एकै गाविसबाट चार करोडको सुन्तला बिक्री, एउटै घरले कमाए पाँच लाख

एकै गाविसबाट चार करोडको सुन्तला बिक्री, एउटै घरले कमाए पाँच लाख

बागलुङ, माघ २०। बिहुँ गाविसबाट यस वर्ष करिब रु चार करोड बराबरको सुन्तला बिक्री भएको छ ।

कुल ५० हेक्टरमा ९०० मेट्रिक टन सुन्तला फलेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले जाकारी दिए । एउटै बोटमा ५० किलोदेखि ५०० किलोसम्म सुन्तला फलेको उनको भनाइ छ ।

बिहुँको सुन्तला सदरमुकाम बागलुङ बजारलगायत काठमाडौँ, चितवन, बुटवल, पोखरालगायतका बजारमा बिक्री हुने गरेको छ । व्यापारीले सुन्तलाको बोट नै ठेक्कामा खरिद गर्ने गरेका छन् । बिहुँको सुल्डाँडा, किमबोट, ताराखसे, हटिया, करलिमलगायतका किसानले व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका छन् ।

“एउटै घरबाट एकसय क्विन्टलभन्दा बढी सुन्तला बिक्री हुन्छ”, अधिकृत अधिकारीले भने – “न्यूनतम रु ५० हजारदेखि रु पाँच लाखसम्मको सुन्तला एउटै घरबाट बिक्री हुने गरेको छ ।”

बिहुँ–४ खोलाखेतका किसान तुलसी कँडेलले यस वर्ष ८० क्विन्टल सुन्तला बिक्री गरेर रु चार लाख आम्दानी गरेको बताउनुभयो । किसानले प्रतिकिलो रु ३० देखि रु ४० मा सुन्तला बिक्री गरेका थिए । अहिले सुन्तलाको मूल्य प्रतिकिलो रु ८० सम्म पुगेको छ ।

यहाँ १० हजार सुन्तलाका नयाँ बोट हुर्किरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाभर यस वर्ष करिब रु १३ करोडको तीन हजार चार सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्लामा कुल ५९८ हेक्टरमा सुन्तला खेती गरिन्छ ।

यस्तो छ आजको विनिमय दर

काठमाडौं ।आज २०८० साल माघ १७ गते बुधबार तदनुसार सन् २०२४ जनवरी ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ८७ पैसा र बिक्री दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् विनिमय दर

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ १० गते बुधबार तदनुसार सन् २०२४ जनवरी २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २१ पैसा र बिक्री दर १४४ रुपैयाँ ८६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कुन विदेशी मुद्राको विनिमय दर कति छ, हेर्नुहोस्

काठमाडौं । आज २०८० साल पुस २९ गते आइतबार तदनुसार सन् २०२४ जनवरी १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर  

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल पुस २८ गते शनिबार तदनुसार सन् २०२४ जनवरी १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लोकप्रिय