सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार  आज ७ सय रुपैयाँ बढेर प्रतितोला सुन १ लाख ३७ हजार ५०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन आइतबार प्रतितोला सुन १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँ पुगेको छ।

यसैगरी चाँदीको मुल्य पनि बढेको छ। आज प्रतितोला चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

अघिल्लो दिन चाँदी १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।