आफ्नो पोर्न भिडियो खिच्नु भएको छ? साबधान ! पोर्नहब पुग्ला

काठमाडौं । पोर्नहब विश्वको एक चर्चित पोर्न साइट हो। प्रायः पोर्नहबमा पोर्नस्टारहरुका भिडियो पाइन्छन्। तर, पोर्नहबले ‘रिभेन्ज पोर्न’ अर्थात् बदला लिन वा मानहानी गर्नका लागि बनाइएका व्यक्तिगत भिडियो बेचेर पनि राम्रो आम्दानी गरिरहेको बीबीसीले जनाएको छ।
रिभेन्ज पोर्नमा पोर्नस्टारहरु समावेश हुँदैनन्। यसमा मानिसहरुले व्यक्तिगत रुपमा बनाएका भिडियो हुन्छन्। केहीले मनोरञ्जनका लागि आपसी सहमतिमा भिडियो बनाएका हुन्छन् भने
केहीले स्पाइ क्यामेराको माध्यमबाट सुनियोजित रुपमा यस्तो भिडियो बनाएका हुन्छन्।
सम्बन्धमा फाटो आएपछि मानिसहरुले यस्ता अश्लील भिडियो सार्वजनिक गर्दा यसले पुरुष र महिला दुवैको जीवनमा नकारात्मक असर पुर्याउँछ र पुर्याउँदै आएको पनि छ।
नाम परिवर्तन गरिएकी एक महिला सोफीले रिभेन्ज पोर्नको बारेमा बीबीसीसँग कुरा गरेकी छन्। सोफीको भिडियो पोर्नहबमा भेटिएको थियो। आफ्नो भिडियो पोर्नहबमा लाखौंले हेरेको पाएपछि उनी चकित बनेकी थिइन्।
आफ्नो व्यक्तिगत जीवनमा आँच पुगेको महशुस गरेपछि सोफीले पोर्नहबलाई त्यो भिडियो हटाउन आग्रह गरिन्। तर पोर्नहबले हटाउन मानेन।
नटयोरपोर्न अभियान चलाइरहेको समूहले रिभेन्ज पोर्नविरुद्धमा आवाज उठाउँदै आएको छ। उक्त समूहका अनुसार पोर्नहबका मालिक माइन्डगिकले रिभेन्ज पोर्नको माध्यमबाट ठूलो विज्ञापन र ठूलो पैसा कमाउँछन्।
पोर्नहबले भने आफू रिभेन्ज पोर्नका विरुद्धमा रहेको बताउँदै आएको छ। पोर्नहबले आफ्ना कम्पनीमा तथा पोर्न उद्योगमा रिभेन्ज पोर्नविरुद्धको नीति नै भएको उल्लेख गर्दै सोफीबाट कुनै इमेल नआएको प्रतिक्रिया जनाएको छ।
बीबीसीले प्रश्न गरेपछि यतिबेला सोफीको भिडियो खोजेर पोर्नहबले डिलेट गर्ने प्रयास गरिरहेको छ। यद्यपी धेरैपटक अपलोड भएको हुनाले सबै भिडियो डिलेट गर्न गाह्रो भइरहेको जनाइएको छ।
स्तब्ध भएँ र अपमानित महसुस गरेँ
सोफी १८ महिना अगाडि आफ्ना परिवारसँग बाहिर घुम्न गएकी थिइन्। कसैको म्यासेज अथवा कल आएको छ छैन भनेर उनले फोन हेर्दा आफ्नी बहिनीको प्रेमीको म्यासेज आएको पाइन।
त्यस म्यासेजमा उनको भिडियो पोर्नहबमा पाइएको खबर थियो। उनको एक भिडियो त शीर्ष १० मै परेको थियो।
उनले भनिन्,‘म त्यसबेला स्तब्ध भए, मैले अपमानित भएको महशुस गरे, मेरो व्यक्तिगत जीवनको गोपनियता उल्लंघन भएको थाहा पाए।’ सोफीले आफ्ना पूर्व प्रेमीसँग ६ वटा त्यस्ता भिडियो बनाएकी रहिछन्। तर उनले कसैलाई भिडियो सार्वजनिक गर्ने अनुमति दिएकी थिइनन्।
पूर्व प्रेमीसँगको ब्रेकअपको केही वर्षपछि त्यो भिडियो विश्वकै सबैभन्दा ठूलो पोर्नसाइट पोर्नहबमा पाउँदा उनी छाँगाबाट खसेझैँ भइन्। उनले जानकारी पाएको केही हप्तामै पोर्नहबलाई भिडियो हटाउन आग्रह गरिन्। पोर्नहबमा उनका ६ वटा भिडियो सय पटकभन्दा बढी अपलोड भएका रहेछन्।
उनले बीबीसीसँग पोर्नहबले भिडियो हटाउने कुनै अग्रसरता नदेखाएको आरोप लगाएकी छन्। उनले प्रहरीमा पोर्नहबविरुद्ध र पूर्व प्रेमीविरुद्ध मुद्दा हालिन। यद्यपी अहिलेसम्म कुनै कारवाही अगाडि बढेको छैन।
नटयोरपोर्न अभियानकी केट आइज्याकका अनुसार रिभेन्ज पोर्न पोर्नहबमा खुबै हेरिने सामाग्रीमा पर्दछ। धेरै हेरिने भएकाले त्यस्ता भिडियोमा विज्ञापनदाताहरु पनि विज्ञापन दिनका लागि लालाहित छन्। त्यसैकारण पोर्नहबले रिभेन्ज पोर्नलाई बढावा दिएको नटयोरपोर्न अभियानको अरोप रहेको छ।
परिवारमा परेको असर
जब सोफीले आफ्नो पोर्न भिडियो अनलाइनमा भेटिन त्यतिबेला उनी नयाँ प्रेम सम्बन्धमा थिइन्।
प्रेमीले पनि पोर्नहबको भिडियो देखेर आफूलाई हाँसोको पात्रमात्र सम्झिएको उनको भनाइ छ।
सोफीको किशोरी छोरी पनि छिन्। छोरीलाई समेत यस घटनापछि ठूलो मनोवैज्ञानिक असर पुगेको उनी बताउँछिन्।
समाजशास्त्रीहरुका अनुसार आफ्नै श्रीमान् र श्रीमतीबीच पनि अश्लील भिडियो खिच्न हुँदैन। विश्वासका नाममा प्रेमी पे्रमीकाहरुले यस्ता भिडियो मनोरञ्जनका लागि बनाउने गर्दछन्। तर, यो सार्वजनिक हुँदा यसको असरको सामना गर्ने सामथ्र्य उनीहरुसँग हुँदैन। त्यसैले यस्ता भिडियो नबनाउन नै विज्ञहरु सल्लाह दिन्छन्। बीबीसीबाट
पूर्वराष्ट्रपति भण्डारी भन्छिन् -'म अझै पनि राजनीतिमा सक्रिय छु'
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू हाल पनि सक्रिय राजनीतिमा रहेको बताएकी छन्। शुक्रबार विराटनगरमा आयोजित उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलामा सहभागी भएपछि पत्रकारसँग कुराकानी गर्दै उनले 'म अहिले पनि सक्रिय राजनीतिमा छु' भन्दै आफ्नो भूमिकाबारे संकेत गरेकी हुन्। एमाले नेतृत्वबारेको चर्चामा उनले समय आएपछि प्रतिक्रिया दिने जनाइन्।कार्यक्रममा उनले गठबन्धनका कारण महिलाको सहभागिता घटेको र स्थानीय तहमा महिला नेतृत्व प्रभावकारी देखिएको उल्लेख गरिन्। भेलामा उपप्रमुख र उपाध्यक्षहरूको भूमिका र स्थानीय तहका समस्यामाथि छलफल हुने आयोजकले जनाएका छन्।
६४ यताका सबैलाई छानबिन गरौं भनेका छौँ, तर माधव नेपालप्रति पूर्वाग्रह देखियो : अध्यक्ष प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा विश्वासिलो छानबिनको वातावरण बने संसद् अवरोध हट्न सक्ने बताएका छन्। विपक्षी दलहरूको बैठकपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले गृहमन्त्रीको राजीनामा संसद् सञ्चालनको प्रमुख सर्त नभएको संकेत दिए। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेर समस्या समाधानतर्फ जानुपर्ने धारणा राख्दै एक–दुई दिनमै सकारात्मक वातावरण बन्ने विश्वास व्यक्त गरे। बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनले सरकारको नियतमाथि प्रश्न उठाए। प्रचण्डले २०६४ सालपछि सत्ता सम्हालेका सबै प्रधानमन्त्री र मन्त्रीहरू छानबिनको दायरामा पर्नुपर्ने माग आफ्नै पार्टीले उठाउँदै आएको स्मरण गराउँदै भने, “तर, माधव नेपालप्रति छानबिनमा पूर्वाग्रह देखिएको छ।” उनले यसअघि ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईको नाम चर्चामा आए पनि अख्तियारले ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नीतिगत निर्णय’ भन्दै मुद्दा नचलाउने निर्णय गरेर पत्र पठाएको उल्लेख गरे। “त्यही अख्तियार अहिले प्रधानमन्त्रीमाथि नै मुद्दा दर्ता गर्न पुगेको छ। यो गम्भीर प्रश्न हो,” उनले भने, “माधव नेपाललाई जसरी पनि फसाउने नियत देखिन्छ। यो प्रतिशोध हो, जुन गलत छ।” प्रचण्डले प्रधानमन्त्रीका निर्णयहरू प्रायः नीतिगत हुने भन्दै माधव नेपालले आफैं पनि सो प्रकरणबारे आफूलाई थाहा नभएको धारणा राख्दै आएको उल्लेख गरे। “कहीँ न कहीँ प्रतिशोधको गन्ध आउँछ। अदालतमा मुद्दा पुगेको छ, न्यायको अपेक्षा गरौं,” उनले भने। उनका अनुसार माधव नेपालमाथि लागेको मुद्दाले अन्य थुप्रै विवादास्पद विषयहरू—जस्तै गिरीबन्धु, ओम्नी—समेत छानबिनको दायरामा ल्याउने सम्भावना बढाएको छ। “अब त सबै प्रधानमन्त्रीहरू खुला हुने भए। माधवलाई मात्रै हुने कुरा भएन,” प्रचण्डले हल्का शैलीमा हाँस्दै भने। तर उनले सरकारको व्यवहार नियोजित देखिएको भन्दै केहीलाई जोगाउने र केहीलाई फसाउने काम भएको आरोप लगाए। “एकथरिलाई दोष नदेखिए पनि कारबाही गरिएको छ भने, बढी दोष भएकाहरूलाई जोगाइएको छ। यो पूर्वाग्रहयुक्त कार्यशैली हो,” उनले निष्कर्ष टङ्ग्याए।
अध्यक्ष प्रचण्डद्वारा विश्व वातावरण दिवसको शुभकामना व्यक्त
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रधानमन्त्री कार्यकालको स्मरण गर्दै वातावरणीय एजेन्डालाई नीति निर्माणको केन्द्रमा राखेको बताएका छन्। विश्व वातावरण दिवस–२०८२ को अवसरमा जारी शुभकामना सन्देशमा उनले जलवायु परिवर्तनका मुद्दाहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रभावकारी ढंगले उठाएको उल्लेख गरेका छन्। “मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा वातावरणीय विषयवस्तुहरूलाई नीति निर्माणको मूल एजेन्डा बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षतिको क्षतिपूर्तिको सवाल दृढतापूर्वक उठाएको छु,” उनले भने। पूर्वप्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमणलाई जलवायु न्याय र वातावरणीय मुद्दाको सन्दर्भमा ऐतिहासिक मानिएको बताए। गुटेरसको भ्रमणको क्रममा उठाइएका जलवायु सम्बन्धी सवालहरू विशेष महत्वका रहेको उनको भनाइ थियो। उनले जलवायु अनुकूलन रणनीति, हरित ऊर्जा, र वातावरणमैत्री नीतिहरूलाई प्राथमिकतामा राख्दै नेपाललाई हरित विकासतर्फ डोर्याउने प्रयास गरिएको पनि स्मरण गरे।
भिजिट भिसा प्रकरण : गृहमन्त्रीको राजीनामामा सहमति नजुट्दा संसद बैठक स्थगित
काठमाडौं । गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिन र राजीनामाको माग भइरहँदा सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुखको पहलमा सत्ता र विपक्षी दलबीच छलफल भए पनि दुवै पक्ष आ–आफ्नै अडानमा अडिग रहे। सत्तापक्ष गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्नेमा अडिएको छ भने विपक्षीले छानबिन आयोगको टीओआरसहित सरकार आउनुपर्ने माग राखेको छ।