सर्वोच्चको अन्तरिम आदेश, पब्जीमाथि प्रतिबन्ध नलगाउने

काठमाडौं, बैशाख ०६ । सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको छ ।

पब्जी प्रतिबन्ध लगाउँदा इन्टरनेट प्रयोग र अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकार हनन भएको भन्दै त्यसलाई बदर गर्न माग गरी अधिवक्ता प्रवीण सुवेदीसहित ६ जनाले सर्वोच्चमा वैशाख ३ गते रिट दायर गरेका थिए । शुक्रबार रिट निवेदकको पक्षबाट अधिवक्ताहरु प्रविण सुवेदी, विकास थापा, अनुराग सुवेदी, आवेश अधिकारी र रितेश पौडेलले बहस गरेका थिए । पब्जी खेल्दा विकृति देखिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले यसलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

‘नेपाल आइडल’ रवि ओड सम्मानित

कैलाली, चैत १० । नेपाल आइडल सिजन–२ का विजेता रवि ओड गृह प्रदेश सुदूरपश्चिममा सम्मानित भएको छन् । उनलाई कैलाली उद्योग बाणिज्य संघले पूर्वनिर्धारित कार्यक्रम अनुसार सम्मान गरेको हो । आईतबार आइडल विजेतार रविलाई संघका अध्यक्ष पुष्पराज कुंवर लगायत पदाधिकारीले सम्मान गरेका हुन् । संघका अध्यक्ष कुँवरले आगामी वर्ष आयोजना हुने सुदूरपश्चिम महोत्सवमा यहाँ रहेका प्रतिभालाई प्रोत्साहन स्वरुप सम्मान गर्दै जाने बताए । सम्मानपछि रविले यस्तो प्रोत्साहनले आगामी दिनमा अगाडि बढ्न हौसला मिल्ने बताए । उनले सुदूरपश्चिममा थुप्रै क्षमता भएका प्रतिभा रहेकाले उनीहरुलाई उचित स्थान दिनुपर्नेमा जोड दिए । आइडल घोषणा भएपछि रवि अहिले देश तथा विदेदेशका कार्यक्रममा निकै व्यस्त छन् ।

चर्चित हास्य टेलिश्रृखला ‘मेरी बास्सै’ बन्द हुँदै

काठमाडौं, चैत १० । चर्चित हास्य टेलिश्रृखला ‘मेरी बास्सै’ बन्द हुने भएको छ । मिडिया हबसँग विभिन्न कुरा नमिलेपछि ‘मेरी बास्सै’ बन्द हुने भएको हो । टेलिश्रृखलाका मुख्य कलाकार मरीचमान श्रेष्ठ ‘बल्छ’ ले फेसबुकमार्फत मेरी बास्सै बन्द हुने जानकारी दिएका छन् ।

निलम कार्की निहारिकाः पाल्पाको विकट गाउँदेखि साहित्यको उच्च पुरस्कारसम्म

टेक्सास, चैत १० । चर्चित साहित्यकार निलम कार्की निहारिकाले आफ्नो जीवनका विभिन्न पाटोहरु कार्यक्रम यु–स्टाट अगेनमा व्यक्त गरेकी छिन् । बहु प्रतिष्ठित मदन पुरस्कार विजेता कार्कीले कार्यक्रम यु–स्टाट अगेनका लागि पत्रकार सूर्य थापासँग कुरा गर्दै साहित्यका साथै व्यक्तिगत जीवनका विभिन्न पाटोहरुको बारेमा बताएकी छिन । विगत केही वर्षदेखि अमेरिकमा बस्दै आएकी साहित्यकार कार्कीलाई उपन्यास, कबिता,कथा जस्ता विभिन्न पाटोहरुका बारेमा कलम चलाउदाका अनुभव र पाल्पाको एउटा सामान्य परिवारबाट अमेरिका सम्म आउदाका अनुभवहरुको बारेमा कुरा गरिएको छ । सानै उमेरमा आफ्नो बुवा र दाई गुमाउँदाका पीडादेखि मदन पुरस्कार लिन स्टेजमा पुग्दाका अनुभवहरु समेत साहित्यकार निहारीकाले कार्यक्रममा साटेकी छिन् । घरदेशको साहित्य र परदेशको साहित्य पनि कार्यक्रममा समेटिएको छ ।

अमेरिका जाँदै नेपाल आइडल तीन प्रतिस्पर्धी

काठमाडौं, चैत ८ । नेपाल आइडल सिजन-२ का रवि ओडसहित तीन प्रतियोगी अमेरिका भ्रमणमा जाने भएका छन्। आइडल विजेता रवि, फस्ट रनरअप विक्रम बराल र सेकेन्ड रनरअप सुमित पाठक अमेरिका जाने भएका हुन् । अप्रिल १३ तारिखमा अमेरिकाको न्युयोर्कमा उनीहले सांगीतिक प्रस्तुति दिने छन्। बाल्टिमोरमा अप्रिल १४, नेब्रास्कामा १९ अप्रिल, बोस्टनमा अप्रिल २१ सँगै उनीहरुले अमेरिकाका मुख्य १३ सहरमा सांगीतिक प्रस्तुति पस्कने छन्। नेपाल आइडल नेपाली सांगीतिक इतिहासमै अत्यन्तै धेरैले हेरिएको चर्चित रियालीटी शो हो। २०१७ देखि नै एपीवान एचडी टेलिभिजनमा यो कार्यक्रम सुरु गरिएको हो। नेपाल आइडलका उत्कृष्ट प्रतियोगी जापान, अष्ट्रेलिया र यूएई पुगेर उत्कृष्ट प्रस्तुति दिइसकेका छन्। अप्रिल र मे महिनाभर उनीहरु अमेरिकामै रहनेछन्।

चलचित्र विकास बोर्डको अध्यक्षमा भट्टराई नियुक्त

काठमाडौं, चैत ७ । चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त गरिएको छ । चैत ४ गते बसेको मन्त्रिपषिद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले बिहिबारको नियमित पत्रकार सम्मेलनमार्फत सो निर्णय सार्वजनिक गरे । भट्टराई नेपाली चलचित्र क्षेत्रका पूराना कलाकार तथा निर्माता हुन् । उनले ‘सो सिम्पल’, ‘आफ्ना मान्छे’, लगायत आधा दर्जनभन्दा बढि फिल्म निर्माण गरेका छन् । उनले निर्माण गरेको पछिल्लो फिल्म ‘यात्राः अ म्यूजिकल भल्ग’ प्रदर्शनको तयारीमा रहेको छ । यसअघिकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद खाली थियो । त्यसपछि पौडेलले माघ २२ गते मन्त्री समक्ष राजीनामा बुझाएर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् ।

बुवा र श्रीमतीका साथ अनमोलको फिल्म हेर्दै प्रधानमन्त्री

काठमाडौं, चैत ६ । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ परिवारसहित चलचित्र हेर्न गएका छन्। प्रधानमन्त्री ओली बुवा मनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई सँगै लिएर चलचित्र हेर्न गएका हुन्। राजधानीको सिटी सेन्टरको बिग मुभिजमा उनले अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’ को रात्रीकालीन सो हेरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। सरकारका मन्त्री र सत्तारूढ दलका नेताहरूसहित हलमा पुगेका प्रधानमन्त्रीलाई अनमोलसहित अन्य कलाकारले स्वागत गरेका थिए। चलचित्र ‘क्याप्टेन’ मा राष्ट्रिय खेलाडीले भोग्नु परेका समस्यालाई विषयवस्तु बनाइएको छ।

विवादास्पद मोडल परी तामाङ पक्राउ

काठमाडौं, चैत ५ । विवादास्पद मोडल परी तामाङ पक्राउ परेकी छन् । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्‍याउने सामग्री र उत्तेजक अन्तरवार्ता दिएको आरोपमा उनी पक्राउ परेकी हुन् । महानगरीय प्रहरी परिसर, टेकुले उनीसहित फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि पक्राउ गरेको हो । परिसरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गर्दै साइबार अपराध कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको बताए । सर्वसाधारणबाट व्यापक जनगुनासो आएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बोगटीको भनाइ छ ।

गजलः नारी दिवस

मणिकुमार श्रेष्ठ ‘सिजन’ नारी दिवसको नाममा यहाँ केक काटिदैं छ विकसित मानवको नाममा यहाँ पेट साटिदैछ । मणिकुमार श्रेष्ठ ‘सिजन’ विभेदको अन्य गर्न जुर्मुराउने आवाजहरु एकल अधिकारको नाममा यहाँ सेट फाटिंदै छ । एकलवादी सोचहरु समाजमा फैलिएपछि विवेकहीन स्वतन्त्रताको नाममा यहाँ भेट डाटिंदै छ समानता र समता विचको मिलन विन्दु नखोजिँदा अन्त्यहिन यात्राको नाममा यहाँ डेट खाटिदैछ साल्पासिलिछो गाउँपालिका, भोजपुर

कोमललाई के प्यारो ?

काठमाडौं । गायिकाबाट राजनीतिज्ञ भएकी कोमल वलीले विगतमा गीत मात्र गाइनन् एउटा चलचित्रमा अभिनेत्रीका रुपमा अभिनयसमेत गरिन् । यद्यपि ‘राजनीति’ शीर्षकको उक्त चलचित्रमा अभिनय गरेपछि कोमलले अभिनयलाई निरन्तरता दिने हिम्मत गरिनन् । रमाइलो कुरा के रह्यो भने चलचित्र राजनितीमा अभिनय गरेलगत्तै कोमल वास्तविक जीवनमै राजनीतिमा हामफालिन् । यसबीच अघिल्लो साता कोमललाई चलचित्र अभिनेत्री बनाउने श्रेय पाएका निर्देशक वसन्त निरैलासँग उनको जम्काभेट भयो । निरौलाले अनामनगरमा सञ्चालनमा ल्याएको सिने इक्यिुपमेन्ट हाउसको रिबन काट्न कोमललाई नै निम्त्याएका थिए । उक्त अवसमा वलीले आफैंलाई अभिनेत्री बनाउने निर्देशकलाई व्यंग्य गरिदिइन् । हुन त म वसन्तकै हिरोइन हुँ, निर्देशक निरैलाप्रति इंगित गर्दै कोमलले भनिन् तर मैले पहिलो पटक अभिनय गरेको चलचित्र राजनीति यस्तो हिट भयो कि चार दिनमै सिनेमा हलबाट उत्रियो । कोमलको कुरा सुनेर निर्देशक निरैलाले समेत आफ्नो हाँसो थाम्न सकेनन् । आफ्नो भनाइले सबै जना हाँसेको देखेपछि गम्भीर हुँदै कोमलले भनिन् अब राजनितीबाटै नेपाली चलचित्रको विकासमा केहि गर्ने प्रण गर्छु । कान्तिपुर साप्ताहिकबाट

यी हुन् गायक खुमन अधिकारीलाई मनपर्ने १० गीत

१– जोर शंख फुकेर गीत विष्णु माझी र मैले २०६४ सालमा गाएको थियौं । यो गीत मलाई निकै मन पर्नेमध्यको एउटा गीत हो । २– त्यो मन रुन्न होला र गीतले पनि मेरो सफल्तामा एउटा सिंढी थप्ने काम गर्यो । यो गितमा पनि विष्णु माझी र मैले नै स्वर दिएका छौं । ३– विष्णु माझीसंगै २०६५ मा एइटै डोरी पासो लगाम भो गीत गाएको थियो । यो गितले निकै चर्चा कमाएको थियो । ४– नेपाली समाजमा स्याङ्जाली र झापालीबीचको सम्बन्धमा आधारित स्याङ्जालीलाई नभन जाली गीत पनि मेरो टप १० फेबरेटभित्र हटायउँछ । ५– मेरो हिट गीतमध्ये देख्न मन लाको छैन र पनि एक हो दुई वर्षअघि विष्णु माझीसँग मिलेर गएको हो गीतले निकै चर्चा पाएको थियो । ६ –लोकदोहरी गित मनको देउतैले पनि रेडियो तथा टिभीमा अत्यन्तै बजेका गित मेरा गीतमध्ये एउटा गीत हो । ७– सिलाइदिउला भोटो मैले गाएकामध्ये म आफैलाई मन पर्ने अर्को गित हो । २०६६ सालमा बजारमा आएको यो गित मेरो करिअरको सुन्दर गीतमध्ये एक हो । ८– विष्णु माझी र मैले केही वर्ष अघि गाएको गीत कपाल कोर्ने काइँयो मेरो टप फेवरेट गित हो । ९– अघिल्लो वर्षको तीजमा सर्वाधिक बजेको गित हो । भँगेरी चरीले । गायिका शिलु भट्टराई र मैले मिलेर गाएको यो गीत यसपटकको तिजमा पनि निकै बज्यो । १०– रमिला न्योपाने र मेरो संयुक्त आवाजको आज त भेट्न आउँदिन है कालु् पनि मलाई मनपर्ने आफ्नै गीतमा पर्छ । कान्तिपुर साप्ताहिकबाट

हङकङमा एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’ हुने

काठमाडौं, माघ २४ । एभरेष्ट इन्टरटेनमेन्ट प्रा.लिको आयोजनामा ‘एभेरेष्ट इन्टरनेशनल फिल्म एवार्ड २०१९’ हुने भएको छ । उक्त अवार्ड आगामी जुनमा हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । अवार्डमा २० विधामा पपुलर अवार्ड प्रदान गरिने भएको छ। सन् २०१८ मा प्रदर्शन भएका नेपाली चलचित्र एवार्डमा सहभागी हुन पाउने छन् । त्यसमध्ये तीन विधामा आदिवासी चलचित्रलाई हवार्ड दिइने छ । एक चलचित्रकर्मीलाई लाइफ टाइम एचिभमेन्टद्वारा सम्मान पनि गरिने छ । हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’ मा हुने एवार्डका लागी नेपालवाट ८० जनाको टिम जाने तयारी छ । एभरेष्ट फिल्म एकेडेमीका चेयरम्यान सुनिल थापाले भने, ‘यो एवार्डले नेपाली चलचित्रलाई विदेशमा समेत प्रचार–प्रसार गर्ने अपेक्षा राखेका छौं ।’ उनले आगामी मार्चमा नोमिनेशन सार्वजनिक कार्यक्रममा अवार्ड हुने मिति पनि सार्वजनिक गरिने बताए । एभरेष्ट इन्टरटेनमेन्टले हङकङको सम्पूर्ण व्यवस्था हेर्नेछ भने नेपालमा संगीक्षा फिल्म्स प्रालिको तर्फबाट अध्यक्ष मनोज केसीले एवार्ड कार्यक्रम संयोजन गर्नेछन्। कार्यक्रमको सम्पुर्ण खर्च आयोजकले व्योहोर्ने समेत बताइएको छ ।

एउटै केटीको दिनमै १५० कल आए पछि निशान हैरान !

काठमाडौं । नेपाल आइडलबाट सांगीतिक क्षेत्रमा चर्चा कमाएका निशान भट्टराईको माग अहिले उच्च छ । मिठो स्वरका कारण नै उनको माग उच्च रहेको हो । आइडलको उपविजेता बनेपछि निशानलाई विभिन्न प्रकारका प्रस्ताव आइरहेका छन् । प्रस्ताव गीत गाउनका लागि त छदैछन् त्यो भन्दा बढी प्रेम प्रस्ताव आउने गरेका छन् । दिनमै एक सय ५० कल गर्ने पोखराकी युवती पोखारमा एक युवती मेरो डाइहार्ड फ्यान हुनुहुन्छ । मलाई उहाँको नाम चाहिँ याद भएन । उहाँ मलाई निरन्तर फोन गरिरहनुहुन्छ । यतिसम्म कि एक दिन उहाँले मलाई १ सय ५० पटकसम्म फोन गर्नुभएको छ । म फुर्सद भएका बेला फोन रिसिभ गर्थे । मैले फोन रिसिभ नगरे पनि उहाँ मलाई फोन गरिरहनुहुन्थ्यो । ज्याकेट च्यातिदिए  केही समयअघि म गाईघाटको एउटा कार्यक्रममा सहभागि भएको थिएँ । त्यहाँ दर्शकहरुको ठूलो भीड थियो । त्यही भीडमा केटीहरुको अलग भीड पनि थियो । मलाई त्यो भीड छिचोल्न निकै गाह्रो भयो । त्यसपछि मलाई कार्यक्रम आयोजकले घेरेर स्टेजमा लाँदै हुनुहुन्थ्यो, त्यही केटी फ्यानहरुको समूहले मलाई पटाडिबाट तानेर ज्याकेट नै च्यातिदिए । मसँग विवाह गर्छु भन्छिन् इटहरीमा भएकी एक डाइहार्ड फ्यानले सामाजिक सञ्जालमा मलाई निरन्तर म्यासेज पठाइरहनुहुन्छ । यद्यपि उहाँसँग मेरो भट भएको छैन । उहाँ मसँग जसरी पनि विवाह गर्छु भन्नुहुन्छ । यतिसम्म कि उहाँ मसँग विवाह गर्न मेरो बुबाममीसँग कुरा गर्छुसम्म भन्नुहुन्छ । स्केच  बनाएर दिने फ्यान केही दिनअघि म बसन्तपुरको एउटा कार्यक्रमा सहभागी भएको थिएँ । त्यहाँ एक जना फ्यानले पेन्सिल स्केच बनाएर मलाई गिफ्ट दिनुभएको थियो । त्यो स्केच यति राम्रो छ कि त्यसलाई मैले आफ्नो कोठमा सजाएर राखेको छु । बर्थ डे केक बोकेर आउने फ्यान  मेरो जन्मदिन जेठ २९ गते हो । यसपालि म बिहानै घरमा जन्मदिन मनाएर बेलुका साथीहरुसँग बाहिर बसेको थिएँ । भोलिपल्ट घरमा आउँत त मेरा दुई जना फ्यान बर्थ डे केक र गिफ्ट बोकेर मेरो घरमा आउनुभएको रहेछ । त्यो देखेर म आश्चर्यचकित भएँ, किनभने मैले उहाँहरुलाई चिनेको थिइनँ र उहाँहरुले पनि मेरो घर देख्नुभएको थिएन । कसरी मेरो घर पत्ता लगाएर आउनुभयो पत्तो भएन । साप्ताहिकबाट

अनमोलले फिर्ता गरे १० लाख

काठमाडौं । ४५ लाख रुपैयाँमा अभिनय गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका अभिनेता अनमोल केसीले प्रि-प्रोडक्सनमा रहेको चलिचित्र ‘ब्याचलर बन्टि’ बाट हात झिकेका छन् । निर्माता सुदीप खड्कासँग केही अघि मात्र वैशाखदेखि फ्लोरमा जाने गरी सम्झौता गरेका अनमोलले साइनिङ अमाउन्डका रुपमा लिएको १० लाख रुपैयाँसमेत फिर्ता गरेका छन् । अनमोलले गत आइतबार औपचारिक रुपमा उक्त चलिचित्र छाडेको घोषणा गरेका हुन् । भनिन्छ, अनमोललाई चलचित्रको कथा चित्त बुझ्दो लागेन । स्क्रिप्टमा समस्या नभए पनि कथा मन नपरेकै कारण अनमोलले ठूलो धनराशि पारिश्रमिक पाउने चलचित्र छाडेको बताइन्छ । ‘मेरा लागि तयार पारिएको चरित्रमै मैले चित्त बुझाउन सकिन्, अनमोल भन्छन्- ‘आफूलाई नसुहाउने चरित्रमा जबर्जस्ती अभिनय गर्नु गलत हो जस्तो लागेर पछि सरको हुँ ।’ अनमोलले आफ्नो अभिनय करियरमा पहिलो पटक सम्झौता गरिसकेको चलचित्र छाडेका हुन् । साप्ताहिकबाट

तेस्रो ग्लोबल ‘नेपाली फिल्म अवार्ड २०१८ भब्यताको सम्पन्न

अमेरिका, पुस २४ । तेस्रो ग्लोबल ‘नेपाली फिल्म अवार्ड २०१८’ सम्पन्न भएको छ । अमेरिकाको कोलोराडोस्थित डेनबर शहरमा शनिबार राती भव्य समारोहबीच सम्पन्न सो अवार्ड समारोहमा यसपटक सर्वोत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘भुईमान्छे’बाट रमेश बुढाथोकीले प्राप्त गरेका छन् । यस्तै ‘स्टार अफ द इयर’को अवार्ड अभिनेता प्रदीप खड्काले हासिल गरेका छन् । उनको २०७४ मा प्रेमगीत २ र लिलीबिली गरी दुवै चलचित्र सफल भएको थियो । सो अवार्ड समारोहमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र पञ्चायतबाट निता ढुंगानाले चुमिन् । उनले यही विधामा अन्य अवार्ड पनि यो वर्ष जितेकी छिन् । ग्लोबल नेपाली चलचित्र अवार्ड र नेपाल फिल्म सोसाइटीले संयुक्तरुपमा आयोजना गरेको सो समारोहमा सर्वोत्कृष्ट फिल्मको अवार्ड २०७४ को व्यावसायिक चलचित्र ‘छक्का पञ्जा २’ ले पाएको छ । यही चलचित्रकी निर्देशक दीपाश्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड सो समारोहमा हासिल गरिन् । यस्तै सह–अभिनेताको अवार्ड पनि चलचित्र ‘छक्का पञ्जा २’बाटै जितु नेपालले प्राप्त गरेका छन् भने सर्वोत्कृष्ट हाँस्य अभिनेताको अवार्ड पनि ‘छक्का पञ्जा २’ बाटै केदार घिमिरे (माग्ने बुढा)ले जिते । सर्वोत्कृष्ट छायाँकारको अवार्ड पनि चलचित्र ‘छक्का पञ्जा २’ बाटै पुरुषोत्तम प्रधानले हासिल गरेका छन् । कलाकार एवम् प्राविधिकबीच विभिन्न १२ विधामा ग्लोबल नेपाली फिल्म अवार्ड प्रतिस्पर्धा भएको थियो । जसअन्तर्गत सर्वोत्कृष्ट सह–अभिनेत्रीको अवार्ड चलचित्र ‘कृ’बाट रुपा रानाले जितिन् । संगीततर्फको अवार्ड चलचित्र ‘ऐश्वर्य’को तिमी रोएको पल‘ले हासिल गरेको छ । यो गीतबाट अर्जुन पोखरेले वर्षको सर्वोत्कृष्ट चलचित्र संगीतकारको अवार्ड र सुगम पोखरेलले वर्षको सर्वोत्कृष्ट चलचित्र गीत गायकको अवार्ड प्राप्त गरे । चलचित्र गीत गायिकाको अवार्ड चलचित्र पर्वको ‘काले दाई‘बाट गायिका मिना निरौलाले हासिल गरिन् हेल्पिङ ह्यन्ड्स एण्ड हेल्थ एजुकेसन … प्रेसिडेन्ट नरायण श्रेष्ठ र हलिउडका निर्देशक कलाकार एभ क्रुज प्रमुख आतिथ्यमा सम्पन्न सो अवार्ड समारोहमा यसपटक ३५औं संस्करणको अभियान श्री अवार्डबाट हास्य अभिनेता नारायण त्रिपाठी, निर्देशक सूर्य बोहरा, निर्देशक सुरेश दर्पण पोेखरेल र खेलाडी यज्ञलाल श्रेष्ठलाई सम्मानित गरियो । उनीहरुको योगदानको कदर स्वरुप यो अवार्डबाट सम्मानित गरिएको अभियान श्रीका अध्यक्ष कृष्ण मल्लले बताए । दिवंगत दुई श्रष्टाको नाममा यही वर्ष स्थापना गरिएको स्वर्गीय गेहेन्द्र धिमाल स्मृति सम्मान २०१८ बाट निर्देशक सूर्य बोहरालाई र रामकेशर बोगटी स्मृति सम्मान २०१८ बाट अभिनेता विक्रान्त बस्नेतलाई कार्यक्रममा सम्मनित गरियो । यस्तै सोही समारोहमा ग्लोबल नेपाली फिल्म स्पेशल अवार्डबाट अभिनेत गणेश उप्रेती, चलचित्र निर्देशक शैलेश आचार्य, गायक प्रेमराज महत र चलचित्र वितरक निर्माता मुकुन्द ढुंगानालाई सम्मानित गरियो । यस्तै ग्लोबल नेपाली फिल्म डायस्पोरा अवार्ड चलचित्र निर्देशक तर्फ श्याम भट्टराईलाई, अभिनेता तर्फ शुशिल क्षत्रीलाई र अभिनेत्रीतर्फ सारंगा श्रेष्ठलाई, निर्मातातर्फ प्रेम पौडेल र वितरणतर्फ रायन रेजलाई प्रदान गरियो । नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याउने नेपाली भुटानी कलाकारलाई प्रदान गरिने ग्लोबल नेपाली भुट्निज अवार्डबाट सो कार्यक्रममा केदार उप्रेती र दीपक गजमेरलाई सम्मानित गरियो । यी तिनैजना नेप्जिल भुटनिज कलाकार हुन् । विभिन्न सांस्कृतिक कार्यक्रम र नाच गान सहित सम्पन्न सो अवार्ड समारोहमा ग्लोबल नेपाली फिल्म स्पेसल अवार्ड जसवन्त देब श्रेष्ठ (अमेरिका), इश्वरराज थापा (क्यानडा), विक्रम जोशी (युके), स्मृति पोखरेल (अष्ट्रेलिया) र सुनिल रावल (नेपाल)लाई प्रदान गरियो । ग्लोबल नेपाली फिल्म अवार्डका तर्फबाट अवार्डका आयोजक नवराज श्रेष्ठ र नेपाली फिल्म सोसाईटीका तर्फबाट आयोजक अध्यक्ष कृष्ण मल्ल थिए । निर्माता मधुकुमार श्रेष्ठको संयोजनमा सम्पन्न सो अवार्डका सल्लाहका र अभिनेता शिव श्रेष्ठ हुन् । अवार्डका लागि नेपालबाट कृष्ण मल्ल, शर्मिला मल्ल, मदुकुमार श्रेष्ठ, शिब श्रेष्ठ, तिर्थ थापा, नन्दकृष्ण जोशी, निता ढुंगाना, रुपा राना, रमेश बुढाथोकी, दिनेश डिसी, महादेब त्रिपाठी लगायतका सिनेकर्मीहरु अमेरिका पुगेका थिए । अमेरिकामा रहेका सबैजसो सिनेकर्मी र विभिन्न पेशामा आवद्ध नेपालीहरुको उपस्थितिमा अवार्ड सम्पन्न भएको आयोजक नवराज श्रेष्ठले बताए । कार्य्रक्रमको सन्चालन निर्देशक सुरेश दर्पण पोखरेल र मिस नेपाल क्यलिफोर्निया अनुशा कार्कीले गरेका थिए । केही तस्वीरहरु हेर्नुहोस्-

नेपाल आइडलको टोली भोलि नेपाल फकिँदै

काठमाडौं, पुष २३ । जापान टुरमा रहेको ‘नेपाल आइडल सिजन-२’ को टोली भोलि (मंगलबार) नेपाल फर्किने भएको छ । यही पुष १६ गते जापान उडेको आइडलको टोली भोलि साँझ नेपाल फर्किने भएको हो । नेपाल आइडल सिजन-२ का विजेता रवि ओड, फस्र्ट रनरअप बिक्रम बराल, सेकेण्ड रनअप सुमित पाठक, थर्ड रनरअप अस्मिता अधिकारी र टप फाइभमा पुग्न सफल अमित बरालले जापानको टूर गर्न पाएका थिए । जापानपछि आइडलको टीम अष्ट्रेलिया टूरमा निस्कीने नेपाल आइडलका पोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए ।