गुल्मीमा वडाध्क्ष र महिला सदस्य समातिए

गुल्मीमा वडाध्क्ष र महिला सदस्य समातिए

प्रेम सुनार

गुल्मी, मंसिर ५ । गुल्मीको मुसिकोट नगरपालिका वडा नं.२ साविकको मुसिकोट गाविसमा रहेको एक सामुदायिक वनमा उपभोक्ता समितिको सेटिङ्गमा काठ तस्करी गरेको नाला आरोपमा त्यस वडाध्यक्ष सहित १३ जनालाई शनिवार प्रहरीले समातेर हिसासतमा राखेको छ । मुसिकोटको श्रृङ्गेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तथा त्यस वडाध्यक्ष लक्ष्मण खत्री, महिला सदस्य शान्ति नेपालीसहित १३ जनालाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी गंगबहहादुर थापाले जानकारी दिए ।

अध्यक्ष सहित समितिका पदाधिकारीको मिलोमोतोमा त्यस बनको खण्ड नम्वर ५ अर्मजाको झाँतेखोला भन्ने स्थानमा अखडा बनाई साल काठ र सल्लो काठ ठुलो परिमाणमा तस्करी हुने गरेको खुलासा ईलाका वन कार्यालय तम्घासले गत भाद्र महिनाको दोश्रो सातामा गरेको थियो । वडाध्यक्ष खत्रीले स्थानिय तहको निर्वाचन ताका उपभोक्ता समितिले राष्ट्रिय वाणिज्य गैरबैंकको खातामा राखेको २ लाख ४० हजार रुपैयाँ पदाधिकारीलाई झुक्काएर हस्ताक्षर गराई निकालेर हिनाविना गरेको समेत खुलेको छ । उक्त कुरा स्वयमले समेत स्वीकार गरी सकेका छन् । जिल्ला अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालका अनुसार उनिहरुलाई वन मुद्धा लागेको आरोपमा हिजो प्रहरीले अदालतमा पेश गरेको थियो तर समय अभावका कारण आज पेश गर्ने गरी प्रहरीको न्याययिक हिरासतमा पठाईएको हो ।

वन सम्वन्धि मुद्दामात्र अदालतले हेर्ने भएकोले वडाध्यक्षमाथि लागेको रकम अपचलन सम्वन्धी मुद्दा जिल्लाको अख्तियार प्रमुख भएकोले प्रमुख जिल्ला अधिकारीले हेर्ने उनले बताए । पक्राउ पर्नेमा उपभोक्ता समितिका उपाध्यक्ष केशव रायमाझी, सचिव कमला अचार्या , कोषाध्यक्ष महेन्द्र सिहं, सहसचिव दुर्गाबहादुर खत्री, सदस्यहरु क्रमशः वावुराम सिंह , शान्ति नेपाली धर्मकुमारी महत , ललिता चालिसे , शिवबहादुर नेपाली, राजकुमारी माझी, झकला माझी रहेका छन् ।

यसरी उठान गरेका थियौं हामीले भाद्र २७ गते उक्त वनकाण्डको समाचार

वन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण खत्रीका नजिकका मानिस मानिएका शिवबहादुर नेपालीलाई त्यस वन नजिकै अवैध फर्निचर सञ्चालन गर्न लगाई काठ कटानी चिरानी गर्दै वामीटक्सार र बाग्लुङ्गको खर्वाङ्ग लगायतका स्थानमा तस्करी हुँदै आएको सुराकी पाए पछि शनिवार ईलाका वन कार्यालय तम्घासले छापा मार्दा यस्तो खुलासा भएको हो ।

१ सय ३५ हेक्टर क्षेत्रफल रहेको श्रृङ्गाको वन क्षेत्र मध्ये अत्यन्त गोप्य स्थान खण्ड नम्वर ५ अर्मर्झालाई अखडा बनाई लामो समय देखि बन एैनले बर्जित गरेको साल काठ तस्करी हुँदै आएको स्थानियले सुराकी दिए पछि आफुहरु छापा मार्न जाँदा त्यस्तो पाईए पछि कटानी र चिरानी भएका काठहरु बरामद गरिएको ईलाका वन कार्यालयका बन रक्षक वावुराम खनालले बताए । उनले उक्त काठ तस्करी समितिकै मिलोमोतोमा हुने गरेको बताए ।

‘समितिका सिमित ब्यक्तिको मिलोमोतो नभई त्यस्तो हुनै सक्दैन हामीले ति काठहरु नाप जाँच गरी वन कार्यालयको अनुमति विना त्यही राख्ने गरी उपभोक्ताहरुको जिम्मा लगाएर आएका छौं’– खनालले भने–‘ यस कार्यालयका प्रमुख पन्नलाल भट्टराईज्यु यति वेला जिल्ला बाहिर भएकोले कार्वाही प्रकृया अगाडी बढ्न सकेको छैन् ।’ उनका अनुसार ७ फुट लम्वाई ४२ थान चिरानी साल काठ र साल कै २६ थान गोलिया काठ एक स्थानबाट वरामद गरिएको छ भने अवैध फर्निचर सञ्चालन गर्दै आएका शिवबहादुर नेपालीबाट १०३ क्युफिट सल्ला काठ वरामद गरिएको छ ।

वन रक्षक खनालका अनुसार साल काठ कुल १ सय ४४ क्युफिट हुन आउछ । चुनाव हुनु भन्दा केहि महिना अघि देखि सञ्चालन गरिएको शिवबहादुर नेपालीको अवैध फर्निचर वन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण खत्रीको संकेतमा सञ्चान गरिएको त्यहाँका राजनैतिक दलका नेताहरुले आरोप लगाउँदै आएका छन् । अध्यक्ष खत्री विरुद्ध अख्तीयार अनुसान्धान आयोगमा समेत स्थानिय उपभोक्ताले उजुरी दिएको र जिल्ला प्रशासन कार्यालय गुल्मीमा समेत पत्र पेश गरिएको बताईएको छ ।

अध्यक्षद्धारा कसैलाई सुईको नदिई बैंकबाट साढे दुई लाख झ्याम

काठ तस्करीको सेटिङ्ग मिलाएको आरोप खेपेका अध्यक्ष खत्रीको फेरी अर्को काण्ड बैकमा समितिका कुनै व्यक्तिलाई थाह नदिई चुनाव ताका २ लाख ५० हजार रकम निकासी गरेर हिनामिना गरेको समेत खुलेको छ । नेकपा उमालेबाट मुसिकोट नगरपालिका वडा नम्वर २ का वडाध्यक्षका उमेदवार रहेर विजयी भएका खत्रीले वन समितिका सचिव कमला आचार्य र कोषाध्यक्ष महेन्द्रसिह ठकुरीलाई झुक्काएर हस्ताक्षर गर्न लगाई उक्त रकम निकालेको तव मात्र थाह भयो जव सदरमुकाम तम्घास आई समितिले अडिट गराउनका लागि बैंकको स्टेटमेण्ट निकाल्नु पर्यो । उनले राष्ट्रिय बाणिज्य बैंक गुल्मी शाखामा त्यस वन उपभोक्ता समितिको खाता नम्वर ३०१००००५०८०१÷सि ५०८ बाट २ लाख ४० हजार रुपैयाँ निकालेको खुलासा भएको छ ।

‘उक्त रकम निकालेको तव थाह पाईयो जव हामी आर्थिक वर्ष २०७३ ÷०७४ को लेखा परिक्षण गर्न तम्घास गईयो’–समितिकी सचिव कमला आचार्यले भनिन–‘बैंकबाट स्टेटमेण्ट माग्दा त साढे दुई लाख अध्यक्ष खत्रीले हामी कसैलाई जानकारी नदिई झिकी सक्नु भएको रहेछ । चेक सकियो , नयाँ चेक बनाउनु प¥यो भनेर हस्ताक्षर गराउनु भएको थियो तर उहाँले त्यस्तो वाहना बनाएर हामीलाई झुक्काउनु भयो सचिव आचार्यले भनिन त्यो रकम निकाल्ने कुनै निर्णय नै भएको छैन ।’ अध्यक्ष सहित ३ जना खातावाला मध्येका कोषाध्यक्ष महेन्द्रसिंह ठकुरीले पनि समितिका कुनै पनि ब्यक्तिलाई सुईको नदिई अध्यक्ष खत्रीले उक्त रकम निकालेको र वनमा काठ तस्करी समेत हुने गरेको आफुहरुले बल्ल अहिले आएर चाल पाएको बताए ।

सह सचिज दुर्गाबहादुर घर्तिले पनि आफुहरु कसैलाई सुईको नदिई गरिएको यस्तो अनियमित कार्यको भत्र्सना गरे । यी तिन जना पदाधिकारी सहित समितिका सात जनाले अध्यक्ष खत्रीको अनियमति कार्य विरुद्ध भदौं १ गते समितिबाट राजिनामा दिएका छन् । राजिनामा दिने सदस्यहरुमा वावुराम घिमिरे , धर्मकुमारी महत , रना नेपाली र ललिता चालिसे समेत रहेका छन् ।

ईलाका वन कार्यालय तम्घासले समितिले गत आर्थिक वर्षमा गरेको लेखा परिक्षणको खर्च विवरणमा समेत आशंका गरी समितिलाई सक्कली विल भर्पाई सहित कार्यालयमा उपस्थित हुन भदौ २१ गतेका दिन पत्र काटेको छ । वन उपभोक्ता समितिले आयमुलक कार्यक्रम मौरीपालन , वाख्रापालन, अदुवा र वेसार खेती गर्दा बन कार्यालयको सहमति विना र उपभोक्ता समितिको कार्ययोजना विना उक्त कार्यक्रममा गरिएको भनिएको खर्च स्पष्ट नभएको पत्रमा उल्लेख छ । अध्यक्ष खत्रीले भने जानकारी दिएरै रकम निकालेको दावि गरे ।

के प्रयोजनका लागि निकाल्नु भएको हो र निकाले पछि किन जानकारी दिनु भएन त समितिलाई भन्ने प्रश्नमा उनले भने सामुदायिक वनको भवन बनाउन पर्ला भनेर निकालेको हो क्यारे बेलामा बनाउन नसिकएकोले उक्त रकम मैले नै राखेको छु ’–खत्रीले भने । उनले काठ तस्करीमा पनि आफ्नो संलग्नता नभएको बताए ।

बन भित्रै फर्निचर

त्यस सामुदायिक वन अन्तरगत निकै विकुनो झाडीमा वन्चरो , काठ चिर्ने आरो लगायतका सामग्री राख्ने, रातीमा रुख ढलाउने र अलग अलग गेंडी बनाएर अलग अलग झाडीहरुमा लुकाउने गरिएको प्रत्यक्ष देख्न पाईन्छ । त्यहाँका शिवबहादुर नेपालीले दर्ता नगरी फर्निचर सञ्चान गर्दै आएको वन कार्यालयका वावुराम खनालले बताए । उनले दर्ताको कागज पत्र पेश गर्न नसके पछि उक्त फर्निचर अवैध रुपमा सञ्चालन गरेको पाईएको छ ।

उनको फर्निचरबाट पनि त्यसै बनको सल्ला काठ वराबद भए पछि उनि समितिका सिमित मानिसहरुको मिलोमोतोमा उनि तस्करीमा संलग्न भएको पाईएको खनालको भनाईले स्पष्ट पारेको छ । समितिका सिमित व्यक्तिको मिलोमोतो विना वन छेउँवैमा फर्निचर र धमाधम वन भित्रै काठ चिरानी चल्नै नसक्ने त्यहाँका आम सर्वसाधरण उपभोक्ताको भनाई छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय