‘जोवन ढल्काउने’ समाचारले माओवादीमा बबाल, आरोप प्रत्यारोपको बाढी

‘जोवन ढल्काउने’ समाचारले माओवादीमा बबाल, आरोप प्रत्यारोपको बाढी

काठमाडौं, साउन ७ । नेकपा माओवादी केन्द्रका केही नेताहरुका बारेमा प्रकाशित समाचारले पार्टीभित्र ठूलो हलचल मच्चाएको छ ।

पार्टीका जिल्ला इन्चार्जसहितले रिपोर्टिङ गर्ने सचिवालयको बिस्तारित बैठकमा अध्यक्ष प्रचण्डले ‘जोवन ढल्काउने गरी बसेर पार्टी र संगठन बन्दैन’ भन्ने अभिव्यक्तिमाथि प्रकाशित समाचारलाई लिएर विवाद शुरु भएको हो ।

एक समाचार अनलाईनमा पार्टीका १२ जना नेताको नाम उल्लेख सहित ‘माखो नमार्ने र पार्टी सिध्याउने’ आरोप लगाउँदै समाचार प्रकाशन भएपछि यसले पार्टीभित्र आरोप प्रत्यारोप शुरु भएको हो ।

निर्वाचनको समीक्षा र आगामी रणनीति तय गर्ने विषयमा गत सोमबारदेखि चलिरहेको माओवादी सचिवालयको विस्तारित बैठकमा नेताहरुका विषयमा समाचार प्रकाशन भएपछि केही नेताहरुले अध्यक्ष प्रचण्डलाई नै निशाना बनाउँदै सार्वजनिक अभिव्यक्ति दिएपछि यो विषयमा झनै विवाद बढेको छ ।

बैठकको उद्घाटन मन्तव्यका क्रममा प्रचण्डले पार्टीभित्र गुटैगुट देखिएकोमा बताउँदै गुटहरुको विघटन गरी जनताको पार्टी बनाउन आव्हान गरेका थिए ।

प्रचण्डले पार्टी जनतासम्म जान नसकेको बरु गुटहरु मौलाएकोमा असन्तुष्टि व्यक्त गरेका थिए । सोही अभिव्यक्तिलाई आधार बनाएर अनलाइनले केही नेताहरुको नाम उल्लेख गर्दै “को को हुन प्रचण्डले भनेका जोवन ढल्काउने माओवादी नेता, १२ नेताको रामकहानी’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको थियो । यद्यपी प्रचण्डले भने कुनै नेतालाई लक्षित नगरी पार्टीभित्रको प्रवृत्तिको आलोचना गरेका थिए । पार्टी र जनताबीचको सम्बन्ध टुटेको अवस्थामा समूह र गुट बनाएर नहुने बरु सबै नेता युद्दकालको जस्तो सक्रिय भएर जनतामाझ जानुपर्ने उनको आशय थियो ।

बैठक चलिरहेकै बेला एक अन्य अनलाईनमा समेत “माओवादीभित्र गुट चलाएर पार्टीलाई विघटनको खतरामा पु¥याउने को को हुन ?” भन्ने शीर्षकमा अर्को समाचार समेत प्रकाशन भएको थियो । उक्त समाचारमा समेत पार्टीका केही नेताहरुको नाम उल्लेख गरेर उनीहरुले गुट चलाएको उल्लेख गरिएको थियो ।

समाचार प्रकाशन भएपछि विगतमा पार्टीसँग असन्तुष्टि राखेर काभ्रेमा कालो धानको उत्पादनमा लागेका नेता लोकेन्द्र विष्टले उक्त समाचार प्रचण्डकै इशारामा लेखिएको आशयको स्टाटस आफ्नो फेसबुकमा लेखे । एकीकृत माओवादी र नेकपा माओवादीबीच एकतापछि संगठनमा सक्रिय देखिएका विष्टले ‘महाराज’ भन्ने शब्द उल्लेख गर्दै अध्यक्ष प्रचण्डलाई नै संकेत गरेर सार्वजनिक अभिव्यक्ति दिएपछि यो विषय तरंगित बनेको हो । नेता लोेकेन्द्र विष्टले सामाजिक सञ्जालमा “महाराज, यहाँकै वरिपरीबाट यहाँको र संस्थाको सारा कामकाज चौपट भइरहेछ÷हुने भो, अरुलाई दोष दिनु नर्क गएर आची तुरी हसुर्न नै हो” लेखेका थिए । लगत्तै माओवादी नेतृ सत्या पहाडीले समेत नेता शक्ति बस्नेतको समेत समाचारमा नाम उल्लेख भएपछि प्रतिक्रिया लेखिन । पहाडीले भने महाशय भनेर सम्बोधन गर्दै कर्णालीले सधैं केन्द्रको उपनिवेश नसहने आसयको अभिव्यक्ति सार्वजनिक गरेकी थिइन ।

विष्टले लगातार दुई अभिव्यक्ति सार्वजनिक गरेपछि प्रचण्ड सचिवालयले त्यसको खण्डन गरेको छ । सचिवालयका प्रेस संयोजक मनहरी तिमिल्सिनाले विष्टलाई लक्षित गर्दै प्रत्युत्तरमा लेखेका छन्– आफ्नो व्यक्तिगत आग्रह र द्वेषकै आधारमा ‘जोवान ढल्काउने १२ माओवादी नेता’ शीर्षकमा प्रकाशित समाचारबारे कसैमाथि अनुमानित र नियोजित आरोप लगाउनु शोभनीय हुँदैन। कसैका बारेमा कुनै कुरा भन्नू नै छ भने खुलेखाम छलफल गरिन्छ, त्यहाँ कुनै लिपापोती जरुरी छैन। सबैका गुण(दोष अवश्य छन्। तर, माओवादी आन्दोलनक, नेतृत्व र सम्पूर्ण नेताहरुप्रति हिजो पनि उच्च सम्मान थियो, आज पनि छ र भोलि पनि हुनेछ। तसर्थ, व्यक्तिगत आग्रग्रहका आधारमा कुनै एक नेताले लगाएको आरोपबाट भ्रमित नहुन सम्पूर्णमा अनुरोध छ।

यो सँगै सामाजिक सञ्जालमा यो विषयमा चर्चा र टिप्पणीहरुको बाढी लागेको हो । सामाजिक सञ्जालमा ‘प्रचण्डले साँच्चिकै जनताको पार्टी बनाउन गुटहरु भत्काउन आव्हान गर्नु र लगत्तै सोही विषयमा केही नेताको नामसहित समाचार प्रकाशन हुनुलाई जोडेर पार्टी नेतृत्वमाथि नै आक्षेप लगाउन गलत भएको’ केहीले टिप्पणी गरेका छन् । कतिपयले भने पार्टीभित्र अराजकता मौलाएको र अराजकता रोक्न अध्यक्षले निष्क्रियतालाई चिनुपर्ने बताउँदा त्यसबाट तिल्मिलाउनु आवश्यक नभएको लेखेका छन् । केहीले पार्टीभित्र सबै नेताको यो वा त्योरुपमा कमजोरी भएपनि समाचारमा १२ जना नेताको मात्रै नाम उल्लेख गरिनु नियोजित भएको समेत टिप्पणी गरेका छन् । १२ जनामध्ये लोकेन्द्र विष्ट भने यसअघि पनि आलोचनामा पर्दै आएका नेता हुन ।

माओवादीका एकजना पोलिटब्यूरो सदस्य भने पार्टी अध्यक्षलाई नियोजित तरिकाले विवादमा ल्याउन उक्त समाचार र त्यसको बिरोध भइरहेको दावी गर्छन् । नाम उल्लेख नगर्ने शर्तमा उनले भने, “अध्यक्षलाई एकलरुपमा कुनै व्यक्तिको बिरोध गर्नुपर्ने आवश्यकता छैन । उनले प्रवृत्ति लक्षित गरेका हुन । अध्यक्षलाई यसमा मुछिनु आफ्ना कमजोरी लुकाउनु मात्रै हो । हिजो बाबुराम, किरणहरुसँग त्यति ठूलो संघर्ष चल्दा त वहाँ व्यक्तिगत आलोचनामा उत्रिनु भएन, अहिले त झन..”

प्रदेश नं. ७ बाट कार्यक्रममा भाग लिन आएका एकजना जिल्ला इन्चार्ज भने प्रचण्डले जोवन ढल्काउन गरेको कुरा तीतो यथार्थ भएको बताउँछन् । “त्यहाँ १२ जना मात्रै होइन, ५० जनाको नाम लेखिनुपथ्र्यो” उनी भन्छन्, “दोश्रो चरणको निर्वाचनमा भाषण गर्ने नेता नपाउनुको पीडा हामीले भोगेका छौं । कहाँ हराएका थिए त्यतिबेला अध्यक्षको आलोचना गर्ने यी नेता ?” आक्रोश पोख्दै उनले भने । सात नम्बर प्रदेशका केही पहाडी जिल्लामा लिलामणी पोखरेल मात्रै दुइचार दिनका लागि गएको उनले बताए । “केन्द्रमा पटकपटक सहयोगका लागि अनुरोध ग¥यौं, तर न सेती महाकालीमा कालो धान फलेन, न राता स्याउ नै ।” उनले नेता विष्टप्रति संकेत गर्दै भने, “जहिले पनि सुदूरपश्चिम या कर्णाली भनेर बार्गेनिङ गरेर हुन्छ ? हिजो टाउकोमा कफन बाँध्दा कर्णाली या सुदूर भने बाँधिएको थियो र ?”

सामाजिक सञ्जालमा टिप्पणीहरुको ओइरोबीच केहीले सन्तुलित प्रतिक्रिया समेत दिएका छन् । पार्टीभित्रका समस्या पार्टीभित्रै समाधान हुनुपर्ने र फरक विचार भए पनि अन्तर्पार्टी जनवादको अभ्यास गरिनुपर्नेमा सार्वजनिक आरोप प्रत्यारोपले पार्टीलाई हानी हुने आशयका टिप्पणीहरु समेत देखिन्छन् । कतिपयले यसप्रकारका समाचार प्रकाशन हुने अवस्थाको अन्त्य गर्न समेत गुटहरु भत्किएर सबै नेता सक्रियरुपमा पार्टी निर्माणमा लाग्नुपर्ने सुझाव दिएका छन् । एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्, “यस्तो समाचार आउने अवस्था तपाई हामीले नै सिर्जना गरेको होइन र ? एमालेलाई हेर्नुस्त, कुन चैं नेताले अर्को नेताको यसरी बिरोध गरेका छन् ? सिक्नुपर्दैन ? फेसबुक छ भन्दैमा मुख आयो लेख्दिने ?”

पार्टीभित्रको यो बहस अहिले बैठकमा समेत प्रवेश गरेको छ । पार्टीका शीर्ष नेताहरुले भने यसप्रकारको बहस अनावश्यक भएको बताएका छन् । केही दिन पार्टी प्रवक्ता पम्फा भुसालबारे समाचार प्रकाशित हुनु र अहिले जोवन ढल्काउने विषयमा समाचार र त्यसमाथि नेताहरुले सार्वजनिक गरिरहेका अभिव्यक्ति अराजकताको पराकाष्ठा भएको उनीहरुको ठहर छ ।

संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभई सरकार परिवर्तनको बहानाको रुपमा उठाएकाले यसप्रति उनीहरु गम्भीर नभएको बताउनुभएको छ । संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा भएको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरुले औपचारिकरुपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसैले यो उहाँहरुको एजेण्डा होइन, कथा र बहाना मात्रै हो । सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट छ ।’ वर्तमान संविधान शान्ति सम्झौताको अंग भएकाले शान्ति सम्झौताको हस्ताक्षरकर्ता दल र नेतासँग नै लुकाएर संविधान संशोधनको सहमति गर्नुको कुनै राजनीतिक अर्थ नभएको पनि उहाँले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो– ‘काग्रेस एमालेका नेताहरुले आफ्नै पार्टीसँग पनि लुकाएर सम्झौता गर्नुभयो, जनतालाई पनि लुकाएर राखियो तर जनताले सम्झौता देखाउन चुनौती दिन थालेपछि प्रधानमन्त्रीजीले संसदमा पढेर त सुनाउनुभयो तर त्यो पनि सक्कली हो कि नक्कली, अझै हस्ताक्षर देखिएको छैन ।’ कथा र बहाना नभई एजेण्डाका हिसाबले अघि सार्ने हो भने संविधान संशोधन आवश्यक रहेको तर त्योभन्दा अघि कार्यान्वयनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । ‘सबैभन्दा पहिले कार्यान्वयन गर्नतिर जोड दिनुपर्छ र कार्यान्वयनमा समस्या आए, कुन कुन विषयमा फेर्नुपर्ने हो, त्यसको निर्क्योल गरेर मात्रै संविधानको समीक्षा गर्न सकिन्छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तर संविधान जसरी पनि कार्यान्वयन गर्नेतिर होइन, कमजोर बनाउनेतिर राजनीतिक नेतृत्वको माइन्डसेट बनेको छ । संविधान बनाउँदा माओवादी एजेण्डा स्वीकार गरिदिएको रुपमा लिएका नेताहरुले अहिले कार्यान्वयनमा पनि इमान्दारिता देखाएका छैनन् । कार्यान्वयन नगर्ने तर संशोधन मात्रै भनेर औचित्यपूर्ण हुँदैन ।’ संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन ठूला दलहरुको सहयोग नपाएको स्मरण गराउँदै उहाँले संघीय निजामति ऐन संसदसम्म पुर्याउन १८ महिना लागेको,  बल्लतल्ला पुर्याउँदा पनि त्यसलाई पारित गर्न तत्परता नदेखाएको र प्रहरी समायोजन ऐन बन्दा पनि कार्यान्वयनमा लैजान आनाकानी गरिरहेको बताउनुभयो । उहाँले यो संविधान शान्ति सम्झौताको अंग भएकाले संशोधनको चर्चा गर्दा शान्ति सम्झौताको पक्षमा पनि विचार गर्नुपर्ने बताउनुभयो । अहिलेको भन्दा अन्तरिम संविधान बढी प्रगतिशील रहेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘किनकि अन्तरिम संविधान माओवादीको रापतापमा बनेको थियो । माओवादीलाई कमजोर नबनाई संविधान बनाउँदा अन्तरिम संविधानभन्दा प्रगतिशील बन्ने डरले पहिलो संविधानसभा तुहाइयो ।’ दोस्रो संविधासनभाबाट पनि नबन्ने अवस्था रहेकोमा भूकम्पका कारण मुलुकमा संकट सिर्जना भएपछि भूकम्पको पुनर्निर्माण र जनतलाई राहत दिने अनि संविधान निर्माणमा बिपक्षी नभई आफूले सत्तापक्षकै जस्तो भूमिकामा निर्माण गरेको स्मरण पनि उहाँले गराउनुभयो । संविधान निर्माण गर्दा आन्तरिक र बाह्य दुबै हिसाबले आफूले जोखिम मोलेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हाम्रै एकथरि साथीहरु अब क्रान्तिकारी संविधान नबन्ने भयो भनेर पार्टी विभाजन गरेर निस्कनुभयो । तर मैले शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतले त्यसरी भाग्न मिल्दैन्थ्यो । ठूलो जोखिम मोलेर भए पनि शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुंगोमा पुर्याएरै छाडें ।’ यसरी शान्ति प्रक्रियाको एउटा विशिष्ठ अंगको रुपमा रहेको संविधान संशोधनको बहस गर्दा शान्ति प्रक्रियाको एउटा पक्षसँग सरोकार नराखिएकाले संविधान संशोधनको चर्चामा गम्भीरता नदेखिएको उहाँले दोहोर्याउनुभयो । अब संविधान संशोधनमा जानुपर्ने अवस्था आयो भने विभिन्न समुदायले पाएको समानुपातिक समावेशी अधिकार नखोस्ने गरी राजनीतिक स्थायित्व र भ्रष्टाचार अन्त्यका लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नतिर जोड गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको उहाँले स्पष्ट गर्नुभयो । ‘अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले समाजमा रहेका विज्ञहरुबाट मन्त्री बनाउने र सांसदहरु मन्त्री बन्ने होइन, ऐन कानुन बनाउनतिर लाग्ने गरी बहस अघि बढाउनुपर्छ’– उहाँले भन्नुभयो– ‘करोडौं खर्च गरेर सांसद बन्ने, सांसद बनेपछि मन्त्री बन्नैपर्ने र मन्त्री बनेपछि चुनाव खर्च उठाउन लाग्ने अहिलेको पाराले अब अघि बढ्न सकिदैन । राजनीतिक भ्रष्टाचारको जग निर्वाचन प्रणाली भएकाले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ ।’ तर, संविधान संशोधनको बहस संवेदनशील भएर धेरै सोचेर मात्र अघि बढ्नुपर्ने उहाँको धारणा छ । अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘संविधान संशोधन गम्भीर र संवेदनशील विषय हो । पन्डोराको बाकस खोलेजस्तो पनि हुनसक्छ । अहिलेसम्म भएको प्रणाली भत्कने र अराजकता निम्तने खतरा आयो भने मुलुक नयाँ द्वन्द्वको भुमरीमा फस्ने खतरा छ । यसमा बढी नै ध्यान दिनुपर्छ ।’ संविधान निर्माणको मुख्य पहलकर्ता र शान्ति सम्झौताको एक हस्ताक्षरकर्ताको हैसियतले संविधानलाई बढी सर्वस्वीकार्य बनाउन पहल गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।      

वैकल्पिक माध्यमबाट पत्रकार महासंघको चुनाव गराउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । काठमाडौँ। नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सोमबार ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन् । वर्तमान कार्यसमितिले तोकिएको मितिमा चुनाव गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट चुनाव गराएर संस्थालाई निकास दिनुपर्ने माग गरिएको छ ।  रिटमा अब प्रदेश र जिल्ला अध्यक्षहरू सम्मिलित राष्ट्रिय भेला आयोजना गरी सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारबाही बारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोक्न माग गरिएको छ । यस्तै अघिल्लो वार्षिक साधारण सभामा सहभागी पुराना सदस्यहरूलाई निर्वाचनमा सहभागी हुने व्यवस्था गरेर मात्रै निर्वाचन गर्नु भनी विपक्षीहरूका नाममा परमादेश आदेश जारी गर्न पनि माग गरिएको छ ।  रिटमा भनिएको छ, ‘नेपाल पत्रकार महासङ्घको मिति २०८१।०५।२८ गतेको मतदाता नामावली सम्बन्धी जेजस्तो निर्णय भए पनि झिकाई उक्त प्रेस विज्ञप्ति सम्बन्धी निर्णय लगायतका सबै निर्णय पत्राचारहरू विपक्षीहरूबाट झिकाई उत्प्रेषणको आदेशले बदर गरी नेपाल पत्रकार महासङ्घको विधानको दफा ३५ (७) बमोजिम पटक पटक मिति तोक्दा पनि निर्वाचन गर्न नसक्ने वर्तमान केन्द्रीय समितिले विधान बमोजिम निर्वाचन गर्न नसक्ने भएकोले प्रदेश र जिल्ला अध्यक्षहरू सम्मिलित राष्ट्रिय भेला आयोजना गरी सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारबाही बारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोक्नु र अघिल्लो वार्षिक साधारण सभामा सहभागी पुराना सदस्यहरूलाई निर्वाचनमा सहभागी हुने व्यवस्था गरेर मात्रै निर्वाचन गर्नु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी गरी पाउ ।’ सदस्यता विवादका कारण पत्रकार महासङ्घको चुनाव समयमा गराउन नसकेकै कारण अध्यक्ष विपुल पोखरेल र वरिष्ठ उपाध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् भने चुनाव अब कहिले हुने भन्नेमा अन्यौलता कायमै छ । नियमित चुनाव हुँदा महासङ्घको निर्वाचन गत चैतमा नै हुनुपर्ने थियो ।

अमेरिकामा बिरोधको तयारीपछि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगित

काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको छ । नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो। न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले  समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि बताइएको छ । यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख प्रकट गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन् ।

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिनुभएको छ । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उहाँले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उहाँको दल जेभीपीलाई बधाई दिनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभएको छ– ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु । उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु।’

लोकप्रिय