एसियन युथ एथ्लेटिक्समा नेपालले जित्यो स्वर्ण पदक

एसियन युथ एथ्लेटिक्समा नेपालले जित्यो स्वर्ण पदक

काठमाडौं, चैत ३ । हङकङमा जारी एसीयाली यूथ एथ्लेटिक्स च्याम्पियनसिपमा अजितकुमार यादवले नेपालका लागि ऐतिहासिक स्वर्ण जितेका छन्।

एसियाली स्तरको एथ्लेटिक्समा नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो। हङकङमा आइतबार भएको ३ हजार मिटरको प्रतिस्पर्धामा अजितले निर्धारित दूरी ८ मिनेट ३० दशमलव ३२ सेकेन्डमा पार गरेर स्वर्ण जितेका हुन्।

उनले भारतका अमित जानगिन र यमनका गुमिल अल हमातीलाई पछि पार्दै ऐतिहासिक सफलता हात पारे। अमितलाई अजितले ६ सेकेन्डले पछि पारेका थिए। अमितले निर्धारित दूरी ८ मिनेट ३६ दशमलव ३४ सेकेन्डमा पार गरे भने तेस्रो बनेका यमनका हमातीले ८ मिनेट ३८ दशमलव ६० सेकेन्डमा निर्धारित दूरी पुरा गरे।

एसियाली युथ एथलेटिक्समा ४० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। जसमा अहिलेसम्म सबैभन्दा बढी चीनले १२ स्वर्ण जितेको छ। भारतले ८, जपानले ६, चाइनिज ताइपेइले ३, काजकिस्तान र इरानले २–२ स्वर्ण जितेका छन्। नेपालसहित ७ देशले १–१ स्वर्ण हात पारेका छन।

किक बसिङ्गका बादशाह अविरल घिमिरेलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं, चैत ४ । प्रोफेसन्ल किक बसिङ्गका खेलाडी अविरल घिमिरे हिम चितुवालाई त्रिभुवन विमान स्थलमा भव्य स्वागत गरिएको छ । जापानमा सम्पन्न ‘किक बक्सिङ’ उनले ११ वटा भिडन्तमा १० वटा फाईटमा नेपालको झण्डा फहराई स्वदेश फर्केका घिमिरेलाई ‘नेपाल सि–क्योक’सिन कराँते एशोसियसन र चन्द्रागिरि नगरपालिकाले विमानस्थलमा स्वागत गरेको हो । आफ्नो पहिलो भिडन्तमा नै ब्राजिलका खेलाडीसँग भिडेका अविरलले पछिल्लो पटक गतसाता दक्षिण कोरियाका व्यवसायिक खेलाडी जुग ओ जिमको चुनौतीलाई सहजै पन्छाएका थिए । ब्राजिलका खेलाडीसँग उनको भिडन्त एमेच्योर खेलाडीको रूपमा रहेको थियो । दुई दर्जनभन्दा बढी व्यावसायिक भिडन्तमा सफलता हात पारिसकेका जिमलाई अविरलले नकआउट गरेर नेपाली झण्डा फहराउन सफल भएका थिए । विमानस्थलमा सञ्चार्कमिहरूसँग प्रतिक्रिया दिँदै उनले आगामी दिनमा खेललाई सशक्त बनाउदै लैजाने र खेलकूदबाट देशको नाम रोशन बनाउने वताए । उनलाई स्वागत गर्न नेपाल सि–क्योकी ’सिनका महासचिव ब्रान्च चिफ सुर्य बुडाथोकी पुर्व खेलाडीहरू, शुभ चिन्तकहरूको भीड लागेको थियो । करीब दुई दर्जन व्यावसायिक किक बक्सिङ्ग खेलमा भिडिसकेका कोरियाली खेलाडीलाई लगातार दुई पटक ढाल्दै १९ वर्षीय नेपाली युवा किक बक्सर अबिरल घिमिरेले १०औं पटक नेपालको झण्डा फहराउन सफल भएका थिए । सो अगाडि बोलभिया, ब्राजिल जापान लगायतका खेलाडीहरूलाई पाखा लगाउदै सफलताको शिखर चुमिसकेका छन् । केही तस्वीरहरुको झलक- तस्वीर : रोशन दानी  

तङ्ग–इल मो–दो संघको नेतृत्वमा पौडेल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघको दोस्रो राष्ट्रिय महाधिवेशनले सन्तोष पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । संघको उपाध्यक्षद्वयमा ईश्वर भट्ट र प्रकाश श्रेष्ठ, महासचिवमा विष्णु गिरी ‘निश्चल’, सचिवमा रवि पराजुली, कोषाध्यक्षमा जितेन्द्र श्रेष्ठ, सदस्यहरुमा लीलानाथ घिमिरे, दिपक बास्तोला, सुनिता चौधरी, सरिता पौडेल, दिपा पुरी, अशोककुमार चौधरी, हेमराज अधिकारी, राजेन्द्रमुर्ति पन्त, केशव श्रेष्ठ, ढुण्डीराम खनाल र ज्ञानेन्द्र श्रेष्ठलाई चयन गरेको छ । निर्वाचित पदाधिकारीलगायत सदस्यहरुलाई राष्ट्रिय खेलकुद परिषदका खेलकुद विभाग प्रमुख कुलबहादुर थापाले शपथ खुवाएका थिए । अधिवेशनको उद्घाटन राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले गरेका थिए । सांसद बिडारीले तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बनाएकोमा गर्व गरे । उनले भने, ‘अहिलेको राजनीतिक फोहरी भएको छ । यसलाई खेलले मात्रै स्वच्छ बनाउन सक्छ ।’ खेलको माध्यमबाट भातृत्वको विकास गरिने तथा समाजमा शान्ति स्थापनामा पनि महत्वपूर्ण योगदान रहने हुँदा आफूले खेलसम्बन्धी नीति निर्माणमा पहल गर्ने बताए। कार्यक्रममा पूर्वसांसद मिलन कुमारी राजबंशीले तङ्ग ईल मोदो खेल विश्व प्रसिद्ध शान्तिवादी नेता सन् म्योङ्ग मुनले खेलकुदको माध्यमबाट विश्वभरी शान्ति स्थापना गर्ने उद्देश्यले स्थापना गरेको संस्मरण गर्दै यस खेलले राष्ट्रको नाम बिश्वमा चिनाउन भहत्वपूर्ण भूमिका खेल्ने बताईन् । तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलले खेलको माध्यमबाट युवा वर्गमा नैतिक शिक्षाा दिन सकिने बताउँदै तङ्ग–इल मो–दो यसमा सफल हुँदै गएको बताए । उनले खेलाडीहरूलाई समाजप्रति आफ्नो जिम्मेवारी बोध गराउन र नैतिकवान् बनाउन संघ लागेको उल्लेख गरे । महाधिवेशन उद्घाटनको अवसरमा तङ्ग–इल मो–दोका खेलाडीहरुले खेल कौशल पनि प्रस्तुत गरेका थिए । महाधिवेशन देशभरका १७ जिल्लाबाट ५४ जना प्रतिनिधिहरुको सहभागिता रहेका थिए ।

म महिला हुँ त के भो, पुरुषसरह बक्सिङ खेल्छु : रावल

काठमाडाैं । सुदूरपश्चिम बाजुराकी पुनम रावल बक्सिङकी राष्ट्रिय खेलाडी हुन्। व्यवहार नरम र स्वभाव लजालु। खेलकुदको यो चुनौतीपूर्ण विधामा भने नितान्त भिन्न रूप। सात वर्षदेखि निरन्तर बक्सिङ खेलिराखेकी रावलले आफूलाई राम्रो अन्तर्राष्ट्रिय खेलाडीका रूपमा स्थापित गरेकी छन्। अहिले उनी आसन्न एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुन छानिएकी छन् र त्यसैका लागि तयारी गर्दैछिन्। विकट बाजुराकी यी चेलीलाई खेलकुदमा आफ्नो भविष्य बनाउन त्यति सहज थिएन। त्यसमाथि बक्सिङ खेल्न थालेको थाहा पाएर घरगाउँलेले उपहास पनि गरेका थिए।  उनी भन्छिन्, ‘पहिला कतिले पागल भन्थे। अहिले गाउँमा मात्र हैन, पूरा देशमै सम्मान पाइएकी छु।’ पुनम भन्छिन् पुरुष सहकर्मी र अभिभावकको राम्रो साथ छ। गाउँमा बक्सिङ प्रशिक्षक योगेन्द्र थापाले उनलाई बक्सिङको आधारभूत प्रशिक्षण दिएका थिए। राष्ट्रिय प्रतियोगिताको रूपमा रहेको लुम्बिनी च्याम्पियनशिपमा नेपाली सेनाकी खेलाडीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई सेनामै भर्ना हुने निम्तो आयो। त्यो आकर्षक निम्तो थियो। त्यसैले आफ्नो बक्सिङ करिअरलाई नै नयाँ मोड दिएको रावल बताउँछिन्। यसले केही गर्न सक्छे भनेर आँट र हिम्मत सेनाका अभिभावकहरूले सधैँ दिनुहुन्थ्यो। त्यसले मेरो आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्यो,’ उनी भन्छिन्। शारीरिक शक्ति अत्यन्त आवश्यक पर्ने अनि कुट्ने र कुटाइ खानुपर्ने बक्सिङ खेलको प्रकृति कतिले महिला सुहाउँदो मान्दैनन्। तर रावल त्यो मान्यतासँग विमति राख्छिन्। भन्छिन्, ‘हामी महिला कुनै कुरामा पुरुष भन्दा कम छैनौँ। उनीहरू जति दौडिन्छन्, हामी पनि त्यति नै हो। प्रशिक्षण बराबरी नै हो। शक्तिमा पनि हामी कम छैनौँ।’ रावलका अनुसार बक्सिङ खेल्दा पुरुष र महिला खेलाडीबीच प्रशिक्षणका बेला वा अरू व्यवहार र सुविधामा कुनै भेदभाव हुँदैन। सबैबाट सहयोग पाएको बताउँछिन्। भन्छिन्, ू‍हामीलाई प्रशिक्षणमा सघाएकै छन्। कमजोरीहरू खुट्याइदिन्छन्।ूकुट्ने र कुटाइ खाने अनुभव बारे उनको भनाइ पनि रोचक छ। भन्छिन्, ‘बक्सिङ खेलाडी भएर पनि अलिअलि कुटाइ सहन सकिएन भने के बक्सिङ खेलाडी ? अनि कुट्ने बेला माया गर्न थाल्यो भने कसरी जित्ने ?’ राष्ट्रिय च्याम्पियन रावलसँग केही अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छ। गएको वर्ष भारतमा भएको प्रतियोगितामा उनले कास्य पदक जितेकी थिइन्। उनको अबको लक्ष्य इन्डोनेशियामा हुने एशियाली खेलकुदमा पदक जित्ने। उनी भन्छिन्, ‘विपक्षीको पनि दुई हात हो र हाम्रो पनि। मेहनत र भाग्यले साथ दिए इन्डोनेशियाबाट पदक लिएर आइन्छ।’ बीबीसी

९९ वर्षीय वृद्वले बनाए पौडीमा कीर्तिमान

काठमाडौं, फागुन १८ । अष्ट्रलियाका ९९ वर्षीय एक बृद्वले ५० मिटर फ्रिस्टाइल पौडी प्रतियोगिता ५६ दशमलव १२ सेकेण्डमा पूरा गरी नयाँ रेकर्ड कायम गरेका छन् । जर्ज क्रोनेज क्लक्डले क्विन्सल्यान्डमा आयोजना गरेको स्विमिङ प्रतियोगितामा सो रेकर्ड बनाएका हुन् । ९० देखि १०४ वर्षसम्मको उमेर समूहका ब्यक्तिका लागि आयोजना गरिएको उक्त प्रतियोगितामा अरु प्रतिस्पर्धीलाई पाँच मिनेटले पछि पार्दै उनले नयाँ रेकर्ड कायम गर्न सफल भएका हुन् । क्लक्डले दर्शकहरुको हौसलाका कारण आफू सफलताको शिखर चुम्न सफल भएको प्रतिक्रिया दिएका छन् । अष्ट्रलियाको ब्रिसबेन निवासी उनले ८० वर्षको उमेरदेखि मात्रै स्विमिङ खेल्न सुरु गरेका हुन् । क्लक्डले एक्सरसाइजका लागिमात्र स्विमिङ गर्ने गरेको बताएका छन् ।

लोकप्रिय