हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा

  • सन्जीव न्हेम्हफुकी

हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा

हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा,
कुरा हुन्छ खालि तिम्रो Contradictory मात्र ।

Equilibrium हुनुपर्छ भन्छौ हुदैन पनि भन्छौ X २
यस्तो दुइजिब्रे कुरा गरेरे खै तिमीकहाँ पुग्छौ ?

हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा,
यति हुदाँ हुँदै जन्मायौ अनेक पात्र ।

Adam Smith भन्छ सबैथोक बजारलाई छोदिदेउ X २
Milton Freidman भन्छ सरकारी संरचना सबै तोदिदेउ ।

हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा,
मा तिमीलाई बुझ्न प्रयासरत एक निरिह छात्र ।

JM Keynes भन्छन Long run मा हामि सबै मर्छौ X २
प्रश्न तेर्स्याउछ अदृश्य हातहरुले काम गर्न छाडे के गर्छौ ?

हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा,
तिमि सुध्रिउ, मेरो बिनम्र आग्रह, नहोस भविष्यमा पश्चाताप मात्र ।

आफ्नो भाषा नबनाइ लियौ Mathematics को सहारा X २
Mathematics ले नबनाओस, तिमीलाई, हे अर्थाशास्त्र, उसको आहारा ।

तिमीले अंगाल्यौ Mathematics को Geometry, Algebra, Calculus.
But, Truth to be told, none of them provides me with stimulus .

हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा,
जे पनि गरिदिन्छौ Assumption मात्र ।

तिमि Science हु पनि भन्छौ तिमी Arts हु पनि भन्छौ X २
तिमि को हौ निर्क्यौल नगरी हचुवामा अगाडी किन बढ्छौ ?

हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा,
यहि प्रश्नको तिमीलाई आयो होला असंख्य पत्र  ।

Macro Micro व्यष्टि वृहत्तर तिम्रो अनेक size X २
How are you all feeling guys ?

Macro Micro व्यष्टि वृहत्तर तिम्रो अनेक रुप X २
जता पनि खुट्टा गाढेर किन गर्छौ यस्तो दौडधुप ।

हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा,
साधारण छैनौ तिमी कुरा तिम्रा बुझिनसक्नु १२ १७ (बार्हसत्र ) ।

हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा,
तिम्रै अध्यनमा बिते कयौ कालरात्र ।

Price is fixated by Demand and Supply,
But, in real world, I see it nowhere apply .

हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा,
तिम्रै भरमा विश्व अर्थतन्त्र ।

पुजिवाद,समाजवाद, साम्यवाद खै के के हो के के वाद,
बुझ्न नसकी, कयौ देश अनि राजनीतिमा पर्यो फसाद ।

हे अर्थशास्त्र,तिमी कस्तो गाइजात्रा,
मेरो मुलुक पनि उभो लाग्ने देउ न केहि मन्त्र ।

हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा,
प्रश्न आउनेछन अझ यो भन्दा सशस्त्र ।

हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा,
तिम्रो बिज्ञान बुझी नसक्नुको बिचित्र ।

हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा,
हे अर्थशास्त्र, तिमी किन यस्तो गाइजात्रा ।

नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२ को मनोनयनलाई प्रमाणपत्र

काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२ को मनोनयनमा परेका कलाकार तथा प्राविधिकहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई शुक्रबार काठमाडौंमा एक समारोहबीच यो अवार्ड मनोनयन प्रमाणपत्र प्रदान गरिएको हो । तेश्रो संस्करणको नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२मा विभिन्न ४० विधामा मनोनयन पत्र प्रदान गरियो । यस्तै नेपाल सर्ट फिल्म अवार्डको विभिन्न एक दर्जन विधाका मनोनयनलाई पनि कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो । विलक्षण क्रियशन प्रा।लि।को सहकार्यमा स्टार वान इन्टरटेनमेन्टद्धारा आयोजित कार्यक्रममा गायक यम बराल, निर्देशक एवम् अभिनेता नवल खड्का, गजित बिष्ट, संगीतकार राजेन्द्र बजगाईं, निर्देशक लक्ष्मण सुवेदी, मेरो बिमाका सिईओ शँकर बहादुर घिमिरे, नायव महाप्रबन्धक सविन भट्टराई, सेल्स अफिसर सुमित्रा कोईराला, गीतकारहरु सुरेश वाग्ले, निलकन्ठ सुवेदी, पूर्व गृह उपसचिब प्रेम शर्मा रेग्मी, पत्रकार लक्ष्मण सुवेदी लगायतले सम्बन्धि कलाकारलाई प्रमाणत्रप प्रदान गरे । लोक, आधुनिक, पप, लोक दोहोरी, गजल, राष्ट्रिय, भाषाभाषी गीतहरुका गायक, गायिका, संगीतकार, गीतकार, भिडियो निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकार, सम्पादक, नृत्य निर्देशक, संगीत सँयोजकलगायतलाई कार्यक्रममा मनोनयनको प्रमाणपत्र प्रदान गरिएको हो । सन २०११ जनवरी देखि सन २०२२ जनवरीको अन्त्यसम्मका सार्वजनिक भएका गीतसंगीतले यसपटक अवार्डमा भाग लिएको पनि आयोजक बालकृष्ण पोखरेलले जानकारी गराएका छन् । सन २०१९ बाट सुरु भएको यो अवार्ड कोरोनाको महामारीपछि पनि सुस्ताएको नेपाली सँगीत बजारलाई तताउन अवार्डलाई निरन्तता दिएको आयोजक पोखरेले बताएका छन् । तेश्रो सँस्करणको यो अवार्ड आगामी ३ असारमा काठमाडौंमा एक समारोहबीच प्रदान गरिने कार्यक्रम प्रमुख बालकृष्ण पोखरेलले कार्यक्रममा बताए ।

नयाँ एडभेन्चर शो ल्याउदै अनुप र सौगात

काठमाडौँ । पछिल्लो समय नेपालमा थुप्रै रियालटी शोहरु निर्माण भएका छन् । यस्ता शोका संचालनमा बिभिन्न कलाकर्मी समेत देखिएका छन् । यस्तैमा अभिनेता अनुप बिक्रम शाहीले पनि एक एडभेन्चर शोको होस्ट गर्ने भएका छन् । उनले होस्ट गर्न लागेको शोको निर्देशक सौगातमान सिंह बस्नेत रहेका छन् । बिभिन्न पर्यटन सम्बन्धि यात्रा गराउने उदेश्य रहेको शो देश तथा विदेशमा समेत प्रस्तुत गर्ने उदेश्यले अंग्रेजी र नेपाली दुबै भाषामा निर्माण हुनेछ । शोको पहिलो चरणमा ५ भाग निर्माण हुनेछ । यी भागमा ‘आइल्यान्ड पिक’, ‘हुम्ला’, ‘मनाङ एण्ड मुस्ताङ (बाइक राइड)’, ‘रोयल ट्रिप वीथ माउन्टेन फ्लाइट’, ‘दुर्गम क्षेत्रको लोकेसन प्रमोट’का बिषय समेटिने शोका निर्देशक सौगातमान सिंह बस्नेतले बताए । स्टुडियो कृयो र ब्रान्डल्याण्डसरको सहकार्यमा ट्रेकिङ टिमको प्रस्तुति रहेको शोको नाम छिट्टै एक औपचारीक कार्यक्रम मार्फत गर्ने बताइएको छ । करिब तीन दशकदेखि ट्रेकिङ र प्रर्यटन क्षेत्रमा काम गर्दै आएको टे«ेकिङ टिम कम्पनीले नेपाल, तिब्बत र भुटानमा ट्रेकिङ, माउन्टेन क्लाम्विङ, मोटरबाइकिङ, माउन्टेन बाइकिङका साथै थ्रुप्रै एडभेन्चर स्पोट्सहरु खेलाउदै आएको ट्रेकिङ टिमका सिइयो प्रवेश देवकोटाले बताए । शोका लागि टेलिभिजन समेत फिक्स गर्ने तरखरमा आफु रहेको निर्देशक सौगातले बताए । ‘शोमा थुप्रै पिकहरु चढ्ने र अन्तिम भागमा सगरमाथासम्मको आरोहण गराउने उदेश्य हाम्रो रहेको छ’ सौगातले थपे ‘इन्टरनेशनल टुरको कल्चर शोको समेत प्लानिङ भइरहेको छ ।’

स्मिता दाहालको पहिलो हिन्दी गीत ‘इबादत’ सार्वजनिक

काठमाडौं । युवा गायिका स्मिता दाहालको पहिलो हिन्दी गीत सार्वजनिक भएको छ । शबाब साब्रीसँगको युगल गायनमा रहेको गीत के आर वाहीले लेखेका हुन भने संगीत शबाब साब्रीकै रहेको छ । नेपाली गीतमा स्वर दिँदै आएकी स्मिता दाहाल स्व्यम् अभिनित म्यूजिक भिडियोको निर्देशन राजीब एस रुजाले गरेका छन् । म्यूजिक भिडियोमा स्मितासँगै चर्चित मोडेल तथा कलाकार अर्जुन बिजलानीले अभिनय गरेका छन् । प्रकृतिका मनोरम दृश्यहरुसहित उत्कृष्ट छायांकन गरिएको हिन्दी गीत रिलिज गरेको केही समयमा नै युट्युबमा चर्चित बन्न पुगेको छ ।

दार्चुलासम्म पुगेर नेपाली गीत गाएका पवनदीपले जिते इण्डियन आइडल

काठमाडौं । उत्तराखण्डको चम्पावत जिल्ला निवासी पवनदीप राजनले इण्डियन आइडलको ट्रफी जितेका छन् । भारतीय स्वतन्त्रता संग्रामको दिन पारेर आयोजना गरिएको १२ घण्टा लामो फिनालेमा सबैभन्दा बढी भोट ल्याएर पवनदीपले जितेका हुन । नेपालको कञ्चनपुर र डडेल्धुरा जिल्लासँग जोडिएको चम्पावतमा जन्मिएका पवनदीपले अढाई वर्षको उमेरदेखि संगीत अभ्यास गरेका थिए। स्थानीय महोत्सवहरुमा गीत गाउँदै आएका पवनदीपले नेपालको सीमावर्ती क्षेत्रमा हुने थुप्रै महोत्सवहरुमा नेपाली गीत समेत गाउने गरेका थिए । उनले गाएको रातो टिका निधारमा भन्ने नेपाली गीत निकै चर्चित बनेको थियो । इन्डियन आइडल बिजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कार समेत जितेका छन् । यसैगरी, दोस्रो स्थानको ट्रफी अरुणिता कांजीलालले पाएकी छिन् । उनी पश्चिम बंगाल निवासी हुन । पवनदीप र अरुणिताको जोडीको निकै चर्चा समेत भएको थियो । तेश्रो स्थानमा भने शायली काम्बले रहेकी छिन् । यस्तै, चौंथो स्थानमा मोहम्मद दानिश, पाँचौँ स्थानमा निहाल र शनमुखाप्रिया सबैभन्दा कम भोट प्राप्त गरेर छैटौँ स्थानमा परिन् । इण्डियन आइडलको भारतको चर्चित रियालिटी शो रहेको छ ।

शिवरात्रीमा ज्योति मगर जखेरा ताल आउँदै

उमेश बन्जाडे, लमही : लुम्बिनी प्रदेशको चर्चित पर्यटकीय क्षेत्र जखेरा तालमा महाशिवरात्री पर्वको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम हुने भएको छ । लोक तथा दोहोरी गायिका ज्योति मगरको कार्यक्रममा बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । स्थानीय कला, संकृति र सम्पदाको संरक्षण गर्नका लागि कार्यक्रमको आयोजना गरिएको जखेरा शिवालय धार्मिक पर्यटन विकास प्रतिष्ठानका महासचिव लोकमणि बन्जाडेले जानकारी दिए । हरेक वर्ष शिवरात्री पर्वको अवसरमा जखेरा तालमा लाग्ने मेलाले स्थानीय तथा राष्ट्रिय कलाहरूको सम्बर्द्धन गर्दै लोक संस्कृतिलाई उचाइमा पुर्‍याउन टेवा दिइरहेको ताल संरक्षण समितिका सहअध्यक्ष रविध्वज थापाको भानाइ छ । फागुन २७ गते हुने सांस्कृतिक कार्यक्रममा ज्योती मगरसहित गायक दोषहरण चौधरी, गायिका वसन्ती चौधरी, कार्यक्रम प्रस्तोता अनुप बुढा मगर, मोडेल अभिमान चौधरी तथा डिक्र्यु डान्स ग्रुप र देउखुरी डान्सिङ एण्ड सिङ्गीङ स्टारको सम्पूर्ण टिमले सांस्कृतिक प्रस्तुति गर्ने आयोजकले जनाएको छ ।

हल अफ फेम सिजन २ को सेमिफाइनल आजदेखि

काठमाडौं । एमएनटीभी अष्ट्रेलियाले आयोजना गरेको प्रतिभा प्रोत्साहन कार्यक्रम अन्तर्राष्ट्रिय अनलाइन गायन प्रतिस्पर्धा हल अफ फेमको सिजन २ निष्कर्षतिर अघि बढेको छ । गएको जनवरी पहिलो साताबाट सुरु भएको कार्यक्रममा सैयौं प्रतिस्पर्धीको होडमा उत्कृष्ट ५० छानिएका थिए । ति उत्कृष्ट ५० मध्येबाट टप २७, टप ९ हुँदै शुक्रबार टप ६ प्रतिस्पर्धीहरुको गायनकला हेर्न पाइनेछ । टप ६ मा को पुगेको छ भन्ने थाहा पाउन आज शुक्रबारको हल अफ फेमको एपिसोड हेर्नुपर्ने हुन्छ । हल अफ फेम प्रतिभा प्रोत्साहनका लागि नेपाल बाहिरबाट सञ्चालन गरिएको सबैभन्दा ठूलो गायन प्रतियोगिता हो । यसको सेमिफाइनल र फाइनललाई भव्यताका साथ अघि बढाउन आफुहरुले कुनै कसर बाँकी नराख्ने एमएनटीभी अष्ट्रेलियाका अध्यक्ष चन्द्र योन्जनले बताए । उनले भने, ‘पहिलो सिजन हामीले मेलबर्नमा मात्रै सीमित राखेर यहाँका प्रतिभाहरुलाई प्रोत्साहन गर्न कभर सेसन गरेका थियौं । दोश्रो सिजनमा आएर हामीले अनलाईनमार्फत विश्वभरका प्रतियोगीहरुलाई समेट्ने अवसर पायौं ।’ हल अफ फेम सिजन २ मा निर्णायकको रुपमा वरिष्ठ गायक दिप श्रेष्ठ, विवेक श्रेष्ठ र रजिना रिमाल रहेका छन् । विवेक श्रेष्ठ अष्ट्रेलियाबाट नै प्रतियोगितामा जोडिएका छन् । दिप श्रेष्ठ धरानबाट स्टुडियोमा उपस्थित भई प्रतिस्पर्धीहरुको गायन प्रतिभाको मूल्यांकन गर्छन् । हल अफ फेममा विश्वका विभिन्न १२ देशबाट प्रतिस्पर्धीहरु सहभागी छन् ।

वैवाहिक बन्धनमा बाँधिए अन्जु र थिर

काठमाडौं : गायिका अन्जु पन्तले थिर कोइरालासँग विवाह गरेकी छन् । उनले आज प्रेमी थिरसँग बिहे गरेकी हुन् । यो जोडी एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरूले बिहे गर्ने बताए पनि मिति भने तय नभएको बताउँदै आएका थिए । केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने विषयमा कुराकानी भए पनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएकी थिइन् । अन्जु र थिरले चर्चमा बिहे गरेको बुझिएको छ । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरूले चर्चमा बिहे गरेका हुन् । अन्जु र थिरको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो । उनीहरूको बिहेमा सीमित आफन्त मात्र सहभागी रहेको बुझिएको छ । गायिका पन्तको एक दशकअघि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण बिहेको विषयमा सोचेको पनि बताएकी थिइन् ।

चर्चित बन्दै स्मिता दाहालको मालिङ्गो, ट्रेण्डिङ कब्जामा !

काठमाडौंः गायिका स्मिता दाहालको नयाँ गीत मालिङ्गोले १० लाख भ्यूज भएको छ । गीत सार्वजनिक भएको ५ दिनमै उक्त गीतलाई १० लाख बढीले हेरेका हुन् । यो समाचार तयार पार्दासम्म उक्त गीत १० लाख २१ हजार बढी पटक हेरिएको छ । उक्त गीत दर्शकमाझ लोकप्रिय बन्दै गएको देखिन्छ । गीत सार्वजनिक भएको ६ घण्टामै ट्रेण्डिङमा पर्न सफल मालिङ्गो बुधबारसम्म पनि ४ नम्बर ट्रेण्डिङमै छ । आफैंले गाएको गीतको म्युजिक भिडियोमा स्मिता राजेश हमालको जोडी भएर देखिएकी छन् । स्मिता र राजनराज शिवाकोटीको स्वर रहेको मालिङ्गो बोलको गीतको म्युजिक भिडियोमा राजेश हमाल र स्मिताको मुख्य अभिनय छ । भिडियोमा राजेश हमाल पत्रिका घरघरमा पुर्याउने हकरको रुपमा र सस्मता बलात्कार हुनबाट जोगिएकी किशोरीको रुपमा प्रस्तुत भएकी छन् । गीतमा सुनिल क्षेत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफी रहेको गीतको भिडियो नवराज उप्रेतीले खिचेका हुन् । गीतको निर्देशन सरोज ओलीले गरेका हुन् । सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत छ । उदयराज पौडेलको एरेन्ज र श्यामस्वेत रसाइलीको मिक्सिमा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

‘पारा’लाई संसोधन गर्दै नयाँ गीत निकाल्दै भिटेन

काठमाडौं : नेपाली र्‍यापर समिर घिसिङ ‘भिटेन’ले आफ्नो नयाँ र्‍याप ‘पारा’मा प्रयोग गरिएका आपत्तिजनक शब्दको संसोधन गरेर नयाँ म्युजिक भिडियो सार्वजनिक गर्ने भएका छन् । आज आफ्नो फेसबुक पेजमार्फत विज्ञप्तिमा जारी गर्दै भिटेनले नयाँ गीतबाट कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संसोधन गरिएको उल्लेख गरेका छन् । ‘सम्बन्धित निकाय तथा महानुभावलाई उक्त म्यूजिक भिडियोमा प्रयोग भएका केही शब्दहरूबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्दछौँ,’ विज्ञप्तिमा लेखिएको छ, ‘उक्त म्युजिक भिडियोलाई अनाधिकृत रूपमा कुनै पनि माध्यमबाट अपलोड नगरिदिन हुन आग्रह गर्दै आधिकारीक च्यानलबाट चाँडै नै संसोधित भिडियो प्रशारण हुने जानकारी गर्दछौँ ।’ केही दिनअघि मात्रै उनको गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यलयले साइबर ब्यूरोलाई निर्देशन दिएको थियो । प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको थियो ।

गायक निशान भट्टराईले गरे विवाह

काठमाडौं : नेपाल आइडल सिजन-२ का फस्ट रनरअप भएका गायक निशान भट्टराईले विवाह गरेका छन् । उनले आज धुलिखेल जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् । प्रेमिका ऋचा न्यौपानेसँग निशानले कानुनी विवाह गरेका हुन् । कानुनी विवाहपश्चात उनीहरूले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए । पछिल्लो समयमा गायक निशान नेपाली चलचित्रको सांगीतिक आकाशमा चम्किएका छन् । उनले स्वर भरेको ‘के माया लाग्छ र’ बोलको गीत पनि अहिले सर्वाधिक चर्चामा छ । निशान र ऋचा २ वर्षदेखि प्रेम सम्बन्धमा थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् ।

अभिषेक बच्चन कोरोनामुक्त

एजेन्सी : कोरोना भाइरसको संक्रमणपछि मुम्बईको नानावटी अस्पतालमा उपचाररत बलिउड अभिनेता अभिषेक बच्चन कोरोनामुक्त भएका छन्। अभिषेकले ट्वीट गरेर आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्। ‘आज दिउँसो मेरो कोभिड–१९ परिक्षणको रिपोर्ट नेगेटिभ आयो। मैले तपाईहरुसँग भनेको थिएँ, म यसलाई हराइदिन्छु। म र मेरो परिवारका लागि तपाईहरुले गर्नुभएको प्रार्थनाका लागि धन्यवाद। नानावटी अस्पतालका डाक्टर र नर्सिङ स्टाफप्रति धेरै धेरै आभार’, उनले ट्वीटरमा लेखेका छन्। अभिषेक २८ दिनपछि कोरानामुक्त भएका हुन्। कोरोना भाइरसको संक्रमण भएपछि अभिषेकका साथै उनका उनका बुवा अभिषेक बच्चन गत जुलाई ११ गते नानावटी अस्पताल भर्ना भएका थिए। बच्चन परिवारका चार जनालाई कारोना भाइरसको संक्रमण भएको थियो। अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या यसअघि नै कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन्।

