त्रिशुली त्रासदी: पण्डित रमानाथले गुमाए ८ जना, शिक्षक प्रमाणीका रहेनन ४ छोरी, सप्तरीमा आँशुको भेल

त्रिशुली त्रासदी: पण्डित रमानाथले गुमाए ८ जना, शिक्षक प्रमाणीका रहेनन ४ छोरी, सप्तरीमा आँशुको भेल

शनिवार बिहान धादिङको गजुरी गाउँपालिकास्थित त्रिशुली नदीमा राजविराजबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख १४६७ नम्बरको यात्रुबाहक बस त्रिशूलीमा खस्दा मृत्यु हुनेमा अधिकांश सप्तरीकै भएकाले दिनभरि सिङ्गो जिल्ला शोकमग्न रह्यो ।

सप्तरी प्रहरीका अनुसार सनाखत भएका ३१ जना मध्ये २४ जना सप्तरीकै रहेका छन् । यस्तै सप्तरीकै दुई जना वेपत्तासमेत छन् । मृत्यु हुनेमा अधिकांश एकै परिवारका छन् । बस दुर्घटनामा परी मृत्यु हुनेहरु मध्ये १२ जना पुरुष, ७ महिला, ६ बालक र ६ बालिका रहेका छन् ।

तिलाठीका पण्डित रमानाथ झाले उक्त दुर्घटनामा आफ्ना दुई छोरा, एक बुहारी, दुई नातीसहित परिवारका ८ जनालाई गुमाए । तिहार–छठ सकेर घरबाट काठमाडौँ जाने क्रममा पण्डित झाका ३८ वर्षीय जेठो छोरा संजित, ३५ वर्षीया बुहारी सिमी, नातिहरु १० वर्षीय अभिनव र ४ वर्षीय प्रतिक, ३३ वर्षिय कान्छो छोरा अंजितको उक्त दुर्घटनामा मृत्यु भएको हो ।

चारै छोरीलाई काठमाडौँ पठाएका थिए । तर, इसरसँगै प्रमाणीकी चार छोरी चन्द्ररेखा, चन्द्रलेखा, चित्ररेखा र चित्रलेखा प्रमाणीको सोही बस दुर्घटनामा मृत्यु भयो ।

जेठो छोरा सन्जितकी २२ वर्षीया साली पूजा, १९ वर्षीय सालो आदित्य र ७४ वर्षिया जेठी सासु चन्द्रवाती झाको पनि सोही दुर्घटनमा निधन भएको हो । यी मध्ये पूजा र प्रतिकको शव अझ फेला पर्न सकेको छैन । सन्जित नेपाल बैंक लिमिटेड चावहिल शाखामा सातौँ तहमा कार्यरत रहेको तिलाठी–कोइलाडी गाउँपालिकाका अध्यक्ष शतिसकुमार सिंहले बताए ।

एकै परिवारका चार छाेरी पनि गुमे

यस्तै बोदेबर्साइन नगरपालिका ३ फुलहार निवासी चतुरनारायण प्रमाणीले पनि सोही दुर्घटनामा आफ्नी चार छोरी गुमाइन् । पेशाले शिक्षक रहेका प्रमाणी लामो समयदेखि काभ्रेपलाञ्चौकमा बस्दै आएका हुन् ।

आफू र श्रीमती मोटरसाईकलमा आउने भएकाले प्रमाणीले शुक्रवार नातामा आफ्न्त पर्ने महदेवा गाउँपालिका ९ का प्रमोद इसरसँग चारै छोरीलाई काठमाडौँ पठाएका थिए । तर, इसरसँगै प्रमाणीकी चार छोरी चन्द्ररेखा, चन्द्रलेखा, चित्ररेखा र चित्रलेखा प्रमाणीको सोही बस दुर्घटनामा मृत्यु भयो ।

यसैगरी, कृष्णश्रवरण गाउँपालिका ४ का योगेन्द्र यादवले पनि सोही दुर्घटनामा २९ वर्षीया श्रीमती सुधिरा र ५ वर्षीया छोरी समिक्षलाई गुमाइन् ।

बोदेबर्साइन नगरपालिका आदित्य यादव, आशिकिकुमारी यादव, समिक्षाकुमारी यादव र मानवी यादव पनि एकै परिवारको रहेको हुन् । यसरी शनिवार बिहान भएको दुर्घटनामा परि मृत्यु भएकामध्ये सप्तरीका अधिकांश व्यक्तिहरु एकै परिवारका हुन् । भारत घर भएकी ३९ वर्षिया ममतादेवी ठाकुरको सनाखत भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबर आउनसाथ तिलाठी, फुलहारा, बर्साइनसहितका ठाउँहरुमा रुवाबासी चलेको छ । मृतका परिवारहरुमा चुल्हो बल्न सकेको छैन भने एकै परिवारका ८ जनाको मृत्यु हुने तिलाठीका सन्जित झाका आमा अर्धमुर्छित भइरहेकी छिन् ।

यता दुर्घटनामा परी राजविराज नगरपालिका १५ देउरी भरुवाका सहचालक नरेश मुखियाको मृत्यु भएको खबर आएपनि चालक भने भागेको घाइतेहरुले बताएका छन् । राजविराजबाट खुलेको सन्देश बस हेटौडामा बिग्रेपछि काठमाडौँबाट आउँदै गरेको सोही कम्पनीको अर्को बसमा यात्रु साटासाट गरी त्यहाँबाट दुवै बस पुनः फर्केका थिए ।

सप्तरी शोकमग्न भएकोले आईतवार सप्तरीका सबै ९ वटै नगरपालिका र ९ वटै गाउँपालिकाहरु बन्द गर्ने निर्णय

तर, काठमाडौँबाट आएका बस हेटौंडामा राजविराजका यात्रु लिनुकोसाथै अगाडी गएर केही यात्रुलाई माथिसमेत बसाएