एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ सम्पन्न

एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ सम्पन्न

काठमाडौं । सिजन मिडियाको आफ्नो १६औं स्थापना दिवस तथा संविधान दिवस २०८१ को अवसरमा  कुपन्डोलस्थित होटल हिमालयनमा नेपाल लगायत एशियाका विभिन्न देशका सफल व्यवसायीहरुलाई विभिन्न अवार्डबाट सम्मानीत गर्दै एशियन प्रोफेसन अचिभमेन्ट अवार्ड २०२४ सम्पन्न गरेको छ ।

असोज २ गते बूधबार साँझ सम्माननीय राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अवार्ड तथा सम्मान कार्यक्रममा ग्लोबल डिप्लोमेसि एण्ड इकोनोमिक एक्सिलेन्स अवार्डबाट नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका मानार्थ वाणिज्य दूत समेत उद्यमी, व्यवसायी राजेश काजी श्रेष्ठ, आउटस्ट्याण्डिङ लिडरशीप इन बैंकिङ अवार्डबाट बैंकर सुनिल के.सी., लिडरशीप एक्सिलेन्स इन नेफ्रोलजी एण्ड पब्लिक हेल्थ सर्भिस अवार्डबाट चिकित्सक डा.अनिल पोखरेल, आइकोनिक बिजनेस आन्टरप्रिनरशीप अवार्डबाट उद्यमी व्यवसायी क्याबिनेट श्रेष्ठ, भिजनरी एडुुकेटर एण्ड रिसर्चर अवार्डबाट डा। स्वागत श्रेष्ठ, भिजनरी लिडर इन नन् लाइफ इन्सुरेन्स अवार्डबाट युगेश भक्त बाडे श्रेष्ठ, ग्लोबल एडुकेशन लिडरशीप अवार्डबाट महेन्द्र राज कँडेल, ग्लोबल पिस एण्ड ह्युमानिटेरियन लिडरशीप अवार्डबाट डा. पियारत्न महर्जन, आउटस्ट्याण्डिङ जर्नालिजम अवार्डबाट मनऋशी धिताल, डिस्टिङग्वीस्ड मिडिया प्रोफेसनल अवार्डबाट निर्मला शर्मा, मिडिया एण्ड फेसन आन्टरप्रिनरशीप अवार्डाबाट पूर्व मिस नेपाल एवं उद्यर्मी उषा खड्गी, एक्सिलेन्स इन् भिडियो जर्नालिजम अवार्डबाट शिव पंगेनी, डिजिटल फाइनान्स इनोभेटर अफ द इयर अवार्डबाट अमित अग्रवाल, आइकोनिक पर्फमर अवार्डबाट गायिका इन्दिरा जोशी, आउटस्ट्याण्डिङ लोकल गभरनेन्स अवार्डबाट शुक्र चुमन, सुनिता अधिकारीलाई वुमन आन्टरप्रिनरशी अवार्ड, डायस्पोरा लिडर इन मिडिया एण्ड कम्युनिटी अवार्डबाट प्रदीप तिमिल्सिना, इन्सिपायरिङ युथ आन्टरप्रिनरशीप अवार्डबाट डभिल सिंह राजपूत ले अवार्ड ग्रहण गर्नु भएको थियो।
 
आ आफ्नो कर्म क्षेत्रमा लामो समयको निरन्तरता, उपस्थिति र उल्लेखनीय उपलब्धी संगै सो क्षेत्रको श्रीवृद्धिमा अतुलनीय योगदान दिएका विभिन्न नेपाली व्यवसायिक व्यक्तित्व बाहेक एशियन प्रोफेसनल अचिभेन्ट अवार्ड २०२४ले विभिन्न मुलुकका व्यवसायिक सफलता हात पारेका व्यक्तिहरुलाई पनि विभिन्न अवार्डबाट सम्मानीत गरेको थियो । 

जस अन्तर्गत दक्षिण कोरीयावाट इनोभेटिभ लिडरशीप इन एस्थेटिक एक्सिलेन्स अवार्डबाट मा डोङशु, पाकिस्तानका वाहेब सलिम चुङताईलाई फोटोजर्नलिजम अचिभमेन्ट अवार्ड, चीनका झाङ जिनसियाङलाई एग्रिकल्चरल इनोभेसन एण्ड ट्र्ेड लिडरशीप अवार्ड, भियतनामकी युई सिबाओलाई ग्लोबल ह्युम्यानिटेरियन एण्ड क्युलिनरी इनोभेटर अवार्ड, थाईल्याण्डकी वाडसना राईलाई एक्जेप्लेरी लिडरशीप अवार्ड, चीनका सु छुईलाई भिजनरी फोटोग्राफर एण्ड कल्चरल एड्भोकेशी अवार्ड, बंगलादेशका मोनिरुल इस्लाम शाबुजलाई एक्सिलेन्स इन् फोटोजर्नलिजम अवार्ड, पाकिस्तानका मोहशीन मशुद दारलाई एक्सिलेन्स इन् हस्पिटालिटी लिडरशीप अवार्ड, मलेसियाकी डा।जयामालिनी इएगानाथनलाई ग्लोबल एक्सिलेन्स इन् एजुकेशन एण्ड सस्टेनेबिलिटी अवार्ड तथा भारतका सिद्धार्थ चावलालाई पायनियर इन् ग्लोबल एक्सपान्सन एण्ड अपरेसनल एक्सिलेन्स अवार्ड प्रदान गरिएको थियो । 

संचारकर्मी सहित विभिन्न क्षेत्र आमन्त्रीत लब्ध प्रतिष्ठित व्यक्तिहरुको बाक्लो उपस्थितिका वीच सम्पन्न सो अवार्ड कार्यक्रममा विभिन्न अवार्डबाट सम्मानीत भएकाहरुलाई कार्यक्रममा प्रमुख अतिथि सम्माननीय राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अवार्ड हस्तान्तरण गरेका थिए ।

पूर्व भौतिक मन्त्री प्रकास ज्वाला र सांसद राजेन्द्र वजगाइले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गर्नु भएको थिायो उक्त कार्यक्रम फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यको संचालनमा सम्पन्न सो कार्यक्रम सिजन मिडियाका प्रमुख प्रदिप राज वन्तको स्वागत मन्तव्य संगै अगाडि बढेको थियो । 

सो, अवार्ड कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि पूर्व मन्त्री समेत रहिसकेका माननीय एकनाथ ढकाल, वरिष्ठ संचारकर्मीद्धय किशोर श्रेष्ठ तथा खिल बहादुर भण्डारी, शिक्षाविद् हरि सिंह के.सी., व्यवसायी अमित शर्मा तथा वरिष्ठ फोटोपत्रकार हरि गोपाल प्रधान सम्मीलित सल्लाहार बोर्डको महत्वपूर्ण भूमिका रहेको थियो ।

आज पनि भारी वर्षा हाेला ?

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ ।  तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।”  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

पर्सामा  दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र  प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

लोकप्रिय