कृषि मन्त्रीले के के गरे त ६ महिनामा ?
काठमाडौं । चक्रपाणी खनाल ‘बलदेब’ कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्हालेको ६ महिना पुग्यो । यो ६ महिनामा उनले गरेको कामहरुबारे अाज मन्त्री खनाले सार्वजनिक गरेका छन् । मन्त्री खनालको ६ महिनाको उपलब्धिहरू यसप्रकार छन् ।
कृषि मन्त्रालयका ६ महिनाका मुख्य उपलब्धीहरु
माननीय राज्यमन्त्रीज्यू
सचिवज्यूहरु
विभागिय प्रमुख, केन्द्रीय निकायका प्रमुख र आयोजना प्रमुखज्यूहरु
पत्रकार मित्रहरु र
अन्य उपस्थित महानुभावहरु
लामो समयको राजनीतिक संक्रमण पश्चात मुलुक अहिले संघीयताको पूर्ण कार्यान्वयनसंगै आर्थिक समृद्धिको मार्गमा प्रवेश गरेको छ । यस परिवेशमा नयाँ नेपाल निर्माणका लागि कृषि क्षेत्रको सर्वाङ्गीण विकास मार्फत आर्थिक सम्बृद्धीको आधार तयार गर्ने दृढ संकल्प सरकारले गरेको छ ।
नेपालको अर्थतन्त्रको करिब एक तिहाइ योगदान दिने र कुल जनसंख्याको दुई तिहाइभन्दा बढी हिस्सा प्रत्यक्ष रुपमा संलग्न रहेको कृषि क्षेत्रको गुणात्मक विकास अपरिहार्य छ । परम्परागत र निर्वाहमुखी कृषि उत्पादन तथा वितरण प्रणालीलाई आयमूलक, व्यवसायिक र निर्यातयोग्य बनाउन कृषि क्षेत्रको समग्र रुपान्तरण आवश्यक छ । विदेशियका युवा जनशक्ति तथा स्वदेशमै रहेका युवा तथा बौद्धिक जनशक्तिलाई भूमि र पँुजीको बैज्ञानिक व्यवस्थापन मार्फत स्वदेशमै कृषि क्षेत्रमा समाहित हुने वातावरण सृजना गर्न आवश्यक छ ।
कृषि क्षेत्रको बृहत्तर र अग्रगामी विकासका लागि विद्यमान भू–स्वामित्वलाई नयाँ दृष्टिकोणले वर्गिकृत र परिभाषित गर्नु आवश्यक छ । कृषियोग्य भूमिमा भईरहेको तीव्र खण्डीकरणलाई निरुत्साहित तथा बाँझो जमिनलाई व्यवस्थित र नियमन गर्दै कृषि उत्पादन र उत्पादकत्व बढाउने, कृषिमा विविधिकरण, आधुनिकीकरण, व्यवसायिकरण, यान्त्रिकीकरण र प्रविधिकरण गर्नु नेपालको सन्दर्भमा अपरिहार्य भईसकेको छ । यी विविध सवालको उचित सम्बोधन मार्फत समृद्द नेपाल र सुखी नेपालीको मूल लक्ष्यलाई साकार पार्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आफ्नो काम अघि बढाएको छ ।
मैले २०७४ साल चैत्र २ गते कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीकोे पदभार ग्रहण गरे । यसै अवधिमा २०७५ बैशाख २३ गते कृषि, पशुपन्छी, भूमि तथा सहकारी क्षेत्र विकासको रुपान्तरण सहित मैले ५८ बुँदे रुपान्तरणको मार्गचित्र सार्वजनिक गरे र उक्त मार्गनिर्देशक सिद्धान्त अनुरुप मन्त्रालयले आगामी दिनमा दृढतापूर्वक कार्यान्वयन प्रक्रियालाई तीब्र गतिमा अगाडि बढाइरहेको पनि छ । तत् पश्चात साविक रुपमा रहेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मिति २०७५ साउन १० गते मन्त्रिपरिषद्को निर्णयानुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको रुपमा पुर्नगठन भयो ।
यस अवधिमा कृषि, पशुपन्छी विकास तथा भूमि व्यवस्था र सहकारी क्षेत्रको विकासमा दूरगामी र महत्वपूर्ण कार्यहरु शुरुवात भएका छन् । भूमि र सहकारी समेत गरी कृषि तथा पशुपन्छी क्षेत्रमा ६ महिनामाासम्म भएका मुख्य–मुख्य उपलव्धीहरुलाई मैले यहाँ प्रस्तुत गर्दछु ।
क) कृषि तथा पशुपन्छी विकास तर्फ भएका मुख्य उपलव्धीहरू
१. रूपान्तरण मार्गचित्र सार्वजनिकः
२०७५ वैशाख २३ गते अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना सहितको ५८ बुँदे कृषि, पशुपन्छी,भूमि व्यवस्था र सहकारी क्षेत्रको रुपान्तरण मार्गचित्र, २०७५ जारी गरिएकोे छ ।
२. कानुन तथा कार्यविधि तर्जूमाः
खाद्य स्वच्छता नीति, अलैंची नीति, खाद्य तथा खाद्य सम्प्रभुता ऐन, जीवनाशक विषादी व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४, कृषि जैविक विविधता संरक्षण तथा सदुपयोग सम्वन्धी कानुन, कृषि व्यवसाय प्रवद्र्धन विधेयक २०७५, भेटरीनरी ऐन, संक्रामक रोग नियन्त्रण ऐन लगायतका अन्य कानुनहरु केही नयाँ निर्माण, संशोधन र केहि तर्जुमा भइरहेका छन् ।
३. उत्पादन तथा बजार प्रवद्र्धन
३.१ देशको निर्यातजन्य उच्च मूल्य वस्तुमध्ये पश्मिनाको उत्पादन बृद्धिका लागि मूस्ताङको चराङ क्षेत्रमा च्याङग्रा फार्मको स्थापना गरी च्याङग्रा पालनमा कृषकलाई प्रोत्साहन गरिएकोे छ ।
३.२ मासु तथा दूधको उत्पादन बृद्धिका लागि विश्व विख्यात जातहरु बोयर बाख्रा र जर्सी गाईको पोखरा र जीतपुरमा न्यूकिलियस हर्डस्थापना गर्ने कार्य अगाडी बढाईएको छ ।
३.३ पाल्पा, चितवन, मकवानपुर, कास्की जिल्लामा तरकारी बालीका ४३ वटा आधुनिक नर्सरी, १६ वटा सेमी हाइटेक ग्रिनहाउस निर्माण कार्य सम्पन्न गरिएकोे छ ।
३.४ स्याङजा, सिन्धुली, सोलुखुम्बु र जुम्लामा सुन्तला र स्याउका ५ वटा हाइटेक फलफूल बिरुवा उत्पादन नर्सरी निर्माण कार्य सम्पन्न भएको छ ।
३.५ झापा र दाङ्गमा १५ वटा सौर्य सिंचाई आयोजना निर्माण भएको छ । त्यस्तै बाजुरामा ८५ हेक्टर जमिनमा आधुनिक जैतुन बगैंचा र सिन्धुलीमा जुनार प्रशोधन उद्योग स्थापना भएको छ ।
३.६ किसानको घर वा टोलमा नै गई माटो परिक्षण गर्ने कार्य प्रयोजनका लागि ४ वटा माटो परिक्षण मोबाइल प्रयोगशाला भ्यान खरिद गरी माटो व्यवस्थापन निर्देशनालयलाई हस्तान्तरण गरिएकोे छ ।
३.७ व्यवसायिक कृषिलाई प्रोत्साहन गर्न र उत्पादित कृषि उपजको वजारीकरणमा सहयोग पु¥याउन चोभारमा केन्द्रीय पुष्प तथा फलफूल थोक बजार त्यस्तै झापा, विराटनगर, जनकपुर र बुटवलमा ४ वटा प्रदेश स्तरीय कृषि तथा पशु थोक बजारहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
३.८ मन्त्रालयबाट सम्पादन हुने क्रियाकलापहरुलाई परिणाममुखी बनाउन ठूला कार्यक्रम तथा आयोजनाहरुसँग सम्बन्धित मौजुदा कार्यविधि तथा दस्तावेजहरुको पुनरावलोकन गर्न उच्च स्तरीय अध्ययन समिति गठन गरिएकोे छ ।
३.९ किसानको वैज्ञानिक परिभाषा तथा वर्गिकरण र योगदानमा आधारित किसान पेन्सनका लागि कानुनी मस्यौदा तयार गरिएकोे छ ।
४. अनुसन्धान, विकास र प्रसार
४.१ कृषि अनुसन्धानलाई किसानमैत्री तथा व्यवहारमुखी बनाउने अभियानको साथ हाल कृषि अनुसन्धान क्षेत्रमा सलंग्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई समयानुकुल परिभाषित र सांगठनिक सुदृढिकरण गर्न उच्चस्तरीय कार्यदल निर्माण गर्ने कार्य प्रारम्भ गरिएकोे छ ।
४.२ उन्नत बीउको आपुर्तिलाई सहज वनाई बीउ प्रतिस्थापन दरमा वृद्धि ल्याउने उद्धेश्यका साथ ६१ जिल्लामा ३६९ मे.टन मकैको बीउ, ५.३ मे.टन मुङ्गको बीउ र १ मे.टन सिमीको बीउ अनुदानमा वितरण गरिएकोे छ । त्यस्तै विभिन्न बालीका ४० वटा जातहरु सूचित भई कृषकस्तरमा थप नयाँ सूचित जातहरु उपलब्ध गराउन मन्त्रालयले विशेष पहल गरेको छ ।
४.३ दूधको वैज्ञानिक लागत मूल्यको एकिन गरी मूल्य खरिद तथा विक्री मूल्य एकिन गर्नका लागि झापा, सप्तरी, बारा, चितवन, काभ्रेपलान्चोक, तनहुँ, बाग्लुङ, रुपन्देही, दाङ, सुर्खेत, दैलेख, कैलाली, डडेलधुरा गरी १३ जिल्लामा दूधको उत्पादन लागतको अध्ययन सम्पन्न भएको छ ।
५. खाद्य स्वच्छता तथा जनजीविकाका सवाल
५.१ कालिमाटी फलफूल तथा तरकारी बजारमा रहेको सिन्डिकेट तथा विचौलियाको प्रभाव हटाउन कालिमाटी वजारको अनुगमन गरी नियम विपरित संचालन गर्ने ९८ व्यवसायी उपर कारवाही प्रकृया बढाइएकोमा त्यसमध्ये भाद्र १९ गते ६ वटा र आज असोज २ गते थप ५१ वटा गरी कुल ५७ वटा पसललाई हटाइएको छ भने अन्यको हकमा पनि थप अध्ययन भइरहेको छ । त्यस्तै १३१ व्यवसायीलाई सचेत गराइएको र २०८ व्यवसायी उपर सम्झौताको पूर्ण परिपालना गर्न पत्राचार गरिएकोे छ ।
५.२ बजारमा गुणस्तरीय र स्वच्छ दूध उपभोग गर्न पाउने अवस्थालाई मध्यनजर गर्दै काठमाण्डौ उपत्यकाका विभिन्न दुग्ध उद्योगहरुमा अनुगमन कार्य भइरहेको र विभिन्न २५ वटा दुग्ध उद्योगहरुको अनुगमन र परीक्षणबाट प्राप्त नतिजाको आधारमा न्यूनतम मापदण्डभन्दा कम गुणस्तरको दूध प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योगलाई कारवाहीको दायरामा ल्याउने प्रकृया सुरु गरिएकोे छ । गुणस्तरीय दूधको सुनिश्चतताको लागि आवश्यक पर्ने कानुनी तथा अन्य नीतिगत सुधार सम्बन्धी थप दस्तावेज निर्माण गरिएकोे छ ।
५.३ खाद्य उद्योग तथा बजारहरुको उत्पादन स्वच्छता सम्बन्धमा १,८९० पटक निरीक्षण अनुगमन गरी १,३४३ नमूना संकलन गरी खाद्य ऐन नियम अनुसार न्यून गुणस्तर, मिसावट एवं दुषित पाइएका नमूनाका आधारमा २०० व्यवसायिक फर्महरुमाथि खाद्य ऐन बमोजिम मुद्दा दायर गरिएकोे छ ।
५.४ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशाला नमुना विश्लेषण नतिजामा अन्तर्राष्ट्रिय विश्वसनीयता बढाउन यस अवधिमा केन्द्रीय खाद्य प्रयोगशालाले ८० वटा सूक्ष्म जैविक विश्लेषण र रासायनिक विश्लेषण पारामिटरहरुमा अन्तर्राष्ट्रिय मान्यता (एक्रीडीटेशन) प्राप्त गरेको छ ।
५.५ दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर सुधारको लागि गुणस्तरको अवस्था अध्ययन गरी “स्वच्छ तथा गुणस्तरीय दूध तथा दुग्ध पदार्थ उत्पादन निर्देशिका –२०७५ूतयार गरिएकोे छ । साथै विभिन्न ८ प्रकारका दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर निर्धारण गरिएकोे र तयारी खाद्य पदार्थहरुमा प्लास्टिकजन्य पदार्थहरु प्रयोग गर्न रोक लगाइएको छ ।
५.६ प्रशोधित पानीको गुणस्तर सुधार गर्न “प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४’’ कार्यान्वयनमा ल्याइएको छ । मापदण्ड विपरित रहेको उद्योगहरु उपर कारवाही प्रक्रिया सुरु गरिएकोे छ । आगामी दिनमा खाद्य स्वच्छता सचेतना तथा अनुगमनको कामलाई तिब्र गतिमा विस्तार गरिने छ ।
५.७ देशका विभिन्न शहरी क्षेत्रमा यातना तथा पिडाजन्य तवरले पशुपन्छीको ढुवानी गर्ने कार्यलाई पूर्ण निरुत्साहित गर्न “पशु ढुवानी व्यवस्थाका लागि पशु ढुवानी मापदण्ड, २०६४“ को संशोधन मस्यौदा तयार गरिएकोे छ ।
५.८ जैविक विविधता संरक्षणलाई बढवा दिन र ग्रामिण क्षेत्रमा रहेका साना कृषकहरुको आम्दानीमा बृद्धि गरी ग्रामिण खाद्य सुरक्षालाई सहयोग पु¥याउन नुवाकोट र नवलपरासीमा २ वटा ग्रामिण कुखुरा ह्याचरी स्थापना गरिएकोे छ ।
५.९ उपभोक्ता स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकारलाई दृष्टिगत गरी भेटेरिनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वरबाट २७७ वटा मासु पसल अनुगमन गरिएकोे र अनुगमनकै क्रममा ३७ हजार ४ सय ६२ किलो मासु स्वास्थ्यका दृष्टिले उपभोगजन्य नभएकाले नष्ट गरिएकोे छ ।
५.१० मानव स्वास्थ्यका दृष्टिकोणले समयमा नै रोग परिक्षण भई रोगको नियन्त्रण गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत विभिन्न पशु प्रयोगशालाहरुबाट विभिन्न रोगका लागि कुल ११ हजार ५ सय ४७ नमुनाहरु केन्द्रीय र अन्य प्रयोगशालाबाट परिक्षण भएको छ ।
५.११ उपभोक्तामा स्वस्थ दूध र मासुको उपलब्धताको लागि मासु र दूधमा एन्टिवायोटिक रेजिड्यू परिक्षणका लागि उपत्यकाका विभिन्न ३२ स्थानबाट मासुका नमुना र १२० स्थानबाट दूधका नमुना लिई परिक्षण गरिएकोे छ । कानुन बमोजिम नभएका त्यस्ता व्यवसायीलाई पहिलो पटक सचेत गराईएको छ ।
५.१२ उपभोक्ताले स्वस्थ र गुणस्तरीय वस्तु उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्दै मुलुकभर उपभोग्य खाद्यान्नको स्वच्छता र गुणस्तर कायम गरी उपभोक्तालाई निर्वाध रूपमा उपभोग गर्न पाउने अवस्था कायम गर्न एक बर्षे “खाद्य स्वच्छता तथा गुणस्तर अभियान“ कार्यक्रमको घोषणा तयारी गरिएकोे छ । उक्त कार्यक्रम यथाशिघ्र घोषणा हुने छ ।
५.१३ कृषि धानबाली उत्पादनमा किसानलाइ प्रोत्साहन गर्न, किसानले उचित मूल्य प्राप्त गर्न र नेपालमै उत्पादित धानको बजारीकरणमा प्रत्यक्ष सहयोग पु¥याउन धानको न्युनतम समर्थन मुल्य निर्धारण गरिएको छ । जसमा मोटो धानको मूल्य प्रति क्वीन्टल २ हजार ३ सय ३१ रुपैया २२ पैसा रमसिनो धानको मूल्य प्रति क्वीन्टल २ हजार ४ सय ६० रुपैया ५७ पैसा तोकिएको छ ।
५.१४ मन्त्रालयबाट सम्पादित कार्यको गुनासो तथा किसानका समस्याहरू सिधै मन्त्रीले सुन्न र समाधान गर्ने अभिप्रायका साथ मन्त्रालयमा गुनासो व्यबस्थापन कक्ष सुचारु गरिएकोे छ । जसमा सबै नागरिकले पैसा नलाग्ने टोल फ्रि नं. ११६० मा फोन गरी समस्या राख्न सक्ने र ट्वीटर, फेसबुक, भाइवर तथा इमेल मार्फत समेत गुनासाहरू टिपाउन सक्ने संयन्त्र निर्माण गरिएकोे छ ।
५.१५ मन्त्रालय अन्तर्गतका निकायबाट कृषि तथा पशपन्छी क्षेत्रमा प्रवाह गरिने अनुदान बास्तविक किसान, लाभग्राहीसम्म पहुँच पुर्याउन र यसमा भइरहेको अपारदर्शी अनियमितता रोक्न नयाँ एकीकृत कानून÷कार्यविधि निर्माण गर्ने हेतुले मन्त्रालयका सहसचिवको नेतृत्वमा अनुदान अध्ययन तथा प्रतिवेदन समिति गठन गरिएकोे छ ।
५.१६ नेपालको पूर्वी क्षेत्रमा उत्पादित अदुवा, गोलभेडा, घ्युसिमी जस्ता कृषिउपजहरू भारतीय बजारमा निर्यात हुन नसकेको किसानको गुनासोलाई मध्यनजर गरी भारतीय पक्षसँग कुटनीतिक पहलको माध्ययमबाट भारतीय बजारमा सहज निर्यात हुने वातावरण मिलाईएको छ ।
५.१७ उखु किसानलाई अनुदान, स्वदेशी चिनी उद्योगको संरक्षण र बजारमा चिनीको मूल्य नियन्त्रण गर्न उखु किसानलाई दिने अनुदान बृद्धि गरी प्रति क्विन्टल ६० रुपैयाँबाट बढाएर ६५ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । नेपालमा मौज्दात चिनीको खपत बढाउने गरी २०७५ सालका लागि एक लाख मेट्रिक टन मात्र चिनी आयात गर्ने गरी कोटा निर्धारण गरिएको छ ।
६. पशुनश्ल सुधार, डेरी तथा चरण विकास
६.१ देशलाइ दूधमा आत्मनिर्भर बनाई आयात प्रतिस्थापन गर्नका लागि कृषकलाई उन्नत पशु उपलव्ध गराउन नश्ल सुधार कार्य संचालनका लागि विभिन्न प्रजातीका १ लाख ८४ हजार ५ सय १९ डोज फ्रोजन सिमेन उत्पादन गरिएको छ ।
६.२ कृषकको आयस्रोतमा बृद्धि गर्न पशु सेवा विभाग अन्तर्गत संचालित विभिन्न पशु फार्महरुबाट उच्च नश्लका गाईको बाच्छा बाच्छी २४, भैसीको पाडा पाडी ४, याकको बाच्छा बाच्छी ५२, बाख्राको पाठापाठी ८६ भेडाको पाठापाठी ३१, बंगुरको पाठा पाठी ३४७, कुखुराको चल्ला १ लाख १३ हजार ५ सय ४३ उत्पादन गरी कृषकहरुलाई वितरण गरिएकोे छ ।
६.३ मिल्क होलिडेको सम्भावित जोखिमलाई रोक्न विदेशवाट आयात हुने पाउडर दूधको आयात अनुमतीमा तत्कालका लागि रोक लगाइएको र स्वदेशमै उत्पादित र प्रशोधित दूधको उपभोग वढाउन हाल विराटनगर र चितवनमा संचालनमा रहेका धुलो दूध कारखानाको क्षमता बृद्धि गरी संचालन हुने व्यवस्था मिलाइएको छ ।
६.४ यस अवधिमा दुग्ध विकास संस्थानबाट २ करोड ८ लाख ८१ हजार लिटर स्थानीय कच्चा दूध संकलन गरिएकोेमा १ करोड ३८ लाख १० हजार लिटर प्रशोधन गरी बिक्रीबाट रु.१ अर्ब ८ करोड ५८ लाख १२ हजार रकम ग्रामिण भेगमा प्रवाह भएको छ ।
७. कृषि सामाग्री आपूर्ति, यान्त्रिकिकरण प्रवद्र्धन
७.१ बर्षेनी हँुदै आएको रासायनिक मलको अभावलाई समाधान गर्न मल आपूर्ति र वितरण प्रणालीको अध्ययन गरी प्रतिवेदन गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा उच्चस्तरिय समिति गठन गरिएकोे छ ।
७.२ कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसन मार्फत किसानलाई विगत ६ महिनादेखि हालसम्म २६ हजार ३ सय ३१ मे.टन यूरिया, १२ हजार १२ मे.टन डि.ए.पी. र ९ सय ९९ मे.टन पोटास गरी जम्मा ३९ हजार ३ सय ४२ मे.टन रासायनिक मल अनुदानमा बिक्री वितरण गरिएकोे छ ।
७.३ चालु आ. व. को यस महिना सम्म साल्ट ट्रेडिङ्ग मार्फत ४० हजार मे. टन रासायनिक मल खरिदका लागि बोलपत्र आव्हान भइ सम्झौता भएको र कृषि सामाग्री कं. लि. मार्फत युरिया २६ हजार ५ सय ७४ मे.टन डि.ए.पी., ९ हजार ५ सय ५१ मे.टन र पोटास ५ सय ४७ मे.टन गरी जम्मा ३६ हजार ६ सय ७३ मे.टन रासायनिक मल वितरण भएको छ ।
७.४ वित्तीय संस्थाको साझेदारीमा व्याज अनुदान उपलब्ध गराउने कार्यक्रम अनुरुप कैलाली जिल्लामा सामुदायिक पोष्ट हार्भेष्ट सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।
७.५ प्रदेश नं १ मा नेपाल कृषि मेशिनरी व्यवसायी संघको सहकार्यमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना गरिएकोे र जसबाट ५८ जिल्लाका कृषकले कृषिमा प्रयोग हुने यन्त्र, औजार तथा उपकरणको बारेमा जानकारी प्राप्त गरेका छन् ।
७.६ नेपालमा कृषिको आधुनिकिकरण र यान्त्रिकरणलाई प्रत्यक्ष सहयोग पुर्याउन बीरगंज स्थित कृषि औजार कारखाना लि.लाई पुनः संचालनमा ल्याउने विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उधोग, बाणिज्य र आपूर्ति मन्त्रालयबीच मन्त्रिस्तरीय छलफल प्रारम्भ भएको छ ।
८. पशुपन्छी स्वास्थ्य प्रवद्र्धन तथा नियमन
८.१ पशुपन्छीमा लाग्ने रेविज, रानीखेत, पि.पि.आर., एच.एस.एण्ड बि.क्यू., स्वाइन फिबर, एच.एस. जस्ता खतरनाक संक्रामक रोगहरुको सम्भावित संक्रमणबाट मानव स्वास्थ्यलाई प्रत्यक्ष असरका साथै कृषकलाई हुने ठूलो आर्थिक क्षतिबाट जोगाउन ती रोगहरु विरुद्ध १ करोड २५ लाख हजार डोज उत्पादन गरी ३७ लाख ५५ हजार डोज खोप विभिन्न जिल्लाका पशुपन्छीलाई लगाइएको छ ।
८.२ बर्ड फ्लूको सम्भावित जोखिमबाट पोल्ट्री व्यवसायमा हुन सक्ने ठूलो क्षति जोगाउन र जनस्वास्थ्यलाई समेत ध्यानमा राखी बर्डफ्लूको संक्रमण देखिएका चितवनमा ३ वटा, काठमाण्डौमा २ वटा र ललितपुरमा २ वटा आउट ब्रेक नियन्त्रणका क्रममा २२ हजार ८ सय ५९ पन्छी, १६ हजार ४ सय ८६ अण्डा, २ हजार ९ सय १६ दाना, मासु ११६ के.जी. नष्ट गरी कृषक र व्यवसायीलाइ आवश्यक रकम क्षतिपूर्ती उपलव्ध गरिएकोे छ ।
८.३ पशुपन्छीजन्य पदार्थको गुणस्तरीयता कायम गर्न क्वारेन्टाइन जाँच नगराई अवैध आयात भएका १५ हजार ७ सय ४२, चल्ला नष्ट गरिएकोे छ । साथै यस अवधिमा १५ हजार ७ सय ४२ क्वारेन्टाइन जाँच गरी क्वारेन्टाइन प्रमाण पत्र जारी गरिएकोे छ ।
८.४ नेपालमा बर्षेनी भइरहेको रासायनिक मलको अभावलाई समाधान गरी किसानहरूलाई समयमै मल उपलव्ध गराउनको लागि भारतसँग रासायनिक मलमा दुई सरकारवीच (जी टु जी) सम्झौताको प्रकृया शुरू गरिएकोे छ । यसका साथै नेपालमा मलको वफर स्टकको लागि प्रत्येक प्रदेशमा कम्तीमा ५ हजार मे.टनका ठूला रासायनिक मलखाद गोदाम घर निर्माण गर्न अध्ययन प्रकृया अगाडि बढाइएको छ ।
९. कृषि पर्यटन तथा रोजगार प्रवद्र्धन
९.१ सामूहिक कृषि खेती प्रणाली मार्फत पर्यटन प्रवर्द्धनको लागि सुनसरीको माछामारा, कैलालीको घोडाघोडी, सोलुको पातले, उदयपुरको रौतामाई र नुवाकोटको ककनी गरी पाँच स्थानमा ७५ घरधुरीको सहभागितामा सामूहिक कृषि, पर्यटन, अर्गानिक भिलेज स्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ ।
९.२ पशुपालन व्यवसायलाई आधुनिकिकरण गर्दै लागत मूल्य घटाउन २० वटाभन्दा बढी दुहुना गाईभैंसी पाल्ने ३० जना व्यवसायिक कृषकहरुलाई ३० वटा मिल्किङ्ग मेशिन खरिदमा प्रति मेशिन अधितम रु. २ लाखसम्म अनुदान उपलब्ध गराइएको छ ।
९.३ पशु कल्याणको क्षेत्रमा कार्यरत ९ वटा संस्थाहरुलाई बेवारिसे गाई, बाच्छाबाच्छी व्यवस्थापन तथा उप–पदार्थजन्य उद्योग स्थापनामा प्रति संस्था रू. ५ लाखका दरले अनुदान उपलव्ध गराईएको छ । जसबाट बेबारिसे गाईको व्यवस्थापन भई वातावरणमा हुने प्रतिकुल असरका साथै सडक दुर्घटना रोक्न समेत सहयोग पुगेको छ ।
९.४ पशु सेवा तालिम मार्फत ९८ जनालाई अधिकृतस्तर तालिम, १८० जनालाई सहायकस्तर तालिम र ४०० जना कृषक, व्यवसायी र उद्यमीलाई ज्ञान, सीप र क्षमता विकास सम्वन्धी तालिम दिइएको छ ।
९.५ स्थानीय स्तरमा दूध तथा दुग्धजन्य पदार्थ उद्योग स्थापनामा सहयोग पुर्याउन २८ जना युवा कृषकलाई कैलालीको अत्तरीयामा “दुग्ध पदार्थ विविधिकरण र चिलिङ्ग भ्याट मर्मत तालिम“ र २८ जना युवा कृषकलाई “गुणस्तरीय चीज उत्पादन तालिम“ गरी ५६ जनालाई समयसापेक्ष क्षमता विकास तालिम उपलव्ध गरिएकोे छ ।
१०. अन्तर्राष्ट्रिय साझेदारी विकास
१०.१ ईजरायल सरकारसँग ईजरायली कृषि क्षेत्रको हाईटेक प्रविधि मार्फत नेपालका ७ वटै प्रदेशमा सेन्टर फर एक्सिलेन्सको रूपमा आधुनिक नमूना फार्म स्थापनाको लागि परियोजना अवधारणा पत्र तयार भएको छ । त्यसैगरी चीन, कतार, नेदरल्याण्ड र ब्राजिल सरकारसँग समेत नेपालको कृषि क्षेत्रको विकासमा प्राविधिक सहायताका लागि द्विपक्षीय छलफलको प्रकृया शुरू गरिएकोे छ ।
१०.२ नेपालको धान बालीको उत्पादन र उत्पादकत्व बृद्वीमा सघाउ हुने गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठानबीच ७ विषयगत क्षेत्र र १६ सम्भावित मुख्य परियोजनामा संयुक्त कार्यगर्ने उद्देश्यका साथ ५ बर्षे कार्ययोजना (२०१८–२०२३) सम्झौता भएको छ ।
यस वाहेक भूमि तथा सहकारी तर्फ मेरो कार्यावधिमा देहायका मुख्य उपलव्धीहरु भएको पनि जानकारी गराउन चाहन्छु ।
ख) भूमि व्यवस्था तथा सहकारी क्षेत्र तर्पm भएका मुख्य कार्यहरुः
१. भूमि ब्यबस्थापन क्षेत्रमा रहेका समस्या समाधानको लागि सरोकारवाला समूहसँग व्यापक छलफल, अन्तत्र्रिmया तथा परामर्श गरी भूमि नीतिको मस्यौदा तयार गरिएकोे ।
२. भूमिको बैज्ञानिक आधारमा कृषि योग्य, औद्योगिक, आवास, अनौपचारिक लगायतमा बर्गिकरण गरी सोहि वमोजिम उपयोग गर्ने कार्य सुनिश्चित गर्न भूमि नीति र भू–उपयोग ऐनको मस्यौदा तयार गरिएकोे छ, साथै गुठी जग्गाको वैज्ञानिक व्यवस्थापनको लागि नँया गुठी ऐन मस्यौदा तयार गरिएकोे ।
३. गुठी लगायत अन्य जग्गा प्रशासनसँग सम्बन्धित अभिलेख कम्प्युटर प्रबिधिमा राख्ने र पुर्जाको नक्कल कम्प्युटरबाटै उपलब्ध गराउने कार्य शुरु गरिएकोे ।
४. सामाजिक र आर्थिक रूपमा पिछडिएका मुक्त कमैया तथा हलिया पुनस्र्थापना कार्य १ बर्षभित्र सम्पन्न गर्ने गरी कार्यान्वयन शुरु गरिएकोे ।
५. मालपोत कार्यालयहरुबाट सम्पादन हुने सार्वजनिक सेवाको थप प्रभावकारिताको लागि सेवाग्राहीबाट मुल्याङ्कन गराउन सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम प्रयोग शुरु गरिएकोे ।
६. जग्गा प्रशासनसँग सम्बन्धित विभिन्न प्रकारका लिखत तथा फारम जटिल रहेको जनगुनासोलाई सम्बोधन गर्न त्यस्ता अत्यावश्यक कागजातलाई ब्द्ध साइजमा विकास गरिएकोे ।
७. भूमि व्यवस्थासँग सम्बन्धित मालपोत, नापी कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवा सम्बन्धी सुचनाहरुमा सबैको सरल र सहज पहुँच सुनिश्चित गर्न भूमि सुशासन मोबाइल एपू कार्यान्वयनमा ल्याईएको ।
८. २०७५ भदौदेखि लागू भएको देवानी मुलुकी संहिता २०७४ मा उल्लेखित ब्यबस्था समेतलाई समेटी जग्गा प्रशासन निर्देशिकाको संशोधित मस्यौदा तयार गरिएकोे ।
९. कृषियोग्य जग्गाको जथाभावी कित्ताकाट र अनियन्त्रित खण्डिकरण गर्ने कार्यलाई निरुत्साहित गर्न र कानुन बमोजिम स्थापित करयोग्य कम्पनी मार्फत मात्र जग्गाको कारोबारलाइ प्रोत्साहित गर्न मालपोत नियमावलीमा आवश्यक संशोधन प्रस्ताव गरिएकोे ।
१०.अर्घाखाँची जिल्लामा भूमिको पुनः नापनक्सा गरी तयार गरिएकोे ८७० जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गरिएकोे छ । साथै नवलपरासी जिल्लाको परासी नगरपालिका अन्तर्गत गाँउ ब्लक जग्गाको नाप नक्सा गरी ४३६ जग्गाधनी दर्ता पूर्जा वितरण गरिएकोे छ । त्यस्तै बर्दिया जिल्लाको राजापुर नगरपालिका क्षेत्रमा वर्षौदेखि सुकुम्वासीको रुपमा बस्दै आइरहेका गरीब भूमिहिन २०० परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएकोे ।
११. दशकौंदेखि कायम भूमिकोे द्वैध स्वामित्व एक बर्षभित्र समाधान गर्न मन्त्रालयमा मोहियानी समस्या समाधान एकाई स्थापना गरी कार्य शुरु गरिएकोे ।
धन्यवाद
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’ सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’ उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’ सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।
प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर
काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।
गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।

