अतिक्रमण हटाउने कार्य अझै शुरु भएन

अतिक्रमण हटाउने कार्य अझै शुरु भएन

कैलाली, पुस १२ । जनप्रतिनिधि निर्वाचित भएको ६ महिना बढी हुँदा पनि कैलालीको धनगढीका विभिन्न खोलानाला अतिक्रमण हटाउने कार्य भने सुरु भएको छैन । जनप्रतिनिधिले निर्वाचित भए पश्चात पहिलो प्राथमिकता खोलानालामा भएको अतिक्रमण हटाउने भनेर आश्वासन दिएका थिए । तर, अहिलेसम्म खोलानाला अतिक्रमण हटाउने कार्यको शुरुवातसम्म हुन सकेको छैन । धनगढीका अधिकांश क्षेत्रमा खोला अतिक्रमण गरेर धमाधम घर निर्माण भइरहेका छन् । तर, जनप्रतिनिधि यसबारे बेखर झै बसेका नगरबासीको आरोप छ ।

यसअघि निर्वाचित भइसकेपछि आफ्नो पहिलो काम खोला नाला अतिक्रमण रोक्ने बाचा गरेका जनप्रतिनिधिहरुले भने अहिले त्यसतर्फ कुनै चाँसो नदेखाएको स्थानीय पदम सिंहले बताए । अहिले विभिन्न समस्या देखाउँदै अतिक्रमण रोक्ने कार्य सुरुवात गर्न ढिलाई भएको धनगढी उप–महानगरपालिकाले जनाएको छ । खोलानाला अतिक्रमण नियन्त्रण गर्ने कार्य प्रारम्भ गर्न अझै एक महिना लाग्ने वडा नम्बर–१ का वडा अध्यक्ष तथा उप–महनगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले जानकारी दिए । प्राविधिक अभाव तथा विभिन्न समस्याका कारण अतिक्रमण हटाउने कार्य सुरुवात हुन नपाएको प्रवक्ता मुडभरीको भनाई छ ।

धनगढी उप–महानगरपालिकाका अधिकांश खोलानाला मिचेर ठूलाठूला भौतिक संरचना निर्माण भइरहेका छन् । तर, उक्त संरचना हटाउन सम्बन्धित निकाय अहिलेसम्म मौन बसेको छ । त्यस्ता क्षेत्रमा बनेका संरचना हटाउन उप–महानगरपालिकालाई पछि फलामको चिउरा चपाउनुझै हुने स्थानीयको भनाइ छ ।

व्यापक खोलानाला अतिक्रमण नहटाउदा बर्खामा धनगढी जलमग्न हुने गर्दछ । तर, उपमहानगरपालिकाले खोलानालाको किनारमा भएको जग्गाको लालपूर्जा प्रदान गरेको तथा घर नक्सा पास गरेकाले अतिक्रमण हटाउने कार्यलाई चूनौति थपेको वडा अध्यक्ष भुडभरीले बताए ।

बाढीपहिरो अपडेटः ज्यान गुमाउनेको संख्या दुई सय पुग्यो, २६ जना बेपत्ता

काठमाडौं । शुक्रबार र शनिबारको भारी वर्षाका कारण एकैसाथ देशभरि आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय पुगेको छ । नेपाल प्रहरीका अनुसार सोमबार अपरान्हसम्मको अवधिमा बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या दुई सय पुगेको हो । त्यस्तै, घाइते १२७ र २६ जना बेपत्ता रहेका छन् । प्रहरीका अनुसार विपद्‌मा परेका ४ हजार दुई सय २२ जनाभन्दा बढीको उद्धार भएको छ । अहिले देशैभरि मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ भने बाढी र डुबानमा फसेको जनजीवन समेत सामान्य बन्दैछ ।

झ्याप्लेको अवरुद्ध सडक सुचारु

काठमाडौं ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारिसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए। उनले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए। प्रवक्ता तिवारीले मौसम पूर्ण रुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गरेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको जनाइएको छ ।  

प्रेस सेन्टर नेपाल कपिलबस्तुको अध्यक्षमा कार्की

कपिलवस्तु । प्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाकाे छैठौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा सम्पन्न भएको अधिवेशनले मनिस कार्कीको अध्यक्षतामा १५ सदस्य निर्विरोध समिति चयन भएको छ । जस्काे उपाध्यक्ष माधव बेल्बासे, भगवती न्यौपाने,सचिव पिताम्बर घिमिरे (हरी),सहसचिव सूर्य गुरूङ्ग, सहसचिव अजय शाहनी,कोषाध्यक्ष सहबाज खान लगायत अन्य सदस्यमा रहनु भएको छ । अधिवेशनमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज रुद्रप्रसाद बञ्जाडेले पत्रकारको प्रेस सेन्टर सङगठनलाइ सुदृढ गर्दै सक्रिय बनाउन आवश्यक रहेको बताउनुभयो । समाज रुपान्तरणमा सञ्चार क्षेत्रको भुमिका महत्त्वपूर्ण रहेकाले निशपक्ष र इमान्दार भएर काम गर्नुपर्नेमा जाेड दिनु भयाे । त्यस्तै माओवादी केन्द्र कपिलवस्तुका अध्यक्ष विष्णु बेलबासेले कपिलवस्तुको विकासको लागि सञ्चार माध्यमले शसक्त भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । साथै उहाँले अनैतिक र अनियमित गतिविधि विरुद्ध बुलन्द आवाज उठाउन पनि आह्वान गर्नुभयो । प्रेस सेन्टर कपिलवस्तुका सस्थापक अध्यक्ष सिपि शर्माकाे नामबाट स्थापित युवा पुरस्कारबाट युवा जनपक्षीय पत्रकार मनिष गुप्ता सम्मानित हुनु भएको छ । कार्यक्रममा प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष मानसिह विश्वकर्मा, प्रेस सेन्टरका केन्द्रीय सदस्य बसन्त गिरि, प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा कपिलवस्तुका इन्चार्ज डिलाराम भुसाल, प्रेस सेन्टरका प्रदेश समितिका सचिव चिन्ता परियार लगायत बाेल्नु भएको थियाे । प्रेस सेन्टर नेपाल कपिलवस्तुका शाखा अध्यक्ष अर्जुन बेलबासेकाे अध्यक्षता,उपाध्यक्ष भुपाल थापाको स्वागत मन्तव्यमा भएको कार्यक्रमकाे सञ्चालन सचिव माधव बेलबासेले गर्नु भएको थियाे ।

माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग

काठमाडौं, १३ असोज । नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ ।  समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र संगठनका कार्यालय मुख्य सचिव टिबी पाठकले पाँच लाख रुपैयाँको चेक अध्यक्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिनुभयो । बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनस्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिंदै उहाँले प्रवासको पार्टी कमिटीले पनि योगदान गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले मानविय विपतलाई मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । 

लोकप्रिय