कोरियामा कार्यरत नेपालीमा किन बढ्दैछ मानसिक समस्या !

कोरियामा कार्यरत नेपालीमा किन बढ्दैछ मानसिक समस्या !

काठमाडौं, माघ २५ । दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न आएको तीन महिना मै मानसिक समस्या देखिएपछि परिवारको अनुरोधमा ओखलढुंगाका एक युवालाई मंगलबार नेपाल फर्काइएको छ ।

कोरियास्थित नेपाली राजदूताबासका श्रम सहचारी डिल्लीराम बास्तोलाले इन्छन विमानस्थल पुगि उनलाई विमान क्रुको जिम्मा लगाएका हुन् । उनी कार्यरत शहर ख्वागंजुबाट सँगै काम गर्ने साथीसँग सोल आउने क्रममा सम्पर्कविहीन भएपछि उनको सोमबारको विमान छुटेको थियो ।

मानसिक समस्या देखिएका यी युवाजस्तै अरु धेरै नेपालीलाई यसैगरी नेपाल पठाएको एनआरएनए कोरियाका अध्यक्ष लक्ष्मी लामाले बताइन् । करिब ४ महिनामा एक महिलासहित पाँचजना नेपालीलाई फर्काइएको उनले बताइन् ।

लिखित तथ्यांक नभए पनि एक दशक अवधीमा यस्ता समस्यामा परेका करिब डेढ सय नेपाली कोरियाबाट फर्केको लामाको दाबी छ । कति त उपचारपछि पुनः कोरिया आई काम गरिरहेको पनि उनले बताइन् ।

केही समयअघि मानसिक समस्या देखिएका एक महिलालाई नेपाल पठाइए पनि अभिभावकले फेरि कोरिया नै फर्काइ दिएका थिए । त्यस्तै कृषिमा कार्यरत एक युवालाई मानसिक समस्या देखिएपछि नेपाल फर्काउन लाग्दा परिवारले केही दिनपछि आउनु भनेपछि उनले आत्महत्या गरेको दूतावासले जनाएको छ । –कान्तिपुर दैनिकबाट

अपडेटः दाउन्नेमा दुईतर्फी सवारी सञ्चालन

नवलपरासी । सोमबार दिउँसो सडक भासिएपछि अवरुद्ध बनेको पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक  दुईतर्फी सञ्चालनमा आएको छ । बर्दघाट-४ खुर्सानीखोलामा सोमबार दिउँसो सडक भासिएपछि डाइभर्सनमार्फत सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।  रातभर डाइभर्सन बनाइएर यातायात सञ्चालन गरिएको हो । बिहान ९ बजे एकतर्फी सञ्चालनमा आएको सडक केही केहीबेर अगाडिदेखि दुईतर्फी सञ्चालनमा आएको हो । सडक खुलेपछि हिजोदेखि अलपत्र परेका सवारी गन्तव्यतर्फ लागेका छ्न् । (अद्यावधिक गरिएको)

बाढीपहिरो अपडेटः ज्यान गुमाउनेको संख्या दुई सय पुग्यो, २६ जना बेपत्ता

काठमाडौं । शुक्रबार र शनिबारको भारी वर्षाका कारण एकैसाथ देशभरि आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय पुगेको छ । नेपाल प्रहरीका अनुसार सोमबार अपरान्हसम्मको अवधिमा बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या दुई सय पुगेको हो । त्यस्तै, घाइते १२७ र २६ जना बेपत्ता रहेका छन् । प्रहरीका अनुसार विपद्‌मा परेका ४ हजार दुई सय २२ जनाभन्दा बढीको उद्धार भएको छ । अहिले देशैभरि मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ भने बाढी र डुबानमा फसेको जनजीवन समेत सामान्य बन्दैछ ।

झ्याप्लेको अवरुद्ध सडक सुचारु

काठमाडौं ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारिसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए। उनले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए। प्रवक्ता तिवारीले मौसम पूर्ण रुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गरेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको जनाइएको छ ।  

प्रेस सेन्टर नेपाल कपिलबस्तुको अध्यक्षमा कार्की

कपिलवस्तु । प्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाकाे छैठौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा सम्पन्न भएको अधिवेशनले मनिस कार्कीको अध्यक्षतामा १५ सदस्य निर्विरोध समिति चयन भएको छ । जस्काे उपाध्यक्ष माधव बेल्बासे, भगवती न्यौपाने,सचिव पिताम्बर घिमिरे (हरी),सहसचिव सूर्य गुरूङ्ग, सहसचिव अजय शाहनी,कोषाध्यक्ष सहबाज खान लगायत अन्य सदस्यमा रहनु भएको छ । अधिवेशनमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज रुद्रप्रसाद बञ्जाडेले पत्रकारको प्रेस सेन्टर सङगठनलाइ सुदृढ गर्दै सक्रिय बनाउन आवश्यक रहेको बताउनुभयो । समाज रुपान्तरणमा सञ्चार क्षेत्रको भुमिका महत्त्वपूर्ण रहेकाले निशपक्ष र इमान्दार भएर काम गर्नुपर्नेमा जाेड दिनु भयाे । त्यस्तै माओवादी केन्द्र कपिलवस्तुका अध्यक्ष विष्णु बेलबासेले कपिलवस्तुको विकासको लागि सञ्चार माध्यमले शसक्त भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । साथै उहाँले अनैतिक र अनियमित गतिविधि विरुद्ध बुलन्द आवाज उठाउन पनि आह्वान गर्नुभयो । प्रेस सेन्टर कपिलवस्तुका सस्थापक अध्यक्ष सिपि शर्माकाे नामबाट स्थापित युवा पुरस्कारबाट युवा जनपक्षीय पत्रकार मनिष गुप्ता सम्मानित हुनु भएको छ । कार्यक्रममा प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष मानसिह विश्वकर्मा, प्रेस सेन्टरका केन्द्रीय सदस्य बसन्त गिरि, प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा कपिलवस्तुका इन्चार्ज डिलाराम भुसाल, प्रेस सेन्टरका प्रदेश समितिका सचिव चिन्ता परियार लगायत बाेल्नु भएको थियाे । प्रेस सेन्टर नेपाल कपिलवस्तुका शाखा अध्यक्ष अर्जुन बेलबासेकाे अध्यक्षता,उपाध्यक्ष भुपाल थापाको स्वागत मन्तव्यमा भएको कार्यक्रमकाे सञ्चालन सचिव माधव बेलबासेले गर्नु भएको थियाे ।

लोकप्रिय