के हो PE Ratio? शेयर किन्दा बढी PE भएकाे कम्पनी राम्रो कि कम भएकाे ?

के हो PE Ratio? शेयर किन्दा बढी PE भएकाे कम्पनी राम्रो कि कम भएकाे ?

शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेशसँगै यससँग सम्बन्धित कतिपय विश्लेषणहरुबारे पर्याप्त जानकारी नहुन सक्छ । कतिपय समाचारमा कम्पनीको इपिएस र पिइ रेसियो यति भनेर लेखिने कुरालाई धेरै नबुझेका हुन्छन् ।

के हो त पिई रेसियो ?

लगानी गर्नुअघि सम्बन्धित कम्पनीको समग्र वित्तीय सूचकहरुको राम्रो अध्ययन गर्नु जरुरी हुन्छ । यस्तै, अल्पकालीन होस् या दीर्घकालीन, दुवैथरीका लगानीकर्ताका लागि महत्वपूर्ण सूचकमध्ये पीइ रेसियो पनि एक हो । कम्पनीको पछिल्लो बजार भाउलाई प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अनुपात नै पीइ रेसियो हो । पीइ रेसियोले कम्पनी ‘अन्डरभ्यालुड’ वा ‘ओभरभ्यालुड’ के हो भन्ने छुट्याउन मद्दत पुर्याउने भएकाले लगानीमा यसलाई महत्वपूर्ण सूचक मानिन्छ ।
सामान्यतयः पीइ रेसियो थोरै भएका कम्पनीहरुमा लगानी सुरक्षित मानिन्छ । तर पीइ कम हुँदैमा सधैं सबै कम्पनी राम्रा हुन्छन् भनेर मात्र चाहिँ बुझ्नु हुँदैन । अनि, पीइ केही बढी हुँदैनमा त्यो कम्पनीमा लगानी गर्नु हुँदैन भन्ने पनि सधैं सोच्नु हुँदैन । यसमा अन्य केही पक्षहरुको पनि भूमिका रहने गर्छ ।
पीइसँगै अन्य सूचकहरु पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । अहिले त पीइसँग कम्पनीको ग्रोथलाई पनि विशेष ख्याल गर्न थालिएको छ । भविष्यको सम्भावनातर्फ पनि ध्यान दिनुपर्छ । अर्कोतर्फ पीइ रेसियोको आधारमा तुलना गर्दा एउटै व्यवसाय गर्ने कम्पनीहरु वा एउटै इन्डस्ट्रीका बीचमा मात्र गर्न उचित हुन्छ । मूल्य आम्दानी अनुपातका केही सीमाहरु पनि रहेका छन् । कम्पनीको कमाई उसको विगतको कमाई हो ।
विगतको कमाईले मात्र सधैं भविष्यको नतिजा ग्यारेन्टी गर्दैन । विगतमा राम्रो कमाएको कम्पनीले भविष्यमा पनि राम्रै गर्छ भनेर ग्यारेन्टी गर्न सकिँदैन । यसैगरी, विगतमा राम्रो परफर्मेन्स गर्न नसकेका कम्पनीले पनि भविष्यमा निकै राम्रो गर्न सक्ने सम्भावना पनि रहन सक्छ । यसर्थ, लगानीकर्ताले यी विषयहरु पनि ख्याल गर्नुपर्ने हुन्छ । अन्त्यमा, तर पीइ रेसियो लगानीकर्ताले विश्लेषण गर्नैपर्ने महत्वपूर्ण सूचक चाहिँ हो ।

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय