यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९९ पैसा र बिक्रीदर चार रुपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७३ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १२ रुपैयाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले जुनसुकै समयमा पनि उल्लेखित दर संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एकजना पक्राउ
पाल्पा । जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको मिस्दी गाउँपालिका ७ ज्यामिरे बस्ने ३५ वर्षीय सन्त बहादुर बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई सन्त बहादुरले गत असार ३१ गते बिहान उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी रूक्सेभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
खोटाङ । जबरजस्ती करणी गरेको अभियोगमा खोटाङमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जन्तेढुङगा गाउँपालिका ६ बस्ने ६३ वर्षीय बलबिर राईलाई प्रहरीले पक्राउ गरेको हो । राईले ती महिलालाई बुधबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सञ्चार तथ सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै मन्त्री शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने छ। बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।
सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा नै कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबामा बस्नेछ । बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सुझाव सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल जेठ १० गते बिहीबार सन् २०२४ मे २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०७ पैसा र बिक्री दर १६९ रुपैयाँ ८३ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल जेठ ५ गते शनिबार सन् २०२४ मे १८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ २२ पैसा र बिक्री दर १४४ रुपैयाँ ८७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३० पैसा र बिक्री दर १६९ रुपैयाँ ०६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
गरिब नागरिकलाई विद्युतीय चुल्हो उपलब्ध गराउने
काठमाडौं। सरकारले गरिब नागरिकका लागि विद्युतीय चुह्लो उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब नागरिकलाई विद्युतीय चुह्लो उपलब्ध गराउने बताए।
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्न लागेको छ। शुक्रबार शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। बैठक संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्नेछ। यस्तै सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले संसद्मा विरोध जनाएको थियो। सो विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकले सङ्घीय संसद्को बजेट अधिवेशन आह्वानका लागि समेत सिफारिस गर्ने जनाइएको छ । त्यस्तै, बैठकले अन्य नियमित निर्णयहरू समेत गर्नेछ । बैठकमा मंगलबारबाट हुने कतारका राजा अमिरको नेपाल भ्रमणका बारेमा छलफल गरिने मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबारदेखि दुई दिने नेपाल भ्रमणमा आउँदै छन् । कतारका राजाले नै नेपालको भ्रमण गर्न लागेको यो पहिलो पटक हो । भ्रमणमा श्रम सम्झौतालाई नेपालले प्राथमिकतामा राखेको छ ।
लागूऔषधसहित ७ जना पक्राउ
काठमाडौं । अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ७ जना पक्राउ परेका छन् । प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । झापाको मेचिनगर नगरपालिका ६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ८० मिलिग्रामसहित बुद्दशान्ती गाउँपालिका १ बस्ने २३ वर्षीय रत्न बहादुर राइलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी झापाकै मेचिनगर नगरपालिका १३ चारआली ईलाम रोडस्थित हिमालयन क्याविन वाईट्स होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचिनगर नगरपालिका १२ बस्ने २२ वर्षीय नेत्र बहादुर राई र अर्जुनधारा नगरपालिका(१० बस्ने २२ वर्षीय बिशाल लिम्बु रहेका छन् । उक्त होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधरमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले होटलको क्याविनबाट दुवै जनालाई ५÷५ सय मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो । यस्तै झापाकै मेचिनगर नगरपालिका ६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्रामसहित सोही नगरपालिका १० बस्ने २४ वर्षीय बिक्रम राजवंशीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । त्यस्तै, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ ढलान रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय ५० मिलिग्रामसहित मोरङ केराबारी गाउँपालिका(१० केराबारी बस्ने ३७ वर्षीय राजु मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटीएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को।३६ प ५९१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मगरलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी बाँकेको कोहलपुर नगरपालिका १३ सिम्री बस्ने १९ वर्षीय सोम बहादुर नेपालीलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्रामसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस्तै, पर्साको वीरगंज महानगरपालिका १६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पर्दाथ १ ग्राम ५ सय मिलिग्रामसहित भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी बस्ने २४ वर्षीय हैदर अलीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक अलीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ३८ हजार ६०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन तोलामा १ लाख ३९ हजार २०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर तोलाको १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको १७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ७ सय रुपैयाँ बढेर प्रतितोला सुन १ लाख ३७ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार प्रतितोला सुन १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँ पुगेको छ। यसैगरी चाँदीको मुल्य पनि बढेको छ। आज प्रतितोला चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। अघिल्लो दिन चाँदी १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । छुट्टाछुट्टै स्थानबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उदयपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका ९ बस्ने ३८ वर्षीय सन्तोष कुमार माझीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । माझीले ती किशोरीलाई गत बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै, कञ्चनपुरमा २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका ८ कलकत्ता बस्ने ४८ वर्षीय भजन रानालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । रानाले ती महिलालाई बुधबार दिउँसो आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।