अरबीका शब्दलार्इ अर्जुनको धुनः ‘तिम्रो तस्वीर’ ले छुन सक्छ मन

अरबीका शब्दलार्इ अर्जुनको धुनः ‘तिम्रो तस्वीर’ ले छुन सक्छ मन

काठमाडौंँ, वैशाख ३० । भुट्निज नेपाली मूलका प्रतिभाहरू तेस्रो मुलुकमा पुनर्स्थापित भएयता ललितकलाका तीनै विधामा आकाश मागिरहेका छन् । नेपालमा शरणार्णी शिविरमा रहँदा अभावका कारण खुम्च्याइएका रहर र दोहन भएका प्रतिभाहरू फैलाउने अभियान सुरू भएको छ । त्यसमा पनि अमेरिका पुनर्वास आएका युवाहरूमा त रेनेसा नै सुरू भएको छ भन्दा पनि हुन्छ ।

यो रेनेसामा गीत संगीतमा लागेका केही युवाहरूले त आफ्नो ब्राण्ड पनि बनाइसकेका छन् । त्यही ब्राण्ड बनाउने युवाहरूमा पर्छन्- गीतकार आरबी खड्का र संगीतकार तथा गायक अर्जुन रसाइली । अमेरिकाको ओहायो कोलम्बसलार्इ डेटलाइन बनाएर यी युवाहरू आफ्नो ब्राण्डमात्र बनाइरहेका छैनन्, नेपाली गीत संगीतको श्रीवृद्धिमा योगदान पनि गरिरहेका छन् ।

अहिले यी दुर्इ युवा जुगलबन्दीका साथ ‘तिम्रो तस्वीर’ लिएर आउने क्रममा छन् । आखिर के हो त ‘तिम्रो तस्वीर’रु एउटै वाक्यमा भन्दा ‘तिम्रो तस्वीर’ आरबी खड्काका शव्दमा अर्जुन रसाइलीले संगीत गरेका आठवटा गीतको सांगीतिक कोसेली हो । यो सुगम संगीतलार्इ आधार बनाएर लोक, पप, आधुनिक र गजल फ्लेवरमा सजाइएको छ ।

एल्बमको शीर्षक गीत संगीतकार अर्जुन रसाइलीले नै गाएका छन् । जिउनलार्इ तस्वीर हेर्नुपर्ने बहानाको यो प्रेमील गीत माया गर्नेहरूका लागि अजम्बरी लाग्छ। शान्त-सुखाय-सुगम गीतको छनक प्रस्तुत गर्ने गीत हेर्ने हैन, सुन्ने गीतको गतिलो उदाहरण बनेको छ भन्दा अन्यथा लाग्दैन । लोक पप फ्लेबरमा मनोज ढकालले गाएको ‘यसपाली कान्छी भेट भको बेलामा’ पनि दोयम छैन । गम्भीर स्वरका धनी जगदीश समालले ‘आज पनि त्यस्तै भयो’ लार्इ अन्याय हुन दिएका छैनन् । उनी आफ्नै बाँकी जमेकै छन् यस गीतमा ।

अहिले भुट्निज नेपाली गीतरसंगीतमा संख्या पनि चाहिएको छ। संगीतको थेसिसले पनि भन्छ, संख्याले गुण दिन्छ । पर्याप्त संख्या नभर्इ संगीतको समीक्षा पनि सम्भव हुदैन। साँच्चै भन्ने हो भने अहिले संगीत समीक्षकहरू प्रवर्धकको भूमिकामा हुनुपर्ने अवस्था छ।

एल्बममा गायक सत्यराज स्वरूपराजले दुर्इवटा गीतमा स्वर भरेका छन् । ‘आँखा राम्रो भनुँ कि म ओठ राम्रो भनुँ ‘पप फ्लबेरमा फास्ट बिटमा छ भने ‘तिमीले सल्कायौ मनमा आगो’ स्लो बिटमा गतिलो सुगम संगीत बनेको छ । आचार्य बन्धुले गीतका शब्द र संगीतको कम्पोजलार्इ न्याय गरेका छन् । उदय मनिलाको स्वरमा गुञ्जेको ‘युगौयुग दिउला तिमीलार्इ’ एलबमको एक सशक्त गीत हो । संगीतलार्इ गम्भीर बनाउने यो जोडीले यो गीतलार्इ पनि आफ्नै संगीतको स्कूलमा तानेर कर्णप्रिय बनाएको छ। किरण गजमेरले पप बिटमा आएको ‘तिमीसँग मनका कुरा खोलु खोलु’ पनि युवापुस्तालार्इ तान्न सक्ने गीत बनेको छ ।

त्यस्तै, किशोर शिवाकोटीको स्वरमा रहेको ‘पत्थर मुटु बनाएर विदा मागी गयौ’ आफैंमा एउटा गतिलो सुन्ने संगीतका रूपमा उपस्थित छ । नेपाली गीतरसंगीत क्षेत्रमा संगीतको समीक्षा गर्ने उम्दा परम्परा नै छैन। समीक्षाका नाममा या त प्रशंसा हुन्छ या त गाली । यो सिर्जनाभन्दा पनि सर्जकसँगको प्रोक्सिमिटीमा आधारित हुन्छ। भुट्निज नेपाली गीतरसंगीत क्षेत्र पनि अपवादमा छैन ।

अहिले भुट्निज नेपाली गीतरसंगीतमा संख्या पनि चाहिएको छ। संगीतको थेसिसले पनि भन्छ, संख्याले गुण दिन्छ । पर्याप्त संख्या नभर्इ संगीतको समीक्षा पनि सम्भव हुदैन। साँच्चै भन्ने हो भने अहिले संगीत समीक्षकहरू प्रवर्धकको भूमिकामा हुनुपर्ने अवस्था छ।

‘तिम्रो तस्वीर’ एक श्रवणीय सांगीतिक कोसेली भएको छ। यो एलबम नेपाली गीत संगीतमा मूलधारको एलबमको कोटीमा छ। यसलार्इ परिचय दिनका लागि अरू विशेषण थपेर खुम्च्याउन जरूरी छैन । समय र स्थान जोडेर बन्ने सन्दर्भको कशीमा नाप्दा पनि ‘तिम्रो तस्वीर’ आयाराम गयाराम संगीत सिर्जना हैन। यो हेर्नेभन्दा पनि सुन्ने संगीतका पारखीहरूका लागि एक संग्रहणीय एलबम हुन सक्छ ।

तर, अपवादमा ‘तिम्रो तस्वीर’ जमेर संगीत समीक्षा गर्न लायक एल्बम बनेको छ। भनिन्छ, गीत संगीत कम्तीमा पनि एक दशक बाँच्यो भने त्यो आयाराम गयाराम हुदैन, संगीत समीक्षाका लागि योग्य हुन्छ। यस कडीमा ‘तिम्रो तस्वीर’ समीक्षायोग्य हुन पनि सक्छ। त्यसका लागि यस एलबममा संलग्न सबै संगीत श्रष्टा सर्जकलार्इ सोध्नुपर्ने हुन्छ, अबको १० वर्षपछि तपार्इ तिम्रो तस्वीरका सिर्जनालार्इ हातका औंलामा गन्न सक्नुहुन्छरु छातिमाथि हात राखेर भन्दा जे उत्तर आउँछ, अहिलेका लागि यो एलबमको रेटिङ पनि त्यही नै हो।

समग्रमा ‘तिम्रो तस्वीर’ एक श्रवणीय सांगीतिक कोसेली भएको छ। यो एलबम नेपाली गीत संगीतमा मूलधारको एलबमको कोटीमा छ। यसलार्इ परिचय दिनका लागि अरू विशेषण थपेर खुम्च्याउन जरूरी छैन । समय र स्थान जोडेर बन्ने सन्दर्भको कशीमा नाप्दा पनि ‘तिम्रो तस्वीर’ आयाराम गयाराम संगीत सिर्जना हैन। यो हेर्नेभन्दा पनि सुन्ने संगीतका पारखीहरूका लागि एक संग्रहणीय एल्बम हुन सक्छ ।

एल्बमको एउटा कर्णप्रिय गीत हेर्नका लागि यहाँ क्लिक गर्नहोस्-

पशुपतिनाथ मन्दिरमा तीजको रौनक

तीज पर्वको अवसरमा पशुपति मन्दिर परिसरमा दर्शनार्थीको सेप्टेम्बर ६ तारिख शुक्रबार बिहानैदेखि भिड लागेको छ। अघिल्लो रातिदेखि परेको अविरल वर्षातका कारण दर्शनार्थीको संख्या केही पातलिए पनि झरी थामिएसँगै भीड बढेको  छ। हरितालिका तीजका अवसरमा छिटो र सहज ढंगले पशुपतिमा पूजा–अर्चना गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीको सहजताका लागि बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको थियो। पशुपतिको मन्दीर प्रांगण पुग्नका लागि चारतिरबाट रूट तय गरिएको छ। एउटा गौरीघाट – उमाकुण्ड – दक्षिणामूर्ति – रुद्रगाडेश्वर – वानकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मुल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण वृत्ता चप्पलकक्षबाट जत्ता–चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइए छ। त्यस्तै मित्रपार्क, जयवागेश्वरी–गौशाला–भुवनेश्वरी–शकराचार्यमठ दक्षिण हुदै फलामेपुल–पश्चिम सानो डोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ता चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको छ। पिंगलास्थानबाट बनकाली, चारशिवालय–पञ्चदेवलपूर्व–बजघर–दक्षिण ढोकासम्मको लाईनलाई चौसट्टी सानोढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्वदक्षिण निमर्माण गरिएको जुत्ता–चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ।

प्रधानमन्त्री फेवाताल छेवैमा छमछमी नाचेपछि…

गण्डकी। पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए। आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरू झाँकी र नाचगानसहित सामेल भएका थिए। फेवातालछेउ बाराहीघाटमा उल्लास छाइरहेको थियो। मध्यान्हपख घोषणा समारोह सुरु भयो। समारोहको बीचबीचमा कलाकारले प्रादेशिक मौलिकता झल्काउने गीत र नाचको प्रस्तुति दिइरहेका थिए। ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…’ का गायक प्रमोद खरेलदेखि प्रकाश सपुतसम्मले पोखरेलीलाई गीत समर्पण गरे। धर्मेन्द्र सेवानले आफ्ना दिवङ्गत बुबा बुद्धि परियारले गाएको ‘रेशम फिरिरि…’ सुनाए। गायक विवेक श्रेष्ठले ‘हङकङ पोखरा…’ गाएर दर्शकलाई मन्त्रमुग्ध पारे। औपचारिक समारोह सकिनुपूर्व अन्तिम प्रस्तुतिका लागि गायक प्रकाश सपुत मञ्चमा उक्नलागे। समारोहका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मञ्चस्थ विशिष्ट पाहुनाप्रति श्रद्धापूर्वक शिर निहुराए र आफ्नो प्रस्तुति दिन सुरु गरे। अरूलाई एक वटा मात्र गीत गाउन दिइए पनि सपुतले दुई गीत सुनाए। पहिलो पञ्चेबाजामा ‘माकुरमाकुर घुर…’ र दोस्रो ‘बोलामाया…’। देशविदेशका सांगीतिक प्रस्तुतिमा भ्याइ नभ्याइ उनी प्रधानमन्त्री प्रचण्डसामु भने पहिलो पटक गीत गाउँदै थिए। सपुतले क्रान्तिको पृष्ठभूमिबाट आएका प्रधानमन्त्रीबाट नयाँ पुस्ताले धेरै आशा गरेको बताए। उनले हरेकजसो नेता मौलिक संस्कृति र गीतसंगीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्रीलगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गरे। ‘प्रधानमन्त्रीज्यूसँग अहिलेसम्म मेरो एउटा तस्बिर पनि छैन, प्रोटोकलले दिन्छ भने उहाँलाई म नाच्नका लागि आग्रह गर्दछु,’ सपुतले भनेका थिए। उनको अनुरोधलाई सहज रुपमा स्वीकार गर्दै प्रधानमन्त्रीसहित गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य मञ्चको अग्रभागमा आएर नाचे। गायक सपुतको ‘बोलमाया…’ गीतमा प्रधानमन्त्रीलगायत विशिष्ट ओहोदाका व्यक्तित्वहरूको नाचले उक्त समारोहमा बेग्लै रौनकता ल्याएको थियो। प्रधानमन्त्री नाच्दा दर्शकले तालीले साथ दिएका थिए। सो दृश्यलाई धेरैले क्यामरा र मोबाइलमा कैद गरे। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पोखराको विकासका लागि संघ सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताए। उनले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए। ‘पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि यथोचित पहल तथा समन्वय गरिनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ।’ उनले आगामी वैशाखमा आयोजना गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरेलीको वर्षौं पुरानो सपना पूरा भएको बताए। पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न गरिएको पटक-पटक पहलले सार्थकता पाएको उनको भनाइ छ। प्रमुख आचार्यले राजधानी घोषणाले विश्व पर्यटन बजारमा पोखराको ‘ब्राण्डिङ’ हुने बताए। प्रमुख आचार्यले पर्यटन राजधानी घोषणाले यस क्षेत्रका नागरिकको जीवनस्तर सुधार, रोजगारी सिर्जना र गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। आचार्यले तीन तहका सरकार मिलेर पोखरामा पर्यटनका थप पूर्वाधार निर्माण गरिने बताए। प्रधानमन्त्री प्रचण्डले पर्यटकीय राजधानी घोषणासँगै पर्यटकीय राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भको अनावरण गरेका थिए। सो अवसरमा कास्कीको हेम्जामा जन्मनुभएका साहित्यकार मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिएको थियो। यस्तै दिवङ्गत भूगोलविद् हर्क गुरुङ र गायक तथा सर्जक प्रेमप्रकाश मल्ललाई मरणोपरान्त सम्मान गरिएको थियो। मल्लले ‘पोखरा त साँच्चिकैको पोखरा पो रै’छ…’ गीत गाएका थिए। -रासस

हरिवंश आचार्यको ‘मुटु फस्या’थ्यो’ सार्वजनिक

काठमाडौं । विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका गायक हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरेर उनले ‘मुटु फस्याछ’ बोलको गीत ल्याएका हुन् ।  आचार्यकै शब्द र संगीत रहेको यो गीतमा समीक्षा अधिकारीको समेत स्वर रहेको छ । गम्भिर विष्टले निर्देशन गरेको यो गीतको भिडियोमा हरिवंशसँगै प्रियंका कार्की, सरोज ओली र अन्जली अधिकारीले अभिनय गरेका छन् । गीतमार्फत आचार्यले ‘काम देउ न सरकार’ भन्दै देशका युवापुस्ताको भावना उजागर गर्न खोजेको छन् ।  ‘यो गीतले देशमै केही गर्न खोजेको एउटा युवा कसरी विदेशिन बाध्य हुन्छ भन्ने कथा रमाइलो ढंगबाट उठाएको छ,’ गायक आचार्यले भने, ‘अहिले चाहेर पनि देशमै बस्न नपाउने युवा जमात बढेको छ । गाउँघर रित्तिदै गएको छ । पहिलेपहिले गाउँका मान्छे रोजगारीको सपना बोकेर काठमाडौं आउँथे । अहिले त काठमाडौं युवाहरुको ट्रान्जिटजस्तो बनेको छ । गन्तव्य त विदेश भइरहेको छ  । गीतमार्फत हाम्रो देशेको यही नियति र मर्म उठाउन खोजेको छु ।’ श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो सम्पादन भुपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी र छायांकन नवराज उप्रेतीले गरेका हुन् । हरिवंशले यसअघि ‘ए केटा मादलु पड्का’ गीत ल्याएका थिए । सरोज ओली र प्रियंका कार्कीसँगकै सहकार्यमा ल्याएको यो गीतले युट्युबमा करोड बढी भ्यूज पाइसकेको छ ।

राष्ट्रपति पौडेलद्वारा गायिका मेनुका पौडेल सम्मानित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका हुन् । राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा एक समारोहबिच मेनुकालाई सम्मान गरे । राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम, मिहिनेत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताउदै देशका छोराछोरीले नै मिहिनेत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव बढाउने उल्लेख गरे । उनले मिहिनेत र अभ्यासले मानिसलाई सफल बनाउने उल्लेख गर्दै मेनुकाको उत्तरोत्तर प्रगतिको कामना गरे ।

लोकप्रिय