गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः भौतिक प्रगति ८२ प्रतिशत

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः भौतिक प्रगति ८२ प्रतिशत

भैरहवा– भैरहवाको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ८२ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ ।

विमानस्थल आयोजनाका अनुसार अबको अधिकांश काम प्राविधिक र इलेक्ट्रो मेकानिकल भएकाले छिटपुट र साना स्ट्रक्चरल काम मात्र बाँकी छन् । यो कामको भार १५ प्रतिशत रहेको छ । सम्पन्न भएपछि मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहने यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पनि अत्याधुनिक हुनेछ ।

“आयोजना समयमा नै सम्पन्न गर्ने काम निरन्तर भइरहेको छ, दशैँ बिदाको समयमा समेत हामीले विमानस्थल निर्माणको काम रोकेनौँ, मुख्य काम काम डिसेम्बरभित्र सम्पन्न गरी सन् २०२० को पहिलो तीन महिनाभित्र परीक्षण उडान गरी निरन्तर सञ्चालन गर्नेतर्फ हामी अघि बढेका छौँ”– आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।

दशैँ बिदाको बेलासमेत पर्यटनमन्त्री योगेश भट्टराईले विमानस्थलको अवलोकन गरी यसको प्रगतिबारे जानकारी लिएको थियो । “पछिल्लो समस्याको बारेमा हामीले मन्त्रीलाई समेत जानकारी गराएका छौँ, भविष्यका सम्भावित समस्याको समाधानमा उहाँको प्रतिबद्धता रहेको छ”– अधिकारीले भने । विशेष गरी आईसीपी–०२ अन्तर्गत विभिन्न उपकरण आयात गर्दा हुने समस्या कसरी समाधान गर्ने भन्ने विषयमा मन्त्रीसँग गम्भीर छलफल भएको पनि आयोजना प्रमुख अधिकारीले बताए ।

“उपकरण जडानको काम पनि करिब तीन महिनामा सकिने प्रमुख अधिकारीले बताए । अहिले विमानस्थलमा टर्मिनल भवन फिनिसिङ र कार पार्किङको काम भइरहेको छ । यी दुईको काम अबको दुई महिनामै सक्ने तयारी छ ।

त्यसैगरी एसी सिस्टम, टर्मिनल भवनभित्र विद्युतीय उपकरण जडानको काम पनि भइरहेको आयोजना प्रमुख अधिकारीले जानकारी दिए । त्यसैगरी विमानस्थलको धावनमार्गभित्र फाउन्डेसनको काम पनि अगाडि बढाइएको छ । “यी काम सकिएपछि भौतिक पूर्वाधारको सबै काम सकिन्छ, त्यसपछि गार्डेनिङको काम गरेसँगै विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि तयार हुन्छ” अधिकारीले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले पटकपटक आगामी डिसेम्बरभित्रै विमानस्थल निर्माण सक्न निर्देशन दिएकाले उनको निर्देशनबमोजिम नै डिसेम्बरसम्म भौतिक पूर्वाधारको काम सक्ने गरी तीव्रता दिइएको आयोजना प्रमुख अधिकारीले बताए । “भौतिक पूर्वाधारको काम सकिएपछि सन् २०२० को पहिलो तीन महिनामा फिनिसिङको काम सकेर परीक्षण उडान गर्ने तयारी छ, त्यसपछि आयोजना हस्तान्तरणको प्रक्रिया सुरु हुन्छ” उनले भने ।

मुलुकको प्रतिष्ठासँग जोडिएको यो अन्तर्राष्ट्रिय विमानस्थल डिसेम्बरभित्रै सम्पन्न गर्न आयोजना लागेको छ । आयोजनाको काम अन्तिम अवस्थामा पुग्दै गर्दा नयाँ–नयाँ समस्या देखिँदै जाने भएकाले ती समस्याको समाधान गर्दै कुनै पनि हालतमा डिसेम्बरअघि सम्पन्न गरी नेपाल भ्रमण वर्षको पहिलो त्रैमासिकभित्र उडान सुरु गर्नुपर्ने अधिकारीले बताए ।

पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट ज्ञानदेवी पुन सिफारिस

रकुम । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा रिक्त उपाध्यक्ष पदको चुनावी प्रतिस्पर्धा गर्न नेकपा माओवादी केन्द्रको तर्फबाट ज्ञानदेवी पुन सिफारिस हुनुभएको छ । मंसिर १६ मा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट पुन सिफारिस हुनुभएको हो। नेकपा (माओवादी केन्द्र) पुथा उत्तरगङ्गा गाउँपालिका कमिटीको २ दिन सम्म चलेको विस्तारित बैठकले पुनलाई सर्वसम्मत सिफारिस गरिएको नेकपा (माओवादी केन्द्र) पुथा उत्तरगङ्गा गाउँपालिका कमिटी अध्यक्ष हर्क बहादुर कामीले बताउनुभयो । अध्यक्ष कामीका अनुसार १० जना आकाङ्क्षी मध्यबाट आपसी सहमतिमै पुन सिफारिस हुनुभएको हो ।  १० जना आकाङ्क्षीहरु आफै सहमति गरेर १ जनामा केन्द्रीकृत हुनु नै विजयको सन्देश दिनु भएको नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गणेशमान पुनले बताउनुभयो । माओवादीको आधार इलाकाले परिचित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा माओवादी केन्द्रले काङ्ग्रेस एमालेको संयुक्त उमेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको मन्त्री पुनले बताउनुभयो  ।   गत महिना भाद्र २८ गते बाङ्लुङ भुङखानीमा भएको जिप दुर्घटनामा परि पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा, वडा नं. २ का वडा अध्यक्ष जस बहादुर श्रीपाली र उपाध्यक्षको आमा गोपीमायँ बुढासहित निधन भएका कारण उपाध्यक्ष पद र वडा अध्यक्ष पद रिक्त भएको थियो ।

प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ । उहाँहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

पुटिनले राष्ट्रपती ट्रम्पलाई बधाई दिंदै के भने ?, हेर्नुहोस्

सोची, रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपती डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार पुटिनले ट्रम्पलाई बधाई दिएका हुन् ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नोभेम्बर ७ मा भल्दाई इन्टरनेशनल डिस्कसन क्लबको पूर्ण सत्रमा बोल्दै डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका हुन् । पुटिनले आफ्नो बधाई सन्देशमा भनेका छन्, “म उहाँ (डोनाल्ड ट्रम्प) अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएकोमा बधाई दिन चाहन्छु । मैले पहिले नै भनेको छु, हामी अमेरिकी जनताले विश्वास गर्ने राष्ट्र प्रमुखसँग काम गर्नेछौँ ।” बधाई दिएको भएपनि अहिलेसम्म औपचारिक रुपमा रुसी  राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई पत्र भने पठाएका छैनन्। यसपटक अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि ट्रम्पले हालसम्म युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विश्वका ७० नेतासँग टेलिफोनमा कुरा गरिसकेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।  

बेपत्ता छानबिन र सत्य निरुपण आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान

काठमाडौं । बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्त गर्न आवेदन आह्वान भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयले आज सूचना प्रकाशन गरी आवेदन आह्वान गरेको हो । बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ ले आयोगमा अध्यक्षसहित पाँच सदस्य रहने निर्धारण गरेको छ। त्यसमा कम्तिमा एकजना महिला अनिवार्य हुनुपर्ने भनिएको छ । अध्यक्ष तथा सदस्य बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको, कुनैपनि राजनीतिक दलको सदस्य नरहेको, उच्च नैतिक चरित्र भएको, मानवअधिकार, शान्ति, द्वन्द्व व्यवस्थापन वा समाजशास्त्रको क्षेत्रमा काम गरेको, ३५ वर्ष उमेर पूरा भएको लगायतका योग्यता तोकिएको छ । अध्यक्षको हकमा सर्वोच्च अदालतको न्यायाधीश वा पुनरावेदन अदालतको मुख्य न्यायाधीश भइसकेको, नेपाल न्याय सेवाको विशिष्ट श्रेणीको पदमा काम गरिसकेको वा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता भएको हुनुपर्ने उल्लेख छ।

लोकप्रिय