अर्घाखाँची घटनामा मेरो हात छैन, वक्ता र जनता दुबै दोषी– टोपबहादुर रायमाझी

अर्घाखाँची घटनामा मेरो हात छैन, वक्ता र जनता दुबै दोषी– टोपबहादुर रायमाझी

काठमाडौं, माघ १ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीले अर्घाघाँचीमा भएको ढुंगामुढाको घटनाको निन्दा गरेका छन् ।
गत पौष २८ गते उर्जामन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा तथा माओवादी नेता डिलाराम आचार्यमाथि अर्घाखाँचीको महोत्सव उद्घाटनका क्रममा ढुंगामुढा भएको घटना दुर्भाग्र्यपूर्ण भएको उनले टिप्पणी गरे ।

एभरेष्टदैनिक डटकमसँग कुरा गर्दै नेता रायमाझीले स्थानीय जनताको मनोविज्ञानविपरित वक्ताहरुले सम्बोधन गरेका कारण ढुंगामुढा भएको दावी गरे । “स्थानीय जनताको मनोविज्ञान एउटा छ, डिलारामजीले त्यसको विपरित बोल्नुभएछ । ५ नं. प्रदेश टुक्र्याउन नहुने पक्षमा रहेका जनताका बीचमा त्यसरी बोलेको कारण घटना घटेको देखिन्छ ।” उनले भने ।

नेता रायमाझीले घटनाका पछाडि आफ्नो नरहेको स्पष्ट पारे । तपाईकै मान्छेहरुले नियतवश आक्रमण गरेको चर्चा पनि छ नि ? भन्ने प्रश्नमा रायमाझीले उक्त घटना दुर्भाग्यपूर्ण भएको र आफूले त्यसो गराउने कुरा कल्पना पनि गर्न नसक्ने बताए । “मलाई प्रमुख अतिथीका रुपमा महोत्सवको उद्घाटन गर्न निमन्त्रणा गरिएको थियो, तर म कार्यव्यवस्तताका कारण जान सकिनँ” उनले भने, “पछि उद्घाटन बालकृष्ण खाँड या अरु मन्त्रीबाट गराउने तर समापनमा मलाई नै आइदिनुपर्ने प्रस्ताव राखेका थिए स्थानीयस्तरबाट ।” उनले बताए । रायमाझीले के कति कार्यव्यस्तताका कारण आफ्नो गृह जिल्लामा आयोजित कार्यक्रममा जान नसकेको हो भन्ने कुरा भने खुलाएनन् ।

पार्टीले नै तपाईलाई नपठाएको हो र ? भन्ने प्रश्नमा रायमाझीले सहभागी भएका उर्जामन्त्री जनार्दन शर्मा समेत पार्टीको निर्णयबाट नभई स्थानीयले आमन्त्रण गरेर गएको बताए । “पछि वहाँले डिलारामलाई समेत लगेर जानुभएछ । डिलारामजीले जनभावनाविपरित उनीहरुको मनोविज्ञान नबुझेर भाषण गरेछन् । त्यसपछि दुर्भाग्यपूर्ण घटना भयो ।’ उनले भने, “यसमा मेरो नाम जोडिनु पनि दुर्भाग्यपूर्ण नै हो ।”

अर्घाखाँची घटनामा नेता डिलाराम आचार्यको सम्बोधन र त्यसपछिको दृश्य

डिलाराम आचार्य र टोप बहादुर रायमाझी दुबैको गृह जिल्ला अर्घाखाँची हो । मसालको राजनीतिक पृष्ठभूमि भएका दुबै नेता पछि माओवादी प्रवेश गरेका हुन । डिलाराम आचार्य भने माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी बनेका थिए ।

एउटै गृह जिल्ला भएकोले डिलाराम आचार्यसँग राम्रो सम्बन्ध नभएका कारण आफू प्रमुख अतिथी भएको कार्यक्रममा डिलारामलाई लगेका कारण त्यसको बिरोध गर्नुपर्ने जनमत टोपबहादुर रायमाझीले सिर्जना गरेको भन्ने माओवादी भित्र चलेको हल्लाको भने रायमाझीले खण्डन गरे । “यो गलत प्रचार हो,

डिलारामजीले नै जनताको मतविपरित बोले । त्यसैले यो घटनामा वक्ता र जनता दुबै दोषी छन् ।”

संशोधन प्रस्तावको विपक्षमा मत हाल्ने

नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संशोधन प्रस्तावमा भने नेता रायमाझीले विपक्षमा मत हाल्ने संकेत गरेका छन् । एभरेष्टदैनिकडटकमसँग कुरा गर्दै नेता रायमाझीले भने, “यो ५ नं. प्रदेश टुक्रयाउने कुरामा मेरो सहमति छैन । यो संघीयताको मर्मविपरितको प्रस्ताव हो । यो जुनसुकै प्रक्रियामा गएपनि मेरो समर्थन हुन्न ।” रायमाझीले उक्त प्रस्ताव पार्टीको नभई सरकारको भएको बताए । माओवादी पार्टीका अध्यक्ष नै सरकारको समेत नेतृत्व गरिरहेपनि यो पार्टीको निर्णय नभई विशुद्ध सरकारको निर्णय भएकोले आफूलाई ह्विप नलाग्ने उनको जिकिर थियो ।

“कतिपयले यसलाई माओवादी केन्द्रको प्रस्तावका रुपमा लिएका छन् । तर यो पार्टीको नभई सरकारको प्रस्ताव हो । यसको बिरोध गर्न अनुशासन उल्लंघन गरेको मानिन्न ।” रायमाझीको तर्क छ, “पार्टीको निर्णय भए कुन कमिटिमा कहिले यो निर्णय भयो हुनुपर्ने होइन र ?” उनले प्रतिप्रश्न गरे ।

पार्टीले औपचारिक निर्णय नगरेपनि व्यवस्थापिका संसदमा यस विषयमा पार्टीकै सांसदका नाताले उनको भूमिका के हुन्छ त भन्ने विषयमा समेत रायमाझीले आफूले सरकारी प्रस्तावको विरुद्धमा नै मतदान दिने स्पष्ट गरे । “म यो सीमांकनको प्रस्तावको पक्षमा छैन । ५ नं. प्रदेशको प्रस्ताव अर्थात् मधेसलाई पहाडबाट अलग गर्ने प्रस्ताव संघीयताको मर्म विपरितको प्रस्ताव हो । त्यसैले त्यसमा मेरो सहमति हुन्न ।” उनले स्पष्ट गरे ।

प्रधानमन्त्री न्यूयोर्क प्रस्थान, यस्तो छ भ्रमण तालिका

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क प्रस्थान गर्नुभएको छ ।  संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघको महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले आगामी असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ। प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहनेछ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नुहुनेछ  । साथै, उहाँले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ। भ्रमण क्रममा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ।  प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी पनि न्युयोर्क जाँदै छन्। यसअघि नै क्यानडा पुगेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा उतैबाट न्युयोर्क जाने कार्यक्रम छ । प्रधानमन्त्री ओलीसहितको प्रतिनिधि मण्डलको टोली आगामी असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ।

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः  प्रचण्ड

काठमाडौं, ४ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताउनुभएको छ । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताउनुभयो । उहाँले अब शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा हुनसक्ने बताउनुभयो । ‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष र बिपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन गर्ने स्थिति थिएन’– उहाँले भन्नुभयो– ‘तर अब बदलिएको राजनीतिक परिस्थिति र विश्व परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षाका शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ । हाम्रा पनि धेरै नेता साथीहरुले यो प्रस्ताव पार्टीभित्र छलफल गरौं भनिरहनुभएको छ, म पनि यसमा छलफल खुला गर्ने पक्षमा छु, हामी पार्टीबाट नै यस विषयमा स्पष्ट दृष्टिकोण बनाएर जाने छौं ।’ आफूहरु केन्द्रीय समिति बैठकको तयारीमा रहेकोले उस्तै परे यही बैठकबाट पनि एउटा प्रस्तावको रुपमा यसलाई लैजान सकिने पनि उहाँले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले विश्व शान्तिको केन्द्र लुम्बिनीलाई प्रमुख आधार बनाएर यो क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा अघि सार्न आवश्यक हुने उल्लेख गर्दै यसमा जनस्तरबाट बहस थालिनु सकारात्मक भएको बताउनुभयो । उहाँले आफ्नो पार्टीको तर्फबाट यो अभियानलाई सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । दाङका बरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा अभियानको अध्यक्ष रहनुभएको छ । अभियानको तर्फबाट हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापनपत्र बुझाउँदै संयुक्त राष्ट्रसंघको महासभामा आवाज उठाउन आग्रह गरेको उपाध्यक्ष दोर्जी छिरिङ शेर्पाले जानकारी दिनुभयो । दाङबाट सुरु भएको यो अभियानले दाङ, लुम्बिनी र काठमाडौंमा विभिन्न समयमा विचार गोष्ठी गरिसकेको जनाएको छ ।

कांग्रेस र एमालेनिकट विद्यार्थीको झगडाले कृषि विश्वविद्यालय २१ दिनदेखि बन्द

चितवन । कांग्रेस र एमालेनिकट विद्यार्थीहरुको झगडाले कृषि तथा वन विश्वविद्यालय २१ दिनदेखि बन्द रहेको छ । सामान्य भनाभनको विषयले राजनैतिक रङ लिएपछि रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा शैक्षिक वातावरण धमिलिएको छ। सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका भ्रातृसंगठनका विद्यार्थीबीच द्वन्द्व चर्किएको मात्रै होइन, विश्वविद्यालय नै बन्द भएको छ।  अघिल्लो साँझमा पढाइ सकेर जान लागेका साथीको बिदाइमा होस्टलमा खाना खुवाउने क्रमम नेविसंघले हल्ला गरेको भन्दै एमाले निकट अनेरास्ववियुले आपत्ति जनाएपछि दुई पक्षबीच भनाभनमा सकिएको विवादले भोलिपल्ट उग्ररूप लियो। लाठी, ढुंगा, रडसहित विद्यार्थी आक्रमणमा उत्रिए।  अनेरास्ववियुको आक्रमणले नेविसंघका आठ जना घाइते भएका छन्। एक जनाको आँखा फुटेको छ। अर्का एकको टाउकोमा गम्भीर चोट लागेको छ। त्यसपछि असुरक्षाको कारण देखाउँदै दोषीलाई कारबाहीको माग गर्दै नेविसंघले कलेजका विभिन्न एकाइ र कार्यक्रमका विभागसहित मुख्य कार्यालयमा तालाबन्दी गर्‍यो।  भदौ १२ गते साँझ विश्वविद्यालयको कञ्चनजंगा होस्टेलमा खाना खाँदा हल्ला भएको भन्दै सगरमाथा होस्टेलमा रहेकाबीच भनाभन भयो। भोलिपल्ट भदौ १३ गते दिउँसो साढे ३ बजे धौलागिरमिा बसिरहेका नेविसंघका विद्यार्थीलाई सगरमाथा होस्टेलमा रहेका अनेरास्ववियुले एक्कासि आक्रमण गरेको नेविसंघले आरोप लगाएको छ।  अनेरास्ववियुको आक्रमणबाट कृषि संकायमा अध्ययनरत कमन दाहालको आँखा फुटेको छ। अर्का विद्यार्थी प्रितम भण्डारीको टाउकोमा गम्भीर चोट लागेको छ। घटनामा संलग्न रहेको आरोपमा महेश खड्का, एकराज पराजुली, बवन पुरी, चिरन खनाल, प्रशन्न पोखरेल, विनोद भण्डारीविरुद्ध मुद्दा दायर भएको छ। प्रहरीले पक्राउ गरेको पोखरेल, भण्डारी र खनाल अदालतबाट तारेखमा छुटेका छन्। बाँकी फरार छन्।   

प्रधानमन्त्री आज न्यूयोर्क जाने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनले असोज १० मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ । प्रधानमन्त्री ओली असोज ८ मा महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ मा अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । साथै उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ मा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ मा हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ । उनले भ्रमण क्रममा संयुक्त राष्ट्रसङ्द्धघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन् । प्रधानमन्त्री ओली असोज १४ मा स्वदेश फर्कनेछन् ।

लोकप्रिय