सीपीएलः सन्दीपले दिलाए बार्बाडोसलाई पहिलो सफलता

काठमाडौंः क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत गुयना अमेजन वारियर्सविरुद्ध पनि नेपाली लेग स्पिनर सन्दीप लामिछनेले विकेट लिन सफल भएका छन् ।

बार्बाडोस ट्राइडेन्टसआवद्ध सन्दीपले वारियर्सविरुद्ध आफ्नो दोस्रो ओभरको पहिलो बलमै विकेट लिन सफल भएका हुन् ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएका बार्बाडोसले १९.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३८ रन बनायो ।

उसका लागि जेपी डुमिनीले सर्बाधिक ३८, एलेक्स हेल्सले २४ रन बनाउनु बाहेक अन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।

बलिङमा वारियर्सका क्रिस ग्रिनले सर्बाधिक ४ विकेट लिए ।

फेसबुक, ट्विटर र इष्टाग्राममा सुपरस्टार सलमान र शाहरुखमध्ये कसको कति फलोअर ?

मुम्बई, वैशाख २५ । बलिउड क्षेत्रका यी दुई सुपरस्टार शाहरुख खान र सलमान खानबीच कहिले सम्बन्ध सुध्रिएको त कहिले बिग्रिएका खबरहरु आइरहेका हुन्छन् । अहिले भने यी दुईको मित्रता उदाहरण दिन योग्य छ । यस्तैमा एक प्रश्न वर्षैदेखि सबैको दिमागमा आइरहेको छ, यी दुईमा नम्बर वान को हो ? कसको फ्यान फलोइंग सबैभन्दा धेरै छ ? चलचित्र र सामाजिक सञ्जालमा यी दुई सुपरस्टारमा को अगाडि छन् भन्ने कुरा आज हामी यो प्याकेजमा चर्चा गर्दैछौं । बक्सअफिसमा अगाडि निस्किए सलमान फिल्मको कुरा गर्ने हो भने बक्सअफिसमा सलमान खानकै वर्चश्व छ । हरेक वर्ष उनको एक ब्लकबस्टर फिल्म आएकै हुन्छ । २०१० मा आएको ‘दबंग’ मा चुलबुल पाण्डेको भूमिका निर्वाह गरेर उनले यो साबित गरेका थिए कि, उनी बक्सअफिसका ‘किंग’ हुन् । २०११ मा आएको ‘रेडी’ र ‘बडिगार्ड’ पनि दर्शकलाई औधी मनपर्‍यो । २०१२ मा आएको चलचित्र ‘एक था टाइगर’ उनका लागि माइलस्टोन साबित भयो । यस फिल्मले जर्बजस्त कलेक्सन गरेको थियो । सोही वर्ष ‘दबंग २’ पनि आयो । यो पनि सुपरहिट फिल्मको लिस्टमा सामेल भयो । वर्ष २०१३ उनका लागि खासै राम्रो रहेन तर २०१४ मा आएको फिल्म ुकिकु ले बक्सअफिसमा धूम मच्चायो । फेरि २०१५ मा ुबजरंगी भाईजानु, २०१६ मा ुसुल्तानु र २०१७ मा ुटाइगर जिन्दा हेु ले उनलाई सुपरस्टारको क्याटेगरीमा उभ्यायो । उनका फिल्मले भारतमा मात्र नभएर विश्वभर दमदार कलेक्सन गर्ने गरेका छन् । २०१३ पछि शाहरुखको चम्किएन स्टारडम शाहरुखले २०१३ पछि कुनै सुपरहिट फिल्म दिएका छैनन् । २०१३ मा आएको ‘चेन्नई एक्सप्रेस लाई दर्शकले निकै रुचाए, तर यसपछि आएका ुह्याप्पी न्यू ईयरु, ुदिलवालेु, ुफ्यानु, ुरईसु, ुजीरोु र ुजब ह्यारी मेट सेजलु दर्शकको विश्वासमाथी खरो उत्रन सकेनन् । बक्सअफिसको नजिता हेर्ने हो भने शाहरुखभन्दा सलमान धेरै अगाडि निस्किसकेका छन् । अहिले सलमानलाई बक्सअफिसको ुसुल्तानु भन्ने गरिन्छ । सामाजिक सञ्जालमा पनि अगाडि सलमान सामाजिक सञ्जालमा फ्यान फलोइंगको कुरा गर्ने हो भने यहाँ पनि सलमान, शाहरुखभन्दा अगाडि निस्किएका छन् । फेसबुक, ट्विटर र इन्स्टाग्राममध्ये दुई प्लेटफर्ममा सलमानको फ्यान फलोइंग शाहरुखको भन्दा धेरै छ । फेसबुकमा सलमानलाई साढे ३ करोडभन्दा बढी व्यक्तिले फलो गर्ने गर्दछन् । शाहरुखको फ्यान फलोइंग ३ करोडको आसपास छ । यस्तै, सलमानलाई इन्स्टाग्राममा २ करोड २२ लाख बढीले फलो गरेका छन् । त्यही, शाहरुखलाई इन्स्टाग्राममा १ करोड ७० लाख बढीले फलो गर्ने गर्दछन् । तर, ट्विटरमा भने सलमानभन्दा शाहरुख अगाडि छन् । यहाँ शाहरुखको फ्यान फलोइंग ३ करोड ८० लाखभन्दा बढी छ । यस्तै, सलमानलाई ट्विटरमा ३ करोड ६७ लाखभन्दा बढीले फलो गरेका छन् । एजेन्सी

बजारमा आयो सिजीका फ्यान र कुलर

काठमाडौं, वैशाख १२ । बढ्दो गर्मी मौसमलाई मध्यनजर गरी सिजीले विभिन्न प्रकारका फ्यान र कुलरहरु हालैमात्र बजारमा ल्याएको छ। फ्यानहरुमा सिलिङ, टेबल, स्टाण्ड र अलपर्पोज फ्यानहरु रहेका छन् । सिलीङ फ्यान विभिन्न स्वरुप र रंगहरुमा उपलब्ध छन्, यसको गति अरु फ्यानको तुलनामा एकदमै धेरै छ । यसमा प्रयोग गरिएको ब्लेडहरु एकदमै आकर्षक डिजाईन र रंगहरुमा रहेका छन् । यो फ्यान चलाउँदा आवाज पनि केही नआउने भएकोले यसको माग एकदमै धेरै छ । त्यस्तै स्टाण्ड फ्यानमा पनि विभिन्न आकर्षक रंगहरु र डिजाईनमा उपलब्ध छन् । यसमा अब रिमोट पनि भएकोले तपाईले यसलाई सजिलै चलाउन सकिने छ । अरु टेबल, वाल र अलपर्पोज फ्यानहरुको पनि एकदमै माग बढेको छ । एसीको आनन्द सस्तो दाममा लिन अब सिजीले विभिन्न मोडलहरु र तपाईकै बजेटमा कुलरहरु पनि ल्याएको छ । गर्मी मौसममा यसको प्रयोग गर्नाले तपाईहरुले आफ्नो स्वास्थ्य एवं मुल्य दुवैको जर्गेना गर्न सकिने छ । यो कुलरमा आईस च्याम्बर, पावर फुल मोटर, बढी क्षमताको पानी ट्याङकी जस्ता अरु पनि धेरै विशेषताहरु रहेका छन् । आफ्नो कोठाको साईज र मुल्यमा छानी छानी आकर्षक कुलरहरु घर ल्याउन सकिने छ । त्यसैले सिजीका फ्यानहरु र कुलरहरुको प्रयोग गरी कुल रहनुहोस् ।

आइपीएलमा सुरेश रैनाको ५ हजार रन पूरा

काठमाडौं, चैत ९ । भारतीय क्रिकेटर सुरेश रैनाले इन्डियन प्रिमियर लिग (आइपीएल) मा ५ हजार रन पूरा गरेका छन् । आइपीएलमा ५ हजार पूरा गर्ने उनी एक्ला ब्याट्सम्यान हुन् । रैनाले आज रोयल च्यालेन्जर्स ब्यंग्लोर विरुद्ध १५ रन प्रहार गर्दै आइपीएलमा ५ हजार पूरा गरे । ३२ वर्षीय रैनाले ५ हजार रन पूरा गर्न १७७ म्याच खेल्नु पर्यो । उनी इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सबाट खेल्छन् । अहिलेसम्म यो क्रिकेट लिगमा रैनाले एक शतक र ३५ अर्धशतक प्रहार गरेका छन् ।

चलचित्र ‘दबंग ३’ र ‘ब्रह्मास्त्र’ एकसाथ भिड्दै

मुम्बई, चैत ३ । बलिउडका दबंग सलमान खानको चलचित्र जब प्रदर्शन हुने तरखरमा हुन्छ, तब कुनै फिल्ममेकर उनीसँग भिड्ने गल्ती गर्दैनन् । किनकि, उनको फ्यान फलोइंग यति दमदार छ कि, कुनै चलचित्र बक्सअफिसमा टिक्न सक्दैनन् । तर, यसवर्ष बलिउडमा ठूलो ‘क्ल्यास’ हुने देखिएको छ । २०१९ को क्रिसमसमा रणबीर कपूर र सलमान खानको फिल्म एकअर्कासँग भिड्दै छन् । गएको शुक्रबार सलमानले आफ्नो ‘मोस्ट अफ द मोस्ट अवेटेड’ चलचित्र सिरिजको तेस्रो पार्ट ‘दबंग ३’ रिलिज गर्ने घोषणा गरेका छन् । यो फिल्मलाई क्रिसमस २०१९ मा रिलिज गर्ने तयारी चलिरहेको छ । मार्चको पहिलो हप्तामा फिल्मको औपचारिक रुपमा छायांकन सुरु हुँदैछ । सलमानले यो फिल्मलाई लिएर निकै उत्साहित रहेको बताएका छन् । सलमानको घोषणाले यो कुरा स्पष्ट हुन्छ कि, क्रिसमसमा दुई फिल्मको ठूलो भिडन्त हुँदैछ । किनकि, करण जोहरको प्रोडक्सन हाउसमा बनेको अयान मुखर्जी द्वारा निर्देशित रणबीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ पनि रिलिज हुँदैछ । हालैमा मोस्ट अवेटेड फिल्म ‘ब्रह्मास्त्र’ को लोगो कुम्भ मेलामा लञ्च गरिएको थियो । यसमा अमिताभ बच्चन पनि छन् । यसकारण ट्रेड पण्डित ‘ब्रह्मास्त्र’ भर्सेस ‘दबंग ३’ लाई साल २०१९ को सबैभन्दा ठूलो भिडन्त मानिरहेका छन् । ‘ब्रह्मास्त्र’ एक बिग बजेट सुपरहिरोजको कन्सेप्टको फिल्म हो भने ‘दबंग ३’ ती चलचित्रमध्ये एक हो, जसको दर्शकलाई केही वर्षदेखि व्यग्र प्रतिक्षा छ । तर, भारतीय मिडियाहरुले दुई फिल्म एक हप्ताको अन्तरमा रिलिज हुनसक्ने अनुमान गरेका छन् । एजेन्सी

