विश्वकप फुटबलः आयोजक रुसको सानदार जित, लगातार दुई खेल हार्दै इजिप्ट समूह चरणबाटै बाहिरिंदै

विश्वकप फुटबलः आयोजक रुसको सानदार जित, लगातार दुई खेल हार्दै इजिप्ट समूह चरणबाटै बाहिरिंदै

मस्को । चर्चित फुटबल खेलाडी मोहमद सालाहको टिम इजिप्ट रसियामा जारी विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिने भएको छ । समूह चरणको दोश्रो खेलमा आयोजक रुससँग ३-१ ले पराजित भएपछि इजिप्ट बाहिरिने लगभग पक्का भएको हो ।

रुस भने एक खेल अघि नै अघिल्लो चरण प्रवेश गरेको छ । यो समूहमा रुसको ६ अंक भएको छ । यो विश्वकपमै सबैभन्दा बढि गोल गरेको रुसले ८ गोल गरेको छ भने १ गोल खाएको छ ।

रुसविरुद्धको खेलबाट विश्वकपमा फर्किएका इजिप्टका स्ट्राइकर मोहमद सालाहले रुसविरुद्ध एक गोल गरे । उनले ७३ औं मिनेटमा पेनाल्टि मार्फत गोल गरे पनि जिताउन भने सकेनन् । सुरुमा रेफ्रिले फ्रिकिक दिएपनि भिडियो रिप्लेपछि पेनाल्टि दिने निर्णय लिएका थिए।

खेलको पहिलो हाफ गोलरहित सकिए पनि दोश्रो हाफमा रुस हावी भयो । ४७ मिनेटमा इजिप्टका कप्तान मोहमद फाथीले बल नियन्त्रण गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरेपछि अग्रता लिएको रुसका लागि डेनिस चेरसिभले ५९ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यसको तीन मिनेटपछि आर्टिम डेइवाले गोल गर्दै रुसलाई ३-० को अग्रता दिलाएका थिए । तर पेनाल्टि पाए पछि इजिप्टले गोलअन्तर ३–१ मा ल्यायो ।

यसअघि रुसले साउदीलाई पराजित गरेको थियो भने, इजिप्ट उरुग्वेसँग पराजित भएको थियो । यहि समूहका उरुग्वे र साउदी बुुधबार राति खेल हुनेछ । समूूहको अन्तिम खेलमा रुसले उरुग्वे र इजिप्टले साउदीको सामना गर्ने छन् । –एजेन्सी

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय