर उनले आफ्नै श्रीमतीको इमेलमा पठाइदिए । यसरी मिहिनेत गरेर बनाएको सूचि पठाउँदा श्रीमतीलाई साँच्चीकै गल्ती गरेको बोध हुने र अबदेखि आफ्नो आग्रह स्विकार्ने आशामा रहेका ती पुरुषको सपनामा डढेलो लागेको छ । किनकी ती महिलाले आफ्नो लोग्नेले आफुलाई पठाएको सूचिलाई इन्टरनेटमा पोष्ट गरेर लोग्नेकै खिल्ली उडाइदिएकी छिन् । विचरा श्रीमतीसँग सहवास गर्न नपाएर दुखी बनेका ती पुरुषको दुखेसो पनि जायजै होला । श्रीमतीले निहुँ पनि के के पार्न सकेकी हँ ? कहिले टेलिभिजन शो हेर्नुछ भनेर त कहिले भोलि विहान छिटै उठ्नुछ भनेर । त्यस्तै कहिले आज मैले धेरै खाएकी छु भनेर त कहिले विरामी हुँला जस्तो छ भनेर । कहिले त तिमीले धेरै पिएका छौ भनेर सम्भोग टार्दिरहेछिन् भने कहिले मैले धेरै पिएकी छु भनेर पिठ्युँ फर्काइदिने रहेछिन् । कहिले जिउबाट पसिना आएको छ नुहाउनुपर्छ भनेर पनि । ‘मेरो लोग्नेले मेरो इमेलमा सन्देश पठाएका छन्……..यसअघि कहिल्यैपनि त्यस्तो गर्दैनथे । श्रीमतीले विभिन्न बहाना पारेर आफुलाई आजित बनाएपछि दिक्क भएका ती पुरुषले दुइ महिनामा केवल ३ पटक मात्र श्रीमतीसँग सम्भोग गर्न पाएका रहेछन् । उनले हरेक दिन श्रीमतीले के बहानामा सेक्स टार्छे भन्ने कुरालाई एक्सेलमा गएर लेख्दै सुरक्षित गर्दा रहेछन् । अन्ततः त्यो सूचिलाई उनले आफु व्यापारको सिलसिलामा कतै बाहिर भ्रमणमा निस्कनुअघि विमानस्थलबाटै श्रीमतीलाई इमेल गरिदिए । नाम नखुलाइएका ती पुरुषकी श्रीमती लोग्नेको त्यस्तो इमेल देखेर छक्क परिन् । उनले सुरुमा लोग्नेलाई सम्पर्क गर्न खोजिन् तर फोन सम्पर्क भएन । अन्ततः उनले सामाजिक संजाल रेडिटमा आफ्नो लोग्नेको इमेलबारे खुलासा गरिन् र लेखिन्, ‘मेरो लोग्नेले मेरो इमेलमा सन्देश पठाएका छन्……..यसअघि कहिल्यैपनि त्यस्तो गर्दैनथे । यसअघि कि त हामी सोझै भेटेर कुरा गथ्र्यौँ कि त टेक्स्ट म्यासेजबाट ।’ उनले सामाजिक संजालमा सबै कुराको वर्णन गर्दै लोग्नेले पठाएको सूचि समेत पोष्ट गरिन् । त्यसपछि त के चाहियो, टिप्पणी गर्नेको बाढी नै आयो । कतिपयले भने लोग्नेको यस्तो निर्णय निकै कडा भएकेा र त्यसले सम्बन्ध सरलीकरण हुन निकै समय लाग्ने अनुमान समेत गरेका छन् । तर कतिपयले भने लोग्नेप्रति सहानूभूति व्यक्त गर्दै धेरै प्रयास गर्दा पनि स्वास्नीलाई मनाउन नसकेपछि बाध्य भएर ती पुरुषले त्यस्तो निर्णय लिएको हुनसक्ने बताएका छन् ।

एयर होस्टेसले लगाएको लुगा यस्तो परेपछि

एयर एसियामा यात्रा गरिरहेकी एउटी महिलाले एयर होस्टेसले लगाएको लुगामा आपत्ति जनाएर मलेसिया सरकारलाई एउटा पत्र लेखी गुनासो गरेकी छिन् । ती महिलाले लेखेको पत्रमा एयर एसियामा कार्यरत एयर होस्टेसले लगाएको कपडामा उनका स्तन र अंतर्वस्त्र प्रष्टसँग देखिइरहेको गुनासो गरेकी थिइन् । न्यु जिल्याण्ड निवासी डा. जुन रोबर्टसनले एयर होस्टेसले लगाएको यस्तो लुगाले मलेसियाको बेइज्जती भइरहेको कुरा पत्रमा उल्लेख गरेकी छिन् । ती महिलाले एक जना मलेसियाली सिनेटरलाई सम्बोधन गर्दै ती महिलाले आफुलाई एयर होस्टेसहरूले लगाएका अत्यधिक छोटा स्कर्टहरू देखेर खल्लो लागेको बताएकी छिन् । उनले यो कुरा आफु बाहेक अरु यात्रुहरूले समेत अनुभूत गरेको बताइन । “एउटी एयर होस्टेसले क्वालालम्पुर विमानस्थलमा निहुरिनु पार्दछ टिनले लगाएको अंतर्वस्त्र प्रष्टसँग देखिन पुगेको थियो । साँच्चै भन्नुपर्दा यो हैरान पार्ने कुरा हो ।” उनले भनेकी छिन् । उनले लेखेकी छिन्, “हामी उडानमा रहँदा एक जना एयर होस्टेसले आफ्नो ब्लाउजको माथिल्लो टाँक खोलेर राखेकी थिइन् । उनका स्तन देखिँदै थिए । मैले बाध्य भएर उनलाई ज्यकेट लगाउन भन्नु पऱ्यो ।” तर डा. जुनलाई वायुसेवा कम्पनीका पुरुष स्टाफसँग कुनै गुनसा छैन । उनले लेखेकी छिन्, “ती सबै पर्याप्त सम्मान जनक पहिरनमा थिए र पेसाप्रति गम्भीर थिए ।” एयर एसियाले यसबारे कुनै आधिकारिक टिप्पणी गरेको छैन । उडानमा विमानसेवाका कर्मचारीहरूको पहिरनमाथि यस अघि पनि विवाद भइसकेको छ ।

स्तनमा कर, अविवाहित र दाह्री पाल्दा पनि शुल्क !

प्रत्यके वर्ष बजेट आउदा सर्वसाधारण कर कटौति भएको सुन्न लालयित हुन्छन् । नेपाल लगायत संसारका कयौं देशमा सर्वसाधारणमा सकभर कर कम लगाउने परिपाटी विकास भएको छ । तर, इतिहास हेर्ने हो भने संसारमा अनौठा कुरामा कर लागेको देखिन्छ । इग्ल्याण्डमा हेनरी आठौं, उनकी छोरी एलिजाबेथ प्रथम र रुसका पीटर द ग्रेटले दाह्रीमा कर लगाएका थिए ।  त्यस्तै बिलियम तृतीयले झ्यालमा कर लगाएका थिए भने हेनरी प्रथमले इग्ल्याण्डका लागि लड्न नचाहे सर्वसाधारणलाई पनि कर लगाएका थिए । यस्तै रुसका पीटर द ग्रेटले त आत्मा छ भनेर एकीन गर्नेहरु माथि पनि कर लगाएका थिए । यसको उल्टो जो आत्मा छ भन्ने कुरामा विश्वास गर्दैन्थे उनीहरुमाथि पनि कर लगाइएको थियो । उनीहरुलाई धर्ममाथि विश्वास नगरेको भन्दै कर लिने व्यवस्था गरिएको थियो । जर्मनीमा यौन व्यवसायलाई कानूनि मान्यता दिएको छ । तर, सरकारले सन् २००४ देखि यौन व्यवसायमा पनि कर लगाएको छ । यसमा संलग्न व्यक्तिले महीनाको १५० यूरो कर तिर्नुपर्छ । जर्मनीमा यौन व्यवसायबाट वार्षिक १० अर्ब युरो आम्दानी हुने गरेको छ । के स्तनको पनि कर तिर्नुपर्ला ? इतिहासमा यस्तो पनि भएको छ । कर संकलन गर्नेहरुले स्तन नापेर कर लिने गरेका थिए । एक युवतीले आफ्नो स्तननै काटेर संकलकको हातमा राखेपछि यो रोकिएको थियो । यस्तै अनौठो उदाहरण अर्को पनि छ । इग्ल्याण्डमा जुलियस सीजरले र रुसमा पीटर द ग्रेटले अविवाहित पुरुषहरुबाट पनि कर लिएका थिए । २१ वर्षदेखि ५० वर्षसम्मका अविवाहित पुरुषबाट कर लिने गरिएको थियो । अहिले शरीरका बिभिन्न भागमा टाटु बनाउन युवायुवती लालयित हुन्छन् । अर्केन्सस्मा शरीरमा टाटु बनाउदा कर लिने गरिन्छ ।