मेलिनाले गाईंन ‘छाडी गयौं’ (भिडियोसहित)

चर्चित गायिका मेलिना राईको स्वरमा ‘छाडी गयौ’ बोलको आधुनिक गीत बजारमा आएको छ ।

गायिका राईलाई बुद्ध राईले स्वरमा साथ दिएका छन् । सुनील राईको शब्द, बुद्ध राईको संगीत रहेको गीत ओएसआरको युटुव च्यानलमार्फत बजारमा पठाइएको निमार्ण पक्षले जानकारी दिएको छ ।

किमसम राईको निर्देशन रहेको छ । उत्सव दाहालले गीतका दृश्यहरु क्यामेरामा कदै गरेका छन् भने भिडियो सम्पादन निशान घिमिरे गरेका छन् । भिडियोमा रक्षा श्रेष्ठ र रत्न डङ्गोल र मदन राईको अभिनय देख्न सकिन्छ ।

प्रमोदको गीतमा कविता र दिव्यको रोमान्स (भिडियोसहित)

चर्चित डान्स रियालिटी शो ‘बुगी वुगी’ की विजेता कविता नेपाली र दिव्य दाहाल फिचर्ड ‘खस्यौली’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजधानी आसपासका रमणीय स्थानहरुमा खिचिएको गीतमा रोजल थापाको निर्देशन छ । चर्चित गायक प्रमोद खरेलको स्वर रहेको गीतको शब्द निर्देशक थापा स्वयंले लेखेका हुन् । सार्वजनिक गीतमा विनय केटोको संगीत सुन्न सकिन्छ । गीतको भिडियोलाई चन्द्रकुमार पुराजुलीले निर्माण गरेका हुन् । वीरेन्द्र भट्टको छायांकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।कविता र दिव्यलाई बद्रि विष्टले नचाएका छन् । निर्देशक थापा बजारको मागअनुसार गीतको भिडियो निर्माण गरिएको बताए । हेर्नुहोस् भिडियो-

चलचित्र ‘किन लाग्छ माया’का नायक तथा गायक शंकर अभिनित हिन्दी गीत ‘हर लम्हा’को गीत सार्वजनिक

नयावर्ष २०१९ को अवसर पारेर लामो समय नेपाली गीत–संगीत तथा चलचित्रमा निरन्तर संघर्ष गरी रहेका गायक, नायक शंकर लामिछानेको हिन्दी गीत ‘हर लम्हा’को म्युजिक भिडियो सार्वजनिक भएको छ। स्वयं लामिछानेको शब्द, संगीत रहेको उक्त गीतमा भारतका पाशर्व गायक निलेश सिंह र सहेवाको आवाजमा रहेको ‘हर लम्हा’ गीतमा गायक तथा नायक शंकर लामिछाने र नेपाली चर्चित नायिका मरिस्का पोखरेलको दमदार अभिनय देख्न सकिन्छ। कुस्माज़ इन्टरटेनमेन्टको प्रस्तुति रहेको उक्त भिडियोलाई नेत्र गुरुङले निर्देशन, मिलन शंकरको छायांकन र सम्पादन नेत्र गुरुङले गरेका छन् । हेर्नुहोस् भिडियो–

गायक हेमन्त कान्छा रसाइलीको ‘भाग्यमानी… भिडियो सार्वजनक

करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइली नयाँ नेपाली गीतका साथ आएका छन् । म्युजिक नेपालले निकालेको ‘भाग्यमानी’ बोलको गीतमा हेमन्तलाई देवी घर्ती, झलक संगीतमा, टेकेन्द्र बोहरा, शर्मिला बीसी, प्रतिमा विश्वकर्मा र अमृता नेपालीले साथ दिएका छन् । गीतको रचनाकार सपना रसाइली र संगीत झलक संगीतामको रहेको छ । गीतलाई धेरै दर्शक तथा स्रोताले मन पराएको हेमन्त बताउँछन् । ‘मौलक नेपाली बाजा र लोक फेभरका भएकाले गीत राम्रो बनेको छ । दर्शक र स्रोताले पनि मन पराइरहेका छन्,’ हेमन्तले भने । सो गीतमो म्युजिक भिडियो पनि तयार भएको छ । गीतमा श्रीप्रसाद थापा र रिना थापा मगरले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन उमेश गुरुङले गरेका छन् । हेमन्तले २०६३ सालमा गाएको ‘काँचो सुन्तला’ बोलको गीत निकै हिट भएको थियो । यसबीचमा उनले करिब दुई दर्जन गीत गाए । लोकगायनका साथे अहिले उनी कुशल सारंगी वादकका रूपमा पनि चिनिन्छन् । उनले सात हजारभन्दा बढी गीतमा सारंगी बाजा बजाइसकेका छन् । हेर्नुहोस् भिडियो

गायिका पुर्णकला र गायक विरबहादुरको ‘पासपोर्ट’ गीत सार्वजनिक

हजारौ मनभित्रको आशालाई आफनो जन्मभुमिमा छोड्दै परदेश जानुपर्ने तितो यथार्थमा आधारित रहेर तयार पारिएको मौलिक लोकदोहोरी गीत ‘पासर्पोट’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हजारौं परदेशी युवाको भावहरुलाई गीतमा समावेश गरिएको छ । गायिका पुर्णकला विसी र गायक विर बहादुर मगरको सुमधुर आवाजमा गीत तयार गरिएको छ । डम्वरचन्द मगरको शब्द तथा रामु खड्काको गीतमा लय सिर्जना रहेको छ । जीवनको वास्तविक भोगाईलाई समेटेर गीतमा प्रस्तुत गरेको डम्वरचन्द मगरले बताए । अजय रेग्मीको छायाँकन, अमर शाक्यको सम्पादन, काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । वियोगान्त गीतमा आशा खड्का र विर बहादुर मगरको अभिनय रहेको छ ।  

सुनिल र एलिशाको ‘चञ्चले यो मन’ को गीतको भिडियो सार्वजनिक

नेपाली संगीत क्षेत्रमा केही गर्ने सोचले अघि बढिरहेका प्रतिभाशाली गायक सार्जन राईको नयाँ गीत चञ्चले केही दिनअघि डिजिटल बजारमा सार्वजनिक भएको छ । रोमान्टिक लभ भर्सनको यस गीतमा शब्द संगीत स्वयम गायक सार्जन राईको रहेको छ भने स्वर लोकप्रीय गायिका मेलिना राई र गायक सार्जन राईको रहेको छ । जावलाखेल चिडियाखानामा छायांकन गरिएको यस गीतको भिडियोमा अभिनेता तथा मोडल सुनिल क्षेत्री र अभिनेत्री तथा मोडल एलिशा शर्माको अभिनय रहेको छ । गीतको भिडियोमा नेपाली ठिटो डान्स ग्रुपलाई पनि देख्न सकिन्छ । ज्ञानु राईको छायांकन तथा निर्देशनमा गीतको भिडियो निर्माण भएको हो ।

सञ्चिता शाहीको मायाको किन ‘उडायो पछयौरी’ भिडियो सार्बजनिक

पछिल्लो समयमा ब्यापक चर्चामा रहेको प्रियसी म्युजिक प्रालिको प्रस्तुतिमा दुर्गा शाहीको लोकदोहोरी सौगात गायक प्रवीण घर्तीमगर र गायिका जमुना रानाको आवाजमा ‘उडायो पछयौरी’ गीतको भिडियो सार्वजनिक भएको छ । दुर्गा शाहीको शब्द सिर्जनामा रहेको गीतमा मायालुको यादमा सताएको कुरालाई गीतमा समेटिएको छ । आफनी प्रेमीकालाई विर्सन नसक्ने कुरा गीतमा पोखिएको छ । आफनो माया निकै गाढा रहेको कुरा गायकले बताएका छन । केशव गाहा मगरको गीतमा लय सिर्जना रहेको छ । बासु न्यौपानेको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्म बमोजिमको भूमिका सञ्चिता शाही र सुरज रावलको अभिनय रहेको छ । ‘उडायौ पछ्यौरी’ गीतको भिडियो हेर्नुहोस्–

दिवस गौतम र गायिका लिला सुवेदीको आवाजमा ‘बुढी हराई’ (भिडियोसहित)

लोकदोहोरी गीत गायक दिवस गौतम र गायिका लिला सुवेदीको आवाजमा ‘बुढी हराई’ गीतको भिडियो सार्वजनिक भएको छ । जेशिका इन्टरटेन्मेन्टको प्रालीले वार्षिकोत्सवको अवसरमा यस गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । निकै मार्मिक सन्देशमुलक लोकदोहोरी गीत गायक दिवस गौत्तम र गायिका लिला सुवेदीको आवाजमा ‘ बुढी हराई ’ सार्वजनिक भए लगत्तै चर्चामा रहेको छ । दिवस गौत्तमको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । गीतमा हजारौ परदेश गएका युवाको कथालाई समेटिएको छ । पराईको देशमा पसिना बगाइरहेको अवस्थामा आफनी प्राण प्यारीले अरुलाई नै लिएर बेपत्ता पार्ने गरेको यर्थात कुरालाई देखाउन खोजिएको छ । परदेशमा रहेका परदेशीको सत्य भोगाईलाई गीतमा समेटिएको छ । भिडियोलाई अहिलेका चर्चित क्यामेरामेन जनक अधिकारीको छायाँकन छ भने मिन प्रकाश ओलीको निर्देशन छ । भिडियोलाई गौतम, संगिता र मधु भट्टको जिवत्त अभिनय रहेको छ । केवी भण्डारीको एरेन्ज रहेको गीतलाई सुवास कुथुमी राईको रेकर्डिङ छ । ‘बुढी हराई’ गीतको भिडीयो हेर्नुहोस्–

गायक तथा मोडल सरोज गौतमको ‘तिम्रै तस्विर’ सार्वजनिक (भिडियोसहित)

गायक सरोज गौतमको आधुनिक गीत ‘तिम्रै तस्विर’ सार्बजनिक भएको छ । करिब आधा दर्जन गीतमा आफ्नो सुमधुर आवाज भरिसकेका गायक सरोजले प्रत्येक अंग्रेजी नयाँ वर्षमा नया गितको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्वजनिक गर्ने गरेका छन् । बिपिन आचार्यको शब्द तथा संगीत रहेको यस गीतमा गायक सरोज गौतमको सुमधुर आवाज रहेको छ । छायाँकार मुकेश हुमागाईंले छायांकन गरेको यस म्युजिक भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन । गायक तथा मोडल सरोज गौतम र स्मृति श्रेष्ठको अभिनय रहेको यस म्युजिक भिडियोलाई निर्माता कुमार कटवालले निर्माण गरेका हुन । भिडियो हेर्नुहोस्

विक्रम र मेलिनाको स्वरमा रहेको ‘कहिले प्यार कहिले झगडा’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, पुस १७ । विक्रम राना र मेलिना राईको स्वरमा रहेको गीत ‘कहिले प्यार कहिले झगडा’ सार्वजनिक भएको छ । गीतमा गोविन्द मधुर आचार्यको शब्द–संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । क्रान्ति केसीले निर्देशन गरेको गीतको भिडियोमा सोमिया राना र पल शाहको अभिनय रहेको छ । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई क्रान्तीले नै सम्पादन गरेका छन् । थुप्रै गीतबाट स्रोता–दर्शकको मन जित्न सफल विक्रम मोडलिङमा पति त्यतिकै देखिन्छन् । ‘मेरा अन्य गीतले जस्तै यो नयाँ गीत ‘कहिले प्यार कहिले झगडा’ले पनि दर्शक–स्रोताको त्यतिकै साथ पाउनेमा आशावादी छु’, विक्रमले भने । निकै मिहिनेतका साथ यो गीतको भिडियो ल्याएको र यसबाट आशावादी रहेको उनले बताए । हेर्नुहोस् उक्त गीतको भिडियो–

आशा लामाको फुलेको जिबनको कौतुहलता बाहिरियो (भिडियोसहित)

राजु बोहरा विगत निकै लामो समययता नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील गायिका आशा लामाले फेरि पनि अर्को एक आधुनिक गीत बजारमा लिएर आएकी छिन् । विशेषगरी लोक तथा दोहोरी गीतबाट आफ्नो उच्च पहिचान बनाएकी उनले आधुनिक गीत बजारमा ल्याउनुमा, कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्दा सबै किसिमका गीतहरु गाउन सक्ने खुबी भएमा आफ्नो सांगीतिक यात्रा जीवन्त हुने विश्वास ब्यक्त गर्दछिन् । आशाको पछिल्लो आधुनिक गीत ‘कहिले फुल्यो जिन्दगानी’ बोलको रहेको छ । निकै मेहनतका साथ तयार पारिएको यस गीतमा खड्ग गन्धर्बको संगीत रहेको छ भने उर्मिला कोइराला शब्द रचना रहेको छ । मान्छे जन्मिन्छ, हुर्किन्छ र योवन अवस्थामा पुगेपछि अनयासै बैशालु उन्मादले छुने गर्दछ । यसरी यो उमेरमा पुग्दा मनमा जागेको कौतुहलता समाबेस गरिएको यस गीतलाई आशा लामाले आफ्नो कर्णप्रिय स्वर भरेकी छिन् । गीतको भावनुसार म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । संगीत सरोबरको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको भिडियोमा अभिषेक र रुबीको अभिनय देख्न सकिन्छ । राज आरसीद्वारा निर्देशित भिडियोलाई छायांकन दिपक अधिकारीले गरेका हुन् भने सम्पादन बिजय राजले गरेका छन् । हामी यस गीतसंग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं । भिडियो हेर्न तल क्लिक गर्नुहोला– https://www.youtube.com/watch?v=OJ71hnbbuAo

गायिका सिर्जु अधिकारी ‘ब्याण्ड बाजा’ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

नेपाली कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल गायिका सिर्जु अधिकारीको बिल्कुलै नयाँ गीत सार्बजनिक भएको छ । सिर्जुले यसअघि पनि करिब सयभन्दा माथि गीतहरुमा आफ्नो कर्णप्रिय स्वर भरिसकेकी छिन् । उनले बिभिन्न गीतहरुमा आफ्नो स्वर भर्नुमात्र होइन, थुप्रै गीतहरुको म्युजिक भिडियोमा आफ्नो अभिनय समेत प्रस्तुत गरिसकेकी छिन् । भद्र स्वभावकी सिर्जु पछिल्लो समय देश तथा विदेशका स्टेज कार्यक्रममा व्यस्त छिन् । उनी युके, युरोप, जापान, ओमान, दुवैलगायत धेरै देशहरु पुगिसकेकी छिन् । नेपाली गीत संगीतको क्षेत्रलाई धनि बनाउनका लागि ति बिभिन्न देशहरुको कार्यक्रम बाट आयआर्जन भएको थोरै रकमलाई पनि यसै क्षेत्रमा खन्याउनु प्रशंसनीय कुरा हो । सृजुको भर्खरै बजारमा आएको गीत ‘ब्याण्ड बाजा’ बोलको रहेको छ । चिसो मौसममा न्यानोपनको महसुस गर्न सकिने यस गीतमा सिर्जु अधिकारीको नै सुमधुर स्वर सुन्न सकिन्छ । सिर्जु अधिकारी र रबिन्द्र प्रताप सेनसंगै करिब ३० जना कोरस कलाकारहरुको साथमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन शिब बिकले गरेका छन् । शिब बिककै कोरियोग्राफी रहेको भिडियोलाई छायंकन ज्ञानेन्द्र शर्मा र सम्पादन बिकाश ज्ञवालीले गरेका छन् । सिर्जु अधिकारीकै व्यक्तिगत युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको यस गीतलाई शब्द संगीत पनि सिर्जुले नै भरेकी छिन् । भिडियो हेर्न तल क्लिक गर्नुहोला–

अभिनेत्री शिल्पा र मनिशको ‘मैले माया’ गीतको भिडियो सार्वजनिक

गायक प्रमोद आवाजमा रहेको ‘मैले माया’ बोलको गीतको भिडियो युट्युबमा सावर्जनिक भएको छ । गीतमा प्रेमको शब्दलाई कुशल रुपमा समेटिएको छ । गीतमा नायिका शिल्पा पोखरेल, रमेश र मनिस प्रितमको फिचरिङ रहेको छ । प्रेमका नविनतम भावहरुलाई कलात्मक ढंगबाट ब्यक्त गरिएको गीतमा मनिसले शिल्पालाई मन पराएको कुरा लाई भिडियोमा देखाइएको छ । रमेशराज भटटराईको शब्द तथा संगीत गीतमा रहेको छ । शिशिर श्रेष्ठले निर्देशन गरेको भिडियोलाई मुकेश हुमागाईँले छायाँकन गरेका हुन भने अमृत चापागाईले सम्पादन गरेका छन् । गीतमा मनिशको भुमिकालाई आमदर्शकले निकै मन पराएका छन् । ‘मैले माया’ को हेर्नुहोस भिडियो–

गायक पुष्कल शर्माको आइटम गीत ‘मेरो आँखा‘ को भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं, पुस १५ । झझल्को म्युजिक प्रालिको प्रस्तुतिमा नेपाली लोकदोहोरी गीतमा वियोगान्त ल्याएर सर्वाधिक दर्शक तथा स्रोताको नजरमा रहेका गायक पुष्कल शर्मा र गायिका विष्णु परियारको आवाजमा सजिएको ‘मेरो आँखा’ बोलको गीत सार्वजनिक भएको छ । धेरै रोमान्टिक गीतलाई आमदर्शक माझमा निकै समयपछि बजारमा ल्याउँदा निकै खुशी लागेको गायक पुष्कलले बताए । आफ्नो सिर्जना पस्किएर असङख्य श्रोता एवं दर्शकहरुको मन जित्न सफल सर्जक रामु सुवेदीको शब्द तथा बहुमुखी प्रतिभाका धनि दिलिप रेग्मीको गीतमा लय सिर्जना रहेको छ । यस गीतको म्युजिक भिडियोमा शुत्र लामा, राज मगर, डेनिसा खड्का र शर्मिला मगरको रोमाञ्चक अभिनयसहित नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन नरेन श्रेष्ठ, छायांकन मरुभुमी नारायण र सम्पादन रोशन धितालले गरेका छन् । भिडियो हेर्न तल क्लिक गर्नुहोला–

बालगायक प्रिन्स पहिलो गीत‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’ को भिडियो छायाँकनमा व्यस्त

चितवन, पुस १५ । चितवनको पर्यटकीय नगरी सौराहा घर भई हाल काठमाडौँ बस्दै आएका बाल गायक प्रिन्स सिलवालको पहिलो गीतको दोस्रो म्यूजिक भिडियोको छायांकन थालिएको छ । उनकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’को म्यूजिक भिडियोमा अहिले उनी व्यस्त छन् । चितवनको सौराहामा सुन्दर पोसाकमा सजिएका थारु युवतीहरुको कोरस नृत्य अगाडि प्रिन्स मोडलिङमा जम्दैछन् । निशा पाण्डे र जेनी धमलासँग उनले मोडलिङमा रोमान्स गरेका छन् । भकारी एमडिसीको प्रस्तुतिमा शुरु भएको म्यूजिक भिडियो छायांकनमा प्रिन्सले उत्कृष्ट प्रदर्शन गरेका निर्देशक सञ्जय पाण्डेले बताए । यसअघि प्रिन्सले दशैंको अबसरमा उमंगले भरिएको गीत ‘दशै मनाउने हो, नाच्दै रमाउने हो’ भिडियोसहित बजारमा ल्याएका थिए । ‘गायनम जस्तै राम्रो प्रस्तुति मोडलिंगमा प्रिन्सले देखाएका छन्,’ गीतकार तथा भकारी एमडीसीका निर्देशक बसन्त वित्यासी थापाले भने । ‘न मानामा नापिन्छ मायाँ’ बोलको गीत पहिलो रेकर्ड भएपनि म्यूजिक भिडियो भने दोस्रो हो । दोस्रो गीत ‘दशैं मनाउने हो’ म्यूजिक भिडियोका साथ दशैं अघि नै बजारमा आएको थियो । यसलाई दशैंमा बालबालिकाहरुले खुब मनपराएका थिए । बसन्त वित्यासी थापाको शब्द र अशोक लोहारुङ राईको सङ्गित रहेको यसमा सौराहाको रमणीय दृश्यलाई देखाउन खोजीएको प्रिन्सका बुबा रमेश सिल्लवालले जानकारी दिए । सञ्जय पाण्डेको निर्देशन र कृष्ण रसालको नृत्य निर्देशन रहेको म्यूजिक भिडियोको छायाँकन भने चक्र महर्जनले गरेका हुन् । भिडियोमा थारु संस्कृतिसँगै सौराहाको पर्यटकिय र प्राकृति रमणीय दृष्यहरु देख्न सकिन्छ ।

भिरको मौरी सार्बजनिक(भिडियो सहित )

काठमाडौ,पुष १४। काभ्रे संगम म्युजिक प्रा. लि को प्रस्तुतिमा किरण गौतम र बिशाखा गिरिको लोक दोहोरी गित भिरको मौरी शुक्रबार बाट बजारमा सार्बजनिक भएको छ। पछिल्लो समयमा काठ क्षेत्रमै चर्चामा रहेका युवा गायक किरण गौतमको लय/शब्दमा तयार भएको यस लोक दोहोरी गित उनै गायक किरण गौतम र विशाखा गिरिको आवाजमा रेकर्ड भएको हो। दिक्षान्त मुभिज कृयसन प्रा.लिले निर्माण गरेको गितको म्युजिक भिडियो लाई सागर गौतमले छायान्कन गरेका हुन । किरण गौतम विशाखा गिरि र सरिता मगरको ठट्यौली अभिनय रहेको म्युजिक भिडियो किरण गौतमको निर्देशन र प्रेम कुमार थारुको सम्पादनमा तयार पारीएको हो। भिडियो ।