३ वर्षमै टुट्यो सुधांशु र उषाको वैवाहिक सम्बन्ध

काठमाडौं : नायक सुधांशु जोशी र नायिका उषा पौडेल वैवाहिक जीवनबाट अलग भएका छन् । अमेरिकामा रहँदै आएका यी २ करिब ६ महिनादेखि अलगअलग बस्दै आएका छन् । करिब ३ वर्ष अगाडि यो जोडीले अमेरिकामा नै बिहे गरेको थियो । अमेरिकाको भर्जिनियामा बस्दै आएका सुधांशुले नायिका उषा पौडेलसँग दोश्रो बिहे गरेका थिए । तर, बिहे भएको करिब ३ बर्षपछि यी २ अलग भएको वुझिएको छ । उषा अहिले बाल्टिमोरमा बस्दै आएकी छिन् । उषा र सुधांशुले बिहे दर्ता भने गरेका थिएनन् । उषाले बारम्बार बिहे दर्ताका लागि गरेको आग्रहलाई सुधांशुले नमानेपछि उनीहरुविच कलह सुरु भएको बुझिएको छ । उषा बाल्टिमोरमा बस्न थालेपछि सुधांशु केही समय अगाडि उनीसँग कुरा गर्न वाल्टिमोर पनि पुगेका थिए । तर, उषा र सुधांशुको कुरा मिल्न नसकेको बुझिएको छ ।

कोरोना असर : ६४ फिल्मको सूची निर्माता संघले बोर्डमा बुझायो (सूचीसहित)

काठमाडौं : चलचित्र निर्माता संघले कोरोनाका कारण प्रभावित भएको भन्दै ६४ नेपाली चलचित्रको सूची चलचित्र विकास बोर्डमा बुझाएको छ । कोरोना संक्रमणका कारण सरकारले जारी गरेको लक डाउनका कारण केही चलचित्रको रिलिज रोकिएको छ । यस्तै, केही चलचित्रको छायांकन केही प्रतिशत मात्र सम्पन्न भएको छ । निर्माता संघले वुझाएको सूचीमा छायांकनमा जाने तयारीमा रहेका, विकास बोर्डमा नाम मात्र दर्ता गरेर बसेका चलचित्रको पनि नाम उल्लेख गरिएको छ । यसैले, यो बिषयमा विकास बोर्डले गम्भिररूपमा छानविन गरि वास्तविक प्रभावित चलचित्रका निर्मातालाई सहयोग गर्नुपर्ने देखिन्छ । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीसहितको टिमले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई ६४ वटा चलचित्रको नाम वुझाएको छ । कोभिडका कारण प्रभावित भन्दै निर्माता संघले चलचित्र विकास बोर्डमा वुझाएका चलचित्रमा ‘दि होल टाइमर, पारस, २ नम्बरी, म यस्तो गीत गाउँछु २, घनचक्कर, मनको वाँध, हिरो रिटन्र्स, माया बस्छकी के हो, झिंगे दाउ, उल्झन, पोखराकी काली, प्रेमगीत ३, सिमानामा काँडेतार, मन्त्र, हली, सम्हालिन्छ कहिले मन, हिजो आजका कुरा, लक्का जवान, मन परेसी, लिम्बो, मेरो आफ्नो, आकासे खेती, एक, डेसान, शिरफूल, उफ यो मन, के घर के डेरा, तीन जन्तु, षटकोण, नालापानी, हेल्लो काशिराम, उफ यो मन, आरुषी, यो मायाँ कस्तो माया, पानी फोटो, माइकल अधिकारी, कठपुतली, देवी, फेक फ्रेन्ड, कोपिला, परदेशी, संझना विर्सना, सुस्केरा, तु, विच्छेद, गुञ्जन, चालबाज, हेलो जिन्दगी, इन्काउन्टर, नीरफूल, चिसो एष्ट्रे, रेखा थापाको अनटाइटल प्रोजेक्ट, बद्री बहादुर, वडा अध्यक्ष, चपली हाइट ३, जारी, सेन्टी भाइरस, आमा, आई एम ट्वान्टी वान, लप्पन छप्पन २, निम्तो, ऐना झ्यालको पुतली, ए मेरो हजुर ४, गोर्खे, लै बरी लै, हृदयभरि छन् । चलचित्र विकास बोर्डले कोभिडबाट प्रभावित भएका वास्तविक चलचित्रहरुलाई कस्तो राहतको प्याकेज ल्याउने हो, यो भने सार्वजनिक भैसकेको छैन ।

आमिर खानका केही कर्मचारीमा कोरोना संक्रमण

एजेन्सी : भारतीय अभिनेता आमिर खानका केही कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । मंगलबार आमिरले आफ्नो ट्विटरमा एक सूचना जारी गर्दै आफ्ना केही कर्मचारीमा संक्रमण पुष्टि भएको बताएका छन् । ‘मेरा केही स्टाफमा कोरोना भाइरसको परीक्षणमा पोजिटिभ देखिएको छ,’ उनले सूचनामा उल्लेख गरेका छन्, ‘उनीहरूलाई तत्कालै क्वारेन्टाइनमा राखिएको छ ।’ साथै बाँकीको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको समेत उनले बताए । उनले लेखेका छन्, ‘अहिले मेरी आमाको परीक्षण गराउँदै छु । उनी परीक्षण गर्न बाँकी अन्तिम व्यक्ति हुन् । प्रार्थना गर्नुस् कि उनको पनि रिपोर्ट नेगेटिभ आओस् ।’

भुवन केसीमाथि साम्राज्ञीले लगाइन् गम्भीर आरोप

काठमाडौं : यतिबेला नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक भुवन केसीको लफडाले समाजिक सञ्जाल तातेको छ। विवाद तब सुरुभयो जब साम्राज्ञीले भुवनले आफूलाई छोरी भनेपनि पटकपटक यौन दुर्व्यवहार गरेको आरोप लगाएर भिडियो पोष्ट गरिन। शुक्रवार साम्राज्ञीले इन्स्टाग्राममा पोष्ट गरेको भिडियोमा ५ वर्षको अवधिमा आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रो अनुभव भोगेको बताएकी थिइन। केसीले आफूलाई पटकपटक गलत नियतले छोएको साम्राज्ञीको आरोप छ। ‘ड्रिम्स’ को सुटिङदेखि नै आफूमाथि भुवनले गलत दृष्टिकोण राख्दै आएको साम्राज्ञीले जनाएकी छन्। जापानमा भएको एक अवार्डमा समेत भुवनले आफूलाई दुर्व्यवहार गरेको साम्राज्ञीले खुलाएकी छन्। साम्राज्ञीले भनेकि छन्-’सुटिङ सेटमा खाना र पानी माग्दा कति निर्माता/निर्देशकहरु आक्रमण शैलीमा आउँथे। उनीहरुको व्यवहारबाट धेरै बेर रुन्थेँ अनि केही नभएजस्तो गरेर फेरि सुटिङ गर्थेँ। किनकि, मलाई कामसँग प्रेम छ। कामको सम्मान गर्नुपर्छ भन्ने बुझेको छु।’ उता भुवनले उक्त आरोपहरु निराधार रहेको बताउँदै आएका छन्। चर्चा कमाउन साम्राज्ञीले यस्तो आरोप लगाएको बताउँदै उनले आफ्नो परिवार भनेकै चलचित्र उद्योग भएकाले सबैलाई समान ब्यवहार गरेको बताएका छन्। भुवनले फेसबुकमा लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने।’ भुवनले नै आफ्नो डेब्यू निर्देशित फिल्म ‘ड्रिम्स’ बाट साम्राज्ञीलाई अभिनेत्रीको रुपमा भित्राएका थिए। डेब्यू फिल्म नै सफल हुँदा साम्राज्ञीले आफूलाई स्टार अभिनेत्रीको रुपमा उभ्याएकी थिइन्। केही समय अघि साम्राज्ञी र अनमोलबीच प्रेम सम्बन्ध रहेको पनि चर्चामा आएको थियो। तर अहिले भने उनीहरुबीच सम्बन्ध टुटीसकेको बताइन्छ।