ख़तरनाक हुनसक्छ मोबाइलमा पोर्न हेर्नु, ध्यान दिनुस यी कुरामा

ख़तरनाक हुनसक्छ मोबाइलमा पोर्न हेर्नु, ध्यान दिनुस यी कुरामा

विभिन्न अध्ययनहरुले देखाईरहेका छन् कि इन्टरनेट पोर्न हेर्ने मानिसहरुको संख्या उच्च छ । सबैको हात हातमा सहज तरिकाले उपलब्ध हुने मोबाईल फोन हो, त्यो पनि अहिलेको समयमा स्मार्टफोन नबोक्ने त कमै होलान् ।

हातमा मोबाईल, अनि ईन्टरनेटको पहुँच पनि छ भने युवा युवतीलाई पोर्न फिल्म हेर्नबाट रोक्ने कसले ? हुनत त्यो तपाईको व्यक्तिगत अधिकारको कुरा हो तर पनि एन्ड्रोईड स्मार्टफोनबाट इन्टरनेट पोर्न हेर्दा सावधान भने हुनुपर्छ ।

– पोर्न साइटमा तपाइँको डिभाइसलाई लक गरिदिने र अनलक गर्न फिरौति माग्ने भाईरस पनि हुन्छन । यदि एक पटक मात्र पनि तपाई त्यसमा फस्नुभयो भने तपाईको डाटा ह्याकरको हातमा पुग्छ । अब ह्याकरले फिरोती लिएपछि डिभाईस अनलक गरेर डाटा गरिदिन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन ।

– लोकप्रिय पोर्न वेबसाइटहरुले गैरकानूनी रुपमा तपाईको मोबाईलबाट पैसा काट्दछन् । जब तपाइँ स्मार्टफोनमा कुनै वेबसाईट खोल्नुहुन्छ त्यो समयमा भ्यालु एडेड सब्सक्रिप्सन गोप्य रुपमा आफै एक्टिभेट हुनसक्छ । राशिफल, ड्रिम गर्ल प्याक जस्ता सब्सक्रिप्सन आफै एक्टिभेट हुन्छन् । यस्ता सर्भिसले दिनगन्ती अथवा महिनावारी हिसाबमा तपाइँको मोबाइलको पैसा काट्दछन् ।

– आफ्नो मुख्य जिमेल आईडी लगईन गर्ने स्मार्टफोनबाट पोर्न हेर्दा ह्याकरहरुले तपाइँको स्मार्टफोनको सुरक्षा तथा गोपनीयतामा दरार ल्याउन सक्छन ।

– भाईरस डाउनलोड हुने समस्या हुन्छ । यदि तपाइँले एन्ड्रोइड मोबाइलमा पोर्न हेर्नुभयो र प्ले स्टोरबाट लोकप्रिय गेम्स डाउनलोड गर्नुभयो भने पोर्न टिकर (एपको नक्कल रुप तर सक्कल जस्तै देखिने) आँफै पपुलर गेम्सको रुपमा नक्कली पेश गरिदिन्छ । अनि स्मार्टफोनमा भाइरस डाउनलोड हुन्छ ।

धादिङमा दुर्घटना दुईको मृत्यु, आठजना घाइते

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१०, हनुमानडाँडानजिकै आज सवारीसाधन दुर्घटना हुँदा दुईजनाको मृत्युु भएको छ । आठजना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–२, सल्यानटारमा आयोजना गरिने महोत्सवको सामान बोकेर जाँदै गरेको ना४ख ८०४१ नम्बरको गाडी सडकमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा कपिलवस्तुका ३५ वर्षीय इन्द्रजित पासी र २५ वर्षीय सद्दाम अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । गम्भीर घाइते विनोद चामर र तुलसीराज पासीलाई उपचारका लागि काठमाडौं लगिएको छ । न्सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवमा स्टलको सामान लिएर जाँदै गरेको ट्रक पल्टेको एक प्रत्यक्षदर्शीमनीष तामाङले बताए । उक्त दुर्घटनाका अरू घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

मिसेस नेपाल उर्मिलाले अनाथ बालबालिकासँग मनाईन प्रणय दिवस

काठमाण्डौं । ‘मिसेस नेपाल ग्लाम–२०२१’ बिजेता उर्मिला कार्कीले यसपटकको प्रणय दिवस तथा आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाएकि छन् । काठमाडौंको मुलपानी फुयाँल गाउँमा रहेको ‘स्नेह बाल आश्रम’मा उनले प्रणय दिवस तथा जन्म दिन मनाएकी हुन् । हास्य कलाकार सुलेमान शँकर ‘इकु’ले सञ्चालन गरेको सो आश्रममा आश्रित १४ जना बालबालिकालाई उर्मिलाले खाना खुवाईन् । बिगतमा साथीहरुलाई पार्टी दिएर जन्मदिन मनाउने उर्मिलाले अबका दिनमा सामाजिक कार्य गर्दै जन्मदिन मनाउने बताईन् । आफ्नो जन्म दिनको अबसरमा उनले सो आश्रमका दुई जना बालबालिकाको १० कक्षा सम्मको खर्चका व्यहोर्ने भएकि छन् । यो उपाधि जित्दा आफुले सामाजिक कार्य गर्ने प्रतिबद्धता जनाएकाले सो कार्यलाई अघि बढाएको उर्मिलाले बताईन्,‘यहाँ आश्रित १४ जनाबालबालिकालाई सुलेमानले आफ्नै खर्चले पढाउनु भएको रहेछ । उहाँलाई केही सजिलो होस भनेर दुई जना बालबालिकालाई पढाउनको लागि आबस्यक खर्च मैले सहयोग गर्ने भएको छु ।’ उनले सो क्रममा भनिन्,‘अब मेरो साथीहरुलाई विभिन्न शुभकामको खुसी यहाँका बालबालिकासँग साट्नको र उनीहरुलाई सहयोग गर्न पनि आजैबाट अपिल गर्नेछु ।’

सोमबार कस्तो छ तपाईंको राशिफल ?

आज २०७७ जेठ ०५ गते सोमबार । कस्तो छ तपाईंको राशिफल ?  मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्ला । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाईनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) मनमा शान्ति छाउनेछ । परिवारसंग रमाइलो भेटघाट हुनेछ । प्रेममा मधुरता छाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) रचनात्मक कार्यबाट अरुको मनजित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । कृषि क्षेत्रमा प्रगति होला । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्ला । सामाजिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज श्रमको उचित मूल्याङ्कन होला । धर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्य व्यवसायमा सफलता मिल्नेछ । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा सचेत रहनुहोला । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । जोश जाँगर र हिम्मतपनि बढ्ला । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज आफन्त संगको सम्बन्धमा मजबुती आउनेछ । सेवामूलक कामको थालनी हुनसक्छ । शुभकार्यको चर्चापनि रहला । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तो लाभ लिन नमिल्ला । – ज्यो.प. नारायणप्रसाद दुलाल

शुक्रबार कस्तो छ तपाईंको भाग्य ? पढ्नुस् राशिफल

आज २६ बैशाख २०७७ शुक्रबारको राशिफल । मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) समय प्रतिकुल भई कुलतमा मन जान सक्छ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । मतभेदको अवस्थापनि आउला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) सेवा र धार्मिक कार्यमा रुचि बढ्नेछ । कृषि क्षेत्रको काम अघी बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । अन्न लाभपनि हुनेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) आज रोकिएका धन र कार्यमा विस्तारै सफलता मिल्नेछ । नयाँ कार्यको योजना बन्नसक्छ, तर साँझमा अधिक धन खर्च हुनेछ । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक सामान्य नै रहला । न्यायिक कार्यमा सफलता मिल्नेछ । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रबाट केही राम्रो हुन सक्छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य अलि सहज हुनेछ । धार्मिक / सांस्कृतिक र परोपकारमा मन जानेछ । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) स्वास्थ्यमा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवाद बढ्न सक्छ । चोटपटकपनि लाग्न सक्नेछ । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मुद्धा मामिलामापनि सफलता मिल्न सक्छ । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ, तर वैदेशिक क्षेत्र भने कमजोर नै रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

लोकप्रिय