गुल्मीमा वाम गठबन्धन कांग्रेस भन्दा २२ हजार मतले अगाडी

गुल्मीमा वाम गठबन्धन कांग्रेस भन्दा २२ हजार मतले अगाडी

प्रेम सुनार/

गुल्मी, कात्तिक १२ । ५ नम्वर प्रदेश अन्तरगतको गुल्मीमा प्रतिनिधी सभा र प्रदेशसभाका लागि हुन गई रहेको निर्वाचनमा कुन कुन पाटीको को को नेताले जित्ने हुन भन्ने चर्चा चुलिदै गएको छ । स्थानिय तहको निर्वाचनमा कांग्रेस माओवादी गठबन्धन हुँदा पनि १२ स्थानिय निकाय मध्ये ७ स्थानिय निकाय नेकपा एमालेले एक्लैले जितेको थियो ।

२०५१ देखि लगातार लालकिल्लाका रुपमा स्थापित यस जिल्लालाई २०७० को संविधान सभा चुनावमा आएर क्षेत्र नम्वर २ मा कांग्रेस नेता चन्द्र भण्डारी र र क्षेत्र नम्वर १ मा कृष्ण छन्त्यालले जितेर लालकिल्ला भङ्ग गरी कांग्रेसको विरासत फर्काएका थिए ।

क्षेत्र नम्वर ३ मा मात्र नेकपा एमालेका नेता गोकर्ण विष्टले जितेका थिए । अहिले दुई वटा मात्रै क्षेत्र र चार वटा प्रदेश बनेका छन् । २०७० मा गुमेको मत स्थानिय तहको निर्वाचनमा आएर नेकपा एमालेले पनि बडायो र माओवादी केन्द्रले पनि आफ्ना मतदाता फर्कायो । तिनै मत आगमी निर्वाचनमा पनि अथावत रह्यो भने नेपाली कांग्रेस र अन्य साना दल भन्दा वाम गठबन्धन २२ हजार भन्दा बडि मतले अगाडी देखिएको छ ।

स्थानिय तहको निर्वाचनमा चार वटै प्रदेशमा खसेको मत संख्या जोड्दा नेपाली कांग्रेस भन्दा वाम गठबन्धन २२ हजार २ सय १४ मतले अगाडी छ ।

जिल्लामा मतका आधारमा २०५१ साल देखि नै वामपन्थीहरु अगाडी छन् । ०५१ र ५६ सालमा गुल्मीका तीव वटै निर्वाचन क्षेत्र एमालले जितेको थियो । भने ०६४ सालको निर्वाचनमा दुई वटा निर्वाचन क्षेत्र माओवादी र एउटा निर्वाचन क्षेत्र एमालेले जितेको एमाले जिल्ला सचिवालय सदस्य गणेश श्रीपालीले बताए । तर एमालेले एउटा मात्र निर्वाचन क्षेत्र जितेपनि मतको आधारमा वाम पन्थीहरु अगाडी नै थिए ।

यस्तो छ स्थानीय तहको मत

कालीगण्डकी, सत्यवती, चन्द्रकोट र रुरु गाउँपालिकाको वार्ड नम्बर २, ५ र ६ समावेश गरि प्रदेश सभा १ निर्माण भएको छ । यो प्रदेशमा स्थानीय निकायको निर्वाचनको सदर मत ३५ हजार दुई सय ९१ हो । जसमध्ये नेकपा एमाले र नेकपा माओवादी केन्द्र अर्थात बाम गठबन्धनको २० हजार चार सय ६३, नेपाली काङ्ग्रेसको १४ हजार सात सय पाँच र अन्य दलको एक सय २३ मत रहेको जिल्ला निर्वाचन कार्यलय गुल्मीले जनाएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा बाम गठबन्धन काङ्ग्रेस भन्दा पाँच हजार सात सय ५८ मतले अगाडी रहेको छ । रुरु गाउँपालिकाको वार्ड नम्बर १, ३ र ४ सहित छत्रकोट, गुल्मी दरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाको वार्ड नम्बर ७ देखि १४ सम्म गरि प्रदेश सभा २ को निर्माण गरिएको छ । यस प्रदेश सभामा स्थानीय निकायको निर्वाचनमा ४५ हजार २६ कुल सदर मत रहेको छ ।

जसमध्ये बाम गठबन्धनले २२ हजार चार सय १६, नेपाली काङ्ग्रेसले १५ हजार एक सय ९४ र अन्य दलले एक सय ९५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यलयका नायब सुब्बा श्याम पाण्डेले जानकारी दिए । प्रदेश नम्बर २ मा पनि बाम गठबन्धन काङ्ग्रेस भन्दा सात हजार दुई सय २२ मतले अगाडी देखिएको छ । रेसुङ्गा नगरपालिकाको वडा नं १ देखि ७ सम्म, इश्मा गाउँपालिका र मुसिकोट नगरपालिका गरी प्रदेश सभा ३ निर्माण भएको छ ।

गुल्मीमा कुल एक लाख ९६ हजार तीन सय ४२ जना मतदाता रहेका छन् । जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार चार सय २५ जना र निर्वाचन क्षेत्र नम्बर २ मा ९० हजार ९ सय १७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यलयका प्रमुख गणेश बहादुर खत्रीले बताए ।

स्थानीय तह निर्वाचनमा यो प्रदेशको कुल सदर मत २८ हजार ५३ रहेको थियो । जसमध्ये बाम गठबन्धनले १५ हजार आठ सय ७७, नेपाली काङ्ग्रेसले १२ हजार १५ र अन्य दलले एक सय ६१ मत प्राप्त गरेको नायव सुब्बा पाण्डेले बताए । यो प्रदेशमा पनि बाम गठबन्धन काङ्ग्रेस भन्दा तीन हजार आठ सय ६२ मतले अगाडी रहेको छ ।
गुल्मीको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ४ मा धुर्कोट, मदाने र मालिका गाउँपालिका रहेका छन् ।

स्थानीय निकायको निर्वाचन अनुसार यस सभामा ३२ हजार तीन सय ३८ मत सदर भएको छ । जसमध्ये एमाले र माओवादीको कुल मत २० हजार आठ सय ९५ र काङ्ग्रेसको ११ हजार तीन सय २३ रहेको छ । अन्य दलहरुले एक सय २० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । यो प्रदेशमा गठबन्धन सबैभन्दा धेरै नौ हजार पाचँ सय ७२ मतले अगाडी रहेको छ ।यसरी स्थानिय तहको निर्वाचनमा चार वटै प्रदेशमा खसेको मत संख्या जोड्दा नेपाली कांग्रेस भन्दा वाम गठबन्धन २२ हजार २ सय १४ मतले अगाडी छ ।

गुल्मीमा झण्डै दुई लाख मतदाता

गुल्मीमा कुल एक लाख ९६ हजार तीन सय ४२ जना मतदाता रहेका छन् । जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार चार सय २५ जना र निर्वाचन क्षेत्र नम्बर २ मा ९० हजार ९ सय १७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यलयका प्रमुख गणेश बहादुर खत्रीले बताए । गएको स्थानीय निकाय चुनावमा गुल्मीमा एक लाख ८० हजार सात सय ७५ मतदाता रहेका छन् । प्रतिनिधिसभा सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ अनुसार गुल्मीमा दोस्रो चरण अन्तगरगत मंसिर २१ मा निर्वाचन हुन लागेको हो ।

जसका लागि कार्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूचि प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यस्तै १७ गते उम्मेदवारको विरुद्धमा उजुरी दिने, १८ गते मनोनयनपत्र र उजूरी उपर जाँजबुझ गरी निर्णय गरी नामावली प्रकाशन गर्ने, १९ गते उम्मेदवारको नाम फिर्ता लिने, पुन उम्मेदवारको नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन अनुगमन अधिकृत दुर्गा प्रसाद बस्यालले जानकारी दिए ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय नजिकिएको छ । जसका कारण जिल्लामा चुनावी सरगर्मी बढ्दै जान थालेको छ । स्थानीय निकायको चुनावमा काङग्रेस माओवादीबिच भएको तालमेल अहिले एमाले माओवादी सहितका बिचमा भएको छ ।

यी हुन् वाम गठबन्धनका हस्ती

गुल्मीको क्षेत्र नम्वर १ र २ को प्रतिनिधी सभामा क्रमशः नेकपा एमालेका सचिवद्धयः प्रदिपकुमार ज्ञवाली र गोकर्णराज विष्टले उमेदवारी पाउने भएका छन् । ज्ञवालीका प्रतिष्पर्धी कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी रहेका छन् । त्यस्तै विष्टका प्रतिष्पर्धी कांग्रेस महासमिति सदस्य चन्द्र केसी हुने चर्चा छ । त्यस्तै प्रदेश सभाको १ मा माओवादी केन्द्रका नेता तथा पुर्व सांसद सुदर्शन बराल र सोही पार्टीका अर्का नेता युवाराज केसीको नाम चर्चामा छ ।

प्रदेश सभा २ मा नेकपा एमालेका नेता तथा पुर्व सांसद कमलराज श्रेष्ठ सर्वसम्मत भएका छन् । ३ नम्वर प्रदेशमा एमाले नेता खड्ग केसीले उमेदवारी पाउने बताईएको छ । ४ नम्वर प्रदेशमा माओवादी केन्द्रका नेताद्धयः दिनेश पन्थी र बुद्धि जिसीको नाम चर्चामा छ । प्रदेश सभाको उमेदवारीमा कांग्रेसबाट धेरैको नाम चर्चामा भए पनि एकिन हुन सकेको छैन् । अन्य दलहरुबाट पनि धेरैको नाम चर्चामा भए पनि टुङ्गो लागेको छैन् ।

बाढी पहिरो अपडेटः देशभर २४ को मृत्यु, २७ बढी बेपत्ता

काडमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा ९, भक्तपुर, काभ्रे र पाँचथरमा ३–३, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा काठमाडौं, झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। २७ जना बेपत्ता छन्। ललितपुरमा मात्रै बाढी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। ११ जना हराइरहेका छन्। उनीहरुको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। भक्तपुरमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका– ९ पलाँसेमा पहिरोले घर पुर्दा कालिकोटका तीन जानको मृत्यु भएको हो। मृत्यु हुनेमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका ५ स्थायी घर भएकी २४ वर्षीया बिमला शाही, उनकी बहिनी १४ वर्षिया मनिषा र ४ वर्षिया छोरी सूर्या बमको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता मोहनमणि अधिकारीले जानकारी दिए। त्यस्तै, काभ्रेको तेमाल गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान करिब ३ बजेतिर भीमबहादुर तामाङको घर पहिरोले पुर्दा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। थप एकजना मृतको भने पहिचान खुलेको छैन्। यस्तै सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका ३ मा पहिरोले घर पुर्दा पूर्व वडाध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमती सुन्तली तामाङको मृत्यु भएको हो। उता, पाँचथरको फिदिममा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ। वडा नं ४ मा २४ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो। यस्तै फिदिम–१ मा गएको पहिरोमा परि स्थानीय ५० वर्षका गोपी विश्वकर्माको मृत्यु भएको छ। फिदिम–१ कै पाँचजना अझै वेपत्ता छन्। धनकुटामा पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ। पाख्रिबास नगरपालिका ५– गुराँसेमा सन्तोष तामाङकी ३० वर्षिया श्रीमती आशा तामाङ र उनकी आमा रामकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। काठमाडौंको नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलका अनुसार घर अरु केही व्यक्ति पुरिएका छन्। मृतक र बेपत्ताको परिचय खुल्न बाँकी छ। झापामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। झापा गाउँपालिका–२, बालुवाटार बस्ने ३५ वर्षीया धनमाया घोरासैनीको माइखोलामा आएको बाढीमा परी मृत्यु भएको हो । दुई जना बेपत्ता छन्। यस्तै काभ्रेको पनौती नगरपालिका– ११ थुम्कीमा पहिरोले घर बगाउँदा पाँचजना सम्पर्कविहीन भएका छन्। स्थानीय अर्जुन भण्डारीको घर पुरिँदा उनी र श्रीमतीसहित पाँचजना बेपत्ता भएका हुन्। श्रीमान–श्रीमती र आफन्त तीनजना पहिरोमा पुरिएको खबर पाए पनि ठाउँठाउँमा पहिरो गएका कारण त्यहाँ पुग्न कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ। सिस्नेरीका ३० घर बगायो अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ। सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए। बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन्। अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुई वटा ढोका खोलिएको थियो। विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ। बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ। स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ। पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।

सिस्नेरीमा एन्फा एकेडेमीका ६ विद्यार्थी बगे

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीमा रहेको बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको छ। आज बिहान ६ बजेतिर सिस्नेरी खोलामा आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिनुभयो । कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बाढीले बगाएको ठकुरीले बताउनुभयो । एन्फाले गत वर्ष उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो। बेपत्ता विद्यार्थीहरुमा अनुप घलान मकवानपु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन ।

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

लोकप्रिय