आजको मौसम : यस्तो छ देशभरको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू–भागहरूमा तुवाँलोको सम्भावना रहेको छ । राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

इन्डियन प्रिमियर लिग : सनराईजर्स हैदराबादको लगातार दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) सनराईजर्स हैदराबादले लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार राती इडन ग्राडेनमा भएको खेलमा हैदराबादले कोलकत्ता नाइट राईडर्सलाई २३ रनले पराजित गरेको हो । हैदराबादले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन बनायो। कोलकत्ताका कप्तान नितिश राणा र रिंकु सिंहले सानदार अर्धशतक बनाए पनि टिमको हार टार्न भने सकेनन् । कप्तान राणाले ४१ बलमा ५ चौका र ६ छक्कासहित ७५ रनको बनाउँदा रिंकु सिंह ३१ बलमा ४ चौका र ४ छक्कासहित ५८ रनमा अविजित रहे । छैटौं विकेटका लागि रिंकु र राणाले ६९ रनको साझेदारी गरेका थिए । ओपनर नारायण जगदीशनले २१ बलमा ३६ रनमा आउट भए । चौथो विकेटका लागि जगदीशन र कप्तान राणाले ६२ रनको साझेदारी गरेका थिए । शार्दुल ठाकुर १२तथा वेंकटेश ऐर १० रनमा आउट भए । हैदराबादका लागि मार्को यानसन र मयंक मारकान्डेले समान २–२ विकेट लिए । भुवनेश्वर कुमार,टि नटराजन र उमरान मलिकले समान ११ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रन बनायो । हैदराबादका लागि ओपनर ह्यारी ब्रुकले ५५ बलमा १२ चौका र ३ छक्कासहित अविजित १ सय रनको शतकीय ईनिङ खेले । ह्यारीले ५५ बलमा आफ्नो शतक पूरा गरेका थिए । हैदराबादमा आबद्ध इंग्ल्यान्डका युवा क्रिकेटर ब्रुकले आईपीएलमा पहिलो शतक प्रहार गरेका हुन् । कप्तान एडेन माक्ररमले २६ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । अभिषेक शर्माले १७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए । हेनरिक क्लासेनले ६ बलमा अविजित १६ रनमा बनाए । कोलकत्ताका लागि आन्द्रे रसलले ३ तथा वरुण चक्रवर्तीले १ विकेट लिए । चौथो खेलमा दोस्रो जित हात पारेको हैदराबाद लिगको सातौं स्थानमा रहेको छ । चौथो खेलमा दोस्रो हार व्यहोरेको कोलकत्ता ४ अंकका साथ चौंथो स्थानमा रहेको छ ।

आईपीएल  : चेन्नाईको सानदार दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किङ्सले मुम्बई इन्डियन्सविरुद्ध सात विकेटको जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा चेन्नाईले मुम्बई इन्डियन्समाथि ७ विकेटको सानदार जित हात पारेको हो । मुम्बईको यो लगातार दोस्रो हार हो । वान्खडे रंगशालामा घरेलु टिम मुम्बईले प्रस्तुत गरेको १५८ रनको लक्ष्य चेन्नाईले १८ दशमलव १ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । जितसँगै तीन खेलबाट चार अंक जोडेको चेन्नाई तालिकाको चौथो स्थानमा उक्लिएको छ। अंकविहीन मुम्बई तालिकाको आठौँ स्थानमा छ ।

होली पर्वले एकताबद्ध हुन थप प्रेरित गर्ने प्रधानमन्त्री प्रचण्डकाे विश्वास

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमाका अवसरमा शुभकामना दिएका छन् । उनले शुभकामना दिंदै नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायबीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । उनले असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लाससाथ हिमाल, पहाड र तराईमा फरक–फरक दिनमा मनाइने होली पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेभएका समस्त दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आआफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक परम्परा र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशीला खडा गर्नुका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्ने प्रधानमन्त्रीले उल्लेख गरे ।  

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।आइतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेश गरेको विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत परेको हो । सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् । यो मत ५३ सदस्यीय प्रदेशसभाको दुई तिहाइ भन्दा बढि हो । २६ माघमा संविधानको धारा १६८ को उपधारा(३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहलाई कांग्रेसका १९, माओवादी केन्द्रका (सभामुख बाहेक) १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र सांसद डा.तारा जोशीले विश्वासको मत दिएका हुन् । २७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा (३)अनुसार ठूलो दलको हैसियतमा शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । विश्वासको मत दिने दलहरुले शाह नेतृत्वको सरकारमा सहभागीसमेत हुने निर्णय गरेका छन् ।

सरकारी सर्भरमाथि विदेशबाट निरन्तर साइबर आक्रमण

काठमाडौं । सरकारी सर्भरमा विदेशबाट निरन्तर साइबर आक्रमण आइरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ। शनिबारदेखि सर्भरमा भएको साइबर आक्रमण अझै भइरहेको केन्द्रले जनाएको हो। शनिबार विभिन्न ठाउँबाट सरकारी सर्भरमा आक्रमण हुँदा त्रिभुवन विमानस्थलसहित सरकारी वेबसाइटहरु डाउन भएका थिए। सरकारी निकायहरुलाई सर्भर उपलब्ध गराउँदै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले एकै पटक धेरै ठाउँबाट आक्रमण भएकाले रोक्न नसकिएको जनाएको छ।

नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले पुनः नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । शुक्रबार सर्वोच्च अदालतले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले पुनः नागरिकता बनाउन प्रशासनमा पुगेका हुन् । अमेरिकाको नागरिकता लिएको समयमा पनि नेपालको नागरिकता त्याग नगरी पुनः नेपाल आएर पूरानै नागरिकताअनुसार कामकारबाही गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो । अदालतले लामिछानेलाई ‘अयोग्य’ ठहर गर्दै सांसद पद खारेज गरेको थियो ।

बाजुरा केन्द्र बनाएर ५.९ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बाजुरामा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । भूकम्पका कारण क्षतिको विवरण भने यकिन भइसकेको छैन । भूकम्पको धक्का छिमेकी भारतका कतिपय स्थानमा पनि भएको बताइएको छ ।

विश्वासको मत लिनु अगावै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारीमा सरकार

काठमाडौं । सत्ता सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् । केही दिन अघि अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सरकारको न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट तयार गर्न समिति बनेको थियो । सो कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको कार्यदलका एक सदस्यले जानकारी दिए । आज कार्यदलको बैठक बस्ने र केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको हो । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै न्यूनतम साझा कार्यक्रम ल्याउने गरि तयारी भइरहेको र अन्तिम चरणमा पुगिसकेको जनाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिनेछन् । उक्त विश्वासको मत लिनुअघि नै न्यूनतम साझा कार्यक्रम ल्याउन लागिएको हो । न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्या, रोजगारी सिर्जना, पूर्वाधार विकास लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको जनाइएको छ । यो कार्यक्रमको उदेश्य सात राजनीतिक दलको सरकार भएकोले सरकार सञ्चालनमा कुनै व्यवधान नहोस् भन्ने हो । र, सबै दलले सरकारको काम कारवाहीमा अपनत्व लिन सकुन भन्ने द्येयले यसको अवधारणा ल्याइएको हो । वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी रहेका छन् । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न बनेको समिति सदस्यमा भने माओवादीका तर्फबाट वर्षामान पुन, राप्रपाबाट डाक्टर धवलशम्शेर जबरा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डाक्टर मुकुल ढकाल सदस्य रहेका छन्। सत्ता साझेदार दलहरुको राय सुझावका आधारमा कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनेछन् ।

माओवादी सुदुरपश्चिमको दल नेता बने भट्ट

डडेलधुरा । डडेलधुराको प्रदेशसभा क्षेत्र ‘क’बाट निर्वाचित खगराज भट्ट नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकबाट भट्टलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिएको माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष हरि चौधरी उत्सवले जानकारी दिए । भट्ट पार्टीको प्रदेश इन्चार्ज समेत हुन् । प्रदेश कमिटीको सिफारिस र प्रदेशसभा सदस्यहरूको बैठकले भट्टलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो । दलको नेता छनोट गर्न शनिबार पनि माओवादीको बैठक बसेको थियो । संसदीय दलको कार्यालयमा बसेको सो बैठक साँझ ६ बजे बिनानिष्कर्ष सकिएको थियो । दलको नेतामा भट्टसँगै प्रदेशसभा सदस्य ओमविक्रम भाटले पनि दाबी गर्दै आएका थिए । माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष चौधरीका अनुसार भाटकै सहमतिमा भट्टलाई संसदीय दलको नेता चयन गरिएको हो । भट्ट नेता चयन भएसँगै उनलाई मुख्यमन्त्री बन्नका लागि बाटो खुलेको छ । उनलाई यसअघिको नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले पनि मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो । तर, अहिले केन्द्रमा नेकपा (एमाले) नेतृत्वको गठबन्धन छ । भागबन्डा गर्दा सुदूरपश्चिम सरकारको नेतृत्व माओवादी केन्द्रको भागमा पर्ने सम्भावना बलियो छ । अहिले पनि सुदूरपश्चिममा माओवादी नेतृत्वकै सरकार छ । प्रदेशमा पाँच वर्षको अवधिमा मन्त्री पटक–पटक फेरिए । तर, माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका त्रिलोचन भट्टले अहिलेसम्म पनि सरकारको नेतृत्व गरिरहेका छन् ।

राम्रो गर्ने, राम्रो बाहेक नगर्ने वर्तमान सरकार नीति हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो गर्ने, राम्रो बाहेक नगर्ने रहेको बताएका छन्। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताहरुलाई निवास बालुवाटारमा निर्देशन दिँदै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी भएको बताउँदै गर्न चाहे हुने रहेछ भन्ने आभाष जनतामा दिलाउन सकिने बताए । उनले भने, ‘दुःख, मेहनत, त्याग र तपस्या जेजे गरेर हुन्छ राम्रो गर्नु पर्दछ । आफूले गरेको राम्रो कामको प्रचार नगरेर पनि हामीले दुःख पाएको हो । मध्यपहाडी लोकमार्गदेखि उत्तर–दक्षिण कोरिडोर म पहिलो पटक प्रधानमन्त्री भएपछि प्रस्तावित गरेका परियोजना हुन् । अहिले नेपाल त्यतै हिँडिरहेको छ । तर ती माओवादीले गरेका परियोजना भनेर स्थापित भने भएका छैनन् ।’ अहिलेको परिवर्तनका लागि मुख्य भूमिका खेलेको र उज्यालो नेपाल जस्ता विकास कार्यक्रममा माओवादीकै नेतृत्व र पहलमा भए पनि त्यसको स्वामित्व लिनेमा समस्या भएको उनको भनाइ थियो । कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने र समाजवादी फोरम बनाउने चर्चा परिचर्चा चलिरहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो । कर्णाली प्रदेशमा आफ्नो पार्टी सबैभन्दा अगाडि रहेकोमा खुसी व्यक्त गर्दै सो क्षेत्रको विकासका लागि वर्तमान सरकारको ध्यान रहेको बताए । प्रधानमन्त्रीले कर्णालीमा बन्ने आगामी सरकारले कर्णालीका जनताका निम्ति र कर्णाली प्रदेशका निम्ति आर्थिक विकासमा गति दिने, जनतासँग जीवन्त सम्बन्ध बनाउने र जनताको विश्वास जित्ने काममा लाग्न निर्देशन दिए ।

अमेरिकी राजदूत डिन थम्प्सनले नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई बालुवाटर पुगेर दिए बधाई

काठमाडौं । अमेरिकी राजदूत डिन थम्प्सनले बिहीबार साँझ बालुवाटार पुगेर नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन् । उक्त अवसरमा दुई पक्षबीच दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको ट्विटरमा उल्लेख गरिएको छ । अमेरिकी राजदूतावासले भने प्रधानमन्त्री प्रचण्डलाई यसअघि नै बधाई दिइसकेको छ ।

भन्सारबाट पास भएको वस्तु प्रहरीले रोक्यो

भैरहवा । भैरहवा भन्सार कार्यालयले पास गरेको वस्तु रुपन्देही प्रहरीले रोकेको छ। मङ्सिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स’ भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको भन्दै नियन्त्रणमा लिएको हो। रुपन्देही प्रहरीले भैरहवा बसपार्क नजिकै जाँचका क्रममा शङ्का आधारमा भन्सारबाट पास भएर आएको भारतीय नम्बर प्लेटको ट्रक ‘यूपी ५६ टि २७८५’लाई रोकेको थियो। ट्रकमा कुनै पनि प्रकारको लेबल नरहेको पाँच सय सेतो बोरामा पहिचान नभएको वस्तु ९डीएपी मलजस्तै देखिने० वस्तु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी बेद पौडेलले जानकारी दिए। ट्रकमा‘भूमि शक्ति’ लेखेको चार सय ५० थान खाली नयाँ बोरा पनि बरामद भएको उनको भनाइ छ। मल अभाव भइरहेको अवस्थामा भैरहवा तथा यसआसपासमा भारतीय बोरामा नक्कली मल बिक्री(वितरण भइरहेको रुपन्देही प्रहरीलाई उजुरी आएको थियो। ‘कमसल खालकोमल बिक्रेताले उच्च मूल्य लिइ बिक्री गर्दै आएको सूचना आएको थियो’, पौडेलले भने, ‘बरामद सामान शङ्कास्पद मल जस्तै देखिएको छ।’ उनले बरामद भएको वस्तुको नमुना कृषि ज्ञानकेन्द्र भैरहवाको सहयोगमा प्रदेशस्तरीय कृषि प्रयोगशालामा पठाइएको जानकारी दिए। ‘हामी अहिले यसबारे अनुसन्धानकै क्रममा छौँ’, उनले भने, ‘प्रयोगशालाबाट आएको प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढ्छ।’ केही नलेखिएका सेतो रङका बोरा र त्यसभित्र भेटिएको खैरो र कालो रङ्गको पहिचान नभएको वस्तु रहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। ‘जिप्सम ग्रयानुअल्स’ भनेको मल हो भने कृषि मन्त्रालयले सोको आयात गर्न स्वीकृति दिएको वा नदिएको खुल्न सकेको छैन’, उनले भने, ‘आयातकर्ताले कहिले घर बनाउने जिप्सन बोर्डको कच्चा पदार्थ त कहिले रासायनिक मल भनेपछि बरामद गरिएको हो।’ प्रज्ञापन नम्बर एम ११५७८९ बाट भन्सार पास भएको उक्त वस्तु भारत नौतनवाको श्रीवास्तव ट्रान्सपोर्टले पठाएको हो। नेपालमा ओम गङ्गा ट्रेडर्स एन्ड सप्लायर्स बेलहियामार्फत आयात भएको समानको क्लियरिङ सञ्जय क्लियरिङ एजेन्टबाट भएको छ। प्रतिबोरा रु एक सय ५० मूल्याङ्कन गरी भैरहवा भन्सार कार्यालयले पाँच प्रतिशत भन्सार शुल्क र मूल्य अभिवृद्धि करसहित रु २५ हजार पाँच सय ३८ राजस्व असुल गरेको छ। भैरहवा भन्सार कार्यालयले उक्त वस्तु ‘जिप्सम ग्रयानुअल्स’ भन्दै ग्रिन च्यानलबाट जाँचपास गरेको छ। भन्सारमा ग्रीन च्यानल, एल्लो च्यानल र रेड च्यानलबाट समान जाँचपास हुन्छ। ग्रिन च्यानलको अर्थ आयात गरिने सामान र त्यससँग सम्बन्धित कागजात पनि हेर्न आवश्यक नरहेको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत लक्ष्मण ढुङ्गानाले बताए। ‘ग्राहकको स्वघोषणाका आधारमा राजस्व लिइन्छ’, ढुङ्गानाले भने, ‘यस्तो अवस्थामा ट्रकमा के सामग्री छ रु र लेबल छ वा छैन भन्नेबारे जाँच गर्नु पर्दैन।’ भन्सारबाट पास भएको सामानलाई प्रहरीले रोक्ने अधिकार नरहेको भन्सार अधिकृत ढुङ्गानाको दाबी छ। उनले प्रहरीले रोके पनि त्यसलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान वा भन्सार कार्यालयमा बुझाउनुपर्ने प्रावधान रहे पनि प्रहरी आफैँ अनुसन्धान गरेको जिकिर गरे। रासस

काठमाडौं वासीको घरमा आजदेखि मेलम्चीको पानी

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आजदेखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ । बाढीका कारण बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो । केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण सुरु गरिने जानकारी दिए । उनका अनुसार आज बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइनेछ । “अहिले ट्यांकीमा पानी आइरहेको छ । आज बिहानदेखि वितरण थाल्छौँ । अबको दुई चारदिनमै १७ करोड लिटर पानी उपत्यकामा वितरण हुन्छ,” प्रवक्ता राईले भने । केयूकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ । मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्छ । केही समय पानी पठाएपछि सुरुङ परीक्षणका लागि ०७८ असार १ गते सुरुङ बन्द गरिएको थियो । सोही दिन आएको बाढीपहिरोले आयोजनाको हेडवर्क्स, बाँध र सुरुङमा क्षति पुर्याएको थियो । २२ वर्षको प्रतीक्षापछि पहिलोपटक गत वर्ष ०७८ चैत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको थियो ।

काठमाडौं महानगरपालिकाले दरबारमार्गलाई सौन्दर्यीकरण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गलाई ठाउँअनुसारको पहिचान दिनेगरी सौन्दर्यीकरण गर्ने भएको छ। संघीय राजधानीका मुख्य क्षेत्रको सौन्दर्यीकरण गर्ने क्रममा कामपाले दरबारमार्गको सौन्दर्यीकरण गर्न लागेको हो। त्यसको निम्ति बुधबार दरबारमार्गमा कामपा सार्वजनिक निर्माण विभाग निर्देशक रामबहादुर थापासहित वडा कार्यालयसहितको बैठक बसेको थियो। बैठकमा नामअनुसारको क्षेत्रको परिचान गर्न सौन्दर्यीकरण अपरिहार्य रहेकोले आवश्यकताको आधारमा बजेट व्यवस्थापन गर्ने गरी सौन्दर्यीकरण गरिने सम्बन्धमा छलफल भएको थियो। सार्वजनिक निर्माण विभागका निर्देशक थापाका अनुसार दरबारमार्गमा प्रविधिमैत्री फुटपाथ निर्माण, ढल व्यवस्थापन, पार्किङ व्यवस्थापन डिस्प्ले बोर्ड राखने, वृक्षरोपण गर्नेलगायतका योजना बनेको छ। उनले भने, ‘रेलिङ निर्माण गर्नेछौं, सवारी साधनको व्यवस्थापन गर्न भूमिगत तलामा अनिवार्य पार्किङ गर्ने व्यवस्था मिलाउन लागेका छौं।’ यसअघि कामपाले न्युरोड क्षेत्रमा कुमारी र काण्ठमण्डपको आकृति सहितको रेलिङ राखेको थियो । दरबारमार्गमा नारायणहिटी दरबारको झल्को आउनेगरी रेलिङ राख्ने तयारी गरेको छ। राजधानीको सबैभन्दा व्यस्त बजारको रूपमा रहेको दरबारमार्गको विकास गर्न स्थानीय सुधार समिति, कामपा र वडा कार्यालयको सहभागिता रहनेछ । कामपाले हाल सो क्षेत्रको डिजाइन तयार गरिरहेको छ । थापाले सो क्षेत्रको नक्साङ्कन गर्ने र सुझाव लिने काम भइरहेको जानकारी दिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

सरकारमा जाने जनमत पार्टीको निर्णय

काठमाडौं । जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने गरेको हो । आज बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको सो पार्टीका एक नेताले जानकारी दिए । गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ । समानुपातिक सूचीको वर्णानुक्रम राखिए अनुसार नै समानुपातिक सांसद चयन गर्ने निर्णय गरिएको छ । संघमा सामान्य हेरफेर हुने देखिएको ती नेताले बताए । बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ ।