चीनले म्याराडोनालाई लाखौं डलरमा किन्ने

चीनले म्याराडोनालाई लाखौं डलरमा किन्ने

लन्डन : पछिल्लो समय युरोपमा नाम चलेका खेलाडीलाई ठूलो धनराशि खर्च गरेर आफूसँग अनुबन्ध गरिरहेका चिनियाँ फुटबल क्लबहरूले पूर्वअर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनालाई समेत भित्र्याउने प्रयास गरेको छ ।

त्यसका लागि रकम नखुलाइए पनि लाखौं डलरको प्रस्ताव गरिएको म्याराडोनाका वकिलले खुलासा गरेका छन् । म्याराडोनाका वकिल माटियास मोर्लाका अनुसार अर्जेन्टिनी फुटबलर कार्लाेस टेभेजलाई चीन भित्र्याउने क्लबले नै म्याराडोनालाई पनि लाखौं डलरको प्रस्ताव गरेको हो ।

टेभेज हालै चिनियाँ क्लब सांघाई सेन्हुवामा आबद्ध भएका थिए । मोर्लाका अनुसार सेन्हुवाले चीनका विभिन्न विद्यालयहरूमा फुटबल सिकाउनका लागि म्याराडोनासँग प्रस्ताव राखेको हो । सेन्हुवाले चीनका विद्यालयहरूलाई लक्षित गरी विशेष कार्यक्रम सुरु गर्दैछ, जसको नेतृत्व म्याराडोनालाई दिन लागिएको हो । म्याराडोना पनि चिनियाँ क्लबको प्रस्तावप्रति सकारात्मक देखिएको मोर्लाले जनाएका छन् ।

‘टेभेजलाई चीन लैजाने क्लबले नै म्याराडोनाका लागि पनि ठूलो रकमको प्रस्ताव गरेको छ । म्याराडोनाले प्रस्तावमा सहमतिसमेत जनाइसकेका छन्’, मोर्लाले भने, ‘अहिले हामी प्रस्तावमाथि छलफल गरिरहेका छौं ।’ आफ्नो एक्लो उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनालाई सन् १९८६ को विश्वकप उपाधि दिलाएका म्याराडोनालाई अन्तर्राष्ट्रिय फुटबलमा महान् हस्तीका रूपमा लिइन्छ । उनले फुटबल खेल्न छाडेको २० वर्ष भइसकेको छ । यद्यपि आफ्नो समयका उत्कृष्ट खेलाडी म्याराडोनाले आफ्नो अनुभव प्रयोग गरी चीनमा नयाँ खेलाडी उत्पादन गरून् भन्ने उद्देश्यले उनलाई भित्र्याउने प्रस्ताव गरेको हुनसक्ने मोर्लाले बताए।

‘म्याराडोनालाई विद्यालयमा फुटबल सिकाउने परियोजनाको प्रमुख भनिएको छ । उनले चीनमा तोकिएका केही विद्यालयमा फुटबल सिकाउनेछन्’, मोर्लाले भनेका छन्, ‘यो चीनमा पनि अर्काे म्याराडोना उत्पादन गर्ने अभियान हो ।’ आफ्ना विभिन्न हर्कतले चर्चामा आइरहने म्याराडोनाले यसअघि दुबईमा समेत यस्तै प्रकृतिको काम गरेका थिए । यद्यपि उनले दुबईमा तोकिएको पूरै समय काम गरेनन्।

म्याराडोनाले ३१ वर्षअघि विश्वकपको उपाधि जित्दा इङ्ल्यान्डविरुद्ध गरेको गोलको चर्चा अहिले पनि हुने गर्छ । त्यस बेला उनले हातले गरेको गोलका कारण इङ्ल्यान्ड विश्वकपबाटै बाहिरिएको थियो । उनले हातले बल छोएको रेफ्रीले नदेखेपछि त्यसलाई गोलको मान्यता दिइएको थियो । तर, पछि उनी आफैंले हातले गोल गरेको स्वीकारेका थिए । उक्त गोललाई अझै पनि ‘ह्यान्ड अफ गड गोल’ भनिन्छ ।

चीनले पछिल्लो समय फुटबल विकासमा निकै ठूलो लगानी गरेको छ । अन्तर्राष्ट्रिय फुटबलका स्टार खेलाडीलाई भित्राउन जति पनि खर्च गर्न तयार भएको चीनले घरभित्रै पनि फुटबल विकासको आधार तयार पार्दैछ । चीनले सन् २०२५ सम्म देशमा ५० हजार फुटबल एकेडेमी निर्माण गर्ने योजना पनि अघि सारेको छ । चिनिया फुटबल महासंघका उपाध्यक्ष वाङ् डेङ्फेङ्लेले ५० हजार एकेडेमी निर्माण गरिने बताए । यसअघि चिनिया फुटबल संघले सन् २०२० सम्म २० हजार एकेडेमी निर्माण गर्ने घोषणा गरेको थियो ।

म्याराडोनाले चीनमा फुटबल संघको यो कार्यक्रमलाई पनि सहयोग पुर्‍याउने छन् । सन् २०२५ सम्म देशमा पाँच करोड उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने योजना अघि सारेको चीनले प्रत्येक विद्यालयमा एक हजार विद्यार्थीले अभ्यास गर्न सक्ने वातावरण बताउने बताइएको छ । ‘हाम्रा प्रत्येक विद्यालय एक हजार खेलाडीलाई तालिम दिन सक्षम हुनेछन्’, चिनियाँ फुटबल संघका उपाध्यक्ष वाङलाई उदृत गर्दै चिनिया सरकारी सञ्चार माध्यमले भनेको छ ।

अन्नपूर्ण पोष्टबाट

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय