‘हे गोरी’ कभर भिडियो प्रतियोगिता, उत्कृष्टलाई ५० हजार नगद पुरस्कार

काठमाडौं, पुस १३ ।

केही समयअघि सार्वजनिक भएको गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वरमा रहेको गीत ‘हे गोरी’को कभर भिडियो प्रतियोगिता हुने भएको छ ।

कभर भिडियो प्रतियोगितामा सहभागी हुनका लागि उक्त गीतमा आफूले भिडियो निर्माण गरेर आफ्नै या अन्य कुनै यूट्युब च्यानलमा ‘हे गोरी’ कभर भिडियो र आफ्नो ग्रुपको नामसहितको टाइटल राखेर अपलोड गरी उक्त भिडियोको लिंक …. मा इमेल गर्नुपर्नेछ ।

भिडियो पठाउने अन्तिम मिति आगामी माघ १५ गते तोकिएको छ ।

उत्कृष्ट ३ भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने ‘हे गोरी’ गीतका रचनाकार पुष्कर पन्तले जानकारी दिएका छन् । कभर भिडियोको मुल्यांकन ओरिजिनल भिडियोका कोरियोग्राफर, निर्देशक लगायतले गर्ने छन् ।

शंकर थापा स्माइलको संगीत रहेको यस गीतको ओरिजिनल भिडियोमा बुगीउगी डान्स रियालिटी शो विजेता कविता नेपाली र रचनाकार पन्त फिचर्ड छन् । अर्जुन अधिकारीको निर्देशन रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेको रहेको छ । भिडियोको कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन् ।

हेर्नुहोस् भिडियो

परदेशिको वेदना समेटिएको तिहार विशेष गित बाटो पर्खेरको म्युजिक भिडियो बजारमा

काठमाडौ। डि.आर मुभिज एण्ड फिल्म इन्ड्रस्टिज प्रालिले डि.एन दाहाल (धनपती)को प्रस्तुतिमा तिहार विशेष गित बाटो पर्खेरको म्युजिक भिडियो बजारमा ल्याएको छ। चर्चित लोक गायिका गिता देबि र गायक जे गौतमको स्वरमा सजिएको गितले परदेशमा रहेको नेपालीहरु चाडबाडमा समेत घर जान नपाउदाको मर्म समेटेको छ।डि.एन दाहालको शब्द संकलन रहेको उक्त गितको लय संकलन एवम् भिडियो परिकल्पना जे गौतमले गरेका हुन। जे गौतमको यो गित संगै साङ्गितक छेत्रमा एक दशक पछी पुनः आगमन भएको छ। काभ्रेको बनेपा,पनौती एवम् बेथानचोक गाउँपालिकाका विभिन्न मनोरम स्थानमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन रोशन झा ले गरेका हुन ।घर परिवार बाट टाढा रहि तिहार जस्तो विशेष चाडमा समेत घर फर्किन नपाएका परदेसिलाई यो गितले छुने गायिका गिता देबिको भनाइ छ। दुख पीडा र वेदनालाइ समेत स्थान दिदै सोही अनुसारका प्रस्तुति सार्बजनिक गर्दै आएको डि आर मुभिजले तिहार पछी पुनः मङ्सिरको लगन र चेलिको बिदालाई स्थान दिएर सोही अनुसार प्रस्तुति ल्याउने डि आर मुभिजका डि.एन दाहाल धनपतीले बताए। भिडियो

निश्चल पीएसको सांगीतिक गजल संग्रह ‘पद्मिनी’ बजारमा

काठमाडौँ, कार्तिक १९ । हाल युएईमा रहेका गजलकार निश्चल पीएसद्वारा रचित गजलहरूको अडियो सिडी एल्बम ‘पद्मिनी’ सोमबार राजधानीको बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ । उक्त अडियो सिडीमा निश्चल पीएस रचित गजल संग्रह ‘सिसिफस जीवन’मा संग्रहित छ वटा गजलहरू राखिएका छन् । यस एल्बममा संग्रहित गजलहरूमा महेश खड्का, गैरे सुरेश, हरि लम्साल र तारा प्रकाश लिम्बूले संगीत दिएका छन् । त्यस्तै गजलहरू अन्जु पन्त. स्वरूपराज आचार्य, दीपक लिम्बू, ताराप्रकाश लिम्बू, नीरा रानाभाट र सुनिता थेगिमले स्वरबद्ध गरेका हुन् । ‘पद्मिनी’ गजल एल्बमभित्र- कहाँ कहाँ खोजे तिमीलाई, टुट्नु नाता टुटेपछि, जब तिम्रो साथ हुन्छ, तिम्रो मनको बगैंचामा, म रुँदिनँ भन्छु र हिजो आज कुन्नि किन बोलका गजलहरू समावेश गरिएका छन् । उक्त समारोहमा अन्जु पन्तको स्वरमा रहेको यसै एल्बमको गजल ‘कहाँ कहाँ खोजे तिमीलाई’को भिडियो समेत सार्वजनिक गरिएको थियो । उक्त ‘म्युजिक भिडियो’मा निकेश खड्काको निर्देशन रहेको छ । उक्त कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ गीतकार रमेश पौडेल, सङ्गीतकार शक्तिबल्लभ, पूर्व मिस नेपाल सुविन लिम्बू र प्रमुख अतिथिको रूपमा वरिष्ठ गीतकार एवं गजलकार प्राडा कृष्णहरि बरालले मतव्य दिएका थिए । कार्यक्रमको अध्यक्षता नेपाल गीतकार संघका अध्यक्ष चुडामणि देवकोटाले गरेका थिए भने गायिका नीरा रानाभाटले कार्यक्रम संचालन गरेकी थिइन् । उक्त सांगीतिक गजल संग्रहमा एली फोम्बो लिम्बूको लगानी रहेको र यसको बजार व्यवस्थापन पद्मिनी इन्टरटेनमेन्ट (प्रा) लिले गर्दैछ ।

लक्ष्मीले ल्याइन् देउसी भैलो गीत ‘कोही कोही मान्छे’ (भिडियोसहित)

काठमाडौं, कार्तिक १८ । बेला–बेलामा फरक–फरक गीत दर्शक श्रोताको मन जित्दै आएकी गायिका लक्ष्मी आचार्यले नजिकिदै गरेको तिहारलाई लक्षित गर्दै देउसी भैलो गीत ‘कोही–कोही मान्छे’ को भिडियो सार्वजनिक गरेकी छन् । देउसी भैलो संस्कृतिले भरिएको आकर्षक भिडियोसहित उनले यो गीत सार्वजनिक गरेकी हुन् । उनकै स्वर रहेको गीतमा शब्द तथा संगीत भने जय देवकोटाको रहेको छ । थुप्रै सहायक कलाकार प्रयोग गरिएको गीतको भिडियोमा लिड उनी आफैले गरेकी छन् । ओम श्रेष्ठको कोरियोग्राफी, राजेश घिमिरे र बिरेन्द्र भट्टको छायाँकन, अभिनास डिसीको सम्पादन रहेको भिडियो बविता श्रेष्ठले निर्देशन गरेकी हुन् । लक्ष्मीले सांगीतिक क्षेत्रमा थुप्रै हिट लोक, आधुनिक र तीज गीत दिएकी छन् । हेर्नुहोस् तिहारलाई लक्षित गर्दै बजारमा आएको देउसी भैलो गीतको भिडियो

प्रियंका कार्कीको कार्तिकमै बज्यो बाजा !

काठमाडौ,कार्तिक १७।बिबाहकाे महिना मंसिर आउदैछ तर चर्चित नायिका प्रियंका कार्किकाे बाजा भने कात्तिकमै बजेकाे छ । यो बाजा कार्कीको बिबाहकाे नभइ चर्चित गायक हिमाल सागरकाे स्वरमा सजिएकाे गित “बाजा´´ बजेकाे हाे । जुन गितमा मोडल सुनिल क्षत्री संगै प्रियंका कार्किलाई छमछमि नाचेको देख्न सकिन्छ । गित बाग्लुङ घर भै हाल अमेरिकामा बस्दै अाएका कलाकार अमर थापाले ह्वाइट प्राेडक्सन मार्फत बजारमा ल्याएका हुन । अमर थापाकाे शब्द रहेको गितमा अर्जुन पाेखरेलकाे संगित भरेका छ्न । महराज थापाले एरेन्ज गरेको गितलाई सुब्रत अाचार्यले निर्देशन गरेका हुन भने उत्सब दाहालले छायांकन । चर्चित नायिका कार्किकाे साथमा मोडल सुनिल क्षेत्रीको नृत्यले उत्कृष्ट बनेको गितमा मोडल क्षत्री र नेपाली ठिटोजको आकर्षक कोरियोग्राफि देख्न सकिन्छ । गितको  भिडियो

यसरी खिचिदो रहेछ भिडियोमा किस गरेको दृश्य, सुटिंग रिपोर्ट (भिडियोसहित)

‘नेपाल आइडल’बाट चर्चामा आएका अलिफ खानको स्वरमा अत्यन्तै मर्म स्पर्शी आधुनिक गीत बजारमा आउने भएको छ । विजय अर्यालको लय शब्दमा तयार गरिएको आधुनिक गीत ‘यही मुटु हो’ को छायांकनको सम्पूर्ण कार्य सकिएको छ । अविरल फिल्मसले दृश्य निर्माण गरेको म्युजिक भिडियोको निर्देशन सम्पादन छायांकन बिष्णु भट्टराईले गरेका छन् भने बजार व्यवस्थापन अविरल फिल्म्सले नै गर्ने भएको छ । पाल्पाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा श्रृँगार संगुन शर्माको रहेको छ भने गीतमा आसिका अधिकारी, ओम हरि आचार्य, विजय अर्याल र कुलचन्द्र पुरीको अभिनय रहेको छ । सोही गीतको सुटिंग रिपोर्ट सार्वजनिक गरिएको छ, हेरौ यो भिडियो–

गायिका प्रशन्ना पाण्डेको ‘फूलमा देख्छु तिमी नै, जुनमा देख्छु तिमी नै’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, असोज २३ । दशैँको पूर्वसन्ध्यामा उदियमान गायिका प्रशन्ना पाण्डे नयाँ सांगीतिक कोशेली लिएर प्रस्तुत भएकी छिन् । नेपाली गजल गायनमा स्थापित वरिष्ठ गायक आनन्द कार्कीसँगको युगल गायनमा उनी प्रस्तुत भएकी हुन् । आधुनिक, पप र ट्राभल गरी दर्जनौ गीतमा आफ्नो स्वरको जादु देखाइसकेकी गायिका पाण्डे लाखौँ दर्शक श्रोताको मनमा बस्न सफल छन्। हालै नेशनल क्यापिटल अवार्डबाट सम्मानित समेत भएकी उनले दसैंको अवसरमा ‘फूलमा देख्छु तिमीनै, जुनमा देख्छु तिमीनै’ बोलको गीत कोशेली ल्याएकी हुन् । गोबिन्द प्रसाद उपाध्यायको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा संगीत संयोजन भने विकाश वाइवाले गरेका छन् । म्युजिक भिडियोमा नयाँ मोडेल कुमार रेग्मीलाई अभिनयमा चर्चित मोडेल रिमा बिश्वकर्माले साथ दिएकी छिन् । भिडियोको निर्देशन युवा निर्देशक निकेश खड्काले गरेका हुन् भने भिडियो सम्पादन बिकाश धमलाले गरेका छन् । हेर्नुहोस् भिडियो–

बालगायक प्रिन्स सिलवालको ‘दशै मनाउने हो’ गीतको भिडियो सार्वजनिक

चितवन, असोज २१ । नेपालीहरुको महान् चाड नजिकएसगैँ नयाँ दशै गीतहरु बजारमा आईरहेका छन् । भने पछिल्लो समयमा गीतसंतिमा बाल पुस्ताको सक्रियता समेत बढेको छ । यससगैँ चितवन सौराहाका प्रिन्स सिलवाल पनि आफ्नो दोश्रो गीत बजारमा ल्याएका छन् । पहिलो गीत रेर्कडसगैँ आफ्नो अलग पहिचान दिलाएका उनले दोश्रो गीतको भिडियोसहित बजारमा ल्याएका छ । प्रिन्सको “दशै मनाउने हो” गीतको एक समारोहका विच कृषि मन्त्री बलदेव खनालले भिडियोसहित विमोचन गरेका छन् । राष्ट्रिय नाचघर परिसरमा राष्ट्रिय संगीतकर्मी संघले आयोजना गरेको वडा दशै शुभकामना आदानप्रदान र सम्मान कार्यक्रममा मन्त्री खनालले प्रिन्सको सो गीत सार्वजनिक गरेका हुन् । सोही अवसरमा बाल्यावस्थामै संगीत क्षेत्रमा आई फरक क्षमता प्रर्दशन गरेको भन्दै संगितकर्मी संघले प्रिन्सलाई सम्मान समेत गरेको थियो । रमेश पाठकको शब्द संगितमा रहेको गीतलाई नरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन् भने प्रिन्सको साथमा अर्की बाल गायिका दिप्सी भट्टले स्वरमा साथ दिएकी छिन् । प्रिन्सको यसअघि ‘न मानामा नापिन्छ माया’ रेर्कड भएपनि केहिदिनमा मात्रै बजारमा आउदैछ । उनले रेर्कड गरेको यो गीत नै राम्रो लागेपछि उनले प्रतिभा देखर आफूले शब्द र संगीत गरि दोश्रो गीत दशै आयो बजार ल्याएको संगीतकार रमेश पाठकले बताए । यस्तै दशै आयो गीतको भिडियो भने बुद्ध लामाको निर्देशन गरेका हुन् । प्रिन्स सिलवाल र दिप्सी भट्टकै लामाले काठमाडौंको स्वयम्भू र फुटुम आसपास छायांकन गरिएका हुन् । दिपेन्द्र भट्टले खिचेको भिडियोलाई भट्टलेनै सम्पादन गरेका छन । जब नेपालिको महान चाड दशै आउछ तब हरेक बाल बालिकामा देखिने छुट्टै खुसी रौनक्तालाई कलात्मक ढङगले भिडियोमा प्रस्तुत गरेको छ । हेर्नुहोस् भिडियो-

रमाइलो लोकगित “जाउँ घुम्न नगरकोट” को म्युजिक भिडियो बजारमा

काठमाडौं,असोज २। पर्यटकीय क्षेत्र नगरकोटलाई आधार बनाइ तयार गरिएको लोकगीत जाउँ घुम्न नगरकोटको म्युजिक भिडियो बजारमा आएको छ। सोमबार बाट युटुव मार्फत सार्बजनिक गरिएको गीतलाई गायक पुष्कर चौलागाई र गायिका मिश्रा काफ्लेले स्वर दिएका छन् । गीतको शब्द संकलनमा स्वयम् गायक चौलागाई र अर्जुन पण्डित रहेका छन भने लय संकलनमा गायक चौलागाई र सविता ढुंगानाको रहेका छन। गीतको म्यूजिक भिडियो निर्देशन किरण गौतमले गरेका छन् भने छायाँकनमा मुकेश हुमागाई, र गितको सम्पादनमा अबिनाश डिसिले गरेका हुन् । निक्कै रमणीय वातावरणमा छायांकन गरिएको गितको भिडियोमा किरण, विसाखा, गोविन्द र शुसिलाले अभिनय गरेका छन्।काभ्रे संगम म्युजिक प्रा.लि को प्रस्तुति मा आएको यो गित लाई धेरैले मनपराउने आसा लिइएको छ।

प्रताप दासको ‘मैले भुल गरे’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, भदौ १६ । पहिलो नेपाल आइडल प्रताप दासको आवाजमा रहेको गीत ‘मैले भुल गरे’ बजारमा सार्वजनिक भएको छ । समीर बानेम लिम्बुको शब्द तथा संगीतमा तयार पारिएको गीतलाई धनु धनु ग्याङ्मीले एरेन्ज गरेका छन । म्युजिक भिडियोमा मोडल तथा भिजे सोनिका रोकाया र जीवन राईको फिचरिङ रहेको छ । मुकेश हुमागाईँले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईँले सम्पादन तथा जशु याक्खाले निर्देशन गरेका हुन । हेर्नुहोस भिडियो

लिलाको ‘तीजको दिन कस्तो होला ?’बजारमा (भिडियोसहित)

हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज नजिकिएसँगै बजारमा थुप्रै रमाइला तीजका कोसेलीका साथमा गीत तथा भिडियोहरु सार्वजनिक गर्ने क्रम बढ्दो छ । सामाजिक सन्जाल हरियाली बन्दै गएको छ । यससँगै गायिका लिला नेपालको तीज विशेष गीत तीजको दिनमा सार्वजनिक भएको छ । लिला नेपालको शब्द–रचना, शान्ति तिवारी र मोनिका शर्माको संगीतमा यो गीत तयार भएको छ, जसलाई आभा मुकारुङ र भगवति फुँयालले गाएका छन् । हेर्नुहोस् भिडियो  

चन्द्रकला तीज गीत ‘मुसुक्कै हास मायालु’सार्वजनिक (भिडियोसहित)

काठमाडौं, भदौं २ । नेपाली गीत संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय गायिका चन्द्रकला कंवर र गायक सविन रसाइलीको आवाजमा तीजको कोशेली ‘मुसुक्कै हास मायालु’ सार्वजनिक भएको छ। गीतमा गायिका चन्द्रकलाको शब्द सिर्जनामा प्रकाश राना र चन्द्रकलाकै लय सिर्जना गरेका हुन । गीतको अडियो तथा भिडियोलाई पूजा डिजिटल म्युजिक प्रालीले बजार ब्यावस्थापन गरेको हो । विभिन्न कारणले माइत घर जान नपाएकी आफ्नी प्रेमीकालाई आगामी वर्ष माइतीको आँगनीमा जानको लागी उनका प्रेमीले आग्रह गरेका छन । भिडियोमा हरिश महराको छायाँकन, चेतन सागरको सम्पादन, शर्मिला पुरीको निर्देशन रहेको छ । भिडियोमा विशाल बराल र देवकुमारी बस्नेतले अभिनय गरेका छन् ।

गायक चौलागाईँकाे ‘ पर्खि बस है माया’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, भदौ २ । गायक युवराज चौलागाईँको आधुनिक गीत ‘पर्खि बस है माया’ सार्वजनिक भएको छ। म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल मार्फत बजारमा आएको गीतमा प्रेमका भावहरुलाई रोचक रुपमा समेटिएको छ । आफनी मायालुलाई भेटनको लागी भिरको कठिन यात्रा गदैँ मायालुको गाउँमा जान तयार भएका छन । प्रकाश घिसिङ र सुशिला थापाको अभिनयमा रहेको भिडियोमा मुकेश हुमागाईँको छायाँकन, प्रदीप दाहालको सम्पादन, जनक सिंहको निर्देशन रहेको छ । हेर्नुहोस भिडियो

स्मृति गौतमको तीजको कोसेली ‘नाचौं घुमिघुमी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, साउन ३१ । हिन्दु नारीहरुको महान पर्व तीजको अवसर पारी गायिका स्मृति गौतम र गायक अमृत खातीको संयुक्त प्रस्तुतिमा ‘नाचौं घुमिघुमी’ बोलको तीज यतिबेला सागेतिक बजारमा सार्वजनिक भएको छ । अमृत खाती र स्मृती गौतमको स्वर रहेको गीतमा जीवन अर्यालको शब्द सृजना एवम् गायक स्वयम् को लय सृजना रहेको छ । प्रकाश खड्काको छयाङकन र मिलन बिकको सम्पादन रहेको उक्त म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन। गीतमा अनु शाह र सन्जिब ठकुरीको अभिनय रहेको छ। हाइलाइट्स नेपालको युटुभ च्यानलमार्फत सार्बजनिक गरिएको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमै निकै लोकप्रिय बनिसकेको छ । हेर्नुहोस भिडियो

गायिका मन्जु श्रेष्ठको ‘तीजकै बेला’ तीज गीत युट्युबमा सार्वजनिक (भिडियोसहित)

नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा बजारमा तीज गीत आइरहेका छन । धेरै गीत बजारमा आइरहेको बेलामा अत्यन्तै मौलिक भाकामा आधारित ‘तीजकै बेला’ गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । गायक राजन कार्की र गायिका मन्जु श्रेष्ठ र कुमारी विकको आवाजमा रहेको नेपाली नारीहरुप्रति समर्पित गीतको भिडियो बजारमा आएको हो । निकै रमाइलो तरिकाबाट जिवनका नयाँ आयामहरुलाई गीतको भावले राजन कार्किले लेखेका हुन् भने लय सिर्जना पनि उनैको रहेको छ । तिलक रिजालको छायाँकन तथा सम्पादन र पदम रिजालको निर्देशन गीतमा रहेको छ । रमाइलो मौलिक गीतमा मन्जु र रोमितको अभिनय रहेको छ । गीतलाई कुशल रुपमा निर्देशन पदम तामाङले गरेका छन । हेर्नुहोस भिडियो–

भीमफेदी गाइज र जुना सुन्दासको ‘चुन सुपारी’ (भिडियोसहित)

काठमाडौं। पछिल्लो समयका चर्चित रहेका भीमफेदी गाइज र जुना सुन्दासको ‘चुन सुपारी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चुन सुपारी बोलको डान्सिङ नम्बरको उक्त गीतलाई शुक्रबार बुढा सुब्बाको अफिसिय युट्यूब च्यानलमार्फत रिलिज गरिएको हो। गायिका पारु ढकाल र मनिस रेशको स्वर रहेको गीतमा दिनेश सुबेदीको शब्द, पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ। निर्मल लामाको निर्देशन रहेको उक्त गीतमा ज्ञानेन्द्र शर्माको छायांकन र पवन सुस्लिङको सम्पान रहेको छ। काठमाडौंको उत्तर बाहिनी मन्दिर आसपास खिचिएको गीतको म्युजिक भिडियो र भीमफेदी गाइजको डान्स निकै आकर्षक छ।