फिरङ्गी चलचित्र बक्स अफिस कलेक्शन : कपिल शर्माले सोचेजस्तो दर्शकहरुलाई हँसाउन सकेन

मंसिर १९ । हाँस्य कलाकार बन्न सफल भएको कपिल शर्माको यस चलचित्र ‘फिरङ्गी’ यही डिसेम्बर १ मा रिलिज आएको थियो । यसमा दर्शकहरुले धेरै नै ठूलो विश्वास रहेको थियो । कपिल शर्मालाई सबै लाई सबैले दर्शकहरुले सबैलाई हँसाउन सक्ने क्षमता भएको भनी चिन्ने गरेका छन् ।

तर, यदि उनको यस चलचित्रको कुरा गर्ने हो भने दर्शकहरुले गरेको अपेक्षामा उनी उभिएको देखिएन । यसको अन्दाज तपाईहरुले यसको बक्स अफिसमा कलेक्शन भएको कमाईको आधारमा गर्न सकिन्छ ।

दुई दिनमा बक्स अफिसमा कलेक्शन भएको कमाईको आँकडा सबैको अगाडि आइसकेको छ र उनलाई देखेर तपाईंहरुले यही भन्नुहुन्छ कि यो राम्रो हुन सक्थ्यो । बक्स अफिस इण्डिया डट कमको अनुसार पहिलो दिन शुक्रबार २ करोड र शनिबार २.१० करोड रकम कमाएका छन् । कुल जम्मा ४.१० करोड रुपैयाँ कलेक्शन भएको छ ।

यस चलचित्र १९२१ को ब्याकग्राउण्डमा बनाएका थिए, जब भारत अंग्रेजबाट आफ्नो स्वतन्त्रको लागि संघर्ष गरिरहेका थिए । त्यो समय मंगा नामको शख्सको लाग्थ्यो कि अंग्रेज नराम्रो मान्छे होइन ।

यो कहानीको हंसीको एक तडकाका साथ देशभक्ति सजाएको थियो ।

उक्त चलचित्रको कलेक्शन देख्दा यस्तो लाग्दछ कि दर्शकहरुलाई कुनै खास प्रभावित पार्न असफल भए जस्तो देखिन्थ्यो ।

राजीव ढिंगराले यस चलचित्रको निर्देशन गर्ने क्रममा नै यो कहानी लेखिएको थियो । यसको आधारमा नै कपिल शर्माले निर्माताबाट डेब्यु गरेका थिए । यही कारणबाट कलाकारको धेरै नै अपेक्षा रहेको थियो ।

हाम्रै नेपालमा नैतिक यौनको शिक्षा दिने यस्तो अचम्मको जात्रा (हेर्नुहोस भिडियोसहित)

यौन शिक्षा तथा यौन मनोविज्ञानप्रति नेपाली समाजमा धेरै नै संकुचित सोचाइहरु विद्यमान छन् । तर, अचम्म पर्नुहोला सायद यो भिडियो हेरेर किनकि हाम्रै नेपालमा नैतिक यौनको शिक्षा दिने यस्तो अचम्मको जात्रा पनि हुने गर्छ। हेर्नुहोस् पुरा भिडियोः

चौधरी ग्रुपलले कृत्रिम खुट्टा निशुल्क उपलब्ध गराउने

काठमाडौं, फागुन २८ । विविध कारणले खुट्टा गुमाएका व्यक्तिहरूका लागि चौधरी ग्रुपले नेपालमै कृतिम खुट्टा उत्पादन गरी निशुल्क वितरण गर्ने भएको छ । चौधरी फाउन्डेसनले भारतको जयपुरस्थित विश्वप्रसिद्ध भगवान महावीर विकलांग समिति (जयपुर फुट) सँगको संयुक्त पहलमा कृतिम खुट्टा उपलब्ध गराउने भएको हो । कृतिम खुट्टाको उत्पादन र न्यूनतम् शुल्कमा विश्व बजारमा सेवा पुर्‍याएर अन्तर्राष्ट्रिय ख्याती कमाएको जयपुर फुट र चौधरी फाउन्डेसनबीच नेपालमा कृतिम खुट्टा उत्पादन र वितरण गर्ने समझदारी भएको हो । समझदारी अनुसार जयपुर फुटले बर्सेनि तीन सयवटा कृक्रिम खुट्टाका लागि आवश्यक पर्ने सामाग्री चौधरी फाउन्डेसनलाई उपलब्ध गराउने छ । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

हिरासतबाटै थुनुवा फरार, पाँच प्रहरी कारबाहीमा

बैतडी, ८ फागुन । चोरीको आरोपमा पक्राउ परेका एक थुनुवा दार्चुला प्रहरीको हिरासतबाटै शनिबार फरार भएका छन् । फरार हुने दार्चुला सुनसेरा–३ का २९ वर्षीय धनसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिनुभयो । दार्चुलाको सुनसेरामा माघ २३ गते चोरी गरी फरार रहेका विष्टलाई प्रहरीले माघ २४ गते सदरमबुकाम खलङ्गाबाट पक्राउ गरी अनुसन्धान गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानकै क्रममा रहेका विष्ट शनिबार बिहान १ बजेदेखि ४ बजेको समयमा फरार भएका हुन् प्रहरी नायब उपरीक्षक खनालले भन्नुभयो “थुनुवा कक्षको नटबोल्ड तोडेर फरार भएको देखिएको छ ।” फरार विष्टको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । यसका साथै थुनुवा भागेको समयमा ड्युटी गरिरहेका पाँच जना प्रहरीलाई समेत कारबाही गरिएको बताइएको छ । प्रहरी घेराबाटै थुनुवा भाग्नुको रहस्य भने खुल्न सकेको छैन । फरार विष्टलाई भाग्नमा कसैको पनि संलग्नता भएको थाहा पाइएका कडा कारबाही गरीने प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो । विष्ट यसअघि पनि चरेस मुद्दामा संलग्न रहेको प्रमाणित भएर तीन महिना जेल बसेका व्यक्ति हुन् । रासस

चितवनमा बस पल्टिँदा १९ यात्रु घाइते

पश्चिम चितवनको पटिहानीमा बस पल्टिँदा १९ यात्रु घाइते भएका छन् । बुधबार मध्यान्ह  बस पल्टिँदा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भिर रहेका छन् । घाइतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जितपुरबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ख ६८२३ नं को बस भरतपुर उपमहानगरपालिका– २७ जगतपुर टाउनमा अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको हो । बसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । रासस

तराईमा हुस्सु र कुहिरो, काठमाडौंमा यो वर्षकै न्यून तापक्रम

काठमाडौं । काठमाडौंमा आज यो वर्षको हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । बिहान साढे ६ बजे ४.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । काठमाडौंमा आज बिहान पाँच किलोमिटर भिजिविलिटी रहेको छ । ९ बजेसम्म काठमाडौंमा लागेको हुस्सु तथा कुहिरो हट्ने छ । आज बिहान लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ । उनले राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने बताए । आज वर्षा र हिमपातको सम्भावना छैन । पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण वर्षा र हिमपात नहुने भएको हो । तराईका विभिन्न भू–भागमा लागेको हुस्सु तथा कुहिरो दिउँसोसम्म हट्ने छ।

मोटरसाइकल दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्री सडकखण्डमा आज दिउँसो मोटरसाइकल दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरगढी–२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङ्तानको मृत्यु भएसँगै मृतकको सङ्ख्या तीन पुगेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार, दिउँसो १ बजेको समयमा सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई उक्त स्थानस्थित पुल छेउबाट अन्दाजी १२ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका भीमबहादुरको हेटौँडा अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवनको भरतपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । उक्त दुर्घटनामा परेर यसअघि उनकी श्रीमती ३४ वर्षीया रुपा स्याङ्तान र उहाँको पाँच महिने छोरीको घटनास्थलमा नै मृत्यु भएको थियो । मृतक तीनै जनाको शव हेटौँडा अस्पतालमा राखिएको छ । उक्त घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

उत्पादन र रोजगार समृद्धिको आधार

अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले उत्पादन र रोजगारः समृद्धिको आधार को नारालाई आत्मसात गरी औद्योगिकीकरणको गतिलाई तीव्रता दिने बताए । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै डा.महतले औद्योगिक प्रवर्द्धन, पूर्वाधार एवं मानव संसाधन विकास र असल औद्योगिक सम्बन्ध कायम गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिनेछ भने उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताए ।

चिनियाँ समकक्षी ली खछ्याङको प्रचण्डलाई बधाई सन्देश –‘चीनको पूर्ण साथ रहनेछ’

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनको पूर्ण साथ रहने बताएका छन् । प्रधानमन्त्री लीले प्रचण्डलाई लिखित बधाई सन्देश पठाउँदै कार्यकाल सफल हुने आशा व्यक्त गर्दै नेपालको स्थायीत्व, विकास र समृद्धीका लागि चीनको सधैं साथमा रहने बताएका हुन् । लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत प्रचण्डलाई बधाइ पत्र पठाएका थिए । दूतावासले प्रधानमन्त्रीलाई उक्त पत्र शुक्रबार हस्तान्तरण गरेको हो । पत्रमा लीले चीन प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको भन्दै दुवै मुलुकका जनताका लागि रणनीतिक साझेदारी कार्यक्रमलाई अघि बढाउने अपेक्षा समेत व्यक्त गरेका छन् । ‘तपाईं नेतृत्वको सरकारले नेपालको दिगो सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण कदम चाल्ने छ भन्ने आशा छ । नेपालको स्थायीत्व, विकास र समृद्धिको लागि चीन सँधै साथमा रहने छ,’ बधाई सन्देशमा भनिएको छ, ‘तपाईंको यो कार्यकाल सफल हुनेमा चीन विश्वस्त छ । साथै, पूर्ण सहयोग हुने कुरामा पनि विश्वस्त तुल्याउन चाहन्छ।’ दुई देशबीच लामो समयदेखि पृथक द्विपक्षीय सम्बन्ध रहेको भन्दै बधाई सन्देशमा यसलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ । यसअघि चिनियाँ दूतावासले प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकै दिन र चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बधाई दिएका थिए ।

नेपाल र केन्याबीच दोस्रो खेल आज

काठमाडौं । पाँच ट्वान्टी–२० र तीन एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अपरान्ह घरेलु टोलीसँग दोस्रो ट्वान्टी–२० खेल खेल्दैछ । नेपालले नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ बाट शुरु हुनेछ । विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि नेपालले केन्यासँग अनुभव बटुल्नका लागि खेल्न लागेको हो । पहिलो खेलमा बुधबार नेपालले ५ विकेटको सहज जित निकालेको थियो । नेपाल आज पनि जितलाई निरन्तरता दिने लक्ष्यका साथ मैदान प्रवेश गर्ने भएको छ ।

सुपका ८८ पालिकामध्ये २० तहकाे गणना सम्पन्न, कसले कति जिते त ?

सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये १९ वटाको मतगणना सम्पन्न भएको छ। १९ मध्ये ७ स्थानीय तहमा नेकपा एमाले, ७ स्थानीय तहमा नेपाली कांग्रेस र ५ स्थानीय तहमा माओवादी केन्द्रका मेयर र अध्यक्ष विजयी भएका छन्। नेकपा एमाले विजयी भएका पालिकाहरू १) बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा २) बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया ३) दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर ४) बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द ५) दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी ६) डोटीको जोयारल गाउँपालिका– दुर्गादत्त ओझा ७) कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना नेपाली कांग्रेस विजयी भएका पालिकाहरू १) डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद २) बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत रोकाया ३) बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद ४) डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी ५) अछाम ढाकरी गाउँपालिका– प्रकाशबहादुर साउद ६) डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ईन्द्रबहादुर कार्की ७) डोटीको आर्दश गाउँपालिका– गणेशबहादुर खड्का नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरू १) दार्चुलाको नौगाड गाउँपालिका– दलजीत सिंह धामी २) दार्चुलाको मार्मा गाउँपालिका– अध्यक्ष जमनसिंह धामी ३) दार्चुला अपिहिमाल गाउँपालिका– अध्यक्ष भक्तसिंह ठेकरे ४) डडेल्धुरा आलिताल गाउँपालिका– अध्यक्ष शेरसिंह पार्की ५) डोटीको बोकटान फुड्सिल गाउँपालिका– अध्यक्ष कमलबहादुर गड्सिला (६) लेकम गाउँपालिका- अध्यक्ष रामदत्त जाेशी

सिन्धुलीमा गठबन्धनको जित सुनिश्चित, एमालेलाई साख जोगाउनै गाह्रो

सूर्य सुवेदी सिन्धुली जिल्ला बागमती प्रदेशअन्तर्गतको एक जिल्ला हो । ऐतिहासिक रुपमा अंग्रेजलाई हराउने जिल्लाका रुपमा पनि यो जिल्लाको पहिचान छ । नेपाली जनयुद्धमा पनि सिन्धुली र यहाँका नागरिकको ठूलो भूमिका छ । नेपाली कांग्रेसका नेताहरु वीपी कोइराला, मात्रिका र गिरिजाको जिल्ला भनेर पनि सिन्धुलीलाई चिनिन्छ । कम्युनिष्ट आन्दोलनका पूर्वका तारा भनेर चिनिने ऋषि देवकोटा ‘आजाद’, सिपी गजुरेल, हरिबोल गजुरेल, असारे काका, महेश्वर दाहाल पनि यही जिल्लामा जन्मिएका हुन् । नेपालमा सबैभन्दा धेरै जिल्लाहरुको सिमाना छुने जिल्ला पनि सिन्धुली हो । उत्तरमा महाभारत पर्वत, भित्री मधेस, चुरे हुँदै तराईसँग यो जिल्लाको भूगोल जोडिएको छ। राजनीतिक विभाजन  यो जिल्लामा दुई संघीय निर्वाचन क्षेत्र छन् र चार प्रादेशिक क्षेत्रहरु छन् । साथै सिन्धुली जिल्लामा दुई नगरपालिकासहित नौ वटा स्थानीय तहहरु छन् । २०७४ को निर्वाचनको परिणाम  नौ वटा स्थानीय तहमध्ये सिन्धुलीका तीन ठुला दलहरुले तीन तीन वटा स्थानीय तहमा जित हासिल गरेका थिए । त्यसमा नेकपा (माओवादी केन्द्र) ले सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका जितेको थियो। त्यसैगरीे नेपाली कांग्रेसले घ्याङ्लेख गाउँपालिका, तीनपाटन गाउँपालिका र गोलाञ्जोर गाउँपालिका जितेको थियो। नेकपा एमालेले दुई नगर कमलामाई नगरपालिका, दुधौली नगरपालिका र फिक्कल गाउँपालिका जितेको थियो। वर्तमान अवस्था  २०७९ सालमा आइपुग्दा २०७४ सालको जस्तो निर्वाचन परिणाम आउने छैन। किनभने नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत पाँच दलीय गठबन्धनले यसपटक संयुक्त मोर्चाबन्दीमा निर्वाचन लड्ने छन् । सिन्धुली जिल्लामा दुई ठूला दल कांग्रेस र माओवादीले स्थानीय तहको निर्वाचनमा कुन पार्टी कुन स्थानीय तहमा निर्वाचन लड्ने भनेर स्थानीय तह बाँडफाँड गरिसकेका छन् । नौ स्थानीय तहमध्ये एक नगरपालिका र चार गाउँपालिकामा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनले निर्वाचन लड्ने छ भने एक नगरपालिका र तीन गाउँपालिकामा माओवादी केन्द्रको नेतृत्वमा गठबन्धन निर्वाचनमा होमिने छ । यस्तो छ गठबन्धनको भागबण्डा  सिन्धुली जिल्लामा रहेका नौ वटा स्थानीय तह भागबन्डा गर्दा नेपाली कांग्रेसले कमलामाई नगरपालिका, गोलञ्जोर गाउँपालिका, घ्याङ्लेख गाउँपालिका, तीनपाटन गाउँपालिका र फिक्कल गाउँपालिका हात पारेको छ भने नेकपा माओवादी केन्द्रले दुधौली नगरपालिकासहित मरिण गाउँपालिका, सुनकोसी गाउँपालिका र हरिहरपुगढी गाउँपालिकामा नेतृत्व पाएको छ । गठबन्धनको अवस्था  स्थानीय निर्वाचन २०७४ को मत परिणामलाई केन्द्रमा राखेर सिन्धुली जिल्लाका नौ स्थानीय तहको विश्लेषण गर्दा नेकपा एमालेले यस जिल्लाका कुनै पनि स्थानीय तह जित्ने आधार देखिँदैन । ०७४ को निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले पाएको मतलाई मात्रै जोड्दा पनि गठबन्धनले एमाले भन्दा निक्कै मतान्तरले जित्ने सुनिश्चित छ । गठबन्धन र एमालेको मतान्तर  कमलामाई नगरपालिकामा गठबन्धनको मत १२ हजार ६३९ छ भने यो नगरपालिकामा एमाले एक हजार ४८७ मतले पछि छ । गोलञ्जोर गाउँपालिका गठबन्धन पाँच हजार ४८७, एमाले दुई हजार ९०३ मतले पछि छ । घ्याङ्लेख गठबन्धन चार हजार ३७९, एमाले तीन हजार ६९५ मतले पछि, तीनपाटन गठबन्धन आठ हजार ५८७ एमाले दुई हजार ९०५ मतले पछि, दुधौली नगरपालिका गठबन्धन १६ हजार १२३, एमाले सात हजार ५२५ मतले पछि छ । फिक्कल गठबन्धन तीन हजार ९०६, एमाले ७८० मतले पछि छ। त्यसैगरी मरिण गठबन्धन ६ हजार ४८६, एमाले चार हजार ६२६ मतले पछि छ भने सुनकोसी गठबन्धन ६ हजार ६४५ एमाले, चार हजार २२ मतले पछि र हरिहरपुरगढी गठबन्धन ६ हजार ३४०, एमाले तीन हजार ३८६ मतले पछाडि रहेको छ। गठबन्धनले जित्ने आधार  गठबन्धनमा पाँच दलहरु भए पनि माथि उल्लेखित भएका तथ्याङ्कहरु हेर्दा माओवादी र कांग्रेसले गत २०७४ को स्थानीय तहमा प्राप्त गरेको मतको कूल संख्या र सग्लो एमाले हुँदा एमालेले पाएको मत परिणामको हिसाब मात्रै गरिएकाले गठबन्धनको मतान्तर एमालेसँग अरु धेरै बढ्ने छ। सिन्धुली जिल्लामा गठबन्धनका अन्य दलहरु जसपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको मत पनि गठबन्धनमा थपिँदा सिन्धुली जिल्लामा एमालेलाई आफ्नो साख जोगाउन निक्कै कठिन छ।  

बस र मोटरसाइकल ठोक्किदा , एक जनाको मृत्यु

काठमाण्डौं । भक्तपुरमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति भक्तपुर नगरपालिका न।पा ९मा ब्रम्हायणीबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ३ ख ४७६५ नं को बस र विपरीत दिशाबाट जाँदै गरेको बा ६१ प ६६१८ नं मोटरसाइकल ठोक्किएका हुन् । सो दुर्घटनामा मोटरसाइकलमा सवार २ जना घाइते भई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएको थियो । उपचारकै क्रममा मोटरसाएकल पछाडि सवार दोलखा तामाकोसी गाउँपालिका १ भिरकोट घर भई भक्तपुर भक्तपुर न.पा १० कमलबिनायक बस्ने बर्ष ३४ को देबेन्द्र कार्कीको मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जानाएको छ । मोटरसाइकल चालक दोलखा हावा ७ घर भई हाल भक्तपुर सुर्यबिनायक न.पा ५ चुनदेबी बस्ने बर्ष २७ को बलराम सुनुवारको उपचार भईरहेको छ । थप अनुसंन्धानका निम्ति दुबै सवारी साधन वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मंगलबार चार खेल हुँदै

प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मंगलबार चार खेल हुने भएका छन । क्रिकेट एसोसिएसन नेपालका अनुसार त्रिवि क्रिकेट मैदानमा दुई र मुलपानी क्रिकेट मैदानमा दुई खेल हुने तालिका छ। त्रिवि मैदानमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। यसअघि पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई हराएको थियो भने पुलिसले सुदूरपश्चिमलाई हराएकाे थियो। यस्तै त्रिवि मैदानमै हुने दोस्रो खेलमा बागमती प्रदेश र एपीएफ क्लबबीच खेल हुनेछ। दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन्। सोमबार भएकाे खेलमा बागमतीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई हराएको थियो भने एपीएफले प्रदेश–२ लाई पराजित गरेको थियो। यस्तै आजै हुने मुलपानी रंगशालाको पहिलो खेलमा प्रदेश–१ र कर्णाली प्रदेशबीच खेल हुनेछ। यस्तै दोस्रो खेलमा प्रदेश २ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् । समूह ‘बी’ अन्तर्गत एपीएफ क्लब, प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

अष्ट्रेलियामा नेपाली दम्पतीबीच झगडा, श्रीमानको मृत्यु

अष्ट्रेलियाः अस्ट्रेलियामा पारिवारिक झगडा हुँदा श्रीमानको मृत्यु भएको छ। सिड्नीको ग्रान्भिलमा श्रीमान श्रीमातीको घर झगडामा कुटाकुट हुँदा श्रीमानको ज्यान गएको हो। मृत्यु हुने नेपाली मुलका रहेको र श्रीमतीले धारिलो हतियार प्रयोग गरि बुटवल निवासी सन्तोष गौतम (३४) को मृत्यु भएको गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टी गरे। शनिवार राति उनीहरुबिच झगडा भएको थियो। झगडामा उनीहरुबिच धारिलो हतियार प्रयोग भएको अनुमान छ। टाउकोमा गम्भिर चोट लागेर अचेत बनेका सन्तोषलाई राति अबर पारामेडिक्सले अस्पताल पुर्याएका थिए। तर उनको अस्पतालमै मृत्यु भएको अष्ट्रेलियाको प्रहरीले जनाएको छ। घाइते युवतीको अवस्था सामान्य छ। उनलाई हत्या आरोपमा अष्ट्रेलियाली प्रहरीले नियन्त्रणमा लिएको छ। एनएसडब्लु प्रहरी फोर्सले जारी गरेको विज्ञप्ती अनुसार उनलाई आज पारामाटा अदालतमा पेश गरिने छ।

नेयमारको निर्णायक गोल, पीएजसीको रोमाञ्चक जित

काठमाडौंः फ्रान्सको लिग ‘लिग वान’मा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार लगातार उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन्। आफ्नो क्लब पिएसजीलाई आइतबार राति जित दिलाउन नेयमारले गरेको एकमात्र गोल नै निर्णायक बन्यो। लियोनसँग अधिकांश समय गोलरहित बराबरी भएको खेलमा सयम सकिन ३ मिनेट बाँकी छँदा नेयमारले पिएसजीका लागि विजयी गोल गरे। उनको गोलबाट जितसँगै शीर्ष स्थानको पीएसजीले लिगमा तीन अंकको अग्रता लिएको छ। अघिल्लो साता स्टार्सवर्गविरुद्वको खेलमा दोस्रो हाफको इन्जुरी समयमा नेयमारले नै पिएसजीका लागि एक मात्र गोल गर्दै टिमलाई जित दिलाएका थिए। लगातार दोस्रो खेलमासमेत अन्तिम समयमा गोल गर्दै नेयमारले घरेलु टोलीको सम्भावित बराबरी टारे। नेयमारले पिएसजीका सुरुवाती पाँच खेल गुमाएका थिए। उनी बार्सिलोना अनुबन्धन हुने चर्चापछि मुख्य प्रशिक्षक थोमस टुचेलले उनलाई टिम बाहिर राखेका थिए। उनी टिममा फर्कि एपनि च्याम्पियन्स लिगको सुरुवाती तीन खेल गुमाउनेछन्। उनलाई युईएफएले तीन खेलका लागि निलम्बन गरेको छ। त्यही कारण रियल म्याड्रिडविरुद्वको पहिलो खेलमा उनी मैदानमा देखिएनन्। फ्रेन्च लिगको शीर्ष स्थानको पिएसजीले ६ खेलबाट १५ अंक जोडेको छ। लियोन ८ अंकसहित नवौँ स्थानमा छ।