अक्षय कुमारको नाममा बनेका तीन कीर्तिमान, जो आजसम्म कसैले तोड्न सकेका छैनन्!

काठमाडौंः बलिउडका लोकप्रिय अभिनेता अक्षय कुमार उनलाई नचिन्ने सायदै होला । अक्षयले अभिनय गरेका केही चलचित्र ब्लकबस्टरको सूचीमा सूचिकृत छन । उनले आफ्नो करियरमा यस्ता केहि रेकर्ड बनाउन सफल भएका छन जसलाई आजसम्म कुनै अभिनेताले पनि तोड्न सकेका छैनन्

१०० करोडको रेकर्ड!

अक्षय कुमारले १ बर्षमा लगातार ३ सय करोडको कमाई गर्ने रेकर्ड बनाएका छन। उनि अभिनित १० चलचित्रले १०० करोडको आँकडा पार गरेको छ। जसमध्ये ३ चलचित्रले २ सय करोडको व्यापार गरेको छ। उनी अभिनित २.०  ले वैश्विक बक्स अफिसमा ८ सय करोड भन्दा बढी व्यापार गरेको छ। जुन बलिउडको सबैभन्दा बढी कमाई गर्ने तेस्रो चलचित्र हो।

५० हिट फिल्म 

अक्षय कुमारको नाममा बलिउडमा ५० भन्दा बढी हिट फिल्म दिने अभिनेताको रेकर्ड बनेको छ । जसको आसपासमा आजसम्म पनि कुनै अभिनेता पर्न सकेका छैनन् ।

१३,००० करोडको रेकर्ड 

अक्षयले आफ़्नो करियरमा अहिलेसम्म ११० चलचित्रमा अभिनय गरेका छन जसमध्ये उनको चलचित्रले कुल १३००० करोडको कलेक्सन गरेको छ। जुन कलेक्सनको पनि बलिउडमा रेकर्ड बनेको छ।

यस्तो बन्यो ‘सेल्फी किङ’ को ट्रेलर

काठमाडौंः  नेपाली कथानक चलचित्र ‘सेल्फी किङ’को ट्रेलर रिलिज भएको छ । माघ २४ गते रिलिज हुने ‘सेल्फी किङ’को काठमाडौंमा आज एक कार्यक्रमकाबीच ट्रेलर रिलिज गरिएको हो । नेपाली सिरयलहरूमा देखिने कमेडियन सेलिब्रेटीको कथा ‘सेल्फी किङ’ चलचित्रको मुख्य विषयवस्तु हो । नेपालको कुनै ठाउँको सांस्कृतिक कार्यक्रममा जाँदाको कुरा नै चलचित्रको मुख्य कथा रहेको छ । पर्दामा हँसाइराखे पनि कमेडियनको जीवन केही न केही समस्याले घेरिएको हुन्छ भन्ने तथ्यलाई चलचित्रमा देखाउन खोजएको छ । ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘पर्व’, ‘प्रसाद’ लगायत चलचित्र निर्देशन गरेका दिनेश राउत निर्माता रहेको चलचित्र ‘सेल्फी किङ’ लाई विशाल सापकोटाले निर्देशन गरेका छन् । चलचित्रमा अभिनेता विपिन कार्की मुख्य भूमिकामा छन् । चलचित्रको कथा निर्देशक स्वयमले नै तयार पारेका छन् । यो चलचित्रबाट विशालले निर्देशनमा डेब्यू गरेका छन् ।

सरु र सुभाषको ‘जाउँन माया भागेर’ युट्युब ट्रेन्डिङमा (भिडियोसहित)

काठमाडौंः पछिल्लो समय एकपछि अर्को चर्चित गित नेपाली सांगीतिक क्षेत्रमा पस्कन सफल गायिका सरु गौतम र गायक सुभाष पुरीको ‘जाउँन माया भागेर’ बजारमा आएको छ । गीतकार कुमार कटुवालको शब्द तथा संगीतकार दिपक शर्माको संगीत रहेको सार्बजनिक म्यूजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुँमागाईले छायांकन गरेका हुन् । भिडियोलाई ‘द कार्टुन क्रु’का सरोज अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा सरोज अधिकारी, आश्मा बिश्वकर्मा र जुनियर कार्टुन क्रुलाई देखाइएको छ । शुक्रबार सार्वजनिक भएको ‘जाउँ माया भागेर’ ‘युट्युब ट्रेन्डिङ’मासमेत उक्लिएको छ । शनिबार साँझसम्म यो गीत ‘युट्युब ट्रेन्डिङ’को ३० नम्बरमा छ । यो अवस्थामासम्म गीतको भिडियोले ४ लाख ६२ हजार बढी भ्यूज पाइसकेको छ ।

रवि र सरूको आवाजमा ‘नीरमाया’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः आकाश कार्कीको नयाँ गीत ‘नीरमाया’ सार्वजनिक भएको छ । नेपाल आइडल रवि ओड र सरू गौतमको स्वर रहेको ‘नीरमाया’ मंगबलार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतको म्युजिक भिडियोमा ‘टिकटक’बाट उदाएका ‘ट्वीनी गर्ल’ प्रिष्मा र प्रिन्सी खतिवडाका साथै आकाश कार्की र हिमान्सु कार्कीको अभिनय रहेको छ । ‘नीरमाया’मा लय–संगीत भीम बीसी, गोपाल रसाइलीको एरेन्ज र गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ । यस्तै गीतको भिडियोलाई सुरेन्द्र मल्लले निर्देशन, नविन निरौलाले निर्देशन, अर्जुन तिवारीले छायाँकन गरेका हुन् । ुरे  

रामकुमार नेपालीको नयाँ गीत ‘जुनिजुनि’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः ‘नेपाल लोक स्टार’ सिजन–१ का प्रतिस्पर्धी तथा गायक रामकुमार नेपालीको अर्को नयाँ गीत सार्वजनिक भएको छ । गायक नेपालीको ‘जुनिजुनि’बोलको लोक गीत आइतबार युट्युबमार्फत सार्वजनिक भएको हो । यो गीतमा उनीसँगै चर्चित गायिका पूर्णकला बीसीले पनि स्वरमा साथ दिएकी छिन् । ‘जुनिजुनि’मा एजबी कार्की बिन्दासको लय, राजेन्द्र भट्ट (मिस्टर आरजे)को संगीत रहेको छ । गीतको भिडियोमा अशोक केसी, सप्रिया कटुवालको अभिनय, अजय रेग्मीको छायाँकन र कान्ति केसीको निर्देशन–सम्पादन रहेको छ ।

फागुन ३० मा ‘नीरफूल’ प्रदर्शनमा आउने पक्का

काठमाडौंः नेपाली चलचित्र ‘नीरफूल’को नयाँ रिलिज मिति तय गरिएको छ । गत भदौ २७ मै रिलिज हुने भनिएको फिल्म पोस्ट प्रोडक्सनको ढिलाईको कारण फागुनमा ३० मा सरेको हो । भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म संचारकर्मी फूलमान वलले निर्देशन गरेका हुन् । गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् । फिल्ममा अभिनेत्री रेखा विशेष भूमिकामा छिन् भने रंगकर्मी शान्ति वाइबाको यो डेब्यू फिल्म हो । दयाहाङको जोडीको रुपमा देखिन लागेकी वाइबा सेलो थिएटरकी संस्थापक हुन् । मेलिना राईको ‘तिमीले बाटो फेर्यौ अरे..’ गीतको किड भर्सन कभर सङ गाएर युट्युबमा चर्चा कमाएकी बाल गायिका जिग्मे छ्योइकी घिसिङ दयाहाङको छोरीको रुपमा फिल्म छिन् । फिल्मको पटकथा निर्देशक वल स्वयं र सचिन घिमिरेले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए । अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति फिल्ममा बोनसको रुपमा हुने उनको दावी छ । फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको उनले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् । निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।

चलचित्र ‘शुभ मंगल’ बन्ने, कुशल–सुरवीना मुख्य भूमिकामा

काठमाडौंः प्रेमकथामा ‘शुभ मंगल’ नामक फिल्म निर्माण हुने भएको छ । अष्ट्रेलियामा बस्दै आएका निर्देशक मनोज अधिकारीले निर्देशन गर्ने फिल्ममा कुशल थापा, सुरवीना कार्की, बिकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डेलगायतका कलाकारले अभिनय गर्ने छन् । देउराली फिल्मस्को ब्यानरमा संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको फिल्मको सुटिङ नेपाल र अष्ट्रेलियामा गरिने जानकारी निर्देशक अधिकारीले दिएका छन् । अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेम,सम्बन्धलगायतका बिबिध बिषयमा निर्माण हुने फिल्मको केही समयपछि औपचारिक रुपमा घोषणा गरिने बताइएको छ । निर्देशक अधिकारीकै लेखन रहेकोको सुटिङ केही समयपछि थालिने छ । फिल्मका अन्य कलाकार तथा प्राबिधिक चयन कार्य जारी रहेको निर्देशक अधिकारीले बताएका छन् ।

सुन्दर र सर्मिलाको ‘बालिङ त्रियासी’ बजारमा (भिडियोसहित)

काठमाडौंः नेपाली लोक दोहोरीमा मैलिक सिर्जना बजारमा कम मात्रामा आइरहेको अवस्थामा गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ‘बालिङ त्रियासी’ गीतको भिडियो सार्वजनिक भएको छ । मायालुको यादमा जीवन विताउने प्रेमी प्रेमिकाको जीवन भोगाईलाई मौलिक रुपमा गीतमा प्रस्तुत गरिएको छ । सुन्दर परियारको शब्द तथा रामचन्द्र चन्दको लय सिर्जनामा गीत निमार्ण गरिएको छ । मौलिक भावहरु र जीवनका बास्तविक भावनाहरु गीतमा ब्यक्त गरिएको कारण आम दर्शक तथा स्रोताले मन पराउनेमा आफू आशावादी रहेको गायकले बताए । टार्जन खड्काको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ । ‘बालिङ त्रियासी’ गीतको भिडियोमा सुरज पर्वत छिनाल, सुन्दर, सम्झना र जस्मिनको निकै लोभलाग्दो अभिनय छ ।

छोरी र बुहारीमा अन्तर के? करीनाको यो प्रश्नमा सासूले दिइन् यस्तो जवाफ

एजेन्सीः बलिउड अभिनेत्री करीना कपूर खान यतिबेला चलचित्रका साथै रेडियो कार्यक्रमका कारण पनि चर्चामा छिन् । कार्यक्रम ‘ह्वाट वुमन वान्ट’ को दोस्रो संस्करणमा करीनाले आद्नी सासू अर्थात् चर्चित कलाकार शर्मिला टेगोरलाई अतिथिको रुपमा आमन्त्रण गरेकी थिइन्। उक्त कार्यक्रममा करिनाले शर्मिलालाई ुछोरी र बुहारीमा के अन्तर हुन्छु भनेर प्रश्न गर्दा उनले निकै सुन्दर र मन छुने जवाफ दिएकी छिन् । शर्मिलाले भनिन्, ‘छोरी ती हुन् जो तपाईंको आँखाको अगाडि हुर्किएकी हुन्छिन् । त्यसकारण तपाईंलाई उसको स्वभावबारे थाहा हुन्छ र के कुरामा रिसाउन सक्छिन् भन्ने पनि जानकारी हुन्छ । जब तपाईं आफ्नी बुहारीसँग भेट्नुहुन्छ तब उनी पहिले नै हुर्किसकेकी हुन्छिन् । त्यसकारण तपाईंलाई उसको स्वभावबारे थाहा हुँदैन । उनीसँग घुलमिल हुन समय लाग्छ । जब एक नयाँ युवती, तपाईंकी बुहारी घरमा भित्रिन्छिन् तब धेरैभन्दा धेरै सहज महसुस गराउन सक्नु एउटा सासुको जिम्मेवारी हो। उनले थपिन नयाँ बुहारीलाई सहज गराउने केटा पक्षको जिम्मेवारी हो । छोरा बुहारीको सम्बन्धमा धेरै दखल दिनु पनि राम्रो होइन । शर्मिलाले हालै मात्र आफ्नो ७५ औँ जन्मदिन मनाएकी छिन् । त्यस्तै करिना पनि यतिखेर चलचित्र गुड न्युजलाई लिएर चर्चामा छिन । यो चलचित्र यहि महिना रिलिज हुने तयारीमा रहेको छ । चलचित्रमा करीनाका अलावा अक्षय कुमार, कियारा आडवाणी र दिलजीत दोसांझ जस्ता कलाकारहरुको पनि अभिनय रहेको छ।

मलेसियामा लिम्बू चलचित्र ‘के’ प्रदर्शन

मलेसियाः याक्थुङ फिल्म्स ब्यानरद्वारा निर्मित लिम्बू चलचित्र ‘के’ प्रदेशी रेस्टुरेन्ट क्वालालम्पुरमा चलचित्र लेखक/निर्देशक सागर केरुङको उपस्थितिमा प्रदर्शन गरिएको छ । चलचित्र ‘के’ले विशेषगरी लिम्बू समुदायको साँस्कृतिक मौलिक बाजाको महत्व र सामाजिक अस्थित्वलाई प्रतिबिम्बित गरेको छ । नेपालका आदिवासी जनजाती समुदायहरुको प्रत्यक्ष घट्नालाई समाबेश गरेर निर्माण भएको सो चलचित्रमा उत्पीडित जाति समुदाय र राज्य सयन्त्रबीचको सामाजिक, साँस्कृतिक र मौलिक बहसको विषय लाई उठान गरेको छ । याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र ‘के’ ले नेपाली आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ को उत्कृष्ट अवार्ड प्राप्त गरिसकेको छ । यसैगरी जोमोगाङ फिल्म अवाड–२०१९ थाइल्यान्डको उत्कृष्ट–५ भित्र नोमिनेट र एफ.एल.एफ अवाड–२०२० को उत्कृष्ट–४ को नोमिनेसनमा पर्न सफल भएको छ । नेपालका आदिवासी जनजातिहरुप्रति नेपाल सरकारले गरिरहेको ब्यवहार र असन्तुष्टिको मुद्धालाई कथाको रुपमा प्रस्तुत गरिएको चलचिले समय सान्दर्भिक र वास्तविक घट्नामा अधारित रहेको दर्शक श्रोताहरुले प्रतिक्रिया दिएका छन् । लिम्बू भाषिक चलचित्र प्रदर्शनमा मलेसियाका विभिन्न क्षेत्रमा कार्यरत नेपालको उपस्थिति रहेको थियो ।

राम लिम्बु बने दोस्रो ‘भ्वाइस अफ नेपाल’

काठमाडौंः दोस्रो भ्वाइस अफ नेपालको उपाधि राम लिम्बुले हात पारेका छन् । शनिबार राति काठमाडौंको चुच्चेपाटीमा भएको अन्तिम प्रतिष्पर्धाबाट लिम्बुले उपाधि हात पारेका हुन् । टीम प्रमोदमा रहेका लिम्बुले अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङका आधारमा दोस्रो भ्वाइस अफ नेपालको उपाधि हात पार्न सफल भए । उपाधि जितेसँगै लिम्बुले ड्याट्सन गाडी, १२ लाख नगद र म्युजिक एल्बमको कन्ट्रयाक्टसमेत हासिल गरेका छन् । कम भोट प्राप्त गरेका कारण प्रतिष्पर्धामा रहेका विकास लिम्बु, सनिष श्रेष्ठ र आरिफ रौफ पछि परे । यसअघि फिनालेमा पुगेका उनीसँगै चारै प्रतियोगी र उनीहरुका कोचहरुले आफ्नो प्रस्तुति दिएका थिए । प्रतियोगितामा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था रावत कोचको भूमिका रहेका थिए ।

नायिका ऋचा शर्माले गरिन् बिहे

काठमाडौंः नायिका ऋचा शर्माले बिहे गरेकी छन् । ललितपुरको लबिम मलका म्यानेजर दिपेक्क्षविक्रम राणासँग नायिका शर्माले शनिबार बिहे गरेकी छन् । शर्मा राणासँग लामो समयदेखि प्रेमसम्बन्धमा रहेकी थिइन् । केही समयअघि मात्रै ऋचाले पोखरामा आफ्ना साथीहरुलाई ब्याचलर पार्टी दिएकी थिइन् । बिहेको फोटो शेयर गर्दै उनले भनेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस् ।’ ऋचा अहिले रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा निर्णायकको भूमिकामा छन् ।

गायक रोकायाको ‘बाजा बर्‍यात’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः ‘बझाङ सुर्मा ताल’बोलको देउडा गीतको लोकप्रियतासँगै नवगायक सन्तोष रोकायाले अर्को नयाँ गीत बजारमा ल्याएका छन् । उनले नयाँ कोसेलीका रुपमा ‘बाजा बर्यात’ बोलको देउडा गीत बजारमा ल्याएका हुन् । गायक रोकायालाई यो गीतमा अहिलेकी चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् । गीतको भिडियोमा चर्चित गायक एवं माेडल चक्र बम र नग्मा श्रेष्ठले अभिनय गरेका छन् । रोकायाको ‘बाजा बर्यात’मा चक्र बमको संगीत र कमल सुरागको एरेन्ज रहेको छ । रोकायाको ‘बाजा बर्यात’मा चक्र बमको संगीत र कमल सुरागको एरेन्ज रहेको छ । यस्तै यो गीतमा गायक बम र रोहित देउवाको लिरिक्स रहेको छ । ‘बाजा बर्यात’को भिडियोलाई मिलन विश्वकर्माले सम्पादन र विक्रम चौहानले निर्देशन गरेका हुन् । ७ घण्टा अघि युट्यबमा सार्वजनिक भएको रोकायाको याे गीतलाई दर्शकले राम्रो रुचाएका छन् । यो समाचार तयार पार्दासम्म उनको उक्त गीतलाई २७ हजार बढीले हेरिसकेका छन् । र, दर्शकस्रोताले राम्रो प्रतिक्रिया पनि दिइरहेका छन् ।

वेब सिरिज ‘लभ यू’ बन्ने, दिव्यको जोडी सरिता

काठमाडौंः केही वर्षयता नेपाली दर्शकले गीत–संगीत र फिल्मसँगै वेब सिरिजलाई पनि हेर्ने सूचीमा राख्न थालेका छन् । यही कारण पछिल्लो समय वेब सिरिज बनाउने क्रम ह्वात्तै बढेको छ । तर, एकाधले मात्र दर्शकको मन जित्दै सफलता हात पारेका छन् । प्रायः वेब सिरिज युवापस्तालाई लक्षित गरेर प्रेम कथामा निर्माण हुने गरेका छन् । यो भीडमा एक नयाँ वेब सिरिज थपिएको छ, ‘लभ यू’ । म्यूजिक भिडियो निर्देशनको अनुभव संगालिसकेका मनोज विस्टले यो वेब सिरिजको निर्देशन गर्दैछन् । यसको कथा मन्दिप गौतमले लेखेका हुन् । उनी अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’ का लेखक समेत हुन् । यसकारण यो वेब सिरिज कस्तो होला भन्ने कौतुहलता धेरैमा छ । चाँडै छायांकनमा जान लागेको ‘लभ यू’ वेब सिरिज च्यानल फोरबाट प्रशारण हुनेछ । भने, एमवी क्रिएशनमार्फत् युट्युबमा हेर्न सकिनेछ । युवा अवस्थाको प्रेमलाई आधार बनाएर निर्माण हुन लागेको यो वेब सिरिजमा दिव्य दाहाल, रविन विष्ट, सरिता थापा, सुमन घिमिरे, दीपिका दाहाल, प्रवेश दाहाललगायतका कलाकारहरुको अभिनय रहनेछ । यसमा दिव्य र सरिताको जोडी बाँधिएको छ । दिव्यले यसअघि केही म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । अभिनयको थप अनुभव हासिल गर्न वेब सिरिजमा हात हालेको उनको भनाई छ । चाँडै नेपाली चलचित्रमा समेत डेब्यू गर्न लागेका दिव्य ‘लभ यू’ वेब सिरिजले दर्शकको मन जित्नेमा आशावादी छन् । उनी भन्छन्, पछिल्लो समय वेब सिरिज दर्शकको रोजाई बन्न थालेको छ । ‘लभ यू’ लाई पनि मन पराउनुहुन्छ भन्नेमा विश्वस्त छु । यसमा मैले लभर ब्वाईको भूमिका निभाउँदैछु ।’ निर्देशक विष्टले वेब सिरिजको प्रत्येक नयाँ श्रृंखला मंगलबार टिभीमा प्रशारण भएपछि युट्युबमा सार्वजनिक हुने बताए ।

‘छ माया छपक्कै’ अब डिस होमको सिनेमा घर च्यानल नम्बर १०८ मा

काठमाडौंः वर्षकै सर्वाधिक सफल चलचित्र ‘छ माया छपक्कै’ अब डिस होमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुँदैछ । हाँस्यकलाकार दिपकराज गिरी, केदारप्रसाद घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे)लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्र डिस होमको सिनेमा घर च्यानल नम्बर १०८ मा मंसिर १३ गते देखि प्रदर्शन हुने छ । डिस होमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु सुुविधा उपलब्ध गराईरहेको छ । पे पर भ्यु सुुविधा अन्तर्गत संचालन भईरहेको सिनेमा घर च्यानल नं. १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसंगै वा हलमा लागेको केहि समय पछि न्युनतम शुल्कमा हेर्न सकिन्छ । हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमा घर एसएमएस पठाएर,डिस होमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिस होम बिक्रेता संग सम्पर्क गरेर सजिलै खुलाउन सकिन्छ । आमा सरस्वती मुभिज प्रा.लि. र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको वर्षकै सर्वाधिक सफल चलचित्र ‘छ माया छपक्कै’ कात्र्तिक २४ गतेदेखि विभिन्न सहरहरुका मूख्य हलहरुमा सार्वजनिक रुपमा प्रदर्शन भएको थियो । चलचित्रले नेपाली सिनेमा जगतमा उत्कृष्ट प्रदर्शनी कायम गर्न सफल रहेको छ । व्यापारको उच्च प्रतिफल पाएको यस चलचित्र ५१औँ दिन मनाउने तयारीमा रहेको छ ।

सिस्नुपानी नेपालको व्यंग्यात्मक देउसी–भैलो : झण्डावाला गाडी चढी जुलुस लगाउने

काठमाडौंः सिस्नुपानी नेपालले यसवर्ष पनि तिहारमा व्यंग्यात्मक देउसी–भैलो खेलेको छ । आइतबार साँझ प्रज्ञा प्रतिष्ठानमा प्रज्ञा–सिस्नुपानी देउसी कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक अंगका पदाधिकारी, सरकारी कर्मचारी र सिंगो मुलुकका गन्नेमान्नेहरु उपस्थित रहेको थियो । सिस्नुपानी नेपालले विगत २१ वर्षदेखि तिहारमा व्यंग्यात्मक देउसी–भैलो खेल्दै आएको छ । यस्तो छ सिस्नुपानी नेपालले खेलेको व्यंग्यात्मक देउसी–भैलो : भन भन साथी हो – देउसिरे राम्ररी भन – देउसिरे सिस्नुपानी भन्छ – देउसिरे देउसी खेल्न मन छ – देउसिरे । आन्दोलनको आगो – बालेर निरंकुशतन्त्र – ढालेर राजतन्त्रलाई – फालेर द्वन्द्वलाई शान्तिले – टालेर जनताको संविधान – लेख्नेले नाका बन्दी – छेक्नेले धुलो बढार्न – सक्दैनौ ? खाडल पुर्न – सक्दैनौ ? जेल र नेल – भोग्नेले छातीले गोली – रोक्नेले देशको लागि – भनेर सर्वस्व गुमाउन – सक्नेले भ्रष्टाचार नगर्न – सक्दैनौ ? नैतिकता जोगाउन – सक्दैनौ ? दलाललाई नटेर्न – सक्दैनौ ? अपराधी नपाल्न – सक्दैनौ ? देउसी खेल्न आयौँ हामी जनताले पठाए अझै बहादुर सभामुख खोज्न खटाए तानिँदैछन् लहरा भत्किँदैछन् पहरा भिआइपीमा को को होलान् गुप्त महरा (माननीय सदस्यहरू, म हुँ भन्नेले हात उठाउनुहोस् , म होइन भन्नेले शिर उठाउनु होस् ।) ज्वालामुखी जस्तो गरी विस्फोट हुन्छन् घटना घटनालाई सामसुम पार्न आयोग गठन झ्याप्पै पारी जसको च्याप्पै समाउनु थ्यो कठालो आयोग आर्फैँ बस्ने गर्छ उसकै गोठालो । कल्ले खायो कल्ले खायो वाइडबडी पिलेन मिलिजुली खाको कुरा भन्नै मिलेन । भेट्न भनी बोलाउँछन् प्रधानमन्त्री ओलीले एकोहोरो हानिरन्छन् आफ्नै बोलीले बालुवाटारको डाँडामाथि चिसो हावा सिरिरि विकास सिकास त्यस्तै हो रेशम फिरिरि रेशम फिरिरि रेशम फिरिरि पाँच वर्ष बित्न तीन वर्ष बाँकी रेशम फिरिरि । हा……. विषादीले भिसा माग्यो रक्सौलमा आएर सरकारले दिन्न भन्यो हा….. लैनचौरले फोन घुमायो के हो पारा भनेर बालुवाटारले सरी भन्यो हा…… इण्डियालाई खुशी पार्न व्यापारीलाई बचाउन हाम्ले विष खानुपर्ने हा…. सागपात समेत आयात गरी हाम्ले जीवन चलाको हामै खेतमा खोइ फलाको हा….. वीर जाति नेपालीको कति राम्रो बानी हो नि लै लै नपिउन्जेल ज्ञानी पिएपछि पानी अन्तै जाने घरै नजानी .।….. नेकपाको इस्कूलैमा कस्तो उच्च भावना नि लै लै माधव नेपाल दिने केपी ओली नलिने स्वास्थ्यलाभको शुभकामना…… एउटा घाँटी दुइटा मुख प्रचण्ड र ओलीको जनताले विश्वास गर्ने कुन चैं बोलीको नातागोता आफन्त र परिवारका सबैलाई अंशै सरी बाँडेका छन् पद बरि लै कस्को घरमा डेरा बस्छौ भात खान काँ जान्छौ चिप्लिरन्छ जिब्रो तिम्रो केको तेल खान्छौ ? भाग्यमानी घरबेटी महादानी डेरावाल ब्ल्याक् लिस्टेडलाई मेलम्चीको ठेक्का मालामाल । कोही सांसद डन गुण्डा कोही सांसद ज्यानमारा यिनै सांसद पार्टीलाई परम पियारा भजन सुन्न मन्दिर गाको राष्ट्रगान पो घन्कियो चिताबाट मान्छे उठी तनक्क तन्कियो । मधेशवादी दलको आफ्नै मौलिक ढङ्ग छ छेपारोलाई छक्कै पार्ने बहुरङ्ग छ सरकार पनि चलाउने संविधान नि जलाउने झण्डावाला गाडी चढी जुलुस लगाउने । काँ बिलाए आरके कमरेड काँ हराए अशोक राई कहाँ पुगे निख्खुर क्रान्तिकारी भट्टराई चिन्ता लाग्छ ती प्याराले हामीलाई भुले कि ! चोक्टा खान हिँडेका थे झोलमा डुबे कि ? गुन्द्रुकमा कर लिने –को होला ! एनसेललाई छूट दिने – को होला ! सिंगापुरको बिल भर्ने – को होला ! टुँडिखेल पिच गर्ने – को होला ! वाइडबडी पचाउने – को होला ! सूनतस्कर बचाउने – को होला ! होली वाइन बाँड्ने – को होला ! मेलम्ची भाँड्ने – को होला ! पप्पुलाई पुल पार्ने – को होला ! गाई लडाई मार्ने – को होला ! हाम्रो देशको न्यायालय कति साह्रै चोखो छ नि लै लै कार्यकर्ता न्यायाधीश दलले सोध्छ कहाँ थिस् न्याय चाहिँ टाँय टाँय फिस… अख्तियारको आयुक्त नै भ्रष्टाचारमा चुर्लुम्म नि लै लै कुन चाहिँ निस्क्यो भिलेन कता सेटिङ मिलेन पदै ढल्यो गल्र्याम गुर्लुम्म । नेपालमा आउँछ भन्छन् विदेशीको लगानी आशैआशमा बित्यो दुई तिहाइको जवानी नागार्जुनमा मुसो कुद्दा सिंहदरबार थर्किन्छ यस्तो कुरा सुन्दा हाम्लाई पानी सर्किन्छ हुक्के पनि तिनै छन् बैठके नि तिनै छन् शितल निवास जनताबाट टाढा हुँदै झन् राष्ट्रपति हुन खोज्दा राजाराजा भयौ कि घरतिर जानु पर्ने दरबार गयौ कि ! माथिकाले खाका छन् तलकाले खाका छन् प्रदेश सरकार कठैबरा मुख बाका छन् । एक वर्षमा १० महिना विदेश घुम्छन् मेयरज्यू उतै बसून् बरु तिनलाई ग्रिनकार्ड मिलाइद्यूँ पिर्का माथि चढीचढी खान थाले सलामी कस्तो हतार यिनलाई जान आफ्नै मलामी म हिँड्दा बाटोमा – जाम छैन धुवाँ र धुलोको – नाम छैन जुत्ताले कार्पेट – टेकिन्छ खोइ कहाँ हिलो – देखिन्छ ! जाँ गयो त्यहीँ – भिड लाग्छ क्यामेरा मेरै – मुख ताक्छ शिलान्यासको – धपेडी छ मन्चमा जाँदा – थपडी छ देखेका जति – सुकिलै छन् भेटेका जति – हँसिलै छन् राजदूतले कुर्छन् – एक घण्टा मन्त्री नै ढुक्छन् – दुई घण्टा सि जिन फिङ लाई – ल्याकै हो मोदीलाई पनि – भ्याकै हो को हो त्यो विकास – नदेख्नी विकासका सम्चार –नलेख्नी सरकारलाई चौतर्फी – चेप्नी हो ? दुईतिहाइ सरकारलाई – हेप्नी हो ? हिटलरले मान्छे माथ्र्यो ग्यास च्याम्बरमा हालेर अफ्तावले आगो ताप्यो मान्छे बालेर मन्त्री, पुलिस, वकील र न्यायाधीश किनेर न्याय खोज्न हिँड्नेको घाँटी थिचेर इट्टा पोल्ने भट्टीमा जिउँदै मान्छे पोलेर सांसद भयो, मन्त्री खायो छाति खोलेर देउवा दाइ भन्नुहुन्छ आलम मलाई चाहिन्छ नि लै लै दुनियाँले बोल्दैमा भट्टिमा मान्छे पौल्दैमा समाइहाल्न कहाँ पाइन्छ ? हाम्रा विश्वविद्यालय घाँस र झारले ढपक्कै नि लै लै दलले खेद्दै लान्छन् गाईगोरु जान्छन् खुरुखुरु हरियो घाँस खान्छन् । गीत केको लर्को केको लर्को युट्यूबरको लर्को बन्ने भयो संस्कृति हाम्रो घाटको न घर्को नि लौ केको हल्ला केको हल्ला फेसबुकैको हल्ला फेसबुकले आगो लाउँदा आफ्नै घर जल्ला नि लौ खाए सके सिध्याए लुटे देशै बेचे भन्छन् युट्युबैमा भिडिओ हाली डलर पो गन्छन् नि लौ केमा थुप्र्यो केमा थुप्र्यो मोवाइलमा थुप्र्यो अग्लो थियो मान्छे पहिले अहिले भयो कुप्रो नि लौ केको खेति केको खेति अनलाइनको खेति भाइरल बन्न मनपरि लेख्दा मुलुकैको क्षति नि लौ चौथो अङ्ग मिडियाको कस्तो खबरदारी तर्साउँदै समाचारमै कालो बजारी राष्ट्रसेवक भन्ने हाम्रो स्थायी सरकार कस्तो छ ? बाली चोरी खाने अटेर साँढे जस्तो छ पछिपछि अख्तियारले पिँडुलामा हान्दैछ अघिअघि घुसको बुजो मुखले तान्दैछ कसले भन्छ नेपाललाई गरिब देश भनी– दे दनादन स्वीट्जरलेन्डका बैंकभरि हाम्रो डलर मनी– दे … बेइजिङबाट ह्याकरहरू बैंक लुट्न आउँछन्– दे … ब्राजिलबाट तस्करहरू कोकिन बेच्न ल्याउँछन्– दे … यूएस युरोप अष्ट्रेलिया सन्तान पढाउँछौ– दे दनादन दिल्ली बैंकक सिंगापुरमा उपचारलाई धाउँछौ – दे … गाडी आउँछन् जापानबाट जहाज युरोपबाट – दे … मलेसिया चाइनाबाट आउँछन् सुत्ने खाट – दे … दशैं तिहार मनाउनलाई च्याङ्ग्रो तिब्बतको– दे … भ्यालेन्टाइनको उपहारलाई गुलाब इटलीको – दे … ब्रिटिस–भर्जिन आइल्याण्डमा हाम्रो बल्याक् मनी– दे . कसले भन्छ नेपाललाई गरिब देश भनी – दे … आशिष धर्मका नाममा – नखेल्नु भिरबाट गाई – नठेल्नु वैदेशिक सम्बन्ध – राम्रो होस् चीन भारत दुवै – हाम्रो होस् सामाजिक सुरक्षा – पक्का होस् श्रमिकको भविष्य – ढुक्क होस् अतिथि सेवा – सभ्य होस् पर्यटन वर्ष – भव्य होस् लोडशेडिङ् फर्केर – नआओस् पावरहाउस बाढीले – नखाओस् पारदर्शी स्वच्छ – चुनाव होस् मनी र मसललाई – तनाव होस् डाटा प्याक चलाउँ – मर्जिले टेलिकम राम्रो – फोरजीले डाक्टरले किड्नी – नचोरुन् जनताले अस्पताल – नफोरुन् जहाजमा मतुवा – नचढोस् एयरपोर्टमा एनआरएन – नलडोस् हुण्डीको जाल – तोडियोस् मेलम्ची छिटो – जोडियोस् अख्तियारका खुट्टा – नकामुन् ठूला माछा – नभागुन् सिजिन पिङ मोदी – आइरहून् जनताले सास फेर्न – पाइरहून् रेलले हिमाल – चढी आउन् सुरुङले पहाड – छेडी जाउन् श्रममात्र होइन –दाम पनि होस् कुरामात्र होइन –काम पनि होस् ।।