घरको झगडाले बुवा बिते आमा जेल, बच्चाको बिचल्ली

प्युठान, फागुन २५ । प्युठान झिमरुक गाउँपालिका १ सौतामारे तल्लोगाउँका विष्णु थापा र उनकी पत्नी सीताबीच बेला बेला झगडा हुने गथ्र्यो । ‘जोईपोईको झगडा, परालको आगो’ उखान यो जोडीको जीवनमा पनि चरितार्थ थियो । उनीहरु छिनमै रिसाउने, छिनमै मिल्ने उनीहरुलाई बानी भइसकेको थियो । तर विडम्वना समय सधै एकनास रहन्न र रहेन पनि । गत वर्ष चैत २० गते सामान्य कुरामा सधै जस्तै झगडा भयो । भनाभन चलिरह्यो । सीताले पतिलाई सम्झाउँदै थिइन् । तर, विष्णुले मानेनन् । स्थानीयका अनुसार उनले मदिरा सेवन गरेका थिए । सीताले छेउमै रहेको हँसियाको बिँडले हान्न खोज्दा संयोगवश धारिलो भागले लाग्यो । विष्णुको हातमा गहिरो चोट लाग्यो । अत्याधिक रगत बगेर उपचार गर्न नपाउँदै घरमै मृत्यु भयो । पतिको हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गरेपछि ४२ वर्षीया सीता यतिबेला जिल्ला कारागारमा छिन् । एउटै गल्तीले श्रीमान गुमाएकी उनलाई २० वर्ष जन्मकैद सुनाएको छ । विष्णुको मृत्यु भएको एक वर्ष पनि पुगेको छैन । बुवाआमाको झगडाले नावालक छोराछोरीले पीडामा जीवन बिताउनु परेको छ । १५ वर्षीय सुनील थापा र उनकी ८ वर्षीया बहिनी बसन्तालाई आमाबुवाबारे सोध्नै हुँदैन । उनीहरु मन थाम्नै सक्दैनन् । बुवा आमाको झगडा हुँदा सुनील घरमै थिए, त्यसैले पनि बुवाआमाबारे केही बोल्न सक्दैनन् ।

पीएसएलमा सन्दीपको धमाका, २ ओभरमै लिए ३ विकेट

काठमाडौं, फागुन १६ । यूएईमा भइरहेको पाकिस्तान सुपर लिग (पीएसल) मा लाहोर कलन्दर्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्वेटा ग्लेडियेटर्सविरुद्धको खेलमा शानदार प्रदर्शन गरेका छन् । उनले आफ्नो ओभरमा लगातार विकेट लिन सफल भएका हुन् । सन्दीपले पहिलो ओभरमा शेन वाट्सन दोस्रो ओभरमा राइलि रौसाउ र उमर अकमललाई आउट गर्न सफल भए । लाहोरले टस जितेर बलिङ रोजेको छ । पहिलो खेलमा महत्वपूर्ण ३ र दोस्रो खेलमा एक विकेट लिएका सन्दीप आज पनि टिममा अटाएका छन् । ग्लेडियेटर्सले ५ खेल खेलकोमा ४ खेलमा जीत र एक खेलमा हार बेहोर्दै ८ अंकका साथ शीर्ष स्थानमा छ । सन्दीपको टोली भने ५ खेलमा ३ मा हार र दुई खेलमा जीत निकाल्दै ४ अंकका साथ पाँचौ स्थानमा छ । लाहोर कलन्दर्स टोलीः एवि डी विलियर्स, कोरी एण्डरसन, सन्दीप लामिछाने, फकर जमान, सोहिल अख्तर, शाहिन शाह अफ्रीदी, यासिर शाह, हरिश सोहेल, गौहार अलि, डेभिड वाइस र हरिश रौफ

सरकारले देउवाको पालामा नियुक्त तीन राजदूतलाई फिर्ता बोलायो

काठमाडौँ — सरकारले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नियुक्त तीन राजदूतलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजदूतहरू डा. चोपलाल भुसाल (बंगलादेश), अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया) र भरतबहादुर रायमाझी (स्पेन) लाई फिर्ता गर्ने निर्णय गरेको प्रधानमन्त्री केपी ओलीका एक सल्लाहकारले बताए । उनका अनुसार ती राजदूतलाई नेपाल फिर्ता हुन तीन साताको समय दिइएको छ । भुसाल र सिंह कांग्रेस तथा रायमाझी राप्रपाको कोटामा राजदूत भएका हुन् । सरकारले देउवाका पालामा नियुक्त चार राजदूत विश्वम्भर प्याकुरेल (श्रीलंका), प्रतिभा राणा (जापान), रमेश कोइराला (कतार), भीम उदास (म्यानमार) र ओलीकै अघिल्लो कार्यकालमा तत्कालीन फोरम लोकतान्त्रिकको कोटामा नियुक्त शर्मिला पराजुली ढकाल (ओमन) लाई भने फिर्ता गरेको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । कांग्रेस कोटामा नियुक्त बाँकी चार राजदूतलाई समेत फिर्ता बोलाउने गृहकार्य भइरहेको स्रोतले जनाएको छ । तत्कालीन फोरम लोकतान्त्रिकको सिफारिसमा राजदूत भए पनि नेकपानिकट भएका कारण पराजुली भने फिर्ता हुने सूचीमा छैनन् । सरकारले राप्रपा कोटामा देउवाकै पालामा नियुक्त इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फर्काई त्यहाँ अञ्जान शाक्यलाई नियुक्त गरी एग्रिमोका लागि नाम पठाइसकेको छ । देउवाकै पालामा तत्कालीन माओवादी कोटामा नियुक्त तीन राजदूतमध्ये लक्की शेर्पा (अस्ट्रेलिया) विवादमा परेकी छन् भने पदम सुन्दास (बहराइन) र यमुनाथ लम्साल (डेनमार्क) लाई यथावत् राख्ने तयारी सरकारको छ । मन्त्रिपरिषद्ले ‘मानव तस्करी’ आरोपमा परराष्ट्र मन्त्रालयको आन्तरिक छानबिनमा परेकी राजदूत शेर्पाका बारेमा कुनै निर्णय नगरेकोसमेत स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयद्वारा गठित छानबिन समितिले शेर्पालाई काठमाडौंं बोलाएर बयान लिइसकेको छ । समितिबाट छानबिन प्रतिवेदन आइनसकेकाले शेर्पालाई फिर्तागर्ने/नगर्नेबारे मन्त्रिपरिषद्ले निर्णय नलिएको हो । राजदूत शेर्पाकै चालक वाङछु शेर्पाले उनीमाथि १० लाख रुपैयाँ लिएर आफूलाई अस्ट्रेलिया लगेको र श्रीमतीलाई लैजान थप पैसा मागेको आरोप लगाएका छन् । राजदूत शेर्पासित विवादपछि आफूलाई खतरा रहेको भन्दै वाङछु दूतावास छाडी अस्ट्रेलियामा ‘शरण’ मागेर बसेका छन् । उनी अहिले अस्ट्रेलिया सरकारको निगरानीमा छन् । नेपाल प्रहरीले वाङछु मानव तस्करीमा संलग्न पाइएको भन्दै उनलाई इन्टरपोलमार्फत नेपाल फिर्ता गर्न अस्ट्रेलिया प्रहरीलाई आग्रह गरिसकेको छ । वाङछुकी श्रीमती मानव तस्करीकै आरोपमा पुर्पक्ष थुनामा छिन् । अस्ट्रेलियास्थित नेपाली दूतावासले एक महिनाअघि विज्ञप्ति जारी गरी वाङछु राजदूतको निवासबाट चोरी गरेर भागेको र उनले लगाएको आरोपमा सत्य नरहेको दाबी गरेको छ ।

आर्थिक अभावका कारण मृत्युसँग लड्दैछिन बझाङकी यी महिला

लोकेश धामी, काठमाडौं। बझाङकी एक महिला आर्थिक अभावले गर्दा मृत्युसँग लडिरहेकी छन् । जिल्लाको केदारस्युँ गाउँपालिका–६, खड्का भन्ने ठाउँ घर भएर हाल रोजगारीका लागि भारतको ब्यङ्लोरमा रहेका रामबहादुर धामीकी श्रीमती धुतादेवी आर्थिक अभावले गर्दा मृत्युसँग लडिरहेकी हुन् ।   उनलाई ‘ब्रेन ट्युमर’ सम्बन्धी रोग लागेको छ र अहिले उनी भारतको सिद्धी साई अस्पतालमा भर्ना भएकी छन् । तर, आर्थिक अभावले गर्दा धुताको उपचारमा कठिनाई भएको उनका श्रीमान् राम धामीले जानकारी दिए । श्रीमतीको उपचारका लागि न्यूनतम् पाँच लाख खर्च लाग्ने चिकित्सकले बताएका उनले जनाए ।   रामले भने, ‘डाक्टरहरुले पाँच लाख रुपैयाँ लाग्ने भनेका छन् । हामीसँग त्यति पैसा छैन, निकै संकट भइरहेको छ । अहिले सबैसँग हारगुहार गरिहरहेका छौं ।’ रामकी श्रीमती एक महिना अघि मात्रै ब्यङ्लोर गएकी थिइन् । एकदिन अचानक विरामी परेपछि अस्पताल भर्ना गराएको र जाँच गर्दा ‘ब्रेन ट्युमर’ भएको अस्पतालले बनेको रामले बताए ।   उनले गहभरी आँसु देखाउँदै भने, ‘गरिबीका कारण धन कमाउन भारत आएको थिए । एक महिनाअघि श्रीमतीलाई पनि बोलाए, उनी एक्कासी विरामी परिन्, अस्पताल भर्ना गर्दा त डाक्टरले ‘ब्रेन ट्युमर’ छ भन्यो ।’ अहिले रामकी श्रीमती अस्पतालको आइसियूमा छिन् ।   राम ब्यङ्लोरको संजयनगर भन्ने ठाउँमा लामो समयदेखि काम गर्दै आएका थिए । उनले आफ्नो श्रीमतीको उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका छन् । रामले भने, ‘सबै नेपाली दाजुभाई, दिदी-वहिनीलाई आग्रह गर्छु । मेरी श्रीमतीको उपचारका लागि आर्थिक सहयोग गरेर बचाइदिनुस् । म संघ-संस्थालगायत सम्पूर्ण नेपालीलाई आर्थिक सहयोगका लागि विशेष याचना गर्छु ।’   यदि तपाइँले उपचार अभावले आइसियूमा रहेकी धामीलाई आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने उनका श्रीमान्को नम्बरमा फोन गरेर बुझ्न सक्नु हुनेछ । उनको मोबाइल नम्बर ७३४९५७८२३० हो । भने, बैंक खाता नम्बर ४१०२०२०१००१८१८३ रहेको छ ।

