२३ कमाण्डो दस्ता, ५ पटक च्याम्पियनको अनुभवः चिरफार टीम ब्राजिलको

२३ कमाण्डो दस्ता, ५ पटक च्याम्पियनको अनुभवः चिरफार टीम ब्राजिलको

काठमाडौँ, असार ३ । ब्राजिल विश्वकपमा पाँच पटकसम्मको विजेता हो र प्रत्येक विश्वकपमा फुटबल प्रेमीहरूको ध्यान ब्राजिलको टोलीमा गएकै हुन्छ । ब्राजिलको फुटबल टोलीमा नेयमार जस्ता स्टार खेलाडीहरू रहेका छन् र कुनै पनि उत्बल भविष्यवाणीमा यो टोलीको सम्भावना अत्यधिक रहेको हुन्छ ।

यसपाली पनि ब्राजिल दह्रो तयारीका साथ रुस पुगेको छ। हेरौँ पाँच पटकसम्मको विश्वविजेता ब्राजिलको तयारी कस्तो छ ।

२३ सदस्यीय सशक्त दस्ता:

एलिसन एन्डरसन, क्यासियो, मार्सेलो, ड्यानिलो, फिलिपे लुइस, थियागो सिल्भा, मिरान्डा, पेद्रो जेरोमेल, विलियन, फर्नान्डिनो, पाउलिनो, क्यासेमिरो, फिलिप्पे कोउटिनो, रेनातो अगस्टो, फ्रेड, नेयमार, ग्याब्रिएल जिजस, रोबर्टो फर्मिनो, डग्लस कोस्टा, टाइसन।

ब्राजिलले लीग चरणमा खेल्ने खेलहरू:

लीग चरणमा ब्राजिल समूह ‘ई’मा रहेको छ जसमा अन्य तीन राष्ट्र स्विट्जरल्याण्ड, कोस्टारिका र सर्बिया रहेका छन् । जसमध्ये ब्राजिलको खेल तालिका निम्नानुसार रहेको छ:

  • स्विट्जरल्याण्ड विरुद्ध, आइतबार असार तीन गते राति ११:४५
  • कोस्टारिका विरुद्ध असार ८ गते साँझ ५:४५
  • शुक्रवार सर्बिया विरुद्ध बुधवार असार १३ गते राति ११:४५

विश्वकपमा ब्राजिलको प्रदर्शन:

सन् १९३० यता ब्राजिल प्रत्येक विश्वकपमा सहभागी भएको छ । र यो उसको २१ औं विश्वकप हो । उसको समग्र प्रदर्शन लोभलाग्दो रहेको छ । १९५० मा पहिलोपल्ट फाइनलमा पुगेको ब्राजिलले त्यसपटक उपविजेतामा नै चित्त बुझाउनु परेको थियो । त्यसपछि ऊ १९५८, १९६२, १९७०, १९९४, १९९८ र २००२ मा फाइनलको यात्रा गर्न सफल भयो जसमा १९९८ बाहेक अरु पाँचै पटक उसले उपाधि चुम्न सफल भयो ।

यसरी ब्राजिल अहिलेसम्म ५ पटक विजेता २ पटक उपविजेता र ४ पटक सेमीफाइनल र ५ पटक क्वाटर फाइनलमा पुगिसकेको छ ।

ब्राजिलका कोच:

अहिले ब्राजिलको राष्ट्रिय टोलीका कोच टिटे (पुरा नाम: एडेनोर लियोनार्दो बाशी) रहेका छन् । ५७ वर्षीय यी पूर्व ब्राजिलियन डिफेन्सिभ मिडफिल्डर २०१६ जुनमा ब्राजिलको राष्ट्रिय टोलीको कोच भए यता उसको प्रदर्शनमा निकै सुधार आएको मानिन्छ । त्यस यता उसले खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा ८०.९५ प्रतिशतमा जीत हासिल गरेको छ ।

को हुन् स्टार खेलाडी ?

निश्चय पनि नेयमार ब्राजिलका स्टार खेलाडी हुन् र ब्राजिलको समग्र प्रदर्शन उनको प्रदर्शनमा निर्भर रहनेछ  उनको जादुई खेल र खेल सीपले उनलाई अन्तर्राष्ट्रिय ख्याती प्रदान गरेको छ

सबैभन्दा राम्रो पक्ष:

ब्राजिलको सबैभन्दा सशक्त पक्ष भनेको नेयमार, फिलिप्पे कोउटिनो र ग्याब्रिएल जिजसको आक्रमण नै हो ।

सबैभन्दा खराब पक्ष:

प्रतिभावान ब्याककिपर मार्सेलो सशक्त छन् तर उनलाई साथदिने अन्य डिफेन्स त्यति भरपर्दो देखिंदैन ।  साथै स्टार खेलाडी नेयमारको उग्र स्वभाव समेत यो टोलीको खराब पक्ष हो ।

सम्भाव्य रोचक भिडन्त:

यदि आफ्नो समूहको शीर्षमा रेहको खण्डमा तिनले जर्मनीसँग २०१४ को विश्वकप सेमिफाइनलमा भएको १-७ को पराजयको बदला लिन सक्छ ।  दुवै टोलीको जम्काभेट हुनासाथ ब्राजिल जर्मनीको बाटोमा तगारो बन्ने सम्भावना उतिकै छ ।

जे होस् विश्वकपभरि ब्राजिल कुनै न कुनै रूपमा चर्चामा रहिराख्ने छ र जारिरहने छ विश्वभरि छरिएर रहेका उसका प्रशंसकहरूको जोश ।

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय