चिनियाँ अधिवेशन र विश्वको चासो
यही मार्च ५ तरिखबाट तेह्रौँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशन चीनको राजधानी पैचिङमा हुदैछ । त्यसै गरी मार्च ३ बाट चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन तेह्रौँ राष्ट्रिय समितिको पहिलो अधिवेशन पनि शुरू भइसकेको छ। करिब पन्ध्र दिनसम्म चल्ने चीनका यी दुई महत्वपूर्ण अधिवेशनको चीन र चिनियाँबीच मात्रै होइन विश्वमा पनि प्रत्यक्ष- अप्रत्यक्ष सम्बन्ध रहेको छ जसकारण हाल विश्वको ध्यान पुनः एक पटक पैचिङतर्फ तेर्सिएको छ।
साथै यस पटकको अधिवेशनले नयाँ वर्षका लागि वार्षिक कार्ययोजना मात्रै नभइ अर्को पाँच वर्षका लागि समेत दिशानिर्देश गर्ने छ। यसरी चिनियाँ योजनाको निर्माण तथा कार्यान्वयन पक्षले विश्वलाई प्रत्य-अप्रत्यक्ष असर पार्ने हुँदा विश्वको ध्यान खिचिने नै भयो त्यस माथि यस पटकको यी दुई अधिवशेन अझै महत्वपूर्ण र विशेष रहेका छन्।
यस पटकको दुई अधिवेशनका क्रममा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन अर्थात् चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिसिसी) राष्ट्रिय जन काँग्रेस अर्थात् नेशनल पिपल्स कङग्रेस (एनपिसी) मा नयाँ अध्यक्ष तथा कार्यसमिति चयनबाहेक संविधान संशोधन नै मुख्य मुद्दा बनेको छ। साथै यस अधिवेशनमा राज्य प्रमुख र सरकार प्रमुखको असीमित कार्यकालको संशोधन प्रस्ताव सबैको चासोको विषय बन्नपुगेको छ।
हालको राज्य प्रमुख र सरकार प्रमुखको पाँच वर्षे कार्यकाल यही अधिवेशनसँगै सकिँदैछ र यसै अधिवेशनबाटै अर्को कार्यावधि शुरू पनि हुने छ। संविधान अनुसार राज्य प्रमुख र सरकार प्रमुखको दुई कार्यकाल अर्थात् दश वर्षसम्म सत्ता सञ्चालनको नियम रहेकाले हालकै राज्य र सरकार प्रमुखले निरन्तरता पाउने नै छ तर यस पटक यस मुद्दामा संविधान संशोधन हुँदैछ। दुई निरन्तर अवधिभन्दा बढी राज्य र सरकारको पदमा बस्न नपाउने नियमलाई खारेज गरिँदैछ।
यसै मुद्दालाई लिएर पनि विश्वको विशेषत पश्चिमा देशहरूको ध्यान यसतर्फ खिचिएको छ। यस अधिवेशनमा राज्य प्रमुख र सरकार प्रमुखको दुई कार्यकाल अर्थात् दश वर्षसम्म मात्र सत्ता सञ्चालनको नियमलाई परिमार्जन गरी असीमित बनाउने प्रस्तावलाई पारित गर्ने भएको छ। यस मुद्दालाई पश्चिमा देशहरूले शंकास्पद नजरले हेरे तापनि नवीन रेशममार्ग (बिआरआई) मा आबद्ध मुलुकले भने स्वागत गरेको देखिन्छ।
यसै बीच तेह्रौँ राष्ट्रिय जन कँग्रेसको पहिलो अधिवेशन मार्च पाँचबाट पैचिङस्थित जनवृहत्तसभा भवनमा शुरु भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको १९औं महाधिवेशन पछि चीनको नव सर्वोच्च पदाधिकारी सम्मिलित पहिलो अधिवेशनमा प्रधानमन्त्री ली ख छ्याङले राज्य परिषद्को तर्फबाट बितेका पाँच वर्षको सरकारी कार्यप्रगति प्रस्तुत गर्नुका साथै चालु वर्षको कार्ययोजनाको खाका प्रस्तुत गर्दै थप राय-सुझाव पेश गर्न प्रतिनिधिसमक्ष राखिदिएका छन्।
अर्थतन्त्र
प्रस्तुत प्रतिवेदन अनुसार, विगत पाँच वर्षमा चीनको कूल गार्हस्थ्य उत्पादन मात्रा पाँच सय चालीस खर्ब चिनियाँ युआनबाट आठ सय सत्ताईस खर्बसम्म वृद्धि भएर वार्षिक रुपमा औसत ७.१ प्रतिशतले वृद्धि भएको छ।
यसका साथै यसले विश्व अर्थतन्त्रमा ओगटेको ११.४ प्रतिशतबाट वृद्धि भइ हाल १५ प्रतिशत पुगेको छ। यसले विश्व आर्थिक वृद्धिमा गरेको योगदान दर तीस प्रतिशतभन्दा बढी हुनुका साथै वित्तीय घाटा दरलाई तीन प्रतिशतमा नियन्त्रण गरेको छ। चीनले सक्रियताका साथ खुलस्त विश्व अर्थतन्त्रको निर्माणमा भाग लिँदै जाने पनि उक्त कार्य प्रतिवेदनमा जनाइएको छ।
साथै चिनियाँहरुको आय प्रति वर्ष औसत रुपमा सात दशमलब चार प्रतिशतले बढेको छ। विश्वमा सबैभन्दा बढी मध्यम आय वर्गको जमात् हाल चीनमा रहेको छ।
सन् २०१८ मा चीनको कूल गार्हस्थ्य उत्पादन मात्राको वृद्धि दर लगभग ६.५५ पुग्ने, जनताका लागि उपभोग्य वस्तुको मूल्य वृद्धि दर लगभग ३५ हुने, शहर-बस्तीमा एक करोड दश लाख भन्दा बढी मानिसले नयाँ रोजगारीको अवसर पाउने तथा शहर-बस्तीमा बेरोजगारी दर ५.५५ भन्दा कम हुने अनुमान गरिएको छ।
चीनले चालू वर्ष आर्थिक क्षेत्रका नयाँ प्रेरित शक्तिलाई बढाउने राय-सुझाव पनि प्रस्तुत गरेको छ। तीमध्ये नवोदित उद्योग समूहलाई बलियो बनाउने, वृहत्त डाटाको विकास कार्यक्रम चलाउने तथा नयाँ आर्टिफिसियल ईन्टलिजेन्स प्रविधिको अनुसन्धानलाई सबल पार्ने लगायतका विषयहरु समावेश छन्।
गरिबी निवारण
त्यसै गरी विश्वलाई अचम्मित तुल्याएको चीनको गरिबी निवारणका काम तथा योजनातर्फ पनि विश्वले ध्यान दिने छ। चीनले करिब चार दशकको अवधिमा सन् १९७८ देखि २०१६ सम्ममा गरिबी रेखामुनिका ७३ करोड जनसङ्ख्याको जीवनस्तर उकासेको थियो। यो क्रम अझै जारी छ।
प्रतिवेदन अनुसार, वितेका पाँच वर्षमा चीनमा छ करोड असी लाख भन्दा बढी गरिब जनसँख्या घटेको तथा चीनमा गरिबहरुको अनुपात दश दशमलब दुई प्रतिशतबाट घटेर तीन दशमलब एक प्रतिशतमा पुगेको छ।
साथै चालु वर्ष एक करोडभन्दा बढी गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तरमा सुधार गरिने र गरिबी निवारणका लागि २८ लाख व्यक्तिलाई स्थानान्तरण गरिनेछ। उद्योग, शिक्षा, स्वास्थ्य, पर्यावरणद्वारा गरिबी निवारण कार्य बढाइने, आधारभूत प्रबन्ध र सार्वजनिक सेवालाई पूर्णता दिइने तथा गरिबी निवारणलाई सशक्त बनाइनेछ।
प्रधानमन्त्री ली ख छ्याङले ग्रामिण क्षेत्रको पुन: उत्थान रणनीति सम्बन्धी रोडम्याप प्रस्तुत गर्दै वैज्ञानिक परिकल्पनाको तर्जुमा गरी शहर तथा ग्रामिण क्षेत्रबीचको सँयुक्त विकास सम्बन्धी व्यवस्थालाई पूर्णता दिलाउने र ईन्टरनेट प्लस कृषिूको विकास गरी विविध तरिकाबाट किसानहरुको आय बढाउने र ग्रामिण क्षेत्रमा पानी , विद्युत तथा सूचना सम्प्रेषन लगायत पूर्वाधारमा सुधार गर्नुका साथै ग्रामिण क्षेत्रका दुई लाख किलोमिटर लामो राजमार्गको निर्माण अथवा सुधार गर्ने पनि उल्लेख गरेका छन्।
त्यसैगरी नयाँ सिर्जनात्मक मुलुकको निर्माण चाँडो गर्न चीनले श्रृँखलाबद्ध वैज्ञनिक प्राविधिक सिर्जनात्मक परियोजनाको सञ्चालन गर्नुका साथै उच्च मापदण्डअनुसार श्रृँखलाबद्ध रूपमा राष्ट्रिय प्रयोगशालाको निर्माण गर्ने पनि उल्लेख गरिएको छ। चीनको विज्ञान प्रविधिको लगानीलाई जनताको जीवनसम्बन्धित क्षेत्रमा वृद्धि गर्ने र जनतालाई अझ बढी लाभ पुर्याउने पनि प्रधानमन्त्री लीले व्यक्त गरेका छन्।
रक्षा बजेट
चीनले राष्ट्रिय प्रतिरक्षा र सैनिक सुधारलाई अघि बढाउँदै जाने, शक्तिशाली र स्थिर आधुनिक सीमावर्ती क्षेत्र बनाउँदै समुद्री र वायु प्रतिरक्षाको निर्माण गर्ने उल्लेख गर्दै गहन रुपमा सेना र जनतालाई मिलाएर संयुक्त विकास रणनीतिको लागू गर्ने, राष्ट्रिय प्रतिरक्षा वैज्ञानिक प्राविधिक उद्योगको सुधारलाई गहन पार्ने प्रतिवेदनमा प्रस्तुत गरिएको छ।
सन् २०१८ मा चीनको राष्ट्रिय सुरक्षाका लागि बजेट बढ्ने कुराले सबैको ध्यान तानेको छ। आगामी वर्षका लागि चीनले आफ्नो रक्षा बजेट १ दशमलव ११ ट्रिलियन युआन अर्थात् एक सय ७५ अर्ब डलरको हुने घोषणा गरेको छ। पछिल्लो वर्ष चीनले आफ्नो रक्षा बजेट सात प्रतिशतले बढाएर १५०.५ अर्ब डलर बनाएको थियो।
तेह्रौं राष्ट्रिय जन कँग्रेसको पहिलो अधिवेशनका प्रवक्ता चाङ ये सुईले विभिन्न मुलुकमा राष्ट्रिय सुरक्षाको माग तथा कूल गार्हस्थ उत्पादनको स्तर अनुसार राष्ट्रिय सुरक्षा बजेट बनाउने चलन रहेको भन्दै चीनको राष्ट्रिय सुरक्षाको बजेट विश्वका मुख्य मुलुकहरुकोभन्दा कम रहेको औँल्याएका छन्।
अन्य ठूला देशको तुलनामा चीनको रक्षा बजेट उसको गार्हस्थ उत्पादन र देशको कुल खर्चको एक सानो भाग मात्र भएको र चीन शान्तिपूर्ण विकासको मार्गमा लागिरहेको र लागि रहने बताउँदै राष्ट्रिय सुरक्षाका लागि प्रतिरक्षात्मक नीति चलाउने तथा चीनको विकास कुनै पनि मुलुकका लागि त्रास नबन्ने पनि प्रवक्ता चाङले बताएका छन्।
खुलापन र नवीन रेशममार्ग
प्रतिवेदन अनुसार, चीनले खुलापनको आधारभूत राष्ट्रिय नीतिको पालना गर्दै नवीन रेशममार्ग बेल्ट एण्ड रोड अवधारणाको संयुक्त निर्माणलाई अघि बढाउँदै जाने छ। अन्तर्राष्ट्रिय बिशाल मार्ग निर्माणलाई अघि बढाउने, सम्बद्ध क्षेत्रको साझा विकासलाई गहन पार्ने, उत्पादन क्षमता सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने, र यसका माध्यमबाट बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहकार्यलाई अघि बढाउने छ। हाल शाङहाई लगायत ११ वटा स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्र तथा १३ वटा अन्तर्देशीय इ-कर्मस मिलिजुली परीक्षात्मक क्षेत्र स्थापना गरिएको छ।
यस वर्ष चीनले नवीन रेशममार्ग ‘द बेल्ट एण्ड रोड’ प्रस्ताव गरेको पाँचौं वर्ष हो। यस उपलक्ष्यमा तेह्रौं राष्ट्रिय जन कँग्रेसको पहिलो अधिवेशनका प्रवक्ता चाङ ये सुईले ‘द बेल्ट एण्ड रोड’ चीनको भौगर्भित रणनीतिको साधन नभएको यसबारे गलत बुझाइ रहेको बताएका छन्। चाङ ये सुईले आपसी श्रेष्ठता तथा एक-अर्कालाई पुरक बनाउनेमार्फत विश्वको आर्थिक बृद्धि तथा संयुक्त विकासका लागि थप अवसर प्रदान गर्नका लागि चीनले ‘द बेल्ट एण्ड रोड’ प्रस्ताव प्रस्तुत गरेको बताए।
साथै चीनले नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापनालाई अघि बढाउँदै जाने पनि उल्लेख गरेको छ। विभिन्न मुलुकसँगै मिलेर मानव जातिको भाग्यको एकरुपताको स्थापनालाई अघि बढाउन चीन इच्छुक रहेको उक्त प्रतिवेदनले भन्छ।
यस वर्षको प्रस्तुत कार्य प्रतिवेदनमा नवनिर्माणलाई तीव्रता, आधारभूत तथा केन्द्रीय क्षेत्रको सुधार, प्रदूषणको समाधान, ग्रामीण क्षेत्रको पुनःउत्थानमा रणनैतिक रुपमा व्यावहारिक कार्यान्वयन, उपभोगको सक्रिय विस्तार र प्रभावकारी लगानीको प्रवर्द्धन र चौतर्फी खुलापनको नयाँ प्रारुपको निर्माणलाई प्रवर्द्धन, अनुशासनको अनुगमनलाई सबल पार्ने, भ्रष्टाचार गतिविधिलाई कडाईका साथ कारवाही गरिने, नागरिक जीवनस्तरलाई प्रत्याभूति तथा सुधार भन्ने मुख्य विषय समावेश छन्।
त्यसै गरी रोजगारीको सिर्जना, व्यक्तिगत कर तिर्ने न्यूनतम सिमा बढाउने, आधारभूत चिकित्सा बिमा तथा गम्भीर रोग बिमाबाट प्रत्याभूति, बृद्धबृद्धा बढिरहेको स्थितिको सक्रिय सामाना गर्ने, अपाङ्गहरूका लागि सुधार सेवाको प्रवर्द्धन गर्ने, हिंसात्मक आतंककारी गतिविधिलाई प्रतिकार गर्ने, र राष्ट्रिय तथा सार्वजनिक सुरक्षाको संरक्षण गर्ने लगायतका कदमहरू छन्।
साथै यस दुई अधिवेशनको अर्को विशेष र महत्वपूर्ण भनेको चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनमा पारित गरिसकेको पार्टी महासचिव सी चिन फिङको नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारलाई संविधानमा उतार्नु हो। चीनले आफ्नो संविधान संशोधन गर्ने प्रक्रिया सुरु गरिसकेको छ र यसै अधिवेशन दौरान नयाँ संविधान पारित हुनेमा कुनै दुविधा छैन।
सर्वप्रथम सन् १९५४ मा चीनमा संविधान लागू भएको थियो। सन् १९८२ मा पाचौँ एनपिसीको पाचौँ अधिवेशनले हालको संविधानलाई लागू गरेको थियो र यस संविधान सन् १९८८, १९९३, १९९९ र २००४ मा गरी चार पटक संशोधन गरिएको छ।
यस अघि मार्क्सवाद तथा लेनिनवाद, माउ चतोङ विचारधारा, तङ श्याउ फिङ सिद्धान्त, तीनवटा प्रतिनिधित्व भन्ने महत्वपूर्ण विचारधारा र वैज्ञानिक विकास धारणालाई संविधानमा उतारिएको थियो। अन्तिम पटक सन् २००४ मा दशौं एनपिसीको दोस्रो अधिवेशनमा तीनवटा प्रतिनिधित्व भन्ने महत्वपूर्ण विचारधारा संविधानमा उतारिएको थियो।
यसरी चिनियाँ राष्ट्राध्यक्षको सी चिन फिङको नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारलाई संविधानमा उतार्न लागिएको यस अवसर पनि विश्वको ध्यान खिच्ने अर्को कारण बन्दै छ।
(लेखक अलौकिक जन गणतन्त्र चीनको पैचिङमा अवस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा विशेषज्ञको रूपमा कार्यरत छन्।हाम्राकुराबाट)
चीनद्वारा दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय
काठमाडौं । चीनको एक सैन्य अदालतले भ्रष्टाचारको अभियोगमा दोषी ठहर गर्दै दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय सुनाएको छ । सन् २०१८ देखि २०२३ सम्म रक्षामन्त्री रहेका वेई फेङ्हे र सन् २०२३ मा केही महिना मात्र उक्त पद सम्हालेका उनका उत्तराधिकारी ली शाङ्फुलाई बिहीबार घुस लिएको अभियोगमा दोषी ठहर गरिएको हो । लीमाथि घुस दिएको अभियोग पनि प्रमाणित भएको बताइएको छ । दुवैलाई दुई वर्षको ‘रिप्रिभ’ अर्थात् निलम्बनसहित मृत्युदण्डको सजाय सुनाइएको छ । साथै, उनीहरूलाई ‘प्यारोल’को सुविधा नदिइने अदालतले जनाएको छ । चीनमा यस्तो सजाय प्रायः दुई वर्षपछि स्वतः आजीवन कारावासमा परिणत हुने प्रचलन रहेको छ । चीनको सरकारी समाचार एजेन्सी ‘सिन्ह्वा’का अनुसार, दुवैको राजनीतिक अधिकार आजीवनका लागि खोसिएको छ भने उनीहरूको सम्पूर्ण व्यक्तिगत सम्पत्ति जफत गरिनेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङका निकट मानिएका ली शाङ्फु मन्त्री नियुक्त भएकै वर्ष अर्थात् सन् २०२३ मा अन्य धेरै उच्च सैन्य अधिकारीहरूसँगै सार्वजनिक जीवनबाट अचानक गायब भएका थिए । सन् २०१२ मा सी चिनफिङ सत्तामा आएपछि सुरु गरिएको भ्रष्टाचारविरुद्धको शुद्धीकरण अभियानअन्तर्गत हालसम्म लाखौँ अधिकारीहरू कारबाहीमा परिसकेको बताइएको छ । विभिन्न रिपोर्टअनुसार केही उच्च पदस्थ अधिकारीहरूको हिरासतकै क्रममा मृत्यु समेत भएको छ ।
इरानी कार्गो जहाज अमेरिकाले कब्जा गरेपछि चीनको विराेध
काठमाडौं । अमेरिकी सेनाले इरानी झण्डावाला कार्गो जहाजलाई बलपूर्वक नियन्त्रणमा लिएको घटनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको छ । सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सम्बन्धित पक्षहरूलाई जिम्मेवार भई युद्धविराम सम्झौता पालना गर्न आग्रह गरे । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले होर्मुज जलमार्गको अवस्था संवेदनशील र जटिल रहेको बताएका छन् । सम्बन्धित पक्षहरूले थप तनाव बढ्न नदिई होर्मुज क्षेत्रमा सामान्य पारवहन सुचारु गर्न आवश्यक वातावरण बनाउनुपर्ने चीनले बताएको छ । साथै सबै पक्षलाई युद्धविराम र वार्ताको गतिलाई निरन्तरता दिन आग्रह गरेको छ । “अहिले शान्तिको अवसर खुलेको छ, त्यसैले युद्धलाई छिट्टै अन्त्य गर्न अनुकूल परिस्थिति निर्माण गरिनुपर्छ,” प्रवक्ता गुओले भने । अमेरिकाले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी तोड्ने प्रयास गरेकाले उक्त इरानी कार्गो जहाजमाथि गोलीबारी गरी नियन्त्रणमा लिएको बताएको थियो ।
अण्डमान सागरमा डुंगा दुर्घटना : २५० रोहिङ्ग्या र बंगलादेशी बेपत्ता
एजेन्सी । बंगलादेशबाट मलेशिया जाँदै गरेको एक डुंगा हिन्द महासागरको पूर्वी भागमा पर्ने अण्डमान सागरमा दुर्घटनाग्रस्त हुँदा २५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार दुर्घटनामा परेका उनीहरू रोहिङ्ग्या र बंगलादेशी नागरिक रहेका छन् । बीबीसीका अनुसार माछा मार्ने प्रयोजनले प्रयोग गरिने उक्त डुंगा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो । तीव्र हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी मानिस सवार भएका कारण डुंगा डुबेको जनाइएको छ । बंगलादेश कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारीअनुसार अप्रिल ९ मा आफ्नो एक जहाजले दुर्घटनामा परेका ९ जनाको उद्दार गरेको थियो । डुंगा कहिले दुर्घटनामा परेको भन्ने बारे भने स्पष्ट जानकारी प्राप्त भएको छैन । रोहिङ्ग्या म्यानमारको मुसलमान अल्पसंख्यक समुदाय हो । सन् २०१७ मा म्यानमारमा भएको हिंसात्मक अभियानपछि ठूलो सङ्ख्यामा रोहिङ्ग्या बंगलादेशमा शरण लिएका थिए । बहुसङ्ख्यक बौद्ध धर्मावलम्बी रहेको म्यानमारमा रोहिङ्ग्यालाई नागरिकता दिइँदैन । बंगलादेशमा कठिन अवस्था भएका कारण धेरै रोहिङ्ग्या जोखिमपूर्ण समुद्री यात्रा गरेर मलेशिया पुग्ने गरेका छन् । बंगलादेश कोस्ट गार्डले उद्दार गरेका मध्येका एक ४० वर्षीय रफिकुल इस्लामले उद्दार हुनुअघि आफू ३६ घण्टासम्म समुद्रमा तैरिनुपरेको बताएका छन् । मलेशियामा काम पाइने आशामा आफू यो जोखिमपूर्ण यात्रामा निस्किएको उनको भनाइ छ ।
ट्रम्पद्वारा इरानसँग युद्ध अन्त्य गर्नका लागि यसै हप्ता वार्ता पुनः सुरु हुने सङ्केत
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न यसै हप्ता वार्ता पुनः सुरु हुन सक्ने सङ्केत दिएका छन् । गत शनिबार इस्लामावादमा भएको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएलगत्तै अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गरेको थियो । ट्रम्पले न्युयोर्क पोस्टलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “तपाईंहरू त्यहीँ (इस्लामावाद) रोकिनुपर्छ, किनकि आगामी दुई दिनभित्र केही हुन सक्छ र हाम्रो झुकाव पनि त्यसतर्फ बढी छ ।” उनको यो अभिव्यक्ति यस्तो बेला आएको हो जब अमेरिकी सेनाले होर्मुज जलसन्धिमा नाकाबन्दी लागू गरेको पहिलो २४ घण्टाभित्र त्यहाँबाट कुनै पनि जहाज नगएको दाबी गरेको छ । यस गतिरोधले दुई हप्ते युद्धविराम सम्झौता सकिन लाग्दा थप प्रश्न उठाएको छ । इरानतर्फबाट ट्रम्पको भनाइमा अझै कुनै प्रतिक्रिया आएको छैन । तर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले वार्ता पुनः सुरु हुने ‘धेरै सम्भावना’ रहेको बताएका छन् । तेल बजारमा राहत खाडी क्षेत्र, पाकिस्तान र इरानका अधिकारीहरूले पनि अमेरिका र इरानका टोलीहरू यसै सप्ताहान्तमा पाकिस्तान फर्कन सक्ने बताएका छन्, यद्यपि कुनै मिति तय भइसकेको छैन । यो जानकारी रोयटर्स समाचार एजेन्सीले दिएको हो । दुवै पक्षबीच वार्ताको सम्भावना बढेपछि तेल बजारलाई केही राहत मिलेको छ । मङ्गलबार तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा तल झरेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलको हवाई आक्रमणपछि इरानले विश्वका लागि अत्यन्त महत्त्वपूर्ण तेल तथा ग्यास परिवहन मार्ग होर्मुज जलसन्धिलाई प्रभावकारी रूपमा बन्द गरेको थियो । अहिले एक दर्जनभन्दा बढी अमेरिकी युद्धपोत र करिब १०,००० अमेरिकी सैनिकले इरानी बन्दरगाहमा प्रवेश गर्ने वा बाहिरिने जुनसुकै देशका जहाजहरूमाथि नाकाबन्दी लागू गरिरहेका छन् । यसले इरानको अर्थतन्त्रमा ठूलो क्षति पुर्याएको छ । के नाकाबन्दी प्रभावकारी छ ? यो कदमको मुख्य उद्देश्य इरानमाथि दबाब बढाउनु हो । इरानको आम्दानीका दुई मुख्य स्रोत— तेलबाट हुने आम्दानी र होर्मुज जलसन्धिबाट उठाइने टोल— लाई निशाना बनाइएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले नाकाबन्दी लागू भएको पहिलो २४ घण्टामा ६ वटा व्यापारिक जहाजले अमेरिकी निर्देशन पालना गर्दै इरानी बन्दरगाहतर्फ फर्किएको दाबी गरेको छ । तर बीबीसी भेरिफाईको जहाज ट्र्याकिङ डेटाको विश्लेषणअनुसार नाकाबन्दी भए पनि इरानसँग सम्बन्धित कम्तीमा चारवटा मालवाहक जहाज होर्मुज जलसन्धि पार गरेका छन् । तीमध्ये दुईवटा जहाज पहिले नै इरानी बन्दरगाहमा थिए । गत शनिबार र आइतबार इस्लामावादमा भएको उच्चस्तरीय वार्ताबाट कुनै सम्झौता हुन सकेन । अमेरिकाको भनाइअनुसार इरानले उसका सर्तहरू स्वीकार गरेन । इरानको आणविक महत्त्वाकांक्षा नै मुख्य अवरोध बनेको थियो । एक अमेरिकी अधिकारीले बीबीसीको साझेदार सीबीएस न्युजलाई बताएअनुसार अमेरिकाले इरानलाई २० वर्षसम्म युरेनियम प्रशोधन पूर्ण रूपमा निलम्बन गर्न आग्रह गरेको छ । तर इरानले भने ५ वर्षसम्म मात्र रोक्ने प्रस्ताव गरेको छ । आर्थिक मन्दीको खतरा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस युद्धले विश्व अर्थतन्त्रलाई मन्दीमा धकेल्न सक्ने चेतावनी दिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बीबीसीसँग भनेका छन्, “विश्वभर लामो समयसम्म शान्ति र सुरक्षा कायम राख्ने सर्तमा थोरै आर्थिक पीडा स्वीकार्य छ ।” मङ्गलबार चीनले भने यस नाकाबन्दीलाई ‘खतरनाक र गैरजिम्मेवारपूर्ण’ भन्दै तनाव अझ बढाउने चेतावनी दिएको छ । चीनको भनाइ छ— पहिलेदेखि नै कमजोर रहेको युद्धविराम सम्झौता होर्मुजको नाकाबन्दीले थप कमजोर हुनेछ । यसैबीच, इजरायल र लेबनानले मङ्गलबार वासिङ्टनमा भएको वार्तापछि सिधा वार्ता सुरु गर्न सहमति जनाएका छन् । इरान समर्थित हिज्बुल्लाहलाई निशाना बनाएर इजरायलले लेबनानमा गरेको हवाई आक्रमणपछि यो पहल भएको हो । यो बैठक सन् १९९३ पछि दुवै देशबीच भएको पहिलो सिधा वार्ता थियो । लेबनानी राजदूतले यसलाई ‘सकारात्मक’ भनेका छन् भने इजरायली राजदूतले यसले ‘शान्तिको नयाँ युग’ को बाटो खोल्न सक्ने बताएका छन् । एक अमेरिकी अधिकारीले जोड दिँदै भनेका छन्— इस्लामावादमा भएको अमेरिका–इरान वार्ता र वासिङ्टनमा भएको इजरायल–लेबनान वार्ताबीच कुनै सम्बन्ध छैन ।

