ट्रम्पको विरोधमा बेलायती अधिकारकर्मीहरुकाे प्रदर्शन

ट्रम्पको विरोधमा बेलायती अधिकारकर्मीहरुकाे प्रदर्शन

वैशाख  १४। बेलायतस्थित अमेरिकी राजदूतावास बाहिर करिब १०० जना मानवअधिकारकर्मी भेला भई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेका १०० दिन मानव अधिकारका दृष्टिकोणले सन्तोषजनक नभएको भनी विहीबार विरोध जनाएका छन् ।

प्रदर्शनकारी अमेरिकी राजदूतावास बाहिर करिब आधा घण्टा एक हातमा मशाल लिई अर्को हातमा “शरणार्थीको स्वागत गर” शरणर्थीमाथि प्रतिबन्ध नलगाऊ वा पर्खाल नलगाऊ भन्ने भावका नारा लेखिएका प्लाकार्ड बोकी मौन उभिएर मानव अधिकार विरोधि गतिविधिको विरोध गरेका थिए । कार्यक्रम एम्नेष्टी इन्टरनेशनलको आयोजनामा भएको थियो ।
एक सय दिनको अन्तरालमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको यस अघि मानव अधिकारका बिषयमा कमाएको प्रसिद्धिबाट बताउन साध्य नहुनेगरी क्षति पु¥याउनुभएको छ, एम्नेष्टीका बेलायती निर्देशक केट एलेनले बताउनुभयो ।
एम्नेष्टीले यसै हप्ता १०० दिन पुगेको ट्रम्प प्रशासनले लिएका केही मुशलमान मुलुकलाई लक्षित गरी आएको भ्रमणमा प्रतिबन्ध, मेक्सिकोको सिमाक्षेत्रमा बार लगाउने लगायत कैयौं निर्णयको आलोचना गर्दै आएको छ ।
पहिलो सय दिनले अमेरिकी राष्ट्रपति के गर्न चाहन्छन् भन्ने विषयमा मुख्य दिशाबोध गरेको छ, एम्नेष्टिका केरी मोस्कोग्युरीले एएफ्पीलाई बताए ।
“हामीलाई लाग्छ स्वतन्त्रताको प्रतिमूर्ति आज के तिमी म जस्तै रुने थिएनौ त,” एम्नेष्टि प्रतिनिधिले ट्रम्पको कामप्रति कटाक्ष गर्दै व्यङ्ग्य गर्नुभयो । एम्नेष्टिले यसै विषयमा शनिबार स्कटल्याण्ड र उत्तरी आएरल्याण्डमा पनि प्रदर्शन गर्ने जनाएको छ ।

ट्रम्प भन्छन्, –‘म राष्ट्रपति भएको भए रुस–युक्रेन युद्ध कहिल्यै हुने थिएन’

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको उम्मेदवारी स्वीकार गर्ने बताएका छन् । रिपब्लिकन पार्टीको चारदिने सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले आगामी चार महिनामा रिपब्लिकन पार्टीले अतुलनीय जित हासिल गर्ने दाबी पनि गरे ।  उनले भने,  ‘जितेर हामी अमेरिकी इतिहासको सबैभन्दा ठूलो चार वर्षको सुरुवात गर्नेछौँ।’  सम्बोधनका क्रममा ट्रम्पले युक्रेन–रुस युद्ध र इजरायलमा जारी युद्धका विषयमा वर्तमान सरकारको आलोचना पनि गरे ।  ट्रम्पले भने, ‘यदि म राष्ट्रपति भएको भए रुस र युक्रेनबीच चलिरहेको भयानक युद्ध र इजरायलमा हमलाका कारण सुरु भएको युद्ध हुने नै थिएनन्।’  सम्बोधनमा ट्रम्पले वर्तमान सरकारले सिर्जना गरेका सबै अन्तर्राष्ट्रिय समस्यालाई हटाउने दाबी पनि गरेका छन् । 

चीनको सपिङ सेन्टरमा भएको आगलागीमा कम्तीमा १६ जनाको मृत्यु

काठमाडौं । चीनको सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । एक १४ तले सपिङ सेन्टरमा भएको आगलागीमा उनीहरुको मृत्यु भएको हो ।  सरकारी सञ्चारमाध्यमले आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ सहरमा बुधबार साँझ भएको जनाएका छन् ।  आगलागीमा परेका अरु ३० जनाको उद्धार गरिएको जनाइएको छ।  प्रारम्भिक अनुसन्धान अनुसार भवनमा निर्माणाधीन कामका कारण आगलागी भएको बताइएको छ । चीनको सरकारी मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा यस भवनको चारैतिर आगोको मुस्लो सहित कालो धुवाँ देखिएको छ ।

चिनियाँ अर्बपति अमेरिकामा दोषी ठहर

एजेन्सी । चीनबाट निष्काशित अर्बपति गुओ वेंगुई अमेरिकामा दोषी ठहर भएका छन् ।  अमेरिकाको संघीय अदालतले उनलाई समर्थकको १ अर्ब डलर बढी ठगी र धोखाधडीको आरोपमा मंगलबार दोषी ठहर गरेको हो ।  सीएनएनका अनुसार १२ आरोपमध्ये ९ वटामा गुओ दोषी ठहर भएका छन् । सेयर बढाउन ठगी गरेको, सम्पत्ति शुद्धीकरणलगायतका आरोपमा माइल्स गुओका रुपमा परिचित उनी माथि आरोप लागेको थियो ।  योसँगै उनले दशकौँ जेल बस्नुपर्ने सजाय पाउने सम्भावना रहेको समाचारमा उल्लेख छ । आगामी नोभेम्बर १९ मा उनलाई सजाय तोकिनेछ।  गुओले धेरै अन्तर्सम्बन्धित धोखाधडीका स्किमहरु चलाएको र बफादार समर्थकले मिहिनेतले कमाएको पैसामा खेलबाड गरेको  अदालतले ठहर गरेको छ।  चिनले निश्कासित गरेपछि उनी अमेरिकामा निर्वासित जीवन बिताइरहेका थिए । उनको जीवनशैली पनि अत्यन्तै विलासी थियो ।  न्युयोर्कमा उनीविरुद्धका आरोपमा ७ हप्तासम्म सुनुवाइ भएको थियो । गुओका वकिलहरुले यसबारे केही प्रतिक्रिया दिएका छैनन् । दोषी ठहर भएसँगै उनका केही समर्थकमा रुवाबासी समेत चलेको छ ।  गुओ सन् २०१४ मा चीनबाट निर्वासित भएका थिए । उनले वरिष्ठ चिनियाँ अधिकारी र धनाढ्यहरुको काण्डको खुलासा गर्ने चेतावनी दिदै आएका थिए ।  यसबाहेक उनलाई अहिले राष्ट्रपतीय दौडमा रहेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निकटस्थ स्टिभ ब्याननका साथी समेत मानिन्छ । ब्यानन पनि यही महिनाको सुरुतिर संसदीय अनुसन्धानलाई असहयोग गरेको आरोपमा संघीय कारागार चलान भइसकेका छन् । ब्याननलाई गुओले १० लाख डलर दिएको पनि खुलासा भएको छ ।  आफ्ना अनलाइन समर्थकलाई आफ्नो व्यवसाय र क्रिप्टोकरेन्सीमा लगानी गर्न हौस्याएर २०१८ र २०२३ को बीचमा १ अर्ब डलर बढी डुबाइदिएको आरोप गुओमाथि छ। सन् २०१७ मा हङकङ तथा चीन सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धानसँगै उनको सम्पत्ति जफत समेत गरेको थियो ।

नोबेल शान्ति पुरस्कार पाएका युनुसमाथि भ्रष्टाचार आरोप

काठमाडौं । नोबेल शान्ति पुरस्कार पाएका बंगलादेशका मुहम्मद युनुससहित १३ जनामाथि भ्रष्टाचार आरोप लागेको छ । युनुसमाथि बंगलादेशको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा २० लाख डलर अपचलन गरेको आरोपमा अदालतमा मुद्दा दायर भएको हो । युनुसले ग्रामिण क्षेत्रका कर्मचारीहरुको कल्याणकारी कोषको रकम अपचलन गरेको आरोप लागेको छ । युनुसले बंगलादेशका हजारौं व्यक्तिहरुलाई ऋणबाट मुक्त गरिदिएवाफत् सन् २००६ मा विश्वप्रतिष्ठित नोबेल शान्ति पुरस्कार जितेका थिए । उनले आफूमाथि लागेका आरोपको खण्डन गर्दै विनाकारण प्रताडित गरिएको आरोप लगाएका छन् । युनुसले प्रधानमन्त्री शेख हसिनाले आफूमाथि झुट्टा मुद्दा दर्ता गराएको बताएका छन् ।  बंगलादेश सरकारले भने युनुसले लगाएको आरोपको खण्डन गरेको छ ।

लोकप्रिय