जुत्ताभित्र तीन करोड लुकाएर लैजाने दुई जना विमानस्थलमा पक्राउ
कलकत्ता, जुताभित्र दुई करोड लुकाएर लैजान खोज्ने दुईजना युवालाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ ।
भारतको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय अस्पताल कलकत्तामा कष्टम विभागका अनुसन्धान अधिकारीहरुले दुई करोडसहित दुईजनालाई पक्राउ गरेका हुन ।
विमानस्थलमा शंका लागेर नियन्त्रणमा लिई विभागका कर्मचारीहरुले छानबीन गर्दा दुई करोड फेला परेको थियो ।
शंका लागेका युवालाई पछ्याउँदै जाँदा कष्टम काउण्टरबाट क्लियरेन्स गरेपछि सेक्युरिटी चेक तर्फ अघि बढेका थिए । उनीहरु कलकत्ताबाट बैंकक जाने स्पाइस जेटको फ्लाइटतर्फ अघि बढिरहेको बेला अधिकारीहरुले समातेका थिए । उनीहरुको चालढाल र जुत्ताको अस्वभाविक आकारले शंका लागेको उनीहरुले बताए । यदि सेक्युरिटी चेक पार गरेको भए उनीहरुलाई समात्न नसकिने समेत कष्टम अधिकारीले मिडियालाई बताएका छन् ।
यसरी पक्राऊ पर्नेमा वशिष्ठ कुमार र अनुप श्रीनेत रहेका छन् ।
शुरुमा उनीहरुले आफूसँग केही नभएको भन्दै आनाकानी गरेपनि उनीहरुको जुत्ता काटेर हेर्दा त्यहाँ यूरोपियन मुद्रा भेटिएको थियो । भारतीय रुपैयाँ १ करोड ७२ लाख बराबरको उक्त रकम भेटिएपछि दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको छ ।
मृत घोषित व्यक्ति घुर्न थाले पछि
मुर्दाघरमा पोस्टमार्टम गर्दै गर्दा घुरे पछि बच्यो ज्यान स्पेनमा एउटा मृत कैदी पोस्मार्टम टेबुलबाट ब्युँतिएर फर्किएको समाचार प्राप्त भएको छ । स्पेनिस मिडियाले जनाए अनुसार ती कैदीलाई केही घण्टा पहिले तीन वटा डाक्टरहरूले मृत घोषित गरेका थिए । गोंजालो मोटोया जिमेनेज नामक उक्त व्यक्ति को ‘मृत शरीर’लाई स्पेनको ओभिडो सहरमा शव परिक्षणका लागि ल्याइएको थियो । तर पोस्टमार्टम टेबुलमा घुर्न थाले पछि तिनको ज्यान बचेको थियो । स्रोतहरूले जनाए अनुसार बिहानको घण्टी बजे पछि पनि ओछ्यानबाट नउठे पछि उनलाई मरेको शंका गरिएको थियो । र, पछि तीन जना चिकित्सकहरूले पनि उनको परीक्षण गरेर उनलाई मृत घोषित गरेका थिए । स्पेनिस टेलिभिजन च्यानल टेलिसिनोले जनाए अनुसार २९ वर्षीय डाक्टरहरूको परीक्षणका क्रममा गोंजालोको शरीरमा उनी जीवित रहेको कुनै संकेत देखिएको थिएन । त्यसकारण उनलाई मृत घोषित गरेर प्लास्टिक ब्यागमा बन्द गरेर पोस्टमार्टमका लागि लगिएको थियो । आफन्तले जनाए अनुसार गोंजालोको शरीर चिर फार गर्नका लागि उनको शरीरमा निसान समेत लगाइसकेको थियो । प्राप्त खबर अनुसार मृत घोषित गरिएको चार घण्टा पछि गोंजालोको शरीरलाई पोस्टमार्टमका लागि फोरेन्सिक विज्ञहरूकहाँ ल्याइँदा उनी घुरिरहेका थिए । एक छिन पछि शरीर चलमलाउन थालेको थियो । हाल अस्पतालको इमर्जेंसी वार्डमा गोंजालोको उपचार भइरहेको जनाइएको छ । कारागार सूत्रले जनाए अनुसार जीवित व्यक्तिलाई मृत घोषित गर्नु भूल रहेको र यसबारे छानबिन गरिनेछ । स्पेनी अखबार एल स्पानोलले जीवित व्यक्तिलाई मृत घोषित गरिएको घटना दुःखद रहेको जनाएको छ ।
OMG! यी युवती सधैं सुत्थिन सर्पसँग बेरिएर, तर अचानक एकदिन…
एजेन्सी । सुन्दा नै डरलाग्ने, सर्पको तस्वीर हेर्दा समेत आङ सिरिङ्ग हुन्छ । तर यी सुन्दरी भने सधैं सुत्ने गर्थिन घरपालुवा सर्पसँग । एनिमल च्यानलमा एस्ले ब्रेवेरले लेखेको समाचार अनुसार, यी युवतीले घरमा नै पाइथन अर्थात् निकै डरलाग्दो र ठूलो सर्प पालेकी थिइन । टेलिग्राफमा उल्लेख भए अनुसार, पाइथनसँग सुत्न औधी मन पराउने युवतीले पालेको पाइथनलाई घरमा नै खाना खुवाउने गर्थिन । ठूला जनावरलाई समेत निल्ने पाइथन सर्पले केही दिनदेखि खाना खान छोडेपछि भने उनी चिन्तित बनिन् । टाउकोदेखि पाइतालासम्म नाङ्गै पाइथनसँग बेरिएर सुत्ने ती युवतीले पाइथनको व्यवहारमा आएको परिवर्तनबारे भेटेरनरी चिकित्सकसँग सल्लाह गरिन् । भेटेरेनरी चिकित्सक घरमा नै आएर पाइथनको जाँच गर्न थाले । त्यसपछि चिकित्सकले बताएको कुराले भने ती युवतीको सातो पुत्लो गयो । बोरडम थेरापीका अनुसार विभिन्न तरिकाले परिक्षण गरेपछि भेटेनरी डाक्टरले उनलाई निकै डरलाग्दो सत्य बताए । वास्तवमा पाइथनको खाना खाने व्यवहारमा आएको परिवर्तन ठूलो आहार खानका लागि रहेछ । अर्थात् पाइथनले त उनलाई नै निल्न पो आफूलाई तयार पारेको रहेछ । वास्तवमा पाइथनले उनलाई निल्ने तयारी गरिरहेको थियो । भेटेनरी डाक्टरले भनिन्, “तपाईंको पाइथन धेरैजसो तपाईंको शरिरमाथि चढ्छ र घस्रन्छ भने यसले वास्तवमा तपाईंको आकार मापन गरिरहेको छ । तपाईंलाई आक्रमण गर्नुपूर्व तपाईं कति ठूलो हुनुहुन्छ भनेर परिक्षण गरिरहेको छ ।” डरलाग्दो वास्तविकता थाहा पाएपछि ती महिलाले आफ्नो पाल्तु पाइथनबाट बिस्तारै बिस्तारै दुरी बढाइन् । अब उनले आफ्नो मायालु पाइथनलाई सुत्नको लागि छुट्टै स्थानको व्यवस्था मिलाएकी छिन् ।
बजारमा आयो यस्तो नयाँ ब्रा, नाम– खतरनाक बिकिनी, अनलाइन अर्डर गर्न सकिने
आफुलाई अरु भन्दा पृथक देखाएर सधैँ नोटिस भइराख्नु धेरै मान्छेहरूको रुचि नै हुन्छ । र, यसलाई झन् सजिलो बनाइदिएको छ फेसनले । विभिन्न फेसन कम्पनीहरू मान्छेका रुचि अनुसारका लुगाहरु उत्पादन गरेर मनग्य मुनाफा कमाउँछन् । यस्ता कम्पनीहरूमा नयाँ नयाँ डिजाइनका लुगाहरू ल्याउने र उपभोक्ताहरूको ध्यान आकृष्ट गर्ने होड नै चलेको हुन्छ । यो फेसनकै निम्ति मान्छेहरू के के गर्न सक्दा रहेछन् भने हालै एउटा यस्तो पहिरन सार्वजनिक भएको समाचार आएको छ जुन लगाएर कुनै महिला सडकमा निस्किन मात्रै भने पनि देख्नेहरूले जिब्रो टोक्न सक्छन् तर अचम्म मानेर ! हो, नयाँ डिजाइनको पहिरन ल्याउने क्रममा बजारमा महिलाहरूका निम्ति पहिरन डिकिनी (Dickini) आएको छ । यो बिकिनीकै परिवर्तित रुप हो तर फरक के हो भने यसमा महिलाको स्तन ढाक्न प्रयोग हुने कपडाको डिजाइन पुरुषको लिङ्ग जस्तै रहेको छ । डल्स किल् वेबसाइटमा प्रदर्शित पहिरन लुगाको व्यापार गर्ने ‘डल्स किल्’ भन्ने एउटा अनलाइन बुटिकले आफ्नो वेबसाइटमा अत्याधुनिक डिजाइन भन्दै यो परिधान बेच्न राखेको जनाएको छ । ‘नामिलिया’ नाम गरेकी डिजाइनरले डिजाइन गरेको यस पहिरनको नाम उनकै नामबाट ‘नामिलिया ग्लिटर डिकिनी’ राखिएको छ । डिजाइन नामिलिया ग्लिटर डिकिनीमा थ्री डी इफेक्ट भएको चम्किलो डिजाइन भएको कपडाको प्रयोग गरिएको छ । साथै यसलाई अझ हट बनाउन घाँटीनेर इलास्टिक र पछाडि पट्टि हुक राखिएको छ । पछाडिबाट यस्तो देखिन्छ डिकिनी साइज वेबसाइटले यसलाई ‘खतरनाक बिकिनी” पनि भनेको छ । हाल यो स्मल, मिडियाम र लार्ज सबै साइजमा उपलब्ध रहेको र वेबसाइटमा नै अर्डर गरेर यसलाई किन्न सकिने जनाइएको छ । मूल्य यस कपडाको हालको मूल्य एक सय ३६ डलर ( लगभग १३ हजार आठ सय नेपाली रुपैयाँ ) रहेको जनाइएको छ । हाल यो परिधान डल्स किल् बाहेक अरु पनि थुप्रै वेबसाइटहरूमा बिक्रीका लागि राखिएको छ । तस्बिर: इन्टरनेट
विश्वमा यस्ता अनौठा यौनकाण्ड पनि हुने गर्दछ
अदालतमा न्यायाधीशको चर्तिकला १० वर्षअघि एउटा अमेरिकी अदातलमा न्यायाधीशको टेबल पछाडि कृत्रिम महिला अंगसहित न्यायाधीशलाई आपत्तिजनक अवस्थामा फेला पारिएको समाचारले सनसनी मच्चाएको थियो । सन् २००६ मा ओक्लोहामा सहरको अदालतमा न्यायाधीश डोनाल्ड थम्पसन एउटा मुद्दाको सुनुवाइ चलिरहेका बेला उक्त कृत्रिम खेलौना प्रयोग गरिरहेको अवस्थामा मानिसहरूको नजरमा परेका थिए । उक्त कुरा सार्वजानिक हुनासाथ उनलाई जागिरबाट निकाली चार वर्षको जेल सजाय सुनाइएको थियो । सिसी क्यामेराअघि पबबाट घरजान निस्किएका इंग्ल्यान्डका २५ वर्षीया केभिन तथा उनकी १९ वर्षीया गर्लफ्रेन्ड राति प्रहरीले राखेको सिसी क्यामेराको अगाडि नै अभिसाररात पाइएपछि पक्राउ परेका थिए । उनीहरू सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप गरेको आरोपमा पक्राउ पर्नुभन्दा पनि उनीहरूको गतिविधिको सिसिटिभी फुटेज आफ्नो मोबाइलमा डाउनलोड गरेको आरोपमा प्रहरी कन्ट्रोल रुमका एक अधिकारी पक्राउ परेपछि उक्त घटनाको अझ बढी चर्चा भएको थियो । प्रहरीको भ्यानमै अडेसा लागेर नेदरल्यान्डको सडकमा पेट्रोलिङ भ्यान छोडेर दुई प्रहरी पसलमा दुनोट खाइरहेका थिए । त्यही बेला अर्को एउटा गाडी आएर भ्यानको नजिकै रोकियो । त्यसबाट एक जोडी बाहिर निस्किए र उनीहरूले प्रहरी भ्यानको बनौटलाई नै ओछ्यान बनाए । प्रहरीले आफ्नै अघि आएर त्यस्तो क्रियाकलाप गर्दा पनि केही गर्न सकेनन्, कारण त्यहाँको कानुनले प्रहरी अधिकारी ड्युटीमा रहेका बेला उनीहरूको गाडीमा कसैले त्यस्तो कार्य गरे पक्राउ गर्न अनुमति दिँदैन । दरबारको बगैंचामा सन् २००९ को एक दिन बेलायतको विनडसोर क्यासल बाहिर एक जोडी पक्राउ परे । उनीहरू पक्राउ पर्नुको कारण अनैतिक रूपमा सार्वजनिक स्थलमा यौनक्रियामा संलग्न हुनु भएको बताइयो । दरबारको बाहिरपट्टि रहेको घाँसे मैदानमा नग्न अवस्थामा फेला परेका ती जोडीले त्यहाँ जान नपाइने सूचनाको बेवास्ता गरेका थिए भने त्यतिबेला महारानी दरबारमै भएको बताइन्छ । बैंकमा मानिस कतिसम्म आवेगमा आउँछ भन्ने कुरा फ्रान्सको एउटा बैंकभित्र भएको काण्डले पनि देखाउँछ । बैंक भवनभित्रको एकान्तमा भेटिएका जोडीले आफूलाई सम्हाल्न सकेनन् । उक्त जोडीलाई सडकमा हिँडिरहेका मानिसले देखेर फोटो खिचे । त्यसरी फोटो खिचेको देखेपछि उक्त क्रियामा संलग्न महिला बेहोस भएकी थिइन् । ककपिटमा सन् १९१६ मा अमेरिकाको एउटा विमान दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाको दोषी पाइलटलाई ठहर्याइयो । जहाजको ककपिटमै यौनकार्य गर्ने हुँदा विमान दुर्घटना भएको अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले ठहर गरेको थियो । बोर्डले उक्त प्लेनको चालक महिला भएकी र उनको ध्यान उडानभन्दा पनि यौनसम्बन्धी कार्यमा मोडिएको हुँदा दुर्घटना भएको रिपोर्ट दिएको थियो । चर्चमै चर्च, मन्दिर, मस्जिदजस्ता स्थानलाई निकै पवित्र मानिन्छ । त्यहाँ जाने मानिसको मन पवित्र नभईदिँदा गर्नेलाई भन्दा देख्नेलाई लाज हुने नै भयो । यस्तै घटना इटालीको सेनसेनास्थित एउटा चर्चमा घटेको थियो । बिहान प्रार्थना भैरहेका बेला ‘आत्मआलोचना गर्ने स्थान’बाट फरक किसिमको आवाज आएपछि सबैको ध्यान त्यतै मोडियो । त्यो एक जोडी महिला र पुरुषको आवाज थियो । त्यस्तो आवाज सुनेका भक्तजनले उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए । एटीएम बुथमा स्पेनको ओभेइडिओको उत्तरी सहरमा एक जोडीलाई बैंकको एटीएम बुथभित्र पूर्ण नग्न अवस्थामा समातिएको थियो । उनीहरू आपसमा यति मग्न थिए कि उनीहरूको शरीरमा मोजाबाहेक अन्य कुनै कपडा थिएन र बाहिर बाटोमा हिँडिरहेका मानिसहरू उनीहरूको तस्बिर खिचिरहेका थिए । एजेन्सी
एक दुलहा दुई दुलही: विवाहको कार्ड बन्यो भाइरल
इन्डोनेसियामा कानुनी रुपमा नै बहुविवाह गर्न छुट छ । तर, कुनै पुरुषले एकैपटक दुई जनासँग विवाह गरको भने पाइँदैन । तर, एक जना पुरुषले भने एकै पटक दुई जनासँग विवाह गरेर त्यसलाई चुनौति दिएका छन् । उनले आफ्नो दुईवटा दुलहीसँग तस्विर खिचाएर अनौठो विवाहको कार्ड छपाएका छन्, जुन सामाजिक सञ्जालमा भाइरल बनेको छ । इन्डोनेसियाको सामाजिक सञ्जालमा चर्चा कमाइरहेको उक्त कार्डबारे प्रतिक्रिया दिँदै प्रयोगकर्ताहरुले त्यसमा महिलाको बेइज्जत भएको टिप्पणी गरिरहेका छन् । रोचक कुरा, बहुविवाहको पक्षपातीहरु समेतले उक्त कार्डको आलोचना गरिरहेका छन् । दोस्रो विवाह गर्न मुस्लिम पुरुषले पहिले एउटा महिलासँग बसेर मात्र अर्को विवाह गर्नुपर्ने बताएका छन् । केहीले उनीहरुको विवाहको पहिलो रात कस्तो हुने हो भने मजाक उडाइरहेका छन् भने केहीले यसलाई ठट्टा भएको बताइरहेका छन् । इन्डोनेसियाको वेभसाइट डेइटिकले भने उक्त विवाहको कार्ड असली भएको पुष्टि गरेको छ । उक्त विवाह समारोह आयोजना हुने दक्षिणी सुमात्रामा रहेको तेलुक किजिङ नामक गाउँका मुखियासँग कुरा गरेर पत्रिका सो कुराको पुष्टि गरेको थियो । पान्सेर नाम गरेका ती मुखियाले आफैले उक्त कार्ड बनाएको बताउँदै सिन्ड्रा नाम गरेका युवकले आफ्ना दुई दुलहीसँग आगामी नोभेम्बर ५ र ८ मा विवाह गर्ने र ९ तारिखमा एउटा भव्य समारोहको आयोजना गर्ने जानकारी दिए । दुई दुलही मध्ये इन्डाह सोही गाउँको भएको र अर्की दुलही अर्कै गाउँको भएको पान्सेरले बताए । दुलहाले दुवै परिवारलाई यस अनौठो विवाहको जानकारी पनि दिइसकेको र दुवै परिवार यसमा राजी भएको पनि खुलासा गरे । उनले यसरी केही दिनको अन्तरालमा एक पुरुषले दुई विवाह गरेको पहिलो अवसर नभएको पनि बताए । ‘यसअघि पनि तीन पटक एउटा पुरुषले दुई जना महिलालाई केही दिनको अन्तरालमा विवाह गरेर एउटै समारोह आयोजना गरेका थिए,’ पत्रिकासँग कुरा गर्दै पान्सेलले भने । इन्डोनेसियाको बहुविवाह बारे समाचार बनेको यो महिना दोस्रो पटक हो । यसअघि बहुविवाहका लागि स्मार्टफोन एप बनाइएपछि उक्त समाचारले निकै चर्चा बटुलेको थियो । (राताेपाटीबाट साभार)
भारतमा पशु मेला: एउटा राँगाका मूल्य ४० करोड, फोटोफिचर
काठमाडौं, कात्तिक ११ । हरियाणाको झञ्जरमा चलिरहेको पशु मेलामा ल्याइएका मुर्रा नश्लका राँगाभैसीको चर्चा विश्वभर फैलिएको छ । गएको तीन दिनदेखि चलिरहेको मेलामा ल्याइएका राँगालगायतका अन्य पशुको मूल्यले विश्वका मंहगा लक्जरियस् गाडीभन्दा बढी छ । एउटै राँगाको मूल्य २० देखि २५ करोड भारतीय रुपैयाँ सुन्दै अचम्म लाग्ने । तर पशुका मालिकहरु त्यत्रो मूल्य पाउँदा पनि आफ्ना राँगा घोडा बेच्न तयार छैनन । मेलामा पानीपतबाट ल्याइएको शंहशाह (राँगाको नाम), कुरुक्षेत्रबाट ल्याइएको सम्राट र कैथलवाट ल्याइएको सुल्तानलाई हेर्न मानिसहरुको ठूलो भीड लागेको बताइएको छ ।साथै ती पशुसँग सेल्फी लिनेहरुबीच तछाडमछाड चलेको बताइएको छ । सम्राटः मुर्रा नस्लको यो राँगाको उचाई ५ फिट ७ इञ्च छ । यसलाई ग्राहकले २५ करोड भारतीय रुपैया दिदा पनि कुरुक्षेत्रको सुनारियाका कर्मवीरले यसलाई बेच्न चाहिरहेका छैनन । ब्लैक गोल्ड शहंशाहः यसका मालिक नरेन्द्रले २५ करोड भारतीय रुपैयाँ पाउँदा पनि बेचिरहेका छन । शहंशाह दैनिक १० लीटर दूध र आधा किलो घ्यू खान्छ । सुल्तानः यसको मूल्य २१ करोड छ । भास्कर डटकमबाट
५६ वर्षयता ४३ जनामात्र भेटिएको दुर्लभ ‘ब्लड ग्रुप’
काठमाडौं, कात्तिक ११ । धेरै मानिसलाई सामान्यतया मानिसको रक्त समूह (ब्लड ग्रुप)का बारेमा चर्चा गर्दा ‘ए’, ‘बी’ र ‘ओ’ कै नाम लिइन्छ । यिनै वर्गका पोजेटिभ र नेगेटिभ रक्त समूहमा मानिसको रगत वर्गीकरण गरिएको हुन्छ । तर विश्वमा अर्को रक्त समूह पनि छ, जसको बारेमा निकै कमलाई मात्र जानकारी हुन सक्छ । ५६ वर्ष यता गरिएको अध्ययनमा उक्त रक्त समूहका मानिस विश्वमै जम्मा ४३ जनामात्र फेला परेका छन् । ‘RH-null’ नाम गरेको सो ब्लड ग्रुपलाई ‘गोल्डेन’ पनि भनिन्छ । यो ब्लड ग्रुपका मानिसले जुनसूकै ब्लड ग्रुप भएका मानिसलाई रक्तदान गर्न सक्छन् । अर्थात्, यो ब्लड ग्रुप जुनसूकै मानिसका लागि उपयोगी हुन्छ तर यो ग्रुपका मानिसलाई भने अन्य ब्लड ग्रुप काम लाग्दैन । त्यसैले पनि यो रक्त समूहका मानिसले जीवनमा निकै सावधानी अपनाउनु पर्छ । एजेन्सी
एक महिलाले १७ मिनेटमा ११ जना स्वस्थ बच्चा जन्माईन्
कार्तिक ९ । यो दुनियाँ साच्चै नै अचम्मको छ, रहस्यले भरिएको यो दुनियाँमा जे पनि हुन सक्छ । केही दिन पहिले मारिया हर्नान्डेज नामक महिलाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएकी छिन् । यी ४२ वर्षिया महिला इन्डियानामा रहन्छिन् । अहिलेसम्म तपाईले एक महिलाले जुम्ल्याहा वा तिम्ल्याहासम्म बच्चा जन्माएको त सुनेका छौ तर एकैसाथ उनले ११ बच्चालाई एकैपटक जन्म दिएकी छिन् जुन धेरै नै अचम्मको छ । साँच्चै नै यो कुरा सुनेर सबै मान्छे अचम्ममा पर्छन् र धेरैले यस्तो पनि हुन्छ र भनेर प्रश्न पनि गर्न सक्छन् । तर, तपाई नहुनुहोस किनभने यो साँचो कुरा हो । इन्डियानामा एक ४२ वर्षकी महिलाले एकैपटक ११ बच्चाहरुलाई जन्म दिएकी हुन् । ति सबै बच्चा सुरक्षित र तन्दुरुस्त छन् । यो डेलिभरीको केस हेरेपछि अस्पतालको सबै डाक्टर अचम्ममा परेका छन् । मारिया हर्नान्डेजको डेलिभरिको लागि धेरै दुखाई भएपछि मात्रै अस्पतालमा भर्ना गरिएको थियो । मारियाको परिवारले यसलाई एक चमत्कार मानेका छन् र सबै बच्चा स्वस्थ भएको कुरालाई लिएर धेरै नै खुशी छन् । मारियाका पतिले यसलाई एक चमत्कार मानेका छन् र अहिले धेरै मानिसहरु उनलाई बधाई दिन थालेका छन् र उनले पनि शुभेच्छुकलाई आभार प्रकट गरेका छन् । यस्तै धेरै मानिसहरु यस घटनालाई चमत्कार मानेका छन् । नेपाली पत्रबाट साभार
एक वर्षीय छोरा बेचेर फोन र रक्सी किन्ने बाबु
आफ्नो सन्तान सबैलाई कति प्रिय हुन्छ । तर, छिमेकी मुलुक भारतको ओडिसास्थित भद्रक सहरका एक व्यक्तिले भने आफ्नै छोरालाई बेचेर फोन किनेका छन् । पाण्डिया मुखी नाम गरेका ती व्यक्तिले आफ्ना एकवर्षका छोरालाई २५ हजार भारुमा बेचेको खुलेको छ । निःसन्तान दम्पतिलाई ती छोरा बेचेपछि प्राप्त रकमबाट उनले मोबाइल फोन, गहना, कपडा खरीद गरे भने बाँकी रकम रक्सीमा खर्च गरे । घटना सार्वजनिक भएपछि प्रहरीले अभियुक्त बाबु र अर्का एक छिमेकीलाई समेत पक्राउ गरेको छ । प्रहरीले विक्री गरिएको बच्चाको सकुशल उद्दार गरी बच्चाको आमालाई जिम्मा लगाएको छ । बच्चा बेच्ने र बेच्नमा सघाउने छिमेकीलाई अदालतको आदेशले जेल चलानको फैसला सुनाएको छ । बच्चा खरिद गर्ने सोमनाथ सेठी दम्पतीले एक दलाललाई बच्चा खरिदका लागि ४५ हजार भारु दिएका थिए । दलालले मुखीलाई २५ हजार दिएको थियो । सेठी दम्पतीको आफ्नो सन्तान केही वर्षपहिला दुर्घटनामा आफ्नो सन्तान गुमाएका थिए ।
यी हुन् संसारकै लामो खुट्टा भएकी महिला
कुनै बेला लामा खुट्टाका कारण अपहेलनाको सिकार हुनुपरेकी एक रसियन सुन्दरीले अन्ततः विश्वकै लामो खुट्टा भएकी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी छिन् । रसियन मोडेल इकाटेरिना लिसिनाले यस्तो किर्तिमान राखेकी हुन् । ६ फिट ९ इन्च अग्ली मोडेल लिसिनाको नाउँमा विश्वकै अग्ली मोडेलको किर्तिमान यसअघि नै कायम भैसकेको छ । २९ वर्षकी लिसिनाको बायाँ खुट्टाको लम्बाई १३२।८ सेन्टिमिटर छ भने दायाँ खुट्टाको लम्बाई १३२.२ सेन्टिमिटर रहेको छ । वास्तवमा लिसिनाको खान्दान नै अग्लो छ । उनका दाजू ६फिट ६इन्च अग्ला छन् । जबकी उनका बुवा ६फिट ५ इन्च अग्ला छन् भने आमा ६फिट १ इन्च अग्ली । गिनिज बुकमा नाम लेखाउन पाउँदै निकै अनौठो अनुभुति भैरहेको भन्दै यसले दिनानुदिन पाइरहेको सकारात्मक दृष्टिमा अझै बढोत्तरी हुने विश्वास उनको छ । किशोरावस्थामा लामो जिउकै कारण खिसिट्यूरीको सिकार भएकी लिसिनाले त्यतिबेलै व्यवसायिक मोडेल हुने अठोट गरेकी थिइन् । सन् २००८ को ओलम्पिक खेलमा उनी रुसका राष्ट्रिय बास्केटबल टोलीमा परिन् र कास्यपदक हात पारिन् ।
२५६ वर्ष उमेरसम्म बाँच्ने रहस्यमयी व्यक्ति को हुन् ? (भिडियो सहित)
इजिङ, भदौ १५ । चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् । उनले दाबी गरेअनुसार उनको जन्म सन् १७३६ मा भएको थियो भने उनीसँग सम्बन्धित तथ्यकाअनुसार उनको जन्म सन् १६७७ मा भएको हुनसक्ने अनुमान गरिएको छ । तर उनको दाबी र तथ्यका आधारमा अनुमानित उमेर पनि अन्य सामान्य मानिसको भन्दा वर्षौं धेरै पाइएको छ । उनी आफैले दाबी गरेको जन्म मितिअनुसार उनको उमेर १९७वर्ष हुन आउँछ भने तथ्यमा आधारित अनुमानका अनुसार २५६ वर्ष थियो ।उनको जन्म मितिका बारेमा ठ्याक्कै अभिलेख नभएका कारण वैज्ञानिकहरुले पनि उनको दाबीलाई खारेज गरिदिएका थिए । -साझा पाेष्टबाट भिडियो हेराैँ
तस्वीरमा कसैले खोज्न सकेनन् सर्प, अब तपाईँको पालो
यो तस्वीरमा सर्प कहाँनेर छ ? यतिखेर एउटा तस्वीर सामाजिक सञ्जालमा निकै चर्चामा छ । तस्वीर पजल खेल्न सिपालुहरुमा झनै लोकप्रिय बनेको छ । यो पजलको एउटा विशेषता के छ भने अहिलेसम्म अधिकांश व्यक्तिहरुले यो पजलमा सोधिएको प्रश्नको उत्तर दिन सकेका छैनन् । यो पजलमा घरको एउटा भाग र बगैंचा देखाइएको छ । र, हामीले भने यसमा सर्प खोज्नु पर्ने छ । ल, भन्नुस् त सर्प कहाँनेर छ ? यदि देख्नुभयो भने तपाईले यो कुन प्रजातिको सर्प हो भनेर पनि भन्नुपर्ने हुन्छ । यो तस्वीरमा सर्प देखेको दावी धेरैले गरेका छन् । तस्वीर हेर्दै जाँदा कतिपयले भने त्यत्तिकै उल्लु बनाउन तस्वीर राखेको पनि भने । तर यो तस्वीरमा सर्प भने छ । त्यसका लागि तपाईले यो लिंक खोल्नुपर्ने हुन्छ । यो लिंकमा रहेको तस्वीरमा तपाईले साँच्चिकै सर्प कहाँ रहेछ त भन्ने थाहा पाउनु हुन्छ । तस्वीरमा यहाँ छ सर्प
सडकमा नाच्दा जेल पुगे किशोर
भदौ ७ । साउदी अरबमा एक १४ वर्षीय किशोरलाई प्रहरीले गिरफ्तार गरेको गरेको छ । जेद्दाको व्यस्त सडकमा ती किशोरले सन् १९९० को हिट गीत ‘माकारेना’ मा नृत्य गरेको भिडियो सामाजिक संजालमा पोस्ट भयो । उक्त भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रशासनले कारवाही अघि बढाएको हो । साउदी प्रशासनका अनुसार ती किशोरको ‘अनुचित सार्वजनिक व्यवहार’ का लागि सोधपुछ गर्न नियन्त्रणमा लिइएको जनाएको छ । ती किशोरको राष्ट्रियता तथा नाम सार्वजनिक गरिएको छैन । उनीमाथि मुद्दा चलाइन्छ वा चलाइदैंन भन्ने पनि प्रष्ट भइसकेको छैन । ४५ सेकेन्ड लामो उक्त भिडियो क्लिप सन् २०१६ मा पोस्ट भएको बताइएको छ ।
मरिसकेर पनि बच्चा पाउनकै लागि ४ महिनासम्म बाँचिन यी महिला
काठमाडौं । यहाँ तस्वीरमा रहेकी महिला अब यो संसारमा छैनन् । तर उनको कथा सुन्ने जो कोहीका पनि आँखा नरसाई रहन सक्दैनन् । आमाको ममताका कतिपय कथाहरु सुन्छौं हामी । तर यहाँ यी आमाले भने मरिसकेर पनि जुम्ल्याहा छोराछोरी जन्माइन । अर्को शब्दमा भन्दा, सन्तान जन्माउनका लागि मात्रै ४ महिना बाँचिन उनी । डाक्टरहरुले त उनी ४ महिना अघि नै मरिसकेको घोषणा गरेका थिए । तर गर्भवती थिइन उनी, मरेकी थिइन, साँस मात्रै छोडिनन् । बच्चा जन्माइन र छोडेर गइन यो संसार । गर्भवती भएको बेला ब्राजिलकी सिल्भा पेडिल्हालाई मष्तिष्कघात भएको थियो । यही कारण चिकित्सकहरुले उनको मृत्यु भएको घोषणा गरे । त्यतिखेर उनको पेटमा नौ हप्ताको गर्भ थियो । मष्तिष्कघातपछि अस्पताल लगेर जाँदा डाक्टरहरुले गर्भमा रहेका बच्चाहरु बाँच्ने कुनै सम्भावना नरहेको बताएका थिए । उनीहरुले आमाको समेत ब्रेन डेड अर्थात् मष्तिष्कले पुरै काम गर्न छोडेको अवस्था भएको घोषणा गरे । तर उनका श्रीमानलाई श्रीमती मृत भएकोमा विश्वास थिएन । मष्तिष्क मृत भएपनि श्वास चलिरहेको भन्दै उनले फेरी जाँच गर्न अनुरोध गरे । डाक्टरहरुले दोश्रोपल्ट जाँच गर्दा उनको शरीरका केही अंगले काम गरिरहेको र गर्भका शिशुहरुको पनि मुटुको चाल बाँकी नै रहेको थाहा भयो । त्यसपछि सिल्भाका श्रीमान म्यूरेलले उनलाई तत्काल नै सेनहोरा डो रोकियो अस्पतालमा भर्ना गरे । आमाको मष्तिष्क मृत्यु भएपनि गर्भमा रहेका शिशुहरुलाई जिउँदो राख्न डाक्टरहरुले मशिनको मद्दतले सिल्भालाई जिवित राख्ने निर्णय गरे । उपचारका साथै अस्पतालका स्टाफहरु पालैपालो आमाछेऊ गएर उनको पेट मुसार्ने गर्थे । नजन्मिएका बच्चाहरुसँग कुरापनि गर्थे । करिब १ सय २३ दिनसम्म यही क्रम निरन्तर चलिरह्यो । ९ महिना पुरा भएपछि डाक्टरले अप्रेशन गरेर जुम्ल्याहा बच्चा जन्माउन सहयोग गरे । तर बच्चाहरु जन्मेको खुशी आमाले अनुभूति गर्न सकिनन् । उनी सम्पूर्ण रुपमा मृत भइसकेकी थिइन ।
ट्राफिक जामले सताएपछि पौडी खेलेर अफिस जान्छन् यी युवा
काठमाडौं, कोटेश्वर या कलंकी चोकको ट्राफिकमा घण्टौं टाउको दुखाउनु पर्छ तपाई हामीलाई । यता समयमैं अफिस पुग्ने पर्ने चिन्ता, उता गाडी फिटिक्कै अघि बढ्दैन । ट्राफिक जामको यो समस्या नेपालमा मात्रै भने होइन । विश्वका कैयन् शहरहरुमा जामकै कारण सास्ती खेप्नुपर्छ धेरैलाई । तर कतिपयले भने अचम्मका विकल्प समेत खोजेका हुन्छन् । यस्तै रोचक विकल्प खोजेका छन् जर्मनीका यी युवाले । बिबिसीमा प्रकाशित एक समाचार अनुसार, जर्मनीको म्यूनिख शहरका बेन्जामिन डेभिड नाम गरेका व्यक्तिले ट्राफक जामको समस्याबाट मुक्ति पाउने नयाँ उपाय खोजे । सधै ढिलो अफिस पुग्दा हाकिमको गाली खाँदा खाँदा हैरान भएपछि उनले सडकको बाटो छोडेर नदीको बाटो समाते । अब उनी यही नदीमा पौडी खेलेर अफिस पुग्ने गर्छन् । कष्ट त हुन्छ तर हाकिमको गाली भन्दा पौडी खेल्न सजिलो हुने ठान्छन् उनी । बिहान कोठामा कपडा, ल्यापटप र जुता एउटा वाटरप्रुफ झोलामा राख्छन् उनी । शहरको बीच भएर बग्ने इशार नदीमा तैरिन्छन् । करिब द्द किलोमिटर पौडी खेलेपछि उनी अफिस पुग्ने गर्छन् । कार्यालयका केही कर्मचारी उनीमाथि हाँसो नगर्ने होइनन् तर बेन्जामिन भने यसले केही फरक नपर्ने बताउँछन् । मुख्य कुरा सही समयमा अफिस पुग्नु हो, जाममा बस्नुभन्दा पौडी खेलेर आउनु वेश ।