जसपा नेपालको विधान अधिवेसन आजदेखि सुरु हुँदै

जसपा नेपालको विधान अधिवेसन आजदेखि सुरु हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेसन आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने विधान अधिवेसनको अन्तिम तयारी तथा मस्यौदा विधान अनुमोदनका लागि शनिवार केन्द्रीय समिति बैठक बसेको थियो ।

बैठकले अनुमोदन गरेको मस्यौदा आज विधान महाधिवेसनमा पेश हुन लागेको हो । जसपाका प्रवक्ता मनिष सुमनका अनुसार सो अधिवेसन आजदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु हुनेछ । संघीय परिषद खारेज गरिएको प्रस्तावित विधानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किँदै छ ।

आजको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुँदैछन् ।

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । ११ गते यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ । र, १२ गते विधानमाथि नेताहरुले धारणा राख्ने गरी कार्यतालिका बनाईएको छ । पटक पटक सर्दै आएको सो बिद्यान अधिवेसन यसअघि चैत्र २७, २८ र २९ गते गर्ने निर्णय गरेको थियो ।

सुनको मूल्यमा एक पछि अर्को रेकर्ड

काठमाडौं । सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाउदै गएको छ। विगत तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनिरहेको सुनको मूल्यले सोमबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ तोकेकोछ। अघिल्लो दिनको तुलनामा यो ५ सय रुपैयाँ बढी हो । आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। अमेरिकी केन्द्रीय बैंक फेडले ब्याजदर घटाउने चर्चापछि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि सोमबार तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी यस दिन १९१५ रुपैयाँ पुगेको छ ।

वाग्मतीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । मनसुनी वायु थप सक्रिय हुँदा केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।  विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी प्रदेशका तराई तथा मधेस प्रदेशका थोरै स्थानमा हावाहुरी आउन सक्ने विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको विभागले बताएको छ । जसका कारण मनसुन थप सक्रिय भएको हो । 

सिमलतालबाट मालवाहक ट्रक त्रिशूलीमा खस्यो, खोजी तथा उद्धार जारी

काठमाडौँ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालबाट एउटा ट्रक त्रिशूली नदीको किनारमा खसेको छ । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट मालवाहक ट्रक त्रिशूली नदी किनारमा खसेको हो। खाने तेल बोकेर सिमराबाट काठमाडौँ आउँदै गरेको ना.६ ख ६२८३ नम्बरको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनास्थलमा खोजी तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अपडेटः आमा लिन आएकी भुपेन्द्रा आमासँगै अस्ताइन

बाग्लुङ । बाग्लुङमा आज बिहान भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढासँगै उहाँकी आमा गोपीमाया बुढा र वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको पनि मृत्यु भएको खुलेको छ । चालक प्रेम पुन घाइते अवस्थामा रहेका छन् । मध्यपहाडी लोकमार्गमा गाउँपालिकाको जीप दुर्घटना भएर तीन सय मिटर तल खस्दा उपाध्यक्ष भुपेन्द्रा बुढा, ६१ वर्षीया आमा र वडा अध्यक्ष जसबहादुरको निधन भएको हो । विरामी अवस्थामा रहेकी आमालाई भेट्न आउनुभएकी उपाध्यक्ष बुढा आमालाई पनि सँगै लगेर जान थाल्नुभएको थियो । आमाले पनि घर जान मन गरेपछि लगेर जान थालेको पारिवारिक स्रोतले जनाएको छ । तर, आमाछोरीकै बाटोमै मृत्यु भएको छ । केही दिनअघि मात्रै आमासँगको तस्विर साझा गर्दै उहाँले लेख्नुभएको थियो– ‘आमा शब्द नै कति महान छ।हजुरलाई स्वास्थलाभको कामना, आमा।’ उहाँले आमासँगको भिडियो पनि शेयर गर्नुभएको थियो । उहाँले आमालाई  पाँच दिनअघि मात्रै आमालाई पशुपतिनाथको दर्शन गराउनुभएको थियो । 

लोकप्रिय