गायक नारायण थापाको मर्मस्पर्शी गीत ‘दिलमा आगो’ सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा ‘गीत संगीतलाई मनैदेखि माया गर्ने एउटा मनुवा’ को नामले चिरपरिचित गायक नारायण थापाको निकै मर्मस्पर्शी गीत ‘दिलमा आगो’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतको भिडियोमा त्रिकोणात्मक प्रेम दर्शाइएको छ । गायक थापाद्वारा सार्वजनिक गीतले युट्युबमा छोटो अवधिमा नै निकै लोकप्रियता हासिल गरिरहेको छ । निकै नै मार्मिक शब्द र संगीत रहेको गीतको भिडियोमा लोक मिश्र, सुस्मिता अधिकारी र अनुज शर्माको अभिनय रहेको छ ।

भिडियोको निर्देशन सुवास प्रधानले गरेका हुन् भने छाँयाकन प्रेम लामा तथा इडिट टेकेन्द्र शाहले गरेका हुन् । नारायण थापाद्वारा संगीत र स्वरबद्ध ‘दिलमा आगो’ बोलको गीतमा बीबी रिजालको शब्द, सहास शाक्यको एरेन्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ्गमा स्टरिङ रहेको छ ।

प्रकाश कटुवालको आवाजमा ‘आधा किलो सुन’ (भिडियोसहित)

गायिका जमुना सनम र गायक प्रकाश कटुवालको आवाजमा रहेको तीज गीत ‘आधा किलो सुन’ को युट्युबमा भिडियो सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गरेर गीत तयार गरिएको छ । गीतमा तिजको गरिमाका साथै सास्कृतिक महत्वलाई समेत समेटिएको छ । गीतमा शब्द तथा संगीतसंगै संगीत संयोजन समेत राजु सुनामको रहेको छ । भिडियोमा कोरीयोग्राफी नवराज उप्रेतीको रहेको छ भने भिडियोमा जुना सन्दास , रमेश थापा,र नवराज रिजालको अभिनय रहेको छ । भिडियो निर्देशन देवेन्द्र तिम्सिनाले गरेका छन् । ‘आधा किलो सुन’ गीतको पूरा भिडियो हेर्नुहोस्–

मञ्जु पौडेलको आधि उमेर ढल्किंदा अनुशा पौडेल घुमेर नाचिन

काठमाडौ‌, साउन ९ । बजारमा तीजको माहौल छ । दिनहुँ दर्जनौँ तीजका गीत सार्वजनिक भएका छन् । यस्तै सन्दर्भमा गायिका तथा प्रस्तोता मञ्जु पौडेलको मौलिक तीज गीत सार्वजनिक भएको छ । हरेक तीजमा मौलिक तीजको भाका लिएर आउने पौडेलले यसपालिको तीजमा काम भन्दाभन्दै आधि उमेर ढल्केको पीडालाई गीतमार्फत पोखेकी छन् । ‘काम भन्दै गयो मेरो आधी उमेर घन्काइदेऊ मादलु नाच्छु घुमेर’ काम र पैसाको लागि सधैं व्यस्त रहने आम नेपालीको जीवनशैलीप्रति लक्षित गर्दै ल्याइएको यो गीतको भिडियोमा स्वयं मञ्जु पौडेल र चर्चित कार्यक्रम उकाली ओरालीकी प्रस्तोता अनुषा पौडेल फिचर्ड छन् । दिग्गज धौरालीले शब्द र अर्जुन पोखरेलले सङ्गीत गरेको यो गीतलाई बिएमएस फिल्म्सले बजारमा ल्याएको छ ।

कमल र श्रेयाको ‘वैशको चुरीफुरी’ बोलको गीत सार्वजनिक

मोडल कमल सिंह र श्रेया कार्की फिचर्ड रहेको ‘वैशको चुरीफुरी’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा मोडल कमल र श्रेयाको गज्जबको क्यामेस्ट्री देखिएको छ । रोमान्टिक शैलीको गीतमा स्वर तथा संगीत सिसिर काफ्लेको रहेको छ भने शब्द शिशिर बुढाथोकीको सुन्न सकिन्छ । गीतलाई एरेन्ज रोमी बस्नेतले गरेका छन् । सार्वजनिक म्युजिक भिडियोमा बुद्ध थापाको छायाँकन, कमल खड्काको कोरियोग्राफी, विकास धमलाको सम्पादन समाबेस रहेको छ ।

खुमन र मालतीको ‘पैसा मागम की?’ बजारमा (भिडियो)

काठमाडौं । चर्चित लोकदोहोरी गायक खुमन अधिकारी र मालती खरेलको नयाँ तीज गीत ‘पैसा मागम की’ सार्वजनिक गरिएकाे छ । दर्जनौ चर्चित लोक भाका नेपाली सांगीतिक बजारमा पस्केर चर्चामा आएका गायक अधिकारी र खरेलको नयाँ तीज गीत ‘पैसा मागम की’ युट्युबमार्फत् सार्वजनिक गरिएको हो । गायक अधिकारीको शब्द तथा संगीत रहेको यस गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन् । दुर्गा पौडेलले छायांकन गरेको म्युजिक भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् । भिडियोमा मोडल शंकर बिसी र रश्मी तामाङलाई फिचर्ड गरिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुस्  

गीता अधिकारीको ‘छम छम नाच्न’ तीज गीत बजारमा

काठमाडौं, असार २८ । गतवर्षको तीजमा सन्देशमुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपालिको तीज गीतमा ‘छम छम नाच्न’ भन्दै आउने भएकी छन् । गीताको शब्द रचना, नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको तीज गीत ‘आउ नाचौं सङ्गी हो…’को भिडियो छायाँकन गरिएको छ । योगेश काजीको सङ्गीत रहेको गीतको भिडियोलाई शुक्रबार राजधानीमा छायाँकन गरिएको हो । नारायण रिजालको निर्देशन रहेको गीतको भिडियोलाई वीपेन्द्र भाट ‘विपिन’ले छायाँकन गरे गीतको भिडियोमा नायिका पुजना प्रधानले कम्मर मर्काएकी छन् भने गायिका तथा नायिका सारिका घिमिरे र गीता अधिकारीलगायत अन्य कलाकारले पनि नृत्य गरेका छन् । ‘हामीले गतवर्ष सन्देशमुलक तीज गीत स्रोता र दर्शकमाझ पस्केका थियौं, यसपालिको तीजमा दुःख पीडा भुलेर खुलेर नाचौं भन्ने खालको तीज गीत लिएर आउँदै छु, यसको भिडियो छिट्टै दर्शकमाझ आउँदै छ’, गीताले भनिन् । ‘एउटा राम्रो तीज गीत पस्किने हाम्रो कोसिस रहेको छ, म यसमा खुलेर नृत्य गरेकी छु, हेरौं कस्तो हुन्छ, गीतको भिडियो आएपछि थाह पाइहाल्नुहुन्छ नि’ नायिका पुजनाले भनिन् । ‘गत वर्षभन्दा अलिक फरक खालको गीत लिएर आउँदै छौं’ भन्दै गायिका सारिका घिमिरेले ‘यो तीज गीत छम छम नाच्ने खालको बनाउन लागेको बताइन् । ‘तीजका गीत प्रायः सबै उस्तै उस्तै नै हुन्छन् हामीले अझ राम्रो बनाउने प्रयास गरेका छौं,’ निर्देशक नारायण रिजालले भने । मेकअप सञ्जु ढकालको रहेको गीतलाई वल्र्ड कभर मिडियाले पोष्ट प्रोडक्सन गर्दै छ ।

दर्शकको मन जित्दै रोशन राईको ‘उपहार’

काठमाडौं, असार २८ । रोशन राई सांगीतिक क्षेत्रमा नयाँ नाम होइन । लामो समयदेखि सांगीतिक आकाशमा उदयमान ताराको रुपमा मात्र नभई स्थापित पनि भइसकेका हुन रोशन राई । करिब २० वर्ष अघिदेखि गायन यात्राको सुरुवात गरेका गायक रोशन राईको पछिल्लो गीत ‘उपहार दिउ कि माया तिमीलाई आँखैमा सजाँउ’ सार्वजनिक भएको छ । जन्मघर खोटाङ जिल्ला घर भएका गायक राईका यसअघि प्राण, गायन र गायन २ गरी ३ वटा गीती एल्वम बजारमा सार्वजनिक भैसकेका छन् । २०५६ सालमा पूर्वाञ्चल आधुनिक गायन प्रतियोगितामा पूर्वाञ्चल क्षेत्रका १६ वटा जिल्लाको प्रतिस्पर्धामा प्रथम उपाधि हासिल गरेका गायक रोशन राईलाई ‘पालुवा स्टार’ को उपाधिबाट पुरस्कृत गरिएको थियो । उक्त उपाधिले नै गायन क्षेत्रमा अघि बढ्न हौसला प्रदान गरेको बताउँछन् गायक राई । गत शुक्रबार युट्युवमा सार्वजनिक गरिएको गायक राईको गीत ‘उपहार दिउँ कि माया तिमीलाई आँखैमा सजाँउ’ लाई करीब २ लाख भ्यूअर्सले हेरिसकेका छन् । उक्त गीतको वारेमा थुप्रै सकारात्मक प्रतिक्रियाहरु पनि आइरेका छन् । गायक रोशन राई र अञ्जु पन्तको स्वर भएको उक्त गीतमा राईले नै संगीत दिएका छन् भने शब्द बच्चन राईको रहेको छ । उक्त गीतको मोडलमा पल शाह र वर्षा सिवाकोटीले भूमिका निर्वाह गरेको छन् । उक्त गीतको छायांकन पनि उत्कृष्ट रहेको छ । आफूलाई सांगीतिक क्षेत्रमा लाग्दा साह्रै नै आत्मसन्तुष्टि मिलेको बताउँछन् राई । पछिल्लो समय निकालेको यस गितले बजार चर्चा राम्रै पाउन थालेपछि यसले आफूलाई थप उर्जा मिलेको बताउछन् । आगामी दिनमा पनि यस्तै मिठा तथा सुमधुर गीत सुन्न पाईराखौ हाम्रो शुभकामना ।

गायक रमेशको ‘फुल फुल्ने बगैचा’मा कुमार र अंकिता यस्तो छ रोमान्स (भिडियोसहित)

गायक रमेश क्षत्रीको आधुनिक गीत ‘फूल फुल्ने बगैंचा’ सार्वजनिक भएको छ । अहिले बजारमा आउने गरेको भन्दा केही भिन्न शैलीको गीतमा माया प्रेमको बिषय समेटिएको छ । गीतमाथि एक आकर्षक भिडियो पनि निर्माण भएको छ । बुढासुब्बा म्युजिकको युट्युवबाट सार्वजनिक भएको भिडियोमा कुमार गुरुङ र अंकिता क्षेत्रीले रोमान्स गरेका छन् । नरेश बिसीको शब्द, सन्जुकुमार थापाको संगीत र गोपाल रसाइलीको एरेन्ज रहेको गीतको भिडियो फलानो क्रियसनबाट निर्माण भएको हो । भिडियोमा सरोज अधिकारीको छायाँकन, सुवास अमागाइको सम्पादन र कुमार गुरुङको निर्देशन रहेको छ ।

लोकदोहोरी गीत ‘पिँडालु’लाई एक महिनामै चालिस लाख भ्युज (भिडियोसहित)

काठमाडौं, जेठ ५ । लोकप्रिय गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको गीत पिंडालु सार्वजनिक भए देखिनै चर्चाको शिखरमा छ । इनाक्षी इन्टरटेन्मेन्ट नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत करिब एक महिनामै ४० लाख पटक हेरिएको छ । गायक तेजस रेग्मीकै शब्द–संगीत रहेको डान्सिङ प्याटर्नको गीत यही स्पिडमा हेरिदै जानेहो भने छिट्टै नै करोड क्लबमा प्रबेश गर्ने आँकलन गर्न सकिन्छ । गीत सार्वजनिक भएकै दिन युट्युबको ट्रेन्डिङ पर्दै चर्चित बनेको थियो । गीत युट्युबसँगै टिकटकमा समेत भाईरल बन्दै छोटो समयमा नै ४० लाख भ्युज पाएपछि यतिखेर निर्माण टिम दंग छ । इनाक्षी इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको गीत विशुद्ध लोक संस्कृति झल्काउने खालको भएकाले दर्शक श्रोताहरुले मन पराएको इनाक्षी इन्टरटेन्मेन्टका निर्देशक रामप्रसाद कंडेलले जानकारी दिए । छोटो समयमा नै गीतले राम्रो भ्युज पाउदा आफुहरुलाई निकै हौसला मिलेको कंडेलको भनाइ छ । शिव बिकको निर्देशन रहेको गीतको भिडियोमा कुलेन्द्र बिक, तेजस रेग्मी र रक्षा श्रेष्ठ फिचरिङ्ग छन । ‘भद्रगोल’बाट चर्चामा आएकी रक्षासँगै दुई चर्चित गायकहरु भिडियोमा फिचरिङ्ग हुनुपनि दर्शकहरुलाई पनि नयाँ स्वाद भएकोले गीत चर्चित हुन मद्दत पुगेको छ । भिडियोमा रामेश्वर कार्कीको छायाँकन र सुजन शाहीको सम्पादन रहेको छ । दिपक सापकोटा, शशीधर कंडेल र केशव शर्मा पनि भिडियोमा अतिथी कलाकारको रुपमा फिचरिङ्ग छन् । हेर्नुहोस‍् भिडियो-

दिपक लिम्बुको आवाजमा ‘आँशु झर्यो’ सार्वजनिक

काठमाण्डौं । गायक दिपक लिम्बुको आवाजमा समावेश निकै मार्मिक गीत ‘आँशु भर्यो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । युगल जोडीको प्रेमको भावलाई निकै आकर्षक रुपमा गीतमा समेटेको छ । विछोडको पिडालाई भुल्न नसकेको कुरालाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । आफ्नो माया नै ससारको निकै प्रेरणादायी सम्बन्ध भएको कुरा गीतमा गरिएको छ । दामोदर गौत्तम शब्दमा रहेको गीतमा रियाज सिवाकोटीको संगीत छ । गीतको भिडियोलाई प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको छ । बासु बरालको छायाँकन, राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘आँशु भर्यो’ को भिडियोमा सुशिला थापा र अर्जुन थापाको अभिनय रहेको छ । ‘आँशु झर्यो’ हेर्नुहोस भिडियो ।

आशिफ र रेश्माको ‘हेरन कान्छी’ सार्वजनिक (भिडियो)

गायिका मेलिना राई र राज खम्बुको आवाज रहेको गीत ‘हेरन कान्छी’ सार्वजनिक भएको छ । दिपक शर्माको संगीत रहेको गीतलाई दिनेश सुबेदिले लेखेका हुन् । ‘इन्स्टाको फोटो’ गीतबाट दर्शकले औधी रुचाएका आशिफ शाह र रेश्मा घिमिरेलाई गीतमा फिचर गरिएको छ । गीतको भिडियोलाई राजिव समर र शिशिर खातीले कोरियोग्राफी गरेका हुन् भने गीतलाई शान थापाले निर्देशन गरेका हुन् । जि डिजिटलले प्रस्तुत गरेको गीतको निर्माता अंशु राई हुन्। कमेडी र रोमान्सलाई मिसाएर बनाइएको गीतको भिडियोले दुइ प्रेमीले जवानीको लहर, प्रेम र बाचा कसमलाई देखाएको छ । जवानीमा चिटिक्क पर्ने र आफुले मन पराएको मान्छेको नजिक जाने रहरलाई सांगीतिक रुप दिइएको छ । गीतलाई जि द्दज्ञ डिजिटलको अफिसियल यु(ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । अहिलेसम्म हेर्नेहरुले ‘हेरन कान्छी’लाई राम्रो प्रतिकृया दिएका छन् ।

गायक दुर्गा हुमागाईंको ‘तिम्रै निम्ति’ गीत भिडियो सार्वजनिक

गीतकार दुर्गा हुमागाईको शब्द–रचना रहेको नयाँ गीत ‘तिम्रै निम्ति’ सार्वजनिक भएको छ । गीतमा कर्म ग्यल्चेन बोमजनको स्वर सुन्न सकिन्छ भने नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ । यस्तै, गीतको भिडियो नि बनेको छ । भिडियोमा बाबुछोरीको प्रेमलाई दर्सौना खोजिएको छ । भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने उत्सव दाहालले छायांकन अनि विष्णु खड्काले सम्पादन गरेका हुन् । यस्तै भिडियोमा जीवन भट्टराई–ऋचा थापा अनि दिभास्नाको अभिनय रहेको छ ।

गायिका विष्णु माझीको ‘घाइते मुटु’ गीत बजारमा

काठमाडौं, चैत १० । नेपाली लोकदोहोरी क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल गायिका विष्णु माझी र गायक सुरोज थापाको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी ‘घाइते मुटु’ गीतको भिडियो बजारमा आएको छ । धनको पछि लागेर माया भुल्ने प्रेमी–प्रेमिकाको भावनालाई गीतमा समेटिएको छ । आफूलाई अप्ठ्यारो परेको अवस्थामा भुल्दा मनमा विभिन्न किसिमको पीडा महसुस भएको कुरालाई गीतमा समेटिएको छ । आफनो प्रेमलाई छुटाएकोमा पीडा महसुस गरिएको गायक सुरजले बताए । मुकेश हुमाँगाईँको छायाँङकन, राजेश कुमारको सम्पादन, बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ। निकै मार्मिक गीतको भिडियोमा चर्चित मोडल सारिका केसी, महेन्द्र गौत्तम, मानव, सरस्वती, सरिता र सगुनको अभिनय रहेको छ । हेर्नुहोस गीतको भिडियो

‘जवानीमा पहिलो पाईला’ गीत सार्वजनिक

डा. डीआर उपाध्यायको नयाँ गीत ‘प्रेममा पहिलो पाइला…’ सार्वजनिक भएको छ । शशि रावलको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । डीआरको ‘सहेली’ एल्बममा रहेको यो गीतको भिडियोलाई सुवाष प्रधानले निर्देशन गरेका हुन् । प्रेम लामाको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियोमा मनिषा सापकोटा र प्रकाश विकलाई फिचर्ड गरिएको छ । डीआर म्युजिक एण्ड ट्रेडिङबाट सार्वजनिक गरिएको गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । साहित्यकार तथा गीतकार डा. डीआर उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम विमोचन गरिएको थियो । यो विषयलाई सम्बोधन गर्दै उनलाई ‘एभरेष्ट वल्र्ड रेकर्ड’को प्रमाण पत्र पनि प्रदान गरिएको छ । डीआरका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन केही समय अघि राष्ट्रिय नाचघर जमलमा गरिएको थियो । एल्बममा समावेस भएका ४० भन्दा बढी गीतमा सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’ र बुलु मुकारुङको सङ्गीत रहेको छ भने देशका प्रायः ख्यातीप्राप्त सबै गायक गायिकाहरुको स्वर रहेको छ । उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् । पद्मदीप स्मृति प्रतिष्ठानको आयोजनामा डी.आर.का गीति एल्बमका बारेमा देशका सात प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतका बारेमा छलफल गर्न अभियान चलाइएको थियो भने देश बाहिर सिक्किममा समेत लोकार्पण गरिएको थियो ।

सन्ध्या बुढामगर काउली बुढीको आवाजमा ‘आशुँले मुख घुन्छु मैले त ” हेर्नुहोस भिडियो

नेपाली लोकदोहोरी गीतको संरक्षण र विकास गर्र्दै आएको प्रियसी म्युजिक प्रालिको प्रस्तुतिमा गायिका सन्ध्या बुढामगर र गायक पुर्ण विश्वकर्माको आवाजमा सजिएको निकै वियोगान्त भाव समेटिएको ‘आँशुले मुख धुन्छु मैले त’ गीतको भिडियो बजारमा आएको छ । आफ्ना प्रेमीले आफुलाई निकै पीडा भएको कुरा गीतमा गायिका बुढाले गरेकी छन् । आफूलाई बेवास्ता गदैँ पराई ठानेकोमा गायिकाले आशु भारेकी छन । प्रेम रानामगरको शब्द तथा पुर्ण विश्वकर्माको लय सिर्जना रहको छ । मुकेश हुमागाईंको छायाँकन, अविनास डिसीको सम्पादन, बबिता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ।’ ‘आँशुले मुख घुन्छु मैले त’ गीतमा बुद्धवीर थापा र सारिका केसीको अभिनय देख्न सकिन्छ । ‘आँशुले मुख घुन्छु मैले त’ गीतको भिडियो हेर्नुहोस्–

कृष्ण ओलीको वास्तविक जीवन भोगाईमा आधारित गीत ‘कृष्णको राधा’ भिडियो सार्वजनिक

करेन्ट लागेर दुबै हात खुटटा गुमाएका कृष्ण ओलीको बास्तविक जिवन भोगाईमा आधारित गीत ‘ कृष्णको राधा’ गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा संसार नेपालीको आवाज रहेको छ ।गीतको भिडियोलाई बुर्तिबाङ म्युजिक प्रालीले बजारमा ल्याएको हो । काम गर्ने शिलशिलामा द्धुघटनामा परेका कृष्णको जिवन भोगाईमा आधारित भावनाहरुलाई गीत तयार परिएको गोविन्द गुरुङ गुप्ताले बताएका छन । आफनो जिवनको कहालिलाग्दो अवस्थामा सहयोग गर्ने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहीनीलाई हार्दिक आभार व्यक्त गरिएको छ । गीतमा संसार नेपालीको लय सिर्जना रहेको छ । राजेश विसीको छायाँकन, राजकुमार मगरको सम्पादन रहेको छ। गीतको भिडियोमा कृष्ण, मेघा, बुद्धिमान, अमितबाबु रोकाया, राजेश विसी खेमराज रेग्मी, विकाश केसीको अभिनय रहेको छ । ‘कृष्णको राधा’ गीतको भिडियो हेर्नुहोस्–