तनहूँस्थित ढोरवाराहीमा रहस्यमय प्राकृतिक ‘लहरी’

तनहूँस्थित ढोरवाराहीमा रहस्यमय प्राकृतिक ‘लहरी’

पोखरा, असोज १३ । मन्दिर छेउमै रहेको कुण्डमा पानी कम थियो । माछामा विचलन आएको जस्तो देखिन्थ्यो, केही समयमा सबै माछा पानी आउने मुहानतिर एकीकृत भएलगत्तै चट्टानको भित्रबाट पानीको ठूलो भल्को आउनासाथ व्यग्र प्रतीक्षामा रहेका पर्यटक एवं भक्तजनमा खुशियाली छायो ।

सयौँ वर्षदेखि ठूलो पहाडको भित्रबाट पहरो छिचोल्दै प्रत्येक दुई घण्टाको अन्तरालमा आएको पानीको भल्कोले मन्दिरको नजिकै रहेको कुण्डमा पानी भरिने र तल्लो भागमा मनोरम झरना बन्ने रहस्यमय ‘लहरी’ चल्ने सो मनोरम तथा अकल्पनीय दृश्य तनहूँ जिल्लास्थित ढोरवाराही मन्दिर परिसरको हो ।

‘प्राकृतिक तथा सांस्कृतिक नयाँ गन्तव्यको पहिचान’ भन्ने नारासहित ३८औँ विश्व पर्यटन दिवसका अवसरमा पर्यटन प्रवद्र्धन सम्भाव्यता अध्ययन अवलोकनका लागि ढोरवाराही मन्दिर परिसरमा पुगेको विज्ञसहितको पोखराका पर्यटन व्यवसायी र सञ्चारकर्मीको टोलीलाई सो लहरीले भव्य स्वागत गरेको थियो ।

नेपाल पर्वतारोहण संघ, अन्नपूर्ण शाखाको आयोजना तथा पर्यटन बोर्ड प्रवद्र्धक र मिलेनियम ट्रेक व्यवस्थापन समितिको समन्वयमा ढोरवाराही मन्दिर परिसरमा टोली पुग्नासाथ चलेको लहरीले भरिएको कुण्ड र झरनाले स्वागत गरेको मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामराजा महतले बताए ।

उहाँका अनुसार लहरी (पानीको ठूलो भल) आउनुभन्दा केही समयअघि कुण्डमा रहेका माछा पानी आउने मुहानतर्फ जम्मा भएर दृश्यावलोक गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई भित्रबाट पानी आउँदैछ भन्ने सूचना गर्नु यहाँको अनौठो विशेषता रहेकोछ ।

कुण्डमा देवीको नाउँमा बलि तथा पञ्चबलि दिने प्रचलन परस्परागतरुपमा रहँदै आएको बताउँदै महत भन्नुहुन्छ, “बलि चढाउँदा निस्केको रगत र मासुका स–साना टुक्रा र प्राकृतिक आहारबाट त्यहाँ रहेका माछा जीवित रहन्छन्”, कुण्डका माछाले अन्न भने खाँदैनन् ।

विशेषगरी ढोरवाराही देवीको उत्पत्ति श्रीपञ्चमीका दिन भएकाले उक्त दिनका साथै नयाँ वर्ष र अन्य चाडपर्वका बेला भक्तजनको भीड लाग्ने गरेको छ । अन्य दिनमा पनि तीनसय भन्दा बढी भक्तजन तथा दर्शक लहरी हेर्न र कुण्डमा स्नान गर्न आउने गरेका छन्, उनले बताए ।

कुण्डमा रहेको ठूलो शिलामा बलि चढाउने गरिएको सो धार्मिक क्षेत्रमा दैनिक २० देखि ५० वटासम्म पाठापाठी बलि दिने गरेको र बलि दिएका जनावरको टाउको जिम्मा लिन र सरसफाइ गर्न वार्षिक रु २० लाखमा शुक्लागण्डकी नगरपालिकाले ठेक्कामा दिएको छ ।

ढोरवाराही देवीको उत्पत्ति कहिले भयो र लहरी कहिलेदेखि छुटेको हो भन्ने यकिन जानकारी नभए पनि मन्दिरमा नेपाल संवत् ९११ सालमा चढाएको घण्ट अहिले पनि सुरक्षित रहेको पुजारी चिरञ्जीवी लम्साल बताए ।

पहाडभित्र रहेको ठूलो पानीको तलाउमा छाल चल्दा पानीसँगै सो स्थानमा बाहिर निस्केको बहाव लहरी बन्ने गरेको हुनसक्ने टोलीमा संलग्न भूगोलविद् प्रा डा कृष्ण केसीको धारणा रहेको छ ।

यसको थप अध्ययन अनुसन्धान गर्नु आवश्यक रहेको बताउँदै उनले भने, “अनुकरणीय प्राकृतिक स्रोतको विश्वबजारमा बिक्री गरी आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्नु आवश्यक छ ।”

सेतीनदी किनारामा अवस्थित रकगार्डेन, तिब्बतीयन क्याम्प, ढोरवाराही मन्दिर र रहस्यमय लहरीलाई समेटेर आन्तरिक एवं बाह्य पर्यटकका लागि एकदिने यात्राको तयारीमा जुटेको नेपाल एक्स एण्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक जीवन सापकोटा बताए ।

पृथ्वी राजमार्गखण्डको तनहुँस्थित गाछेपानीबाट सेतीनदी पार गर्दै लगभग पाँच किमी दूरीमा रहेको ढोरवाराही मन्दिरसम्म पुग्ने बाटो पक्की गर्ने कार्य भइरहेको शुक्लागण्डकी कार्यपालिका सदस्य गीता महतले जानकारी दिए ।

नगरपालिकाले गत आवमा रु ६० लाखको लागतमा मन्दिरस्थलसम्म बाटो विस्तार तथा एकतर्फी ढल बनाउने कार्य सम्पन्न भइसकेको बताउँदै उनले भने, “यस वर्ष रु एक करोड छुट्याएर कालोपत्र गर्ने कार्यसमेत शुरु गरिएको छ ।” रासस

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय