चितवन–३ : मतदाता भन्छन्– जन्मजात कांग्रेस हुँ, तर यस पटकको भोट प्रचण्डलाई !

चितवन–३ : मतदाता भन्छन्– जन्मजात कांग्रेस हुँ, तर यस पटकको भोट प्रचण्डलाई !

भरतपुर, मंसिर १५ । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन नजिएको छ । सबै जसो क्षेत्रमा बाम गठबन्धन र लोकतान्त्रीक गठबन्धनका बिच प्रतिस्पर्धा हुदैछ । निर्वाचन आए सगै मतदाताहरु आफ्ना मन परेका उम्मेदवारलाई मतदान गर्न उत्साहित देखिन्छन् ।

देशका केही निर्वाचन क्षेत्रमध्ये निकै चासोपुर्वक हेरिएको चितवन–३ मा पनी चुनावी सरगर्मी बढेको छ । दोस्रो चरण अर्थात मंसिर २१ गते हुने निर्वाचनका लागी चितवन–३ को चुनावी मैदानमा माओवादी अध्यक्ष प्रचण्ड र राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे प्रतिस्पर्धामा छन् ।

बाम गठबन्धका तर्फबाट प्रचण्ड  र लोकतान्त्रिक गठबन्धनका पाण्डे आफ्ना एजेन्डाका साथ मतदाताका बिचमा पुगेका छन् । पुत्र वियोगका कारण केही दिन मतदाताको बिचमा जान नसकेका प्रचण्ड पुनः शुक्रवार काठमाडौ.बाट चितवन आउँदै छन् ।

भरतपुर महानगरका चोकबजार, बरौंजी, शिवनगर लगायतका स्थानियसँग  -सफलखबरकाे टाेलीले ‘यसपटकको भेट कसलाई ?’ भनेर साेध्दा ..

खै, सुकुम्बासीलाई लालपुर्जा ?

सिता महतो , भरतपुर –१४ बरौजी

अहिलेसम्म कुनै पार्टी भोट माग्न आएका छैनन् । हामीले जिताएर पठाएपछी  पछि कसैले पनि सम्झिँदैनन् । कुर्सीमा पुगेपछि सबै त्यस्तै रहेछन् ।
हामी सुकुम्बासी हौं, अहिलेसम्म आफ्नो घर पनि छैन ।

सुकुम्बासीलाई लालपुर्जा, जागिर दिन भए पो हुन्छ ∕ खै कस्ले देलान र हामिलाई लालपुर्जा ? हामी त राजावादी हौं ! पहिला देखि राप्रपालाई भोट दिएका थियौं, यसपटक पनी त्यहि पार्टीलाई भोट दिने हो । जनतालाई विकास चाहिएको छ, तर त्यो कुरा नेताहरुले कहिल्यै सोचेनन् । भोट हाल्ने दिन अझै बाँकी छ, हेरौं

‘चुनावी माहोल प्रचण्डको पक्षमा’  

अभिनास रम्तेल, गोरखा (हाल : चितवन)

मेरो स्थायी घर गोरखा भएपनी चितवन बस्न थालेको धेरै भैसक्यो । यस ठाँउको मतदाता नभए पनि चुनाब चाही प्रचण्डले नै जित्नु पर्छ भन्ने लाग्छ । चितवन–३ मा प्रचण्डको पक्षमा चुनावी माहोल बढेको पाएको छु ।
माओवादी अध्यक्ष प्रचण्ड र राप्रपा (प्रजातान्त्रिक) का उपायध्यक्ष विक्रम पाण्डे मध्ये प्रचण्डको पक्षमा जनलहर धेरै राम्रो छ । प्रचण्ड बामपन्थी गठबन्धनको शिर्ष नेता र समग्र देश विकासको निम्ती बढी रहनुभएको छ त्यसैले पनि उहाको पक्षमा जनलहर सिर्जाना हुनु स्वाभाविक पनि हो । प्रचण्डलाई यहाँका जनताले पाउनु एउटा ठुलो अवसर पनी हो, उँहाले जित्नुपर्छ ।

जन्मजात कांग्रेस हुँ, तर एकपटक प्रचण्डलाई हेर्छौ 

विद्या घिमिरे, भरतपुर–२० भिमनगर

म नेपाली कांग्रेसको समर्थक हुँ ।  हाम्रो गठबन्धनअनुसार विक्रम पाण्डेलाई भोट दिनु पर्ने हो, तर प्रचण्ड मुलधारको नेता भएको कारणले यो पालीकोे चुनावमा मैल  पुर्व प्रधानमन्त्री प्रचण्डलाई मत दिने बिचार गरेको छु । हाम्रो टोल छिमेकामा सवैको भोट प्रचण्डलाई नै जान्छ ।

प्रचण्ड देशकै शक्तिशाली नेता हुन्, उँहाको तुलनामा विक्रम पाण्डे सानो नेता हुन् । प्रचण्डबाट सिंगो मुलुकले नै ठुलो अपेक्षा गरेको छ, त्यसैले उँहालाई मत दिने बिचार गरेको छु ।
जन्मिए देखी नै म कांग्रेस थिएँ, अहिले पनी कांग्रेस हुँ ।  प्रचण्डको उम्मेदवारी पछि मैले प्रचण्डलाई नै भोट दिनुपर्छ भन्दै आएको छु, मेरो टोलमा । प्रचण्डले बोलेको कुरा पुरा गर्छन्, चितवनको विकासमा प्रचण्डले एउटा मोडेल ल्याउन सक्छन् । त्यसैले एकपटक पार्टी छाडेर ब्यक्ति रोज्ने निधो गरेका छौं ।

समानुपातिकमा रुख, प्रत्यक्षमा निधो छैन 

बसुन्धरा आर्चाय, भरतपुर–६ केसरबाग

म ४२ बर्षकी भए, कांग्रेसलाई समर्थन गर्दै आएकी छु । मत खासाल्न जानेदेखी नै रुखलाई भोट दिएको हो । स्थानिय निर्वाचनमा हाम्रो गठबन्धनकी उम्मेद्वार भएर मेयरमा रेणु दाहाललाई भोट दिईयो । अहिले पनि लोकतान्त्रीक गठबन्धन छ । यो चुनावमा दिनेश कोईरला प्रदेशमा उठनु भएको छ । दिनेश कोईरला र समानुपातिकमा पनि रुखमा नै दिने हो । पाटीको नियम मान्ने हो भने विक्रम पाण्डेलाई दिन पर्ने हो, तर  विक्रम पाण्डेलाई दिने कि नदिने निधो छैन ∕ यसपटक प्रत्यक्षमा कसलाई दिने भन्ने अझै निधो भैसकेको छैन,  त्यो मंसिर २१ गते नै थाहा हुन्छ ।

आएको बजेट सबैलाई जाओस भन्ने चाहान्छु, यो ठाउँको विकासका लागी नेताहरुले सोच्नुपर्छ भन्ने लाग्छ ।

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ। नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।  बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ। यस्ता छन् निर्णयहरू १.पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा जम्मा गर्ने । २.पार्टी सदस्य र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिह रू बाट राहत सहयोग राहत कोषमा जम्मा गर्ने । ३.दीर्घकालीन पुनस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने । ४.बाढिपहिरोको क्षतीबारे स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न र आवश्यक सहजिकरण गर्न केन्द्रीय कार्यालयम हेल्प डेक्स राख्ने।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

लोकप्रिय