हालसम्म ‘सञ्जु’ को कमाइ कति ? हेर्नुस्

एजेन्सी । सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’ ले यतिबेला भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ। रणवीर कपुरले अभिनय गरेको यो फिल्म रिलिज भएको ११ दिन भइसक्दा पनि भारतका साथै विश्वभरमा व्यापार उत्कृष्ट गरेको हो । ११ दिनमा भारतीय बक्स अफिसमा मात्रै ‘सञ्जु’ दुई सय ७१ करोड भारु कमाइसकेको छ। दर्शकका साथै समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको ‘सञ्जु’ ले रिलिजको दिन ३४ करोड ७५ लाख बटुल्दै २०१८ मा आएका बलिउड फिल्महरुमध्ये ओपनिङमा सबैभन्दा ठूलो कलेक्सन गर्ने कीर्तिमान बनाएको थियो। फिल्मले भारतमा मात्रै पहिलो सातामै दुई सय करोड रुपैयाँ व्यापार गर्‍यो, जबकि दोस्रो सप्ताहन्तमा ६१ करोड ७५ लाख बटुल्यो। अहिलेको व्यापार हेर्दा ‘सञ्जु’ले दोस्रो साता ९३.९४ करोडको व्यापार गर्ने अनुमान गरिएको छ। बलिउडका व्यापार विश्लेषकका अनुसार, बक्स अफिसमा अहिलेकै रफ्तार कायम रहे फिल्मले ३ सय करोड सजिलै कमाउने छ।  राजकुमार हिरानीको निर्देशनमा बनेको ‘सञ्जु’ को बजेट करिब एक सय करोड रहेको बताइन्छ। भारतीय बक्स अफिसका साथै विश्वभरको कमाइ जोड्दा १० दिनमा फिल्मले ४ सय ४५ करोड भारु कमाएको छ।

विवाहअघि सेक्स गर्नु भा’छ भनेर सोधेपछि युवतीहरु….

कामठाडौँ । युट्युबर स्वनिका रोकाया पछिल्लो समय चर्चामा छिन् । पत्रकारीताकी बिद्यार्थी सोनिया नयाँ नयाँ र भिन्न शैलीमा अन्तर्वार्ता लिएर सामाजिक संजाल र मिडियामा छाइरहेका बेला उनको पछिल्लो प्रस्तुतीले हलचल नै मच्चाएको छ । सोनिकाले यसअघिका शृखलामा कलाकार र कलासँग समब्न्धित ब्यक्तिलाई आफ्नो शोमा बोलाउने गरे पनि पछिल्ला शृखलामा भने उनी फिल्डमा नै गएर नयाँ नयाँ विषय वस्तुमा कुराकानी गर्न थालेकी छिन् । जस अन्तर्गतको नयाँ शृखलामा उनले तन्नेरी युवा युवतीहरुसँग बिहे अघि सेक्स गर्नु कति उत्तम ? गर्नुभएको छ की छैन ? तपाईको भर्जीनिटी कहिले तोडियो लगायतका प्रश्नहरु सोधेकी छिन् । हेर्नुहोस् भिडियोमा जस्ताको त्यस्तै-  

श्रीमतीलाई उत्तेजना कम हुन्छ मलाई बढी, के गर्ने हाेला ?

मेरो विवाह भएको नौ वर्ष भयो । हामी दुवै जना २९ वर्ष पुग्यौं । हाम्रो आठ वर्षको छोरा पनि छ । आजको मितिसम्म आइपुग्दा मेरी श्रीमतीलाई पहिलेको तुलनामा कम उत्तेजना हुन्छ भने मलाई बढी । मलाई हप्तामा तीन पटक सेक्स गर्नुपर्छ, तर उनी भने यसमा त्यति इच्छा देखाउँदिनन् । यसले गर्दा म आफ्नो यौन चाहना पूरा गर्न हस्तमैथुन गर्छु, तर यो कार्य मेरी श्रीमतीलाई मन पर्दैन । यस्तो अवस्थामा मैले के गर्नुपर्ला ? यौनेच्छामा कमी सबै व्यक्तिमा एकैनासको यौनेच्छा हुँदैन, कसैमा बढी हुन्छ भने कसैमा कम । त्यसैगरी कुनै व्यक्तिको व्यक्तिगत जीवनमा पनि सधैं एकनासको यौनेच्छा हुँदैन । यसै गरी कतिपयलाई यौनसम्पर्क राख्न मन नलाग्ने स्थिति हुन सक्छ अर्थात् कम यौनइच्छा (hypoactive sexual desire) को स्थिति हुन सक्छ । यस्तो स्थितीमा यौनसम्पर्क राख्ने चाहना, यौन परिकल्पना तथा यौन क्रियाकलाप महिनाको दुई पटकभन्दा कम भएको अवस्थालाई जनाउँछ, तर यसो भन्दैमा महिनामा एकपल्ट मात्र यौनसम्पर्क राख्ने जोडीलाई यो समस्याबाट पीडित भनिहाल्न मिल्दैन, यदि दुवै जना त्यसमा सन्तुष्ट छन् भने । त्यसैले कतिपय यौन विशेषज्ञले यौनइच्छा कम भएको भनेर त्यति बेलासम्म भन्दैनन् जबसम्म यी कुराले उक्त जोडीलाई यसका कारणले समस्यामा पारेको हुँदैन वा व्यवहारमा कुनै खास परिवर्तन देखिएका हुँदैनन् । श्रीमतीमा यौन चाहना नै कम भएको हुन सक्ने बाहेक अन्य कारणहरू पनि हुन सक्छन् । त्यसबाहेक तपाईंकी श्रीमतीले यौन क्रियाकलापमा संलग्न हुन नरुचाउनुका अनेक कारण हुन सक्छन् । पाठेघर वा त्यसको वरिपरी संक्रमण भै यौनसम्पर्क पीडादायक हुँदा महिलाहरू यौनसम्पर्क गर्न मान्दैनन् । केही दीर्घरोगमा पनि यस्तो प्रभाव देखा पर्न सक्छ । त्यसैगरी यसको मानसिक कारणहरूमा यौनप्रतिको गलत मानसिकता, आफैंभित्रका मानसिक विरोधाभास, श्रीमान्बाटै भए पनि यौन दुव्र्यव्यवहारजस्ता दु:खद् वा आघातपूर्ण पूर्व यौन अनुभूतिजस्ता कुराले यौन क्रियाकलापमा सहज रुपमा लाग्नवाट रोक्न सक्छ । त्यसबाहेक दैनिक जीवनमा आइपर्ने तनाव जस्तै चिन्ता, निराशा, थकान, अन्तरव्यक्ति सम्बन्धको चिसोपन तथा दम्पतीबीचको तनाव आदि यसका अन्य कारण हुन सक्छन् । यो कुरा तपाईंको पारिवारिक जीवनका अन्य कतिपय कुरासंग पनि सम्बन्धित हुन सक्छ । उमेर अनुरुप पनि यौनेच्छाको तीव्रतामा परिवर्तन आउँछन् । भर्खरै विवाह गरेको बेलाजस्तो त हुँदैन पनि । तपाईंहरू अहिले नै यौनेच्छा कम हुने उमेरमा पुगिसक्नुभएजस्तो लाग्दैन । आशा गर्छु, तपार्इंकी श्रीमतीको महिनावारी नियमित रूपमै भैरहेको छ । यी सबै कुराको सूक्ष्म अवलोकन तपाईं स्वयंले गर्न सक्नुहुन्छ । असमान यौनेच्छा त होइन ? दम्पती वा जोडीमध्ये एकलाई बढी यौनेच्छा हुनु र अर्कोलाई कम हुनु अर्थात् अनमेल वा असमान यौनेच्छा (mismatched libido) ले वैवाहिक तथा यौन जीवनमा अनेकन् असजिलो सिर्जना गर्छ । धेरैजसो स्थितिमा यस्तो अनमेलताको दोष आफ्नो यौनसाथी वा श्रीमान् वा श्रीमतीलाई नै दिइएको पाइन्छ । दाम्पत्य जीवनभित्र यौनसम्पर्क राख्न तुलनात्मक रुपमा सहज हुने भए पनि अन्य कतिपय कुराले यसलाई गम्भीर रूपमा असर पारिरहेको हुनसक्छ । यी कुरा के–कस्ता कुराले व्यक्तिलाई उत्तेजित पार्छ, यौनसम्पर्क कत्तिको सुखदायक हुने गरेको छ देखि यौनबाहिरका अन्य सम्बन्धको सुमधुरता कस्तो छ भन्नेसम्ममा आधारित हुन सक्छन् । यस्तो स्थितिमा कसैले यौनसम्पर्क नै राख्न नमान्ने हुन्छ भने कसैले यौनसम्पर्क राखे पनि त्यसमा कुनै उत्साह भने देखाउँदैनन् । तपाईंकी श्रीमतीमा यौन चाहना कम भएको हो र उहाँ यौन क्रियाकलापमै संलग्न हुन नरुचाउनु भएको हो भने पर्याप्त मात्रामा यौन चाहना नहुने, यौन उत्तेजना नै सुरु नहुने वा यौनसन्तुष्टि प्राप्त गर्न बाधा सिर्जना गर्ने कुनै पनि कुराका शारीरिक, मानसिक वा दुवै कारण हुन सक्छन् । पाठेघर वा वरिपरी संक्रमण भै यौनसम्पर्क नै पीडादायक हुने भएकाले कतिपय महिलाहरू यौनसम्पर्क नै गर्न मान्दैनन् । केही दीर्घरोगमा पनि यस्तो प्रभाव पर्न सक्छ । त्यसै गरी यसका मानसिक कारणहरूमा यौनप्रतिको गलत मानसिकता, आफैंभित्रका मानसिक विरोधाभास, श्रीमान्बाट नै भए पनि यौन दुव्र्यव्यवहार जस्ता निकै दु:खद् वा आघातपूर्ण पूर्व यौन अनुभूतिजस्ता कुराले यौन क्रियाकलापमा सहज रूपमा लाग्नवाट रोक्न सक्छ । त्यसबाहेक दैनिक जीवनमा आईपर्ने तनावहरू जस्तै चिन्ता, निराशा, थकाइ, अन्तरव्यक्ति सम्बन्धको चिसोपन तथा दम्पतीबीचको तनाव आदि यसका कारण हुन सक्छन् । यो तपाईंको पारिवारिक जीवनका अन्य कतिपय कुरासँग पनि सम्बन्धित हुन सक्छ । तपाईंकी श्रीमतीले कतै कुनै औषधी त सेवन गरिरहनुभएको छैन, विचार गर्नुहोला । समाधान कुनै स्पष्ट शारिरीक वा मानसिक कारण भए त्यसको निदान गरी त्यसै अनुरूपको समाधानका लागि प्रयत्न गरिनुपर्छ । कुनै शारीरिक कारण भए त्यसका लागि स्त्रीरोग विशेषज्ञसँग सरसल्लाह गर्नु उपयुक्त हुन्छ । तपाईंलाई थाहा हुनुपर्छ कि यौनसम्बन्धी चाहना, आवश्यकता अनि यौनेच्छा वा यौन व्यग्रता व्यक्ति अनुसार फरक–फरक हुन्छ । केही असमानता भए पनि वैवाहिक जीवनमा बाँधिएपछि त्यसैअनुरूप श्रीमान् तथा श्रीमती दुवैले आफ्नो यौन जीवनलाई ढाल्नुपर्छ, अनावश्यक रूपमा आफैलाई दोष दिँदैमा समस्या समाधान हुँदैन । विवाह बन्धनमा बाँधिएपछि त्यसलाई सुमधुर बनाउनु दुवैको उत्तिकै दायित्व हो, पारिवारिक सन्दर्भमा होस् वा यौनसम्बन्धी कुरामा । तपाई र तपाईंकी श्रीमतीलाई नै सम्पूर्ण परिस्थितिका बारेमा सबैभन्दा बढी जानकारी हुने भएकाले त्यसको विश्लेषण गरेर समाधानको बाटो पहिल्याउनुहोस् । एक–अर्काको अपेक्षा अनि क्षमताका बारेमा समझदारी कायम गर्न पर्याप्त कुराकानी पनि गर्नुपर्छ । कतिपय भने विवाहपछि पुरुषले हस्तमैथुन गर्दैनन् वा गर्नु हुँदैन भन्ने सोचका कारण पनि ग्लानिको सिकार हुन्छन् । सामान्यत: विवाहित व्यक्तिमा हस्तमैथुन गर्ने कार्यमा केही कमी आए पनि उसले हस्तमैथुन गर्छ र यो सामान्य कुरा हो । म तपाईंले हस्तमैथुन गरेको कुरालाई सकारात्मक रूपमै लिन्छु । यौनेच्छा पूरा गर्न श्रीमतीलाई जबरजस्ती गर्नुभन्दा यो तुलना नै गर्न नसकिने किसिमले राम्रो कुरा हो । बरु तपाईंले आफुले हस्तमैथुन गर्दा त्यसमा श्रीमतीसमेत संलग्न गराउनु उचित हुन्छ, उहाँले पनि तपाईंको चरमसुखमा योगदान गरेको अनुभव गर्नुहुने भएकाले योनि–लिङ्ग यौनसम्पर्क नहुँदा पनि असहजता उत्पन्न हुन पाउँदैन । साप्तािहकबाट

टस हारेर दिल्ली डेयडेविल्स व्याटिङ गर्दै, सन्दीप प्लेइङ ११ परे ? को-को परे ?

काठमाडौं, चैत्र २५ । आइपीएलको ११ औं संस्करणको दोस्रो खेलमा आज दिल्ली डेयडेविल्स र किंग्स इलेवन पंजाब भिड्दै छन् । मोहालीको आइएस बिन्द्रा स्टेडियममा हुने खेलमा किंग्स इलेवन पंजाबले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । आइपीएल क्रिकेटमा दिल्ली डेयर डेभिल्समा आवद्ध नेपाली क्रिकेटर सन्दिप लामिछानले पहिलो खेलमा मैदान उत्रिन नपाउने भएका छन् । आजको खेलमा रविचंद्रन अश्विनले पहिलो पटक पंजाब टीमको कप्तान गर्दै छन् । त्यस्तै दिल्लीका लागि पनि गौतम गंभीरले पहिलो पटक कप्तानी सम्भाल्दै छन् । गम्भीर यसअघि सन २०११ देखि २०१७ सम्म लगाता कोलकाता नाइटराइडर्सको कप्तान थिए । गम्भीरको कप्तानीमा कोलकाता नाइटराइडर्स दुई पटक च्याम्पीयन बनिसकेको छ । पञ्जावविरुद्ध मैदान उत्रिने दिल्लीको टिमः गौतम गम्भीर (कप्तान) कोलिन मुन्रो, जैसन रोय, ऋषभ पन्त, श्रेयर अय्यर, क्रिश मोरिश, विजय शंकर, अमित मिश्र, मोहमद शामी, ट्रेन्ठ बोल्ट र शहबाज नदिम

हरे ! आफ्नो प्रचारका लागि कतिसम्म गर्न सक्दो रहेछ मानिसहरु ?

सामाजिक सञ्जालमा बेलाबखत उदेकलाग्दा लहर चल्छन् । पछिल्लो समयको सुरु भएको एउटा लहर त स्वास्थ्यको दृष्टिले पनि निकै जोखिमपूर्ण मानिएको छ । ‘द कन्डम च्यालेन्ज’ नाममा यो ट्रेन्ड सुरु भएको हो । यसमा युवाहरुले आफ्नो नाकबाट कन्डोम भित्र छिराएर मुखबाट निकाल्ने गर्छन् र यसको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्छन् । जबकि यसो गर्नु कष्टप्रद हुनाको साथै गम्भीर संक्रमणको पनि खतरा हुने विज्ञहरुले औंल्याएका छन्। त्यसो त यस्तो भिडियो पहिलोपटक २०१५ मा नै आएको थियो । ३ मिनेटको उक्त भिडियोमा एक युवाले एउटा नाकको प्वाल बन्द गरेर अर्को प्वालबाट कन्डोम छिराउँछन् र सासले भित्र तान्छन् । केही सेकेन्डमा त्यो कन्डम मुखबाट निस्किन्छ । यसो गर्दा उनलाई निकै कष्ट भएको प्रत्यक्ष देखिन्छ । पछिल्लो समय त यस्तो भिडियोको बाढी नै आएको छ । लाइक र कमेन्टको लोभमा युवाहरु यस्तो दौडमा लागेका हुन् । यस्तो खतरनाक ट्रेन्ड बन्द हुनुपर्ने स्वास्थ्य विज्ञहरुको सुझाव छ । अधिकांश कोन्डमहरुमा हुने लुब्रिकेन्टहरुले नाकभित्र एलर्जी वा इन्फेक्सन हुने उनीहरु बताउँछन् । दुर्घटनावस कन्डोम निल्न पुगे त्यसले अझ ठूलो खतरा निम्त्याउने उनीहरुको भनाइ छ । सन् २०१६ मा क्यामरुनकी एक महिलाले दुर्घटनावस कन्डोम निल्न पुग्दा एपेन्डिसाइटिस भएको थियो र सर्जरी गर्नुपरेको थियो । यसैगरी अर्की महिलाले कन्डोम निल्दा न्यूमोनियाको शिकार बनेकी थिइन् । एजेन्सीको सहयोगबाट

सेक्स गर्न नमानेपछि प्रेमिकाको हत्या

मुम्बई । भारतको नालासोपारा पूर्वमा आइतबार प्रेमीसँग यौन सम्पर्क (सेक्स) गर्न नमानेपछि २० वर्षीया प्रेमिकाको हत्या गरिएको छ । आइतबार साँझ वाशी घर भएकी युवती अंकिता मोरे २१ वर्षीय प्रेमी हरिदास निर्गुणेलाई भेट्न नालासोपारा आएकी थिइन् । प्रेमी हरिदासले सेक्स गर्न राखेको प्रस्ताव नमानेपछि हत्या गरिएको प्रहरी अधिकारीले जनाएका छन् । प्रेमिकाले सेक्स गर्न नमानेपछि जुत्ताको तुना (लेस) घाँटीमा कसेर हत्या गरिएको जनाइएको छ । प्रेमिकाको हत्या गरेपछि शवलाई सिढीमा छाडेर भागेको तुलिन्ज प्रहरी चौकीका एसआई किशोर खैरनारले बताए । उनका अनुसार प्रहरीले अभियुक्तविरुद्ध आईपीसी धारा ३०२ अनुसार मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अगाडि बताएको छ । एसआई खैरनारले भने, ‘सुरुवाती जाँच अनुसार युवतीले सेक्स गर्न नमानेपछि हत्या गरिएको बुझिएको छ । घटनाको छानविन भइरहेको छ ।’

साथीको हत्या आरोपमा पक्राउ

काठमाडौं । आफ्नो साथीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ । सिन्धुलीको सिन्धुलीगढी घर बताउने ‘मोटे’ भन्ने सानु मगर नाम गरेका एक व्यक्ति आज बिहान कागेश्वरी मनोहरा नपा, मूलपानी क्रिकेट ग्राउण्ड नजिकैको सडक छेउमा रगताम्मे अवस्थामा मृत फेला परेका थिए । सो घटनामा संलग्न भएको आरोपमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले खोटाङ, चिसापानी घर भई राजधानीमा बस्दै आएका प्रेम खड्का भन्ने राजन कटुवाललाई पक्राउ गरेको हो । मृतक र आरोपित कटुवालबीच करिब एक महिना अगाडि चिनजान भई साँखुमा साथै ज्यामी काम गर्ने गरेका र कामको सिलसिलामा दुईबीच मनमुटाव भएको खुलेको छ । गएराति ११ बजेतिर मृतक सानु मगर कटुवाल सुत्ने गरेको कोठामा आएको र उनीहरुबीच विवाद भएको प्रहरीले जनाएको छ । विवाद हुँदै गएपछि मृतक मगरलाई लखेटी सडक छेउमा कटुवालले चिर्पट तथा ढुंगा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।