चित्रबहादुरलाई ओलीको चिन्ता, निकाले विज्ञप्ती

चित्रबहादुरलाई ओलीको चिन्ता, निकाले विज्ञप्ती

काठमाडौं, फागुन २३ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमालेले सुरु गरेको मेची–महाकाली अभियानमा केपी ओलीको सुरक्षा बारे गम्भीर चिन्ता जनाएका छन् ।

सोमबार एक विज्ञप्ती प्रकाशित गरी केसीले एमालेले आफू विरुद्ध छरिएको भ्रम चिर्नका लागि सुरु गरेको १५ दिने अभियानमा पूर्ण समर्थन रहेका जनाए । विज्ञप्तीमा केसीले भनेका छन्–
‘लोकतान्त्रिक प्रणालीमा कसैले आफ्ना कुरा शान्तिपूर्ण तरिकाले जनताका सामु राख्न पाउँछन् र राख्न पाउनु पर्दछ । त्यसमा अवरोध गर्नु संविधान, मौलिक अधिकार र मानव अधिकार समेतका विरुद्धको कार्य हो । त्यसका त्यस प्रकारका कार्यपद्धतीलाई हाम्रो पार्टीले गलत मान्दछ र विरोध गर्दछ ।’
राष्ट्रिय जनमोर्चाले एमालेको १५ दिन अभियानको पूर्ण समर्थन गर्ने जनाएका छन् ।

केसीले विज्ञप्तीमा एमालेले गरेको अभियानमा मधेसी मोर्चाको अवरोध प्रति असन्तुष्ट जनाएका छन् । उनले मधेशवादीहरूले बन्द, मसाल जुलुस गर्ने, कार्यक्रम जुधाउने वा प्रतिकार गर्ने जस्ता कार्यहरूद्वारा त्यसमा अवरोध पैदा गर्ने प्रयत्न गरिरहेका प्रति सही नमान्ने उल्लेख गरेका छन् ।

नेपालमा यतिबेला राष्ट्रिय एकता र सामाजिक सद्भाव कमजोर भई विखण्डनकारी गतिविधि समेत बढेर गएका छन् । नयाँ संविधान तराई मधेशका जनताको पक्षमा नभएको भनि त्यहाँ भ्रम छरिएका छन् । नेपाल र नेपाली जनताको हित विपरित संविधानलाई संशोधन गर्न प्रयत्न भएको छ ।’
केसीले तराई मधेशका मधेशी जनता र थारु समुदाय राष्ट्रिय एकता, सामाजिक सद्भाव, संविधान र निर्वाचनको पक्षमा रहेका दाबी गरेका छन् ।

पढ्नुस केसीको विज्ञप्तीको पूर्णपाठ

प्रेस विज्ञप्ति

नेपालमा यतिबेला राष्ट्रिय एकता र सामाजिक सद्भाव कमजोर भएको छ । राष्ट्रिय विखण्डनकारी गतिविधि समेत बढेर गएका छन् । नयाँ संविधान तराई मधेशका जनताको पक्षमा नभएको भनि त्यहाँ भ्रम पारिएको छ । नेपाल र नेपाली जनताको हित विपरित संविधानलाई संशोधन गर्न प्रयत्न भएको छ । त्यसमा मधेशवादी दलहरूले आफूहरूले भने अनुसार नभएपछि संविधान कार्यान्वयन हुन नदिन घोषित स्थानीय निर्वाचन भाड्न प्रयत्न गरिरहेका छन् । तर तराई मधेशका मधेशी जनता र थारु समुदाय राष्ट्रिय एकता, सामाजिक सद्भाव, संविधान र निर्वाचनको पक्षमा छन् । नेकपा एमालेले तराईमा राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न त्यहाँ पारिएको भ्रमलाई निवारण गर्न भनि यही फागुन २१ गतेदेखि मेची–महाकाली अभियान चलाएको छ । त्यसलाई हाम्रो पार्टीले सकारात्मक रूपमा लिन्छ र समर्थन गर्दछ । मधेशवादी दलले आफ्नो गलत र राष्ट्रघाती संविधान संशोधनका एजेण्डाहरूलाई स्वीकार नगर्ने दलहरूलाई तराईमा कार्यक्रम गर्न नदिने वा कार्यक्रम असफल पार्ने बताउँदै आएका थिए । एमालेले आफ्नो अभियानको कार्यक्रम प्रारम्भ गरेपछि मधेशवादीहरूले बन्द, मसाल जुलुस गर्ने, कार्यक्रम जुधाउने वा प्रतिकार गर्ने जस्ता कार्यहरूद्वारा त्यसमा अवरोध पैदा गर्ने प्रयत्न गरिरहेका छन् । त्यसलाई हामीले सही मान्दैनौँ । लोकतान्त्रिक प्रणालीमा कसैले आफ्ना कुरा शान्तिपूर्ण तरिकाले जनताका सामु राख्न पाउँछन् र राख्न पाउनु पर्दछ । त्यसमा अवरोध गर्नु संविधान, मौलिक अधिकार र मानव अधिकार समेतका विरुद्धको कार्य हो । त्यसका त्यस प्रकारका कार्यपद्धतीलाई हाम्रो पार्टीले गलत मान्दछ र विरोध गर्दछ । स्थानीय तहको निर्वाचन अपरिहार्य आवश्यकता हो । सरकारले आगामी २०७४ बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेको छ । त्यस अनुसार सरकार, राजनीतिक दल, निर्वाचन आयोग र सम्बद्ध निकायहरू त्यसमा जुटेका छन् । यो निर्वाचन सामान्य निर्वाचनसम्म मात्र सीमित छैन । यो निर्वाचन नहुँदा संविधान कार्यान्वयन नहुने स्थानीय तहमा भ्रष्टाचार बढ्ने, विकास निर्माण एवं जनताका सेवाका काम प्रभावित हुने, संवैधानिक सङ्कट पर्ने र अन्ततः संयुक्त जनआन्दोलनका संविधान प्रदत्त अधिकार गुम्ने सम्भावना भएकाले यो निर्वाचनलाई सफल पार्न हामीले विशेष जोड दिन्छौँ । त्यसका लागि हामीले सम्बद्ध सबै पक्ष सहित नेपाली जनतालाई हार्दिक आह्वान गर्दछौँ । मधेशवादीहरूले स्थानीय तहका अधिकारहरूलाई कटौती गर्न लगातार जोड दिइरहेका छन् । हामीले संविधानमा व्यवस्था गरिएको स्थानीय तहको अधिकारको कटौती गर्ने कुनै पनि नीतिको कडा शब्दमा विरोध गर्दछौँ

प्रचण्ड सचिवालयले भन्यो- 'गगनको अभिव्यक्तिमा ओरालो बाटोको मनोदशा राम्रैसँग छचल्कियो'

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ।  कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्ति गगन थापाको ओरालो बाटोको मनोदशाबाट ग्रसित भएर आएको टिप्पणी गरेका हुन् ।   आज (बिहीबार) काठमाडौँको कीर्तिपुरमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले ‘प्रचण्ड’ले प्रधानमन्त्री भइदिनुपर्‍यो भनेर हप्तामा एकपटक खबर पठाउने गरेको दाबी गरेका थिए।  यसैको खण्डन गर्दै प्रचण्डको सचिवालयले वक्तव्य जारी गरेको हो।  प्रचण्डका स्वकीय सचिव रमेश मल्लले लेखेका छन्, ‘महामन्त्रीजी ! कीर्तिपुरको निर्वाचनमा नेका (नेपाली कांग्रेस) को ओरालो बाटो तपाईंको मनोदशाबाट  राम्रैसँग छचल्किएछ। यति कुरा हेक्का राख्नुस्, माओवादी अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्दैन, माओवादी नयाँ जनादेशसहित आफैँ प्रधानमन्त्री बन्ने हैसियत बनाउँछ।’

उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षको जनमत सङ्ग्रहजस्तै होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर १६ गते हुने उपनिर्वाचन २०८४ को निर्वाचनका लागि आँखिझ्याल हुने बताउनुभएको छ । माओवादी केन्द्र कीर्तिपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावको नतिजा इंगित गर्ने बताउनुभएको हो । ‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपनचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ । यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ’– उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले कोही कसैको पनि डर, धाक, प्रलोभन र लोभमा नफसि विकास निर्माणको अभियानमा अघि बढ्न आग्रह पनि गर्नुभयो । अध्यक्ष प्रचण्डले उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबिचमा जनमत सङ्ग्रह भएको बताउनुभयो । उहाँले सरकार पक्षलाई भ्रष्टाचारीको संज्ञा दिँदै भ्रष्टाचारको विपक्षमा उभिएका दलका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । ‘जनता भ्रष्टाचारको पक्षमा छन् या भ्रष्टाचारका विरुद्ध छन् भन्ने फैसला गर्ने सर्वोच्च अदालत हो, यो निर्वाचन’– उहाँले भन्नुभयो– ‘मलाई विश्वास छ, नेपाली जनता भ्रष्टाचारका पक्षमा हुन सक्दैनन्, भ्रष्टाचारका विरुद्ध छन् ।’ उहाँले नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका पक्षमा रहेको भन्दै हेर्दा उपचुनाव भए पनि यथार्थमा भ्रष्टाचारका पक्ष र विपक्षको जनतमसंग्रहजस्तै भएको बताउनुभयो ।  उहाँले वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको बताउनुभयो । अहिले सरकारको नेतृत्व गरिरहेकाहरूमा नै भ्रष्टाचारको तिर सोझिएपछि अप्राकृतिक ढंगबाट सरकार बन्न पुगेको स्पष्ट गर्दै उहाँले भन्नुभयो– ‘भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो । त्यो अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो। सिधा, सरल छ । यहाँ घुमाएर गर्नुपर्ने कुरा छैन । बेचन झा र प्रतिक थापा पक्राउ परेपछि फरार अभियुक्त गिरफ्तार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ ।’ ‘राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनका लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलन आवश्यक रहेको औल्याउँदै उहाँले थप्नुभयो– ‘म थाकेको छैन । फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन मैले रातदिन देशभरी खटिरहेको छु ।’ मंसिर १६ को निर्वाचनमा माओवादी केन्द्रलाई विजयी बनाउन आह्वान गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म ऐतिहासिक अपिल गर्न चाहन्छु । यो सामान्य कुरा छैन । यो सामान्य चुनाव जित र हारको कुरा मात्रै छैन । यो नेपाली जनताले जित्ने या नेपालका दलाल विचौलियाहरू, अहिले राज्य केही विचौलियाहरूले चलाउने गरेका छन्,’ उनले भने, ‘मैले त्यही विचौलियाहरूको सेटिङ भत्काउने कोशिस गरेँ । मैले गरेको गल्ती भन्नुहुन्छ भने त्यही हो । पहिला दुई दुई पटक संसद् विघटन संविधान मिचेर गर्दा सेटिङमा भत्काइएको थियो । र यो सेटिङ भत्काउनैपर्छ भनेर हामीले ठूलो ठूलो आन्दोलन गरेका थियौँ । त्यतिबेला साँच्चै त्यो सेटिङ भत्किएको थियो ।’   

उपनिर्वाचन : कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड

काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगरपालिकाले चुनावीसभा आयोजना गर्ने भएको छ ।  माओवादी केन्द्र कीर्तिपुर नगरपालिकाले एक पोस्टर सार्वजनिक गर्दै मंसिर १३ गते २ः३० बजे कीर्तिपुर नःगाउँ दोबाटोमा चुनावी सभा गर्ने जनाएको छ ।  सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मेयर पदका उम्मेदवार प्रा.डा.शिवशरण महर्जन लगायतले सम्बोधन गर्ने बताइएको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको माओवादी केन्द्रले जनाएको छ। माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै महर्जनलाई मतदान गर्न अपिल गरेका छन् । सरल स्वभावका मर्हजनलाई जिताउन विगतमा टुटफूटभएका विप्लव नेतृत्वको माओवादीसहित विभिन्न समूह सक्रिय भएका छन् ।   करिव ४३ वर्षदेखि कीर्तिपुरमा प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएका शिवशरण महर्जनको व्यक्तित्वका कारण निर्वाचन जित्नेमा पार्टी ढुक्क रहेको माओवादी केन्द्र कीर्तिपुरले जनाएको छ ।  

बक्यौता नतिर्ने उद्योगको बैंक र सेयर खाता रोक्का गर्न प्राधिकरणको पत्राचार(पत्रसहित)

काठमाडौं । डेडिकेटेड तथा ट्रंक फिडरमा लाइन नकाट्न निर्देशन पाएपछि नेपाल विद्युत् प्राधिकरणले बक्यौता उठाउने उद्योगहरूको बैंक खाता, सेयर रोक्का गर्न पत्राचार गरेको छ । नियमन आयोगले लाइन नकाटी अन्य विकल्पबाट बक्यौता उठाउन पत्रचार गरेपछि प्राधिकरण बैंक खाता रोक्का, सेयर कारोबार गर्न नपाउनेलगायत विकल्पमा गएको हो । प्राधिकरणले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी राजिस्ट्रार कार्यालयमा खाता तथा सेयर खरिदबिक्री रोक्काका लागि पत्राचार गरेको छ । पत्रमा प्राधिकरणले खाताबाट रकम झिक्न नपाउने, सेयर निष्कासन गर्न नपाउने माग गरेको छ यस्तै, प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ विद्युत् खरिद सम्झौताबमोजिम भुक्तानी हुने रकमबाट असुल गर्न पियोर इनर्जीलाई पत्राचार गरेको छ । प्राधिकरणले ३४ वटा उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता बाँकी रहेका उद्योगहरूको विवरणसहित पत्राचार गरेको हो । प्राधिकरणका अनुसार, उक्त अवधिको जम्मा ६ अर्ब ४० करोड ९२ लाख ४० हजार ७०१ रुपैयाँ बाँकी छ । ३४ बाहेकका अन्य उद्योग भने किस्ताबन्दीमा आइसकेको प्राधिकरणले जनाएको छ । 

लोकप्रिय