चितवनको विकासमा प्रचण्डः रङ्गशालाका लागि ५० करोडदेखि शक्तिखोरमा औद्योगिक क्षेत्र

चितवनको विकासमा प्रचण्डः रङ्गशालाका लागि ५० करोडदेखि शक्तिखोरमा औद्योगिक क्षेत्र

चितवन, माघ २६ । बुधबार चितवनको विकासमा प्रधानमन्त्री प्रचण्डले महत्वपूर्ण घोषणा गरे । प्रधानमन्त्रीको गृह जिल्ला समेत रहेको चितवनलाई औद्यौगिक र पर्यटकीय नगरीका रुपमा विकास गर्न तथा खानेपानी, बाटो, स्कूल, खेलकूदलगायतका क्षेत्रमा प्रधानमन्त्रीको घोषणाले ठूलो स्वागत समेत पायो ।

प्रधानमन्त्रीले रङ्गशाला निर्माणका लागि ५० करोड विनियोजन गर्ने जानकारी कार्यक्रममा दिए । योसँगै शक्तिखोरमा औद्यौगिक क्षेत्र स्थापना गर्ने, बिभिन्न सडकहरुको स्तरोन्नती, एकीकृत ढल आयोजना, नदी कटान, खेल मैदान, अस्पतालको स्तरोन्नतीलगायतका क्षेत्रमा सरकारले थप बजेट निकासा गरेको र केही योजनाहरु प्रक्रियामा रहेको उनले जानकारी दिए ।

यी हुन् प्रधानमन्त्रीले घोषणा गरेका योजनाहरु ?
कार्यान्वयनमा रहेका योजनाहरु

१. पटिहानीबाट सीतामाई हुंदै केसरबाघसम्मको १० किलोमिटरमा जंगल किनारामा जंगली जनावरबाट सुरक्षाका लागि फाउण्डेसन सहित कोम मेस जाली लगाउने कार्यका लागि थप रु. १ करोड ७० लाख बजेट व्यवस्था गरि काम सुरुवात भइसकेको छ ।

२. बीरेन्द्र क्याम्पस पछाडि एकीकृत ढल आयोजनाको लागि थप रु. ५० लाख बजेट व्यवस्था गरि काम भइरहेको छ ।

३. बाल मन्दिर सडक निर्माण र सोलारको लागि रु.५० लाख थप रकम व्यवस्था गरी हाल सो काम अगाडि बढिरहेको छ ।

४. यसै गरी पटिहानी धनौजी चोकबाट सितामाई जाने सडक निर्माणको लागि थप ४५ लाख ठिमुवा देवघाट रामनगर धार्मिक पर्यटन मार्ग निर्माणका लागि रु. ४० लाख थप रकम व्यवस्था गरी हाल कार्य भइरहेको छ ।

५.नारायणी नदी तटबन्धन गरी चक्रपथसहितको सडक निर्माणका लागि रु. ५० लाख थप बजेट व्यवस्था गरी कामलाई अगाडि बढाइएको छ ।

६. भरतपुर उपमहानगरपालिकाको जग्गामा सिटी हल निर्माणको लागि रु.४० लाख थप बजेट व्यवस्था गरिएको छ ।

७. ल्याण्डफिल साइट निर्माणको लागि रु. ५० लाख थप बजेट व्यवस्था गरिएको छ ।

८. भरतपुर वडा नं. ४ मा अण्डरग्राउण्ड पार्किङसहित बहुतले सब्जीमण्डी निर्माणको लागि रु. ५० लाख थप बजेट व्यवस्था भइसकेको छ ।

नयाँ योजनाहरुः

१. टाउन जगतपुर हुंदै राप्ती पुल हुलाकी सडक कालोपत्रे गर्ने कार्यको लागि १ करोड ९९ लाख, चनौटे हुँदै गोलाघाट सडक कालोपत्रे गर्नको लागि रु. १ करोड ५० लाख व्यवस्था भइसकेको छ ।

२. यस्तै मंगलपुर शिवनगर सडकको स्तरोन्नतिको लागि रु. १ करोड ८० लाख, शुक्रनगर हुँदै मेघौली जाने सडक कालोपत्रे गर्ने कार्यको लागि रु. १ करोड ९९ लाख र गीतानगर बजारबाट शिवनगरबरको बोट हुँदै चनौली सम्मको सडकको लागि रु. १ करोड ५० लाख बजेट व्यवस्था गरिएको छ ।

३. माडी खैरहनी र शितलपुर माडीमा एकता स्तम्भ निर्माणका लागि रु.५०/५० लाख, भरतपुरमा यातायात सेवा केन्द्रको लागि रु. १ करोड ९९ लाख रकम व्यवस्था गरिएको छ ।

४. यसैगरी भरतपुर गोद्राङ देवनगर, सीतामाई हुंदै पटिहानी बजारसम्मको सडक कालोपत्रे गर्नको लागि रु. १ करोड, नारायणगढ पुल्चोक, शिवघाट, विजयनगर, सीमरी टाउन साझापुर हुंदै गोलाघाटसम्मको पीच बाटो निर्माणको लागि रु. १ करोड ५० लाख बजेट व्यवस्था गरिएको छ ।

५. जगतपुर कसराचोक धु्रवघाट शुक्रनगर हुंदै पर्साढाप सम्मको सडक स्तरोन्नतिको लागि रु. १ करोड, हुग्दी हात्तिवाङ सिराइचुली टाडीसम्मको पर्यटकीय सडकका लागि रु.१ करोड ५० लाख, भरतपुर विशालचोक भोजार्ड लंकालाइन खालेसिमल पिठूवा चैनपुर बीरेन्द्रनगर भण्डारा बैकल्पिक हाइवे निर्माणका लागि १ करोड ८० लाख, पार्वतीपुर बजार विजयचोकबाट दक्षिण मधुपुरी बजार हुंदै कसराचोक सम्मको कालोपत्रेका लागि १ करोड ५० लाख व्यवस्था गरिएको छ ।

६. मंगलपुर देखि दक्षिण फूलवारी राधापुर मन्दिरसम्म कालोपत्रेका लागि रु. १ करोड, सुन्दरबस्ती चोकबाट पूर्व बरौजी चोक हुंदै उज्जलनगर जंगल सम्मको सडक कालोपत्रेको लागि रु. १ करोड ५० लाख, भरतपुर न.पा. त्रिचोकदेखि धर्मचोक लंकुसम्म सडक कालोपत्रैका लागि रु. ८० लाख, भरतपुर न.पा. बनदेवि मन्दिर बरण्डाभार देखि काँडाघारीचोक सम्मकोे सडक कालोपत्रेका लागि रु. ८० लाख र भ.न.पा. २५ सुइदार चोकदेखि सुन्दरबस्ती चोक हुँदै पकौडीसम्मको सडक कालोपत्रैका लागि रु.१ करोड ५० लाख व्यवस्था गरिएको छ ।

७. नारायणी उच्च मा.वि. भरतपुर १० पूर्वाधार विकासका लागि ८० लाख र सर्वशान्ति उच्च मा.वि. दाह्रचोक चितवन भवन तथा खानेपानीका लागि रु ९० लाख व्यवस्था गरिएको छ ।

प्रक्रियामा रहेका आगामी केही दिनभित्र निर्णय हुने विषयहरुः
१. भरतपुर नगरपालिका वडा नं–१ ठिमुरामा रंगशाला निर्माणका लागि रु. ५० करोड बजेट व्यवस्था गरी तत्काल काम अगाडी बढाइने जानकारी गराउँछु ।

२. भरतपुर र पर्सामा ४/४ करोडको लगानीमा कवर्डहल निर्माण गरिने जानकारी गराउँछु ।

३. यसैगरी चितवन जिल्लाका पाँचवटै निर्माण क्षेत्रमा खेल मैदान निर्माणका लागि ५०÷५० लाख बजेट व्यवस्था गरिने समेत यसै अवसरमा जानकारी गराउँछु ।

४. भरतपुर अस्पताललाई स्तरोन्नति गरी केन्द्रीय अस्पताल बनाइने र यसै वर्षदेखि स्नातक र स्नातोकोत्तर तहको पढाई शुरु गर्ने गरी तयारी भइरहेको जानकारी गराउँछु ।

५. विशेष आर्थिक क्षेत्र विकास समितिअन्तर्गत चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने प्रक्रिया अगाडि बढिसकेको छ ।

६. भरतपुरमा घरेलु तथा साना उद्योग कार्यालयको कम्पाउण्डभित्र प्रदर्शनी कक्ष स्थापना गर्न बजेट तथा कार्यक्रम व्यवस्था गर्ने गरी प्रक्रिया सुरुवात भइसकेको छ ।

उपनिर्वाचन : कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड

काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगरपालिकाले चुनावीसभा आयोजना गर्ने भएको छ ।  माओवादी केन्द्र कीर्तिपुर नगरपालिकाले एक पोस्टर सार्वजनिक गर्दै मंसिर १३ गते २ः३० बजे कीर्तिपुर नःगाउँ दोबाटोमा चुनावी सभा गर्ने जनाएको छ ।  सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मेयर पदका उम्मेदवार प्रा.डा.शिवशरण महर्जन लगायतले सम्बोधन गर्ने बताइएको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको माओवादी केन्द्रले जनाएको छ। माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै महर्जनलाई मतदान गर्न अपिल गरेका छन् । सरल स्वभावका मर्हजनलाई जिताउन विगतमा टुटफूटभएका विप्लव नेतृत्वको माओवादीसहित विभिन्न समूह सक्रिय भएका छन् ।   करिव ४३ वर्षदेखि कीर्तिपुरमा प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएका शिवशरण महर्जनको व्यक्तित्वका कारण निर्वाचन जित्नेमा पार्टी ढुक्क रहेको माओवादी केन्द्र कीर्तिपुरले जनाएको छ ।  

बक्यौता नतिर्ने उद्योगको बैंक र सेयर खाता रोक्का गर्न प्राधिकरणको पत्राचार(पत्रसहित)

काठमाडौं । डेडिकेटेड तथा ट्रंक फिडरमा लाइन नकाट्न निर्देशन पाएपछि नेपाल विद्युत् प्राधिकरणले बक्यौता उठाउने उद्योगहरूको बैंक खाता, सेयर रोक्का गर्न पत्राचार गरेको छ । नियमन आयोगले लाइन नकाटी अन्य विकल्पबाट बक्यौता उठाउन पत्रचार गरेपछि प्राधिकरण बैंक खाता रोक्का, सेयर कारोबार गर्न नपाउनेलगायत विकल्पमा गएको हो । प्राधिकरणले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी राजिस्ट्रार कार्यालयमा खाता तथा सेयर खरिदबिक्री रोक्काका लागि पत्राचार गरेको छ । पत्रमा प्राधिकरणले खाताबाट रकम झिक्न नपाउने, सेयर निष्कासन गर्न नपाउने माग गरेको छ यस्तै, प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ विद्युत् खरिद सम्झौताबमोजिम भुक्तानी हुने रकमबाट असुल गर्न पियोर इनर्जीलाई पत्राचार गरेको छ । प्राधिकरणले ३४ वटा उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता बाँकी रहेका उद्योगहरूको विवरणसहित पत्राचार गरेको हो । प्राधिकरणका अनुसार, उक्त अवधिको जम्मा ६ अर्ब ४० करोड ९२ लाख ४० हजार ७०१ रुपैयाँ बाँकी छ । ३४ बाहेकका अन्य उद्योग भने किस्ताबन्दीमा आइसकेको प्राधिकरणले जनाएको छ । 

उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने महत्वपूर्ण अवसर: प्रचण्ड

काठमाडौं, १२ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभएको छ । उहाँले आज भिडियो सन्देशमार्फत मतदातालाई अपिल गर्दै सुशासनका पक्षमा मत जाहेर गर्न आग्रह गर्नुभएको छ । ‘यो उपनिर्वाचनले यथार्थमा आगामी आम निर्वाचनका लागि पनि सन्देश दिनेछ । नेपाली जनता साँच्चिकै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने यो महत्वपूर्ण अवसर पनि हो’ अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसकारण यो उपनिर्वाचनलाई अवसरका रुपमा सदुपयोग गरेर देशमा ब्याप्त बेथिति, बिसंगति र विकृतिका विरुद्ध जनमत प्रकट गर्न म अनुरोध गर्न चाहन्छु ।’ उपनिर्वाचन केही निश्चित ठाउँमा मात्रै निर्वाचन हुने भए पनि यसको विशेष अर्थ र महत्व रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘यहाँहरु सबैलाई अवगत नै छ, मैले आफ्नो नेतृत्वमा रहेको सरकारका तर्फबाट देशमा सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध, सामाजिक न्यायका पक्षमा, विभेद र अन्यायका विरुद्ध तथा आर्थिक संकटबाट देशलाई मुक्त गर्न निकै प्रयास गरेको थिएँ । त्यसैको परिणामस्वरुप देशमा सकारात्मक भाव पैदा भएको थियो र भइरहेको पनि छ ।’ अध्यक्ष प्रचण्डले यो उपनिर्वाचनलाई आफ्नो पार्टीले भ्रष्टाचारविरोधी महाअभियानलाई अगाडि बढाउने संकल्पको रुपमा, देशमा सुशासन कायम गर्ने र सामाजिक न्यायसहितको आर्थिक समृद्धिको पक्षमा जागरण ल्याउन अभियानको रुपमा अघि बढाएको स्पष्ट गर्नुभयो । ‘यो महाअभियानलाई सफल पार्न उपनिर्वाचनमार्फत जनताको अभिमतका लागि म विशेष अनुरोध गर्न चाहन्छु ।’ उहाँले भन्नुभयो– ‘यो महाअभियानलाई सफल पार्न उपनिर्वाचनमार्फत जनताको अभिमतका लागि म विशेष अनुरोध गर्न चाहन्छु ।’

कीर्तिपुरमा जित सुनिश्चित बनाउँदै माओवादी

कीर्तिपुर । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले जित सुनिश्चित बनाएको दावी गरेको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको बताइएको छ। माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले नै आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई समर्थन गरेपछि माओवादीको जित थप सुनिश्चित भएको हो । माओवादीले मेयरमा प्राडा शिवशरण महर्जन र वडा अध्यक्षहरुमा १ नम्बरमा सरलगोपाल महर्जन र ४ नम्बरमा इन्जिनियर नारायण विष्टलाई अघि सारेको छ । धनबहादुर महर्जनका अनुसार दुवै वडा अध्यक्षको जित पनि सुनिश्चित भइसकेको छ ।   यसअघि माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीले समर्थन गर्दै साझा प्रतिवद्धता जारी गरिसकेका छन् । यस्तै डा.शिवशरणलाई जिताउन विगतमा टुटफूटभएका विप्लव नेतृत्वको माओवादीसहित विभिन्न समूह सक्रिय भएका छन् ।  करिव ४३ वर्षदेखि कीर्तिपुरमा प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएका शिवशरण महर्जनको व्यक्तित्वका कारण पनि यसपटक उनीप्रतिको समर्थन बढ्दो छ । कीर्तिपुरका स्थानीय बासिन्दासमेत रहेका जसपाका पोलिटव्यूरो सदस्य पञ्चलाल महर्जन यस पटक कीर्तिपुरबासीले प्राडा शिवशरण महर्जनलाई जिताउनेमा आफूहरु विश्वस्त रहेको बताउँछन् । उनले यसअघि कीर्तिपुरको मेयरमा कांग्रेस र एमालेका उम्मेदवारले जितिसकेको र उनीहरुले जनता र कीर्तिपुरका लागि कुनै राम्रँे काम गर्न नसकेकाले यस पटक जनताले विकल्प खोजेको बताए । उनका अनुसार विगतमा कुनै पदमा नरहे पनि कीर्तिपुरका लागि शिक्षा, खानेपानी, यातायात, स्वास्थ्य र सामाजिक क्षेत्रमा धेरै राम्रा काम गरिसकेका, अति इमान्दार र निस्कलंक शिवशरण महर्जनलाई यसपटक मेयरमा जिताउने कीर्तिपुरबासीको अठोट छ । शिवशरणले अघि सारेका एजेण्डा र आफू जितेमा तलव भत्तासमेत समाजसेवामा लगाउने घोषणाले जनतालाई उत्साहित बनाएको उनको भनाई छ ।  यसैगरी कीर्तिपुरकै बासिन्दा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य सुरेश शाही पनि कीर्तिपुरको मेयर र वडा अध्यक्षमा आफूहरुको समर्थनमा माओवादीले अघि सारेका उम्मेदवारले जित्ने ठोकुवा गर्छन । उनले यसअघि पटक पटक अवसर पाउँदा पनि कांग्रेस र एमालेले कुनै काम नगरेकाले यसपटक काम गर्ने उम्मेदवार रोज्नुपर्ने जनताको मत रहेकाले माओवादीका उम्मेदवारले जित्ने दावी गरे । शाहीले आफूहरु शिवशरण जिताउन जनताको घरदैलोमा जाँदा पाएको समर्थनलाई हेर्दा पनि ठूलो मतान्तरले शिवशरणको टिमले जित निकाल्नेमा ढुक्क रहेको बताउछन् ।  कीर्तिपुरमा चुनावी अभियानको सुक्ष्म विष्लेषण गरिरहेका नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय उपाध्यक्ष निलकण्ठ तिवारी पनि यसपटक मेयरमा प्राडा शिवशरण महर्जनले करिव २ हजार मतान्तरले जित्ने विष्लेषण सुनाउँछन् । उनका अनुसार शिवशरणसँग प्रतिस्पर्धा कांग्रेस उम्मेदवार कृष्णमान डंगोलको भए पनि कांग्रेसभित्रैवाट बागी उठेका ४ जना स्वतन्त्र उम्मेदवारमा भोट बाँडिँदा उनको विगतमा पाएको मत ९ हजार ४३ मा झण्डै आधा घट्ने छ । विगतमा उनलाई समर्थन गरेको जनता समाजवादी पार्टी जसले कीर्तिपुरमा उपमेयर जितेको छले अहिले माओवादीलाई समर्थन गरेकाले कांग्रेसको २ हजार मत त स्वतः घटने देखिन्छ । त्यसबाहेक कांग्रेसका बागी स्वतन्त्र उमेदवार कविकुमार महर्जन एक्लैले कांग्रेसको १ हजारभन्दा बढी मत काट्ने छन् । कांग्रेसले मेयर जित्दा पनि कुनै काम गर्न नसकेको जनताको गुनासो सुनिएकाले यस पटक कांग्रेसले ५ हजार मत कटाउन नसक्ने स्वतन्त्र विष्लेषण छ ।  विष्लेषक तिवारीका अनुसार विगतको चुनावमा ५ हजार ५ सय ७ मत ल्याएको एमालेले पार्टीभित्रका ३ जना वागी उम्मेदवार मैदानमा खडा हुनु, पार्टीभित्र तीब्र मतभेद हुनु र विगतमा एमाले अध्यक्ष ओलीविरुद्ध गाली गलौजमा उत्रिएका सुरेन्द्र मानन्धरले टिकट पाउनु जस्ता कारणले ४ हजार मत कटाउन हम्मे हम्मे पर्ने देखिएको छ । विगतमा एमालेको राजनीतिमा रहेका राजमान मानवले स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेका कार्यकर्ताहरु नै उनको प्रचारमा खटेको देखिन्छ । स्थानीय सरकारको पहिलो निर्वाचनमा कीर्तिपुरमा मेयर जितेको एमालेले नगरपालिकामा बेथिति भित्र्याउँदा कीर्तिपुर धेरै पछि परेको छ । यस्तो अवस्थामा जनताले फेरि एमालेलाई भोट दिने रुची देखाएका छैनन ।  कीर्तिपुरको मेयर पदको प्रतिस्पर्धामा १० जना स्वतन्त्र उम्मेदवार मैदानमा छन् । यी मध्ये राजमान मानव र कविकुमार महर्जनको प्रचार शैली आक्रामक देखिएको छ । अन्य उम्मेदवार पनि घरदैलोमा व्यस्त छन् । कुनै पनि स्वतन्त्र उम्मेदवारले २ हजार मत नकटाउने अर्का विष्लेषक डा.चन्द्रकान्त पौडेलको विष्लेषण छ । उनले पनि यस पटक गोलाकारभित्रको हसिया हथौडा चुनाव चिन्ह लिएका माओवादीका उम्मेदवार प्राडा शिवशरण महर्जनले कीर्तिपुरको मेयरमा र वडा न १ मा शरल योपाल र ४ मा इन्जिनियर नारायण विष्टले बाजी पार्ने विष्लेषण सुनाए ।

लोकप्रिय