काङ्ग्रेसले मुलुकभर मेलमिलाप दिवस मनाउँदै

काठमाडौँ, पुस १६ । नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

यसै सन्दर्भमा काङ्ग्रेसले आज मुलुकभर आमसभा, गोष्ठी, र्याली, कोणसभा लगायतका कार्यक्रम गरी मेलमिलाप दिवस भव्यरुपमा मनाउन लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्केका थिए ।

गत मङ्सिर २८ देखि यही पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकमा समेत शीर्ष नेताले ४३ औँ मेलमिलाप दिवस पार्टी सङ्गठन सुदृढीकरणको नयाँ अभियानका साथ मनाउने घोषणा गरेका थिए । काङ्ग्रेसले दिवसका अवसरमा व्यापक र बृहत् कार्यक्रम गरी मनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि समेत खटाएको छ ।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्केका काङ्ग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्कनुभएका बिपीलगायत नेतालाई तत्कालीन सरकारले मेलमिलाप त परै जाओस् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी तत्कालीन सुन्दरीजल बन्दीगृहमा ल्याई बन्दी बनाएका थिए ।

राजा महेन्द्रले २०१७ सालमा नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बिपी कोइरालालगायत काङ्ग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए ।

नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा जानुभएका नेताहरू राष्ट्रियतामाथि खतरा आएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर स्वदेश फर्किएका थिए ।

प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेका जननायक बिपी कोइराला कुनै दल विशेषको मात्र नभई मुलुककै राजनेताका रूपमा चिनिएका छन्। राजनीतिमात्र होइन नेपाली साहित्यमा पनि छुट्टै पहिचान बनाएका बिपीका साहित्य सन्देशले समाज परिवर्तनमा ठूलो सहयोग पु¥याएको छ । नेपालमा बिपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सार्नुभएको दृष्टिकोण अद्यपि सान्दर्भिक र अपरिहार्य छ ।

काङ्ग्रेसले आज केन्द्रीय कार्यालय र सबै जिल्ला तथा विदेशस्थित जनसम्पर्क कार्यालयमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै काङ्ग्रेसले ४३ वर्षअघि अवलम्बन गरेको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ । रासस

निक जोनस परिवारसहित भारत आउदै, प्रियंका र निकको इन्गेजमेन्ट पार्टी कहाँ ?

काठमाडौं, भदौ १ । बलिउडकी बोल्ड अभिनेत्री प्रियंकाको इन्गेजमेन्टको क्रममा भेटघाट राम्रोसँग नभएको भन्दै निक तथा उनको परिवार भारत आउँदै छ । भारतीय सञ्चार माध्यमका अनुसार यही अगष्ट १८ तारिखमा प्रियंका चोपडाले इन्गेजमेन्टको खुशियालीमा भब्य पार्टीको आयोजना गर्न लागेकी छिन् । यही पार्टीमा प्रियंका र निकका परिवारले उनीहरुको विवाहको घोषणा गर्न सक्ने अनुमान गरिएको छ । केही दिन अगाडि अभिनेत्री रविना टण्डनले निकले प्रियंकालाई इन्गेजमेन्टमा लगाइदिएको औंठी सहितको फोटो शेयर गरेकी थिइन् । उक्त औंठीको मुल्य २ करोड रुपैयाँ बराबरको रहेको बताइएको छ । प्रियंका भारतीय परम्परा अनुसार नै विवाह गर्न चाहान्छिन् । सबैकुरा योजना अनुरुप भएमा प्रियंका छिट्टै नै निक जोनसकी बेहुली बन्नेछिन् । केही दिन अघि निकले प्रियंकाका साथ परिवार बसाल्न चाहेको कुरा पनि बताएका थिए । यो कुराबाट पनि प्रष्ट हुन्छ कि निक र प्रियंका विवाहको तयारीमा जुटीसकेका छन् ।

लेजण्ड म्याराडोनाले किन मागे माफी ?

काठमाडौं, असार ११ । अर्जेन्टिनाका विश्व प्रशिद्ध फुटबलर डिएगो म्याराडोना आफ्नो अन्जानबंश भएको गल्तीमा माफी मागेका छन् । डिएगो म्याराडोना जति राम्रा फुटबल खेलाडी थिए, उनको व्यवहार उत्तिकै खराब पनि छ । उनी प्राय विवादमा आई नै रहन्छन् । उनी आफ्नो कुलतका र केटीका कारण विवादमा पर्छन् भने उनको आलोचना पनि उत्तिकै हुन्छ । फुटबलको महाकुम्भमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निम्तोमा म्याराडोना यति बेला मस्कोमा छन् । म्याराडोनाले त्यहाँ अर्जेन्टिनाको खेल पनि हेरे । त्यसक्रममा उनले भीआईपी बक्समै बसेर सिगार ताने । उनले त्यहाँ सिगार पिएको तस्वीर भाइरल भयो। पछि सबैले त्यसको आलोचना गरेपछि म्याराडोनाले माफी माग्दै भने, ‘मलाई रंगशालामा धूम्रपान गर्नु हुँदैन भन्ने कुरा थाहा थिएन ।’ म्याराडोना यस्तै खालका छन् । लागू पदार्थको कुलतकै कारण उनी धेरै पटक मृत्युको मुखमा पुगिसकेका छन् ।

मालिककाे गाडी ड्राइभर, मालिक्नीकाे ‘सेक्स राइडर’

काठमाडौं । पुरुष वेश्या अर्थात् जिगोलोको पनि काम गरेका विवेक (नाम परिवर्तन)ले १० वर्षसम्म काठमाडौंमा एकजना भारतीय मुलका व्यापारीको घरमा सवारी चालकको काम गरे । उनी व्यापारीलाई कार्यालयसम्म छाड्ने र खाना ल्याउने काम गर्दथे । विहान पतिलाई कार्यालयमा छाडेपछि दिनभरी उनी पत्नीको सेवाका लागि पनि खटिन्थे । अहिले ट्याक्सी चलाइरहेका उनी भन्छन्,‘अफिसमा मालिकलाई छाडेपछि घरका लागि सवारी चलाउने काम पनि गरेको थिएँ । योसँगै अन्य गतिविधिमा पनि मलाई मालिक्निले प्रयोग गर्थिन् ।’ विवेकले मालिकको ड्राइभर र मालिक्निको ‘सेक्स ड्राइभर’ बन्नुपरेको थियो । त्यसका लागि उनलाई लुकीछिपी अतिरिक्त आम्दानी पनि हुने गरेको थियो । ‘एक जनाको सेवा त ठिकै थियो । पछि मालिक्निका सर्कलमा रहेका धेरैलाई सेवा दिनुपर्ने भएपछि विरामी बन्ने डर भयो र म भागेर ट्याक्सी चलाउन आएँ ।’, विवेक भन्छन्,‘शारिरीक कमजोरी, पिसावनलीको समस्या पनि देखियो । अहिले यहि व्यावसाय गरेर बसीरहेको छु ।’ विवेकले दशकसम्म जुन काम गरे त्यसमा अहिले धेरै युवा सक्रिय रहेका छन् । लगानी पनि हुने, आम्दानी पनि हुने भएपछि हट्टाकट्टा जवान ड्राइभर, सहयोगी वा सम्पर्क पुरुष भएर उच्च घरानाका महिलाहरूसँग सम्बन्धमा रहने गरेका छन् । ‘खासमा सहयोगी भए पनि आफ्नो सेक्स सन्तुष्टिका लागि काठमाडौंलगायतका ठाउँमा युवालाई यसरी प्रयोग गरिएको छ’, विवकेको अनुभव छ,‘मेरा कतिपय साथीहरू अहिले पनि यहि काममा व्यस्त छन् ।’ प्रायः जिगोलोलाई उच्च धनाड्य परिवारको बेडरुम र सिरानी कस्तो छ भन्नेसम्म थाह हुन्छ । ‘दिनभरीको काम नै सेवा गर्ने हुन्छ । अनि पत्तो लागि हाल्छ नि’, उनी भन्छन् । महिला यौनकर्मीको संख्या उच्च रहेको नेपालका सहरहरूमा पुरुष यौनकर्मीको पनि विभिन्न रूपमा संख्या विस्तार हुन थालेको विभिन्न अध्ययनले देखाएका छन् । कतिपय पुरुषले यसलाई व्यावसाय नै बनाएका छन् । व्यावसायीक यौन कर्ममा लागेकाहरूले महँगा होटलमा उच्च घरानाका युवती, पत्नीलाई सेवा दिने गरेका छन् । उनीहरूको काम सेक्स पार्टनर बनिदिने र पैसा लिने हो । महिला यौनकर्मीको तुलनामा संख्या निक्कै कम भए पनि ठूलो रकम लिएर सेवा दिने हुन्छ । महिला यौन व्यवसायी सडकपेटीमै बसेर ग्राहक खोजिरहेका हुन्छन् । ग्राहकले पनि मोलमोलाई गरेर थोरै रकममा यौन सन्तुष्टि लिने गरेका महिला यौन व्यवसायी बताउँछन् । तर, पुरुष यौन व्यवसायीका ग्राहक आर्थिक रूपमा सम्पन्न परिवारका हुने भएकाले उनीहरूले अन्य सेवासुविधासमेत पाउने गरेका छन् । केही पुरुष यौन व्यवसायीको भनाइअनुसार उनीहरूलाई आवश्यक पर्ने पकेट खर्च, मोबाइल खर्चदेखि सपिङका लागि पैसा महिला ग्राहकले दिने गरेका छन् । प्रायः महिला ग्राहक पुरुष यौन व्यवसायीलाई निजी बनाउन चाहन्छन् । आफ्नो पार्टनरले आफूलाई मेन्टेन गरेर हिँडेको हेर्न पनि महिलाले त्यस्ता पुरुष यौन व्यवसायीलाई धेरै रकम खर्चिने गरेका छन् । पुरुष यौन व्यवसायीले पनि आफूलाई ‘हेल्दी’ राख्न विशेष ध्यान दिने गर्छन् । एक जना भन्छन्,‘काजु पिस्ता खानेदेखि जिम जानेसम्म नियमित गर्नुपर्छ । शरिरमा इनर्जीको मात्र बढाउनुपर्ने बाध्यता पनि हुन्छ ।’ केही वर्षअघिको सरकारी तथ्यांकले पनि नेपालमा पुरुष वेश्या बढ्दै गरेको देखाएको छ । स्वास्थ्य परिक्षणका लागि यौनकर्मीहरूका लागि राखिएको उपचारमा ९२ जना पुरुष यौनकर्मी, १ हजार २७६ जना महिला यौनकर्मी र ४ जना तेस्रोलिंगी यौनकर्मी गरी जम्मा १३ सय ७२ जनामा एचआइभी संक्रमण पाइएपछि यसको पुष्टि भयो । उक्त उपचारको अध्ययनका क्रममा ९२ जनाले आफु पुरुष वेश्या भएको बताएका थिए । के छ कानुन ? महिला यौनकर्मीका लागि नेपाल सरकारसँग कानुनी व्यवस्था रहेको छ । उसलाई जीउ मास्ने बेच्ने मुद्दा दर्ता हुनसक्छ । तर पुरुष वेश्याको हकमा नेपालमा कानुन नरहेको कानुन व्यावसायी स्वागत नेपाल बताउँछन् । उनी भन्छन्,‘प्रमुख जिल्ला अधिकारीले सार्वजनिक मुद्दा दर्ता गराउने प्रावधान हुनसक्छ । तर, कारवाहीका लागि कानुन छैन ।’ उनका अनुसार यस्ता व्यक्ति पक्राउ परिहालेको खण्डमा पनि जीउ बेच्ने मास्ने अपराध लगाउने व्यवस्था नै छैन । ‘अहिलेसम्म सजायको कुनै व्यवस्था छैन ।’ के हो जिगोलो ? महिलासँग निरन्तर सम्पर्क राख्ने सुरक्षा घेरामा रहने पुरुषलाई जिगोलो भनिन्छ । यस्ता पुरुष महिलाका घरमा उनको अवस्था र आवश्यकतालाई सुरक्षित बनाउन सक्रिय हुन्छन् । सही हिसावले सहयोग वा सेवा गर्ने जिगोलोलाई सेवाको भत्ता दिने चलन छ । यस्ता व्यक्ति महिलाको ‘डान्स पार्टनर’ पनि बन्ने गर्छन् । पश्चिम विश्वमा यस्ता व्यक्तिलाई विभिन्न प्रकारका उपहार दिने चलन पनि रहेको छ । यस्ता व्यक्तिको यौन सम्बन्ध पनि रहने गरेको हुन्छ । जसलाई सेक्सका लागि राखिएको पुरुष पनि भनिन्छ । सन् १९२० देखि जिगोलो भन्ने शव्द मानिसका लागि प्रयोजनमा आएको हो । पहिला डान्स पार्टनरका रूपमा जिगोलो बनाउने चलन थियो जसको शव्द फ्रान्सबाट उत्पादित भयो । ‘जिगोलेट्टे’लाई अंग्रेजी संस्करणले जिगोलो बनाएको हो । व्यावसाय नै फस्टाउँदै कतिपय पोर्न उद्योगीहरूले जिगोलोका लागि जागिरकै अफर गदैृ आएका छन् । इन्टरनेटमार्फत भारतको नयाँ दिल्ली, नेपालको काठमाडौं, बंगलादेशको ढाकामा जिगोलो आवश्यकताको सूचना नै प्रकाशित गरी केटाहरूलाई मात्र सम्पर्क राख्न भनेका छन् । दैनिकनेपालबाट । यसको व्यावसायीकरणका लागि लाइसेन्स प्राप्त गर्न सफल विश्वका कतिपय देशले इन्टरनेटमा विज्ञापन गराएका हुन् । यो विज्ञापनमा नेपालीहरूको पनि आवेदन परेका छन् ।

नेपाल भ्रमण अगाडि मोदीका तीन ‘ट्विट : भने के ?

काठमाडौं, वैशाख २८ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा शुक्रकार यहाँ आउँदै छन् । भारतका कार्यकारी सरकार प्रमुखका रुपमा तेस्रो पटक हुन लागेको यो भ्रमणले आपसी आत्मीयता, मैत्री र शताब्दीऔँ पुरानो दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने अपेक्षा नेपाल र भारतका जनताले गरेका छन् । प्रधानमन्त्री ओलीको गत महिना सम्पन्न भारतको राजकीय भ्रमणको प्रत्युत्तर भ्रमणका रुपमा पनि प्रधानमन्त्री मोदीको भ्रमणलाई लिइएको छ । राजनीतिक तहमा हुने यस्ता उच्चस्तरीय भ्रमणले एकार्काका पीरमर्का र विकासका आकांक्षा बुझ्न मद्दत मात्र पुग्दैन बदलिँदो विश्व परिवेशमा मतैक्यताका साथ क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका साझा विषयमा सहकार्य गर्न सघाउँछ । प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको पूर्वसन्ध्यामा गरेका तीन ‘ट्विट्’ले नेपालसँगको अनादिकालदेखिको भारतको परम्परागत सम्बन्धलाई नयाँ आलोकमा प्रस्तुत गर्न खोजेको प्रतीत हुन्छ । “लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्न तथा आर्थिक समृद्धि हासिल गर्ने नयाँ युगमा प्रवेश गरेको नेपाललाई अटल साझेदारका रुपमा भारत प्रस्तुत हुन चाहन्छ” नेपाल सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ निर्माणको परिकल्पना साकार पार्न सबल साझेदार हुने उत्कृट अभिलाषा उनले अभिव्यक्त गरेका छन् । त्यस्तै अर्को ट्विटमा उनले नेपालसँगको सम्बन्धलाई भारतले उच्च महत्व दिएको प्रष्ट्याउँदै द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन आफ्ना समकक्षी ओलीसँग सघन वार्ता गर्ने बताउनुभएको छ । निश्चय पनि उनको यो अभिव्यक्तिले विगतका रिक्तता र तिक्ततालाई तिलाञ्जलि दिएको संकेत मात्र गर्दैन भविष्यमा नेपाल–भारत मैत्री नयाँ नेपालको नयाँ संविधान जारी हुनुपूर्वको अवस्थामा पु¥याउने अपेक्षा गर्न सकिन्छ । पर्यटन प्रवद्र्धन जनकपुरधाम र मुक्तिनाथजस्ता विश्वविख्यात धार्मिक एवं सांस्कृतिक महत्वका सम्पदास्थलमा हुने उहाँको भ्रमणले प्रकृतिप्रेमी पर्यटक र तीर्थाटनलाई भारतवर्षमा समुचित प्रवद्र्धन मात्र गर्नेछैन अपितु दुई देशबीचको धार्मिक एवं सांस्कृतिक सम्बन्धलाई एक अटुट कडीका रुपमा चित्रण गर्छ । संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव ज्ञानचन्द्र आचार्य द्विपक्षीय भ्रमण एकार्कालाई बुझ्ने अवसरका रुपमा चित्रण गर्छन । उनी प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला भएका सहमतिलाई कार्यान्वयन गर्ने, त्यसो हुन नसके पनि छलफल र समिचीन समीक्षा गर्ने, सम्बन्ध नवीकण गर्ने अवसर ठान्छन् । दक्षिण र उत्तर कोरियाली नेताबीच हालै भएको ऐतिहासिक वार्ता, चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीबीचको हालैको भेटवार्तालगायत क्षेत्रीय रंगमञ्चमा विकसित घटनाक्रमलाई जोड्दै उहाँ भ्रमणले दुवै देशका जनतालाई फाइदा पुग्ने अभिमत प्रकट गर्छन । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मोहनमान सैंजू समसामयिक विश्वमा उदीयमान अर्थतन्त्रके रुपमा स्थापित लोकतान्त्रिक मुलुक भारतबाट समानताका आधारमा नेपालप्रति व्यवहार हुने विश्वास व्यक्त गर्छन । पूर्व राजदूत सैंजु भारतले आफ्नो विशालता र प्रतिष्ठा तथा विज्ञान, प्रविधि र आर्थिक फाँटमा हासिल गरेको समृद्धिलाई गिज्याउने खालको व्यवहार भविष्यमा फेरि गर्दैन भन्ने सन्देश प्रधानमन्त्री मोदीले दिनुपर्छ भन्छन् । पुरानो भारतीय मानसिकता अब परिवर्तन हुनुपर्छ भने उनको ठम्याइ छ । मुक्तिनाथ र जनकपुरको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने उनलाई लागेको छ । नेपाल र भारतबीच तीन वर्षअघि उत्पन्न चिसोपन अब हार्दिकतातर्फ उन्मुख भएको विश्लेषण सुनाउँदै भारतका विद्वत् वर्गमा दरिएका प्रा महेन्द्र पी लामा भन्छन् “तीन वर्षअघि नेपाल र भारतबीच निर्मित एउटा गहिरो खाडल नेपालका प्रधानमन्त्री केपी ओलीबाट नयाँ दिल्ली भ्रमणले आधा पुरेको र अब प्रधानमन्त्री मोदीको नेपाल यात्राले बाँकी आधा खाडल पुर्नेछ । ” -राताेपाटीबाट

मलेसियामा ढल्यो ६० वर्षे शासन, महाथिरलाई बहुमत

काठमाडौं, वैशाख २७ । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेको छ । ६० वर्षसम्म सत्तामा रहेको पार्टी बारिसन नेशनल (बीएन)लाई हराएकाले अब महाथिर पुनः प्रधानमन्त्री बन्नेछन् । निर्वाचन आयोगका अनुसार महाथिरको पार्टीले ११५ सिट जितेको छ । सरकार बनाउनका लागि ११२ सिट भए पुग्छ । निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै महाथिरको पार्टीका समर्थकहरु सडकमा विजय उत्सव मनाइरहेका छन् । बीएन र यसको प्रमुख पार्टी संयुक्त मलेशिया राष्ट्रिय संगठन (यूएमएनओ) १९५७ मा ब्रिटेनबाट स्वतन्त्र भएदेखि नै सत्तामा थियो । तर, केही वर्षदेखि उसको लोकप्रियतामा कमी आएको थियो । त्यसैको परिणाम हुनसक्छ यस चुनावमा प्रधानमन्त्री नजिब रजाकको पार्टीले केबल ७९ सिट जितेको छ । शपथग्रहणमा सार्वजनिक विदा शपथग्रहण समारोह आउँदो बिहीबार हुने छ । शपथ ग्रहण गरेपछि ९२ वर्षीय महाथिर विश्वकै सबैभन्दा वृद्ध निर्वाचित नेता बन्नेछन् । शपथ ग्रहण समारोहको दिन मलेसियामा सार्वजनिक विदा दिइएको छ । जीतपछि पत्रकारहरुसँग कुरा गर्दै महाथिरले भनेका छन्, ‘हामीलाई कुनै प्रकारको बदला चाहिएको होइन, हामी त कानुनको शासन लागू गर्न चाहान्छौं ।’ बिगतमा महाथिर नजिब रजाक नेतृत्वकै पार्टीको सदस्य थिए । नजिबको राजनीतिक गुरु पनि थिए । तर, उनले पछि भ्रष्टाचारलाई साथ दिने पार्टीमा नरहने भन्दै अलग्गिएको घोषणा गरेका थिए ।

थपियाे गृहमन्त्री बादलकाे उत्साह, अब स्वास्थ्य र शिक्षा क्षेत्रको सिन्डिकेट ताेड्ने !

काठमाडौं, बैशाख २४ । गृहमन्त्री रामबहादुर थापाले यातायातको सिन्डिकेट टुंगोमा लागेसँगै स्वास्थ्य र शिक्षा क्षेत्रको सिन्डिकेटमा पनि कदम चाल्ने संकेत गरेका छन् । यातायात क्षेत्रको सिन्डिकेटमा सम्झौता नगरेका थापाले देशको अर्थतन्त्र माफियाको कब्जाबाट मुक्त गर्ने बताए । शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा पनि सिन्डिकेट छ, अर्को स्टेप त्यतातिर चाल्दैछौं, उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीसँग सिन्डिकेट समस्याबारे छलफल गर्दै गृहमन्त्रीले आइतबार भने, मुलुकको अर्थतन्त्र दलाल, नोकरशाह र माफियाको हातबाट जनताको हातमा पुर्याउँछौं । उनले ट्रक तथा ट्यांकरका क्षेत्र र लागू औषधको सिन्डिकेटमा पनि अध्ययन सुरु भएको जानकारी दिए । माफियाको हातमा अर्थतन्त्र रहेसम्म मुलुकमा विकास र समृद्धिसमेत सम्भव नभएको गृहमन्त्रीको भनाइ छ । सिन्डिकेटको अन्त्य गर्न अपरिहार्य छ, त्यही विश्वाससहित यो कदम उठाएका छौं, विगतमा पनि सिन्डिकेटविरुद्ध कदम उठाउँदै छाड्दै गरेको स्मरण गर्दै उनले भने,अहिले त्यो कदमबाट फर्कने छुट छैन । अगाडि बढ्ने वातावरण बनेको छ । जनताले म्यान्डेट दिएका छन्। जनताको म्यान्टेड र आदेशलाई इमान्दारी र साहसपूर्वक अगाडि बढाएका छौं । जग्गा बेच्न पनि दलालको अनुमति लिनुपर्ने बाध्यता चिन्ताजनक रहेको बताउँदै गृहमन्त्रीले बैंकिङ क्षेत्रको सिन्डिकेट पनि तोड्ने बताए । अहिले सुरुआतमा हो, सुरुआत कहींबाट गर्नुपर्थ्यो। यातायातबाट गरेका छौं । श्रृंखलाबद्धरुपमा अरु सिन्डिकेट अन्त्य गर्नुपर्छ,उनले भने । राजनीतिक संरक्षणमा दलालहरुले अर्थतन्त्र कब्जामा लिएको भन्दै गृहमन्त्रीले नीति निर्माता तहबाट भएका गलत प्रवृत्तिहरुलाई सहन नसकिने पनि बताए । गृह मन्त्रालय बोल्डली जान्छ शंका गर्नुपर्दैन,उनको आश्वासन थियो । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षित र उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले अहिलेको जस्तो बलियो सरकार नेपालको इतिहासमा फेरि बिरलै बन्न सक्ने भन्दै सबै विकृति र विसंगति अन्त्य गर्ने दायित्वबाट बिमुख नहुन सुझाव दिए ।

मेस्सी र रोनाल्डोको अन्तिम भिड्न्त, गर या मरको अवस्थामा रोनाल्डो

काठमाडौं, वैशाख २३ । स्पेनिस ला लिगाको जारी सिजनमा अपराजित रहदै एक खेल बाँकी छदै बार्सिलोनाले गतसाता उपाधि जितिसेको छ । अब उसको एक मात्रै लक्ष्य भनेको जारी सिजनलाई अपराजित टुंग्याउनु हो । यी प्रतिस्पर्धी आज अन्तिम खेल खेल्दै छन् । उसको बाटोको मुख्य बाधक बनेर आइतबार राति रियल म्याड्रिड उसैको घरेलु मैदानमा भिड्दैछ। एल क्लासिकोको यस सिजनको अन्तिम खेलमा यी दुर्इ टोली आज राति भिड्न लागेका हुन्। यस सिजनमा हार नबेहोरेको बार्सिलोना घरेलु मैदानमा त्यसलार्इ निरन्तरता दिने सोचमा छ भने उपाधि गुमाइसकेको रियल बार्सिलोनालार्इ पराजित गर्दै घाउमा मल्हम लगाउने दाउमा छ । यस सिजनको एल क्लासिकोमा भने यी दुर्इ टोलीहरुबीच कडा प्रतिस्पर्धा भएको छ। यसअघि भएका पछिल्ला चार एलक्लासिकोमा दुवै टोलीले २–२ खेल जितेका छन्। एल क्लासिकोको इतिहासमा २३६ भेटमा रियलले ९६ र बार्सिलोनाले ९२ खेल जितेको छ।

वन उपभोक्तालाई आयआर्जन गर्ने सीप सिकाइँदै

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका १२ जोगबुडाका वन उपभोक्तालाई पहिलो पटक आयर्आजन सम्बन्धी सीप सिकाउन थालिएको छ । समुदायक वनमा त्यसै खेर गइरहेको अम्रिसोलाई आयआर्जनसँग जोड्न त्यसको कुच्चो बनाउने सीप सिकाइन थालिएको हो । जिल्ला वन कार्यालयको आर्थिक सहयोग र इलाका वन कार्यालयको समन्वयमा वनमा उत्पादन भएका घाँस, स्याउला, पातलाई बजारको माग अनुसारका सामग्री निर्माण गरी बिक्री गर्ने तालीम दिइएको छ । उक्त नगरपालिका–१ स्थित जानकी सामुदायिक वन उपभोक्ता समूहमा पाँच दिने अम्रिसो कुचो बनाउने तालीम आयोजना गरिएको उत्थानशील सामाजिक विकास केन्द्रका कोषाध्यक्ष रामबहादुर ऐरले बताउनुभयो । पाँच दिनसम्म जानकी सामुदायिक वनमा सञ्चालन हुने तालीमको सहजीकरण संस्थाका सदस्य लक्ष्मणबहादुर थापाले गर्नुहुने भएको छ । उक्त सीपमूलक तालीममा समुदायका लक्षित वर्ग, दलित, असहाय व्यक्तिको सहभागिता छ जिल्ला वन र संस्थाले आफ्नो सामुदायिक वनका उपभोक्तालाई दिएको तालीमले समदायका उपभोक्ताको आयआर्जन बढ्नुका साथै वनमा उत्पादित अम्रिसो पनि काम लाग्ने जानकी सामुदायिक वनले जनाएको छ । रासस

श्रमिक दिवसमा राप्रपाको शुभकामना

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी तीनवटै दलले १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यमा आज शुभकामना दिएका छन् एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष डा लोहनीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखेर १२९ वर्ष अगाडि मे १ का दिन शुरु भएको श्रमिक संघर्ष तथा आन्दोलनले अहिले श्रमिक वर्गलाई सामाजिक न्याय र सामाजिक सुरक्षा उपलब्ध गराउन सहयोग मिलेको उल्लेख गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता भुवन पाठकले जारी गर्नुभएको विज्ञप्तिमा विगतमा श्रमिकको त्याग र बलिदानपूर्ण संघर्षबाट आजको स्वर्णिम दिन प्राप्त भएको बताउँदै श्रमलाई मर्यादित बनाएर आन्तरिक रोजगारीका अवसरलाई सिर्जना गर्न सरकारसँग माग गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का प्रवक्ता राजेन्द्र गुरुङले पनि विज्ञप्तिमार्फत मुलुकमा उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरी सरकारले रोजगार सिर्जना गरी श्रमिकको सामाजिक सुरक्षाजस्ता कार्यलाई प्राथमिकता दिन आग्रह गरिएको छ । रासस

हरेक गाउँमा खानेपानी पुर्याउने मार्गचित्र बनाउछौ : मन्त्री बिना मगर

चन्द्रागिरी, वैशाख १५ । खानेपानी मन्त्री बिना मगरले देशैभरिका हरेक स्थानीय तह र गाउँमा खानेपानी सुविधा पुर्याउने मार्गचित्र बनाउने तयारी मन्त्रालयले गरिरहेको बताउनुभएको छ । काठमाडौको चन्द्रागिरी नगरपालिका १२ हरियाली बलम्बुमा आयोजित बलम्बु खानेपानी आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री मगरले सरकारले खानेपानीलाई प्राथमिकतामा नराखेकाले यसअघि समस्या समाधान हुन नसकेको बताउनुभयो । ‘देशभरिको खानेपानी अवस्थाबारे एकीन विवरण नै संकलन भएको छैन,’ उहाँले भन्नुभयो, ‘आगामी आर्थिक वर्षमा हरेक स्थानीय तहको विस्तृत योजना बनाउने तयारी गरिरहेका छौ ।’ तराई तथा पहाडका फरक-फरक भुगोलमा खानेपानी वितरणको छुट्टाछुट्टै योजना बनाइने मन्त्री मगरले बताउनुभयो । ‘तराई क्षेत्रमा बग्ने नदीको पानी प्रशोधन गरेर तराईमा स्वच्छ खानेपानी पुर्याउन ८ वटा ठुला योजना कार्यान्वयन गर्न विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउने योजना छ,’ उहाँले भन्नुभयो, ‘पहाडमा खानेपानीका मुहान संरक्षण र ‘वितरणको छुट्टै योजना छ ।’ खानेपानीका लागि गृहिणी महिलाहरुले गर्नुपरेको संघर्ष र मेहनत कम गर्न मन्त्रालयले योजना बनाइरहेको उहाँले बताउनुभयो । खानेपानी मन्त्रालयले सेवामुलक र ब्यावसायिक गरि २ किसिमका योजना बनाउने उहाँले बताउनुभयो । ‘जनतालाई स्वच्छ खानेपानी पुर्याउने योजना सेवामुलक हो । खानेपानीमा आधारित उद्योगले सञ्चालन गरेर रोजगारी र आयआर्जन वृद्धि गर्ने योजना ब्यवसायिक हो,’ उहाँले भन्नुभयो, ‘नेपालका हिमालबाट बगेको पानी शुद्ध हुने भएकाले विदेशमा धेरै माग छ ।’ नेपालमा पानी उद्योगको विकास गरेर राष्ट्रिय आय बढाउन सकिने उहाँले बताउनुभयो । मेलम्चीको पानी छिटो काठमाडौ पुर्याउने र लार्के र याङ्ग्रीको पानी समेत त्यसमै जोड्ने योजना बनेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै प्रतिनिधिसभा सदस्य कृष्ण गोपाल श्रेष्ठले काठमाडौका जनतालाई रेल र पानीजहाजभन्दा पहिले खानेपानी चाहिएको बताउनुभयो ।

राजेन्द्रकुमारको निर्देशित सातौं चलचित्र ‘पसले’ को छायांकन सम्पन्न

निर्देशक राजेन्द्रकुमार अर्याल ‘राजु’ निर्देशित सातौ फिल्म ‘पसले’ को सम्पूर्ण छायांकन सकिएको छ । एनपी फिल्मस् प्रोडक्सन प्रालिका लागि निर्माताद्वय सञ्जयकुमार थापा र गणेशप्रसाद चुँडालले यो चलचित्र निर्माण गरेका हुन । काठमाडौं, काभ्रे, धनगढी र चितवनमा यो चलचित्रको छायांकन गरिएको हो । निर्देशक अर्यालले ‘पसले’ जातिय छुवाछुत र पहाड तराईबीचको मतभेदमा केन्द्रित रहेको बताए । यसअघि राजेन्द्रले ‘यो कस्तो प्रेम’, ‘अन्यौल यात्रा’, ‘सीता’, ‘जिन्दगी’, ‘जस्ट फर यू’, ‘एक्सन’ फिल्मको निर्देशन गरिसकेका छन् । २०५६ सालमा ‘अविरल बग्दछ इन्द्रावती’ टेलिचलचित्रमा निर्देशक बद्री अधिकारीको एसिस्टेन्स निर्देशक हुँदै उनले कला क्षेत्रमा हात हालेका हुन् । ‘जिन्दगी’, ‘एक्सन’ र ‘पसले’लाई निर्देशक स्वयं अर्यालले लेखेका हुन् । कलाकार दयाहाङ राई र हरिवंश आचार्यलाई लिएर चलचित्र निर्देशन गर्ने उनको चाहना रहेको छ । यता निर्माता सञ्जयले भने पिटर खालिङ राईसँग मिलेर ‘अन्यौल यात्रा’ निर्माण गरेका थिए । मेकिङको हिसाबले उनको यो दोस्रो चलचित्र हो । सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘पसले’ मा राजन महर्जन, ऋतु लामा, सुशान्त माझी, अनिल खतिवडा, जिएस आले, रमेश भट्टराई, दीपेन्द्र कोइराला, अर्जुन भुषाल, सुनीता पौडेल, रोहन नेपाल लगायतको अभिनय रहेको छ । चलचित्रमा किरण दाहालको द्वन्द, राजेन्द्र थापाको छायांकन, रामप्यासी र दीपेश सुब्बाको कोरियोग्राफी रहेको छ । चलचित्रको गीतमा संगीत अमित चौधरीले दिएका हुन् । फिल्म रिलिज डेट भने हाल तय गरिएको छैन ।

नारायणगढ–मुग्लिन सडकको साँघुरो ठाउँमा रड एङ्करिङ

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको साँघुरो १२३ मिटर क्षेत्रमा रड एङ्करिङ गरेर सडक फराकिलो बनाउन थालिएकोे छ । मुग्लिन नजिकको सो क्षेत्रमा यसअघि भित्तो काट्ने वा क्यान्टिलिभर राख्ने भन्ने विषयमा लामो समय बहस भएको थियो । काम सम्पन्न गर्नुपर्ने समय नजिँिकदै गर्दा ठेकेदार कम्पनी रड एङ्करिङ गर्ने कुरामा सहमत भएपछि काम शुरु भएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट १.५ किलोमिटर नारायणगढतर्फ २ नम्बर र ३ नम्बर पुलको बीचमा नौ ठाउँमा गरी १२३ मिटर सडक साँघुरो रहेको छ । ती ठाउँमा सातदेखि आठ मिटरमात्रै सडक चौडा छ । साँघुरो सडक भएको ठाउँमा सेफ्टी बेल्ट बाँधेर सडकमुनि भिरको चट्टानमा ड्रिल गरेर रड घुसाउन थालिएकोे छ । २५ एमएम र ३२ एमएम मोटाइका रड ड्रिल गरेर एकदेखि दुई मिटर भित्र छिराएपछि सोही रडमा थप रड बाँधेर वाल उठाइँदैछ । यसरी उठाउँदा एकदेखि १.५ मिटरसम्म सडक फराकिलो बनाउन सकिने उहाँले बताउनुभयो । फराकिलोको आधारमा पाँचदेखि आठ मिटर तलबाट वाल उठाइँदैछ । तीन सय मिटर लामो सडकका ठाउँठाउँमा गरी १२३ मिटर सडक साँघुरोे छ । बीस मिटर सडकमा ड्रिल गर्ने काम सम्पन्न भइसकेको छ भने अन्य ठाउँमा ड्रिल हुँदैछ । सो सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चौडा र त्यसपछि मुग्लिनसम्म नौ मिटर चौडा सडक बनाइँदैछ । ३३.२ किलोमिटर लामो उक्त सडकखण्डको हालसम्म ३० किलोमिटर सडक कालोपत्रे भएको र अन्य क्षेत्रको भित्तो काट्ने काम पनि सम्पन्न भएको छ । हालसम्म समग्रमा सडकको ९० प्रतिशत काम सम्पन्न भएको इञ्जिनियर खनालले बताउनुभयो । उहाँका अनुसार ड्रिल गरेर फराकिलो बनाइँदै गरेको क्षेत्रबाहेक अन्यत्र वैशाख १५ सम्ममा कालोपत्रे गरी सक्ने लक्ष्य राखिएको छ । सो सडकको नारायणगढबाट मुग्लिनतर्फको पहिलो खण्ड १० मे २०१८, दोस्रो खण्ड २० मे २०१८ र तेस्रो खण्ड ३० मे २०१८ सम्म काम सक्नु पर्ने छ । हालसम्म पहिलो खण्डको ८८ प्रतिशत, दोस्रो खण्डको ९६ प्रतिशत र तेस्रो खण्डको ८१ प्रतिशत सम्पन्न भइसकेको छ । सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी सो सडक ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो । रासस

बिडिसिए क्रिकेट कप: फाइनलमा त्रिपुरा

बैतडी, वैशाख २ । बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिपुरा क्रिकेट क्लब प्रवेश गरेको छ । आइतबार निङ्गलाशैनी खेल मैदान देहिमाण्डौँमा भएको सेमिफाइनल खेलमा खोड्पे क्रिकेट क्लबलाई १०१ रनले हराउँदै त्रिपुरा उपाधि नजिक पुगेको हो । टस जितेर ब्याटिङ गरेको त्रिपुराले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाउँदै २५४ रन बनायो । दुई सय ५५ रनको विजय लक्ष्य पछ्याउने क्रममा खोड्पेले सबै विकेट गुमाउँदै १५३ रङ मै सीमित रहन पुग्यो । त्रिपुराका लागि तेज चन्दले शतकीय पारी खेल्दै ११५ रनको योगदान दिए । महेन्द्र मार्कण्डले ४७ रन बनाए । बलिङतर्फ खोड्पेका कृष्ण बिष्टले दुई विकेट लिए । दुई सय ५५ रनको विजय लक्ष्य पछ्याउने क्रममा खोड्पेका रुपक ऐरीले ६४ रन बनाए । बलिङतर्फ त्रिपुराका गणेश थापाले तीन विकेट लिए । शतकीय पारी खेलेका त्रिपुराका तेज चन्द म्यान अफ द म्याच भए । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा गत चैत २५ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु ३० हजार, उपविजेताले रु २० हजार तथा म्यान अफ द सिरिजले रु पाँच हजार, ट्रफी र प्रमाणपत्र पाउने संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिएका छन् ।

श्रीमतीलाई उत्तेजना कम हुन्छ मलाई बढी, के गर्ने हाेला ?

मेरो विवाह भएको नौ वर्ष भयो । हामी दुवै जना २९ वर्ष पुग्यौं । हाम्रो आठ वर्षको छोरा पनि छ । आजको मितिसम्म आइपुग्दा मेरी श्रीमतीलाई पहिलेको तुलनामा कम उत्तेजना हुन्छ भने मलाई बढी । मलाई हप्तामा तीन पटक सेक्स गर्नुपर्छ, तर उनी भने यसमा त्यति इच्छा देखाउँदिनन् । यसले गर्दा म आफ्नो यौन चाहना पूरा गर्न हस्तमैथुन गर्छु, तर यो कार्य मेरी श्रीमतीलाई मन पर्दैन । यस्तो अवस्थामा मैले के गर्नुपर्ला ? यौनेच्छामा कमी सबै व्यक्तिमा एकैनासको यौनेच्छा हुँदैन, कसैमा बढी हुन्छ भने कसैमा कम । त्यसैगरी कुनै व्यक्तिको व्यक्तिगत जीवनमा पनि सधैं एकनासको यौनेच्छा हुँदैन । यसै गरी कतिपयलाई यौनसम्पर्क राख्न मन नलाग्ने स्थिति हुन सक्छ अर्थात् कम यौनइच्छा (hypoactive sexual desire) को स्थिति हुन सक्छ । यस्तो स्थितीमा यौनसम्पर्क राख्ने चाहना, यौन परिकल्पना तथा यौन क्रियाकलाप महिनाको दुई पटकभन्दा कम भएको अवस्थालाई जनाउँछ, तर यसो भन्दैमा महिनामा एकपल्ट मात्र यौनसम्पर्क राख्ने जोडीलाई यो समस्याबाट पीडित भनिहाल्न मिल्दैन, यदि दुवै जना त्यसमा सन्तुष्ट छन् भने । त्यसैले कतिपय यौन विशेषज्ञले यौनइच्छा कम भएको भनेर त्यति बेलासम्म भन्दैनन् जबसम्म यी कुराले उक्त जोडीलाई यसका कारणले समस्यामा पारेको हुँदैन वा व्यवहारमा कुनै खास परिवर्तन देखिएका हुँदैनन् । श्रीमतीमा यौन चाहना नै कम भएको हुन सक्ने बाहेक अन्य कारणहरू पनि हुन सक्छन् । त्यसबाहेक तपाईंकी श्रीमतीले यौन क्रियाकलापमा संलग्न हुन नरुचाउनुका अनेक कारण हुन सक्छन् । पाठेघर वा त्यसको वरिपरी संक्रमण भै यौनसम्पर्क पीडादायक हुँदा महिलाहरू यौनसम्पर्क गर्न मान्दैनन् । केही दीर्घरोगमा पनि यस्तो प्रभाव देखा पर्न सक्छ । त्यसैगरी यसको मानसिक कारणहरूमा यौनप्रतिको गलत मानसिकता, आफैंभित्रका मानसिक विरोधाभास, श्रीमान्बाटै भए पनि यौन दुव्र्यव्यवहारजस्ता दु:खद् वा आघातपूर्ण पूर्व यौन अनुभूतिजस्ता कुराले यौन क्रियाकलापमा सहज रुपमा लाग्नवाट रोक्न सक्छ । त्यसबाहेक दैनिक जीवनमा आइपर्ने तनाव जस्तै चिन्ता, निराशा, थकान, अन्तरव्यक्ति सम्बन्धको चिसोपन तथा दम्पतीबीचको तनाव आदि यसका अन्य कारण हुन सक्छन् । यो कुरा तपाईंको पारिवारिक जीवनका अन्य कतिपय कुरासंग पनि सम्बन्धित हुन सक्छ । उमेर अनुरुप पनि यौनेच्छाको तीव्रतामा परिवर्तन आउँछन् । भर्खरै विवाह गरेको बेलाजस्तो त हुँदैन पनि । तपाईंहरू अहिले नै यौनेच्छा कम हुने उमेरमा पुगिसक्नुभएजस्तो लाग्दैन । आशा गर्छु, तपार्इंकी श्रीमतीको महिनावारी नियमित रूपमै भैरहेको छ । यी सबै कुराको सूक्ष्म अवलोकन तपाईं स्वयंले गर्न सक्नुहुन्छ । असमान यौनेच्छा त होइन ? दम्पती वा जोडीमध्ये एकलाई बढी यौनेच्छा हुनु र अर्कोलाई कम हुनु अर्थात् अनमेल वा असमान यौनेच्छा (mismatched libido) ले वैवाहिक तथा यौन जीवनमा अनेकन् असजिलो सिर्जना गर्छ । धेरैजसो स्थितिमा यस्तो अनमेलताको दोष आफ्नो यौनसाथी वा श्रीमान् वा श्रीमतीलाई नै दिइएको पाइन्छ । दाम्पत्य जीवनभित्र यौनसम्पर्क राख्न तुलनात्मक रुपमा सहज हुने भए पनि अन्य कतिपय कुराले यसलाई गम्भीर रूपमा असर पारिरहेको हुनसक्छ । यी कुरा के–कस्ता कुराले व्यक्तिलाई उत्तेजित पार्छ, यौनसम्पर्क कत्तिको सुखदायक हुने गरेको छ देखि यौनबाहिरका अन्य सम्बन्धको सुमधुरता कस्तो छ भन्नेसम्ममा आधारित हुन सक्छन् । यस्तो स्थितिमा कसैले यौनसम्पर्क नै राख्न नमान्ने हुन्छ भने कसैले यौनसम्पर्क राखे पनि त्यसमा कुनै उत्साह भने देखाउँदैनन् । तपाईंकी श्रीमतीमा यौन चाहना कम भएको हो र उहाँ यौन क्रियाकलापमै संलग्न हुन नरुचाउनु भएको हो भने पर्याप्त मात्रामा यौन चाहना नहुने, यौन उत्तेजना नै सुरु नहुने वा यौनसन्तुष्टि प्राप्त गर्न बाधा सिर्जना गर्ने कुनै पनि कुराका शारीरिक, मानसिक वा दुवै कारण हुन सक्छन् । पाठेघर वा वरिपरी संक्रमण भै यौनसम्पर्क नै पीडादायक हुने भएकाले कतिपय महिलाहरू यौनसम्पर्क नै गर्न मान्दैनन् । केही दीर्घरोगमा पनि यस्तो प्रभाव पर्न सक्छ । त्यसै गरी यसका मानसिक कारणहरूमा यौनप्रतिको गलत मानसिकता, आफैंभित्रका मानसिक विरोधाभास, श्रीमान्बाट नै भए पनि यौन दुव्र्यव्यवहार जस्ता निकै दु:खद् वा आघातपूर्ण पूर्व यौन अनुभूतिजस्ता कुराले यौन क्रियाकलापमा सहज रूपमा लाग्नवाट रोक्न सक्छ । त्यसबाहेक दैनिक जीवनमा आईपर्ने तनावहरू जस्तै चिन्ता, निराशा, थकाइ, अन्तरव्यक्ति सम्बन्धको चिसोपन तथा दम्पतीबीचको तनाव आदि यसका कारण हुन सक्छन् । यो तपाईंको पारिवारिक जीवनका अन्य कतिपय कुरासँग पनि सम्बन्धित हुन सक्छ । तपाईंकी श्रीमतीले कतै कुनै औषधी त सेवन गरिरहनुभएको छैन, विचार गर्नुहोला । समाधान कुनै स्पष्ट शारिरीक वा मानसिक कारण भए त्यसको निदान गरी त्यसै अनुरूपको समाधानका लागि प्रयत्न गरिनुपर्छ । कुनै शारीरिक कारण भए त्यसका लागि स्त्रीरोग विशेषज्ञसँग सरसल्लाह गर्नु उपयुक्त हुन्छ । तपाईंलाई थाहा हुनुपर्छ कि यौनसम्बन्धी चाहना, आवश्यकता अनि यौनेच्छा वा यौन व्यग्रता व्यक्ति अनुसार फरक–फरक हुन्छ । केही असमानता भए पनि वैवाहिक जीवनमा बाँधिएपछि त्यसैअनुरूप श्रीमान् तथा श्रीमती दुवैले आफ्नो यौन जीवनलाई ढाल्नुपर्छ, अनावश्यक रूपमा आफैलाई दोष दिँदैमा समस्या समाधान हुँदैन । विवाह बन्धनमा बाँधिएपछि त्यसलाई सुमधुर बनाउनु दुवैको उत्तिकै दायित्व हो, पारिवारिक सन्दर्भमा होस् वा यौनसम्बन्धी कुरामा । तपाई र तपाईंकी श्रीमतीलाई नै सम्पूर्ण परिस्थितिका बारेमा सबैभन्दा बढी जानकारी हुने भएकाले त्यसको विश्लेषण गरेर समाधानको बाटो पहिल्याउनुहोस् । एक–अर्काको अपेक्षा अनि क्षमताका बारेमा समझदारी कायम गर्न पर्याप्त कुराकानी पनि गर्नुपर्छ । कतिपय भने विवाहपछि पुरुषले हस्तमैथुन गर्दैनन् वा गर्नु हुँदैन भन्ने सोचका कारण पनि ग्लानिको सिकार हुन्छन् । सामान्यत: विवाहित व्यक्तिमा हस्तमैथुन गर्ने कार्यमा केही कमी आए पनि उसले हस्तमैथुन गर्छ र यो सामान्य कुरा हो । म तपाईंले हस्तमैथुन गरेको कुरालाई सकारात्मक रूपमै लिन्छु । यौनेच्छा पूरा गर्न श्रीमतीलाई जबरजस्ती गर्नुभन्दा यो तुलना नै गर्न नसकिने किसिमले राम्रो कुरा हो । बरु तपाईंले आफुले हस्तमैथुन गर्दा त्यसमा श्रीमतीसमेत संलग्न गराउनु उचित हुन्छ, उहाँले पनि तपाईंको चरमसुखमा योगदान गरेको अनुभव गर्नुहुने भएकाले योनि–लिङ्ग यौनसम्पर्क नहुँदा पनि असहजता उत्पन्न हुन पाउँदैन । साप्तािहकबाट

सोमपाल र सन्दीप चम्किएपछि नेदरल्याण्ड्सको व्याटिङ धरापमा, सस्तैमा चार विकेट गयो

काठमाडौं, चैत्र ३ । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानको खेलमा नेपाल र नेदरल्यान्ड्सबीचको खेल जारी छ । जिम्बावेको क्वेक्वे मैदानमा टस हारेर फिल्डिङ गरिरहेको नेपालले उत्कृष्ट शुरुवात गरेको छ । नेपालले नेदरल्याण्ड्सको सस्तैमा चार विकेट लिएको छ । चौथो विकेट लिने क्रममा सन्दीप लामिछानेले म्याक्स वडउडलाई २८ रनमा पवेलियन फर्काए। उनले सर्वाधिक रन बनाएका थिए। नेदरल्यान्डले ४८ रनमा चौथो विकेट गुमाएको हो। नेदरल्यान्डका पहिला तीन विकेट सोमपाल कामीले लिएका हुन्। उनले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएका हुन्। उनले यो समाचार तयार पार्दासम्म ११ रन मात्र दिएका छन् भने ६ ओभर बलिङ गरेका छन्। तेस्रो विकेट लिनेक्रममा नेदरल्यान्डका पेटर बोरेनलाई ७ रनमा सन्दीप लामिछानेबाट क्याच गराएका हुन्। शून्य रनमा पहिलो विकेट गुमाएको नेदरल्यान्डले ६ रन जोड्का दोस्रो विकेट गुमाएको हो। दुवै विकेट सोमपाल कामीले लिउका हुन्। सोमपालले आफ्नो ओभरको बलिङमा शून्य रन दिएर २ विकेट लिएका हुन्। दोस्रो विकेटका रुपमा बेन कुपरलाई पारस खड्काबाट क्याच आउट गराएका उनले २ ओभर बलिङ गर्दा २ विकेट लिएका छन्। रन भने दिएका छैनन्। नेदरल्यान्डले शून्य रनमा झट्का बेहोरेको हो। सोमपाल कामीले तेस्रो बलमा विस्ली वारेसीलाई ज्ञानेन्द्रको हातबाट क्याच गराएर पवेलियन फर्काएका छन्। कामीले पहिलो ओभरमा रन नदिइ विकेट लिएका छन्।