डीडीसीमा अनियमितता : बिनाटेन्डर धूलो दूध र मख्खन खरिद

डीडीसीमा अनियमितता : बिनाटेन्डर धूलो दूध र मख्खन खरिद

काठमाडौं, माघ २१ । नेपाल दुग्ध विकास संस्थान (डीडीसी) ले कमिसनको लोभमा टेन्डर बिनै करोडौं मूल्यबराबरको धूलो दूध (स्किम मिल्क पाउडर) र मख्खन खरिद गरेको छ। सार्वजनिक खरिद ऐन र संस्थानकै आर्थिक विनियमावली विपरित एकै व्यक्तिबाट बिना टेन्डर पटकपटक गरी ३० करोड ३३ लाख मूल्यबराबरको धूलो दूध र मख्खन खरिद गरिएको हो।

सार्वजनिक खरिद ऐनले पाँच लाखसम्मको र संस्थानकै आर्थिक विनियमले एक पटकमा डेढ लाखसम्मको सामानमात्र सोझै खरिद गर्न पाउने व्यवस्था गरेको छ। तर, संस्थानले ती दुवै व्यवस्था विपरित टेन्डर बिनै तीन पटकमा गरी तीन सय ६० टन (तीन लाख ६० हजार किलो) धूलो दूध र दुई सय १० टन (दुई लाख १० हजार किलो) मख्खन खरिद गरेको पाइएको छ।

संस्थानले पटकपटक गरी प्रतिस्पर्धा बिनै १५ करोड चार लाख ८० हजार मूल्यबराबरको तीन लाख ६० हजार किलो धूलो दूध खरिद गरेको छ। संस्थानले व्यवसायी अजय सरावगीसँग यस्तो दूध खरिद गरेको हो। मख्खन पनि सरावगीसँग १५ करोड २८ लाख ८० हजार रुपैयाँ बराबरको दुई लाख १० हजार किलो खरिद गरेको छ।

स्रोत भन्छ, ‘प्रतिकिलो धूलो दूध र मख्खनमा चार रुपैयाँ कमिसनको खेलमा बिना टेन्डर खरिद गरिएको हो। धूलो दूध र मख्खन खरिदबाट संस्थानको नेतृत्वले करिब ५७ लाख रुपैयाँ कमिसन बुझेका छन्।’ झण्डै ५३ वर्ष पुरानो संस्थानले कुन समय दूध पर्याप्त हुन्छ र कुन समयमा अभाव हुन्छ भन्ने विषयमा पूर्वजानकारी लिएर कार्ययोजना तयार पार्नुपर्छ।

सोही कार्ययोजनाका आधारमा समयमा टेन्डरमार्फत दूध र दुग्धजन्य पदार्थ खरिद गर्नुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन विपरित संस्थानका उच्च अधिकारी मिलेमतो गरी कमिसनको लोभमा बिना टेन्डर खरिद काम गर्दै आएका छन्। धूलो दूध र मख्खन खरिद प्रकरणमा पशुपंक्षी मन्त्रालय र आयोगले छानबिन थालेको छ।

सार्वजनिक खरिद ऐनले पाँच लाखसम्मको र संस्थानकै आर्थिक विनियमले एक पटकमा डेढ लाखसम्मको सामानमात्र सोझै खरिद गर्न पाउने व्यवस्था गरेको छ।

संस्थानको आर्थिक विनियमले खरिद गर्दा प्रतिस्पर्धा सीमिति हुने गरी टुक्रा टुक्रा पारी खरिद गर्न बन्देज लगाएको छ। आर्थिक विनियमले एक पटकमा एक लाख ५० हजार रुपैयाँबराबरको सोझै बजारबाट खरिद गर्न पाउने व्यवस्था गरेको छ। यस्तै एक पटकमा १० लाख रुपैयाँबराबरको सिलबन्दीमार्फत र १० लाखभन्दा बढीको खरिद गर्दा बोलपत्रमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ।

संस्थानको सञ्चालक समिति र महाप्रबन्धकले आर्थिक विनियमको ‘विशेष परिस्थिति’ सम्बन्धी व्यवस्थालाई दुरुपयोग गरी कमिसनको लोभमा यसरी खरिद गर्दै आएका छन्। विशेष परिस्थितिमार्फत आर्थिक विनियमले प्राकृतिक प्रकोपको समयमा प्रतिस्पर्धाका माध्यमबाट सोझै खरिद गर्न पाउने व्यवस्था गरेको छ। यही प्रावधानलाई आकर्षित गरी सञ्चालक समिति र महाप्रबन्धकले प्रतिस्पर्धा वेगर गत असारदेखि साउनमा सोझै दुग्धजन्य पदार्थ खरिद गरेको हो।

‘सञ्चालक समिति र महाप्रबन्धकले गत साउनमै आगामी असोज कात्तिकमा बाढी आउँछ भन्ने आकलन गरी विशेष परिस्थितिलाई आकर्षित गरी दुग्धजन्य पदार्थ खरिद गरेको भेटिएको छ’, संस्थानसम्बद्ध स्रोतले भन्यो,‘नियतवश विशेष परिस्थितिको व्यवस्थालाई दुरुपयोग गरी चलखेलका आधारमा खरिद कार्य भएको छ।’

संस्थानका निमित्त महाप्रबन्धक डा.इश्वरी अधिकारीले गत साउनमै धूलो दूध र मख्खन खरिद गर्न ग्लोबल टेन्र आह्वान गरिएको जानकारी दिए। ‘तर टेन्डरमा सहभागी भएर छनोट भएको इरानको कम्पनीसँग दुग्धजन्य पदार्थ आपूर्ति गर्न सकेनौं’, अधिकारीले भने, ‘अमेरिकाले इरानमाथि नाकाबन्दी गरेका कारण नेपाल राष्ट्र बैंकले एलसी खोल्न नमानेपछि छनोट भएका इरानी आपूर्तिकर्ताबाट ल्याउन सकिएन। त्यसपछि समय निकै कम भएकाले पुनः टेन्डर प्रक्रियामा जान सकेनौं।’

महाप्रबन्धक नियुक्ति अन्योलमा

संस्थानमा महाप्रबन्धक नियुक्तिमा अन्योल देखिएको छ। महाप्रबन्धक गंगा तिम्लिसिनाको अवधि सकिएपछि नयाँ नियुक्त गर्न अन्योल सुरु भएको हो। तिम्लिसिना गत मंसिरमा तीन वर्षे कार्यकाल सकिएको छ। मन्त्रिपरिषद्को बैठकले २०७१ को मंसिरमा तीन वर्षका लागि महाप्रबन्धकमा तिम्लिसिनालाई नियुक्त गर्ने निर्णय गरेको थियो।

तिम्लिसिनाको अवकाश पश्चात पशुपंक्षी मन्त्रालयले महाप्रबन्धक नियुक्त गर्न नयाँ मापदण्ड तयार गरेपछि नियुक्ति प्रक्रियामा अन्योल उत्पन्न भएको हो। तयार पारिएको मापदण्डले सीमित व्यक्तिलाई मात्रै महाप्रबन्धकमा नियुक्त गर्न सकिने ठहर गर्दै निवर्तमान महाप्रबन्धक तिम्लिसिनाले पाटनस्थित उच्च अदालतले मुद्दा दायर गरेका छन्। तिम्लिसिनाले दायर गरेको मुद्दामा उच्च अदालतले तत्कालका लागि नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रियामा रोक लगाएको छ। – अन्नपूर्ण पोष्टबाट ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय