ताईवानमा ६.४ म्याग्नेच्यूडको भूकम्प, चारको मृत्यु, २२५ घाइते

ताईवानको पूर्वि क्षेत्रमा मंगलबार मध्यराति भूकम्प भएको छ । ६.४ म्याग्नेच्यूडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ भने २२५ जना घाइते भएका छ । ठूल्ठूला भवनहरु भत्किदा १४५ जना वेपत्ता रहेको जनाएको छ ।

अमेरिकी जियोाफिकल सर्वेका अनुसार ६.४ रेक्टरको भूकम्प मापन गरिएको छ । यहाँका ठूल्ठूला भवनहरु भत्किएका छन् ।

ताईवानका राष्ट्रपति साई इङ वेनले उद्धार र रातहका कार्यमा जुट्न देशवासीलाई आग्रह गरेका छन् । उनले मन्त्रिपरिषद र मन्त्रीहरुलाई राहतमा जुट्न निर्देशन दिएका छन् ।

ठूलो भूकम्प गएयता एक सय भन्दा बढी भूकम्पका स–साना झट्का गइसकेका छन् । त्यहाँ सुनामी पनि आउन सक्ने चेतावनी दिइएको छ ।

दुई वर्ष अघि गएको भूकम्पमा एकसय जनाको मृत्यु भएको थियो । त्यस्तै सन् १९९९ मा गएको ७.६ म्याग्नेच्यूडको भूकम्पमा दुई हजार चारसय जनाको मृत्यु भएको थियो । (एजेन्सीहरु)

ट्रम्पको विरोधमा बेलायती अधिकारकर्मीहरुकाे प्रदर्शन

वैशाख  १४। बेलायतस्थित अमेरिकी राजदूतावास बाहिर करिब १०० जना मानवअधिकारकर्मी भेला भई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेका १०० दिन मानव अधिकारका दृष्टिकोणले सन्तोषजनक नभएको भनी विहीबार विरोध जनाएका छन् । प्रदर्शनकारी अमेरिकी राजदूतावास बाहिर करिब आधा घण्टा एक हातमा मशाल लिई अर्को हातमा “शरणार्थीको स्वागत गर” शरणर्थीमाथि प्रतिबन्ध नलगाऊ वा पर्खाल नलगाऊ भन्ने भावका नारा लेखिएका प्लाकार्ड बोकी मौन उभिएर मानव अधिकार विरोधि गतिविधिको विरोध गरेका थिए । कार्यक्रम एम्नेष्टी इन्टरनेशनलको आयोजनामा भएको थियो । एक सय दिनको अन्तरालमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको यस अघि मानव अधिकारका बिषयमा कमाएको प्रसिद्धिबाट बताउन साध्य नहुनेगरी क्षति पु¥याउनुभएको छ, एम्नेष्टीका बेलायती निर्देशक केट एलेनले बताउनुभयो । एम्नेष्टीले यसै हप्ता १०० दिन पुगेको ट्रम्प प्रशासनले लिएका केही मुशलमान मुलुकलाई लक्षित गरी आएको भ्रमणमा प्रतिबन्ध, मेक्सिकोको सिमाक्षेत्रमा बार लगाउने लगायत कैयौं निर्णयको आलोचना गर्दै आएको छ । पहिलो सय दिनले अमेरिकी राष्ट्रपति के गर्न चाहन्छन् भन्ने विषयमा मुख्य दिशाबोध गरेको छ, एम्नेष्टिका केरी मोस्कोग्युरीले एएफ्पीलाई बताए । “हामीलाई लाग्छ स्वतन्त्रताको प्रतिमूर्ति आज के तिमी म जस्तै रुने थिएनौ त,” एम्नेष्टि प्रतिनिधिले ट्रम्पको कामप्रति कटाक्ष गर्दै व्यङ्ग्य गर्नुभयो । एम्नेष्टिले यसै विषयमा शनिबार स्कटल्याण्ड र उत्तरी आएरल्याण्डमा पनि प्रदर्शन गर्ने जनाएको छ ।

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास रोक्न चीनकाे आग्रह

 वैशाख १३  । चीनले दक्षिण कोरियामा जारी अमेरिका–दक्षिण कोरिा सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । साथै कोरियाली प्रायद्विपमा देखिँदै आएको तनावलाई शान्त गर्न उत्तर कोरियाली आणविक कार्यक्रमलाई पनि रोक्न आग्रह गरेको छ । बुधबार जर्मनीको राजधानी बर्लिनमा आयोजित एक समारोहमा बोल्नुहुँदै चिनियाँ विदेशमन्त्री वाङ यीले सो कुरा जनाउनु भएको हो । कोरियाली प्रायद्विपमा जारी तनावलाई शान्त गर्न अमेरिका तथा दक्षिण कोरियाद्वारा कोरियाली सामुद्रिक क्षेत्रमा जारी राखेको सैन्य अभ्यासका साथै उत्तर कोरियाद्वारा विगत केही समयदेखि परीक्षण गर्दै आएको आणविक कार्यक्रमलाई रोक्नुपर्ने बताउनुभएको हो ।

आत्मघाती आक्रमण चारको मृत्यु

अबुजा, चैत ९ । नाइजेरियाको उत्तरी राज्य बोर्नो अज्ञात सङ्ख्यामा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १८ जना घाइते भएका छन् । बुधबार बिहान सबेरै भएको यस घटनाको स्थानीय समाज सम¥वय संस्थाले जानकारी दिएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । गत सोमबार पनि नाइजेरियाको बेनु राज्यमा कृषिमा आश्रित समुदाय बसोबास गर्ने बस्तीमा प्रवेश गरी एक बन्दुकधारी समूहले आक्रमण गर्दा अधिकांश महिला र बालबालिकासहित १७ जनाको मृत्यु भएको थियो । रासस/सिन्ह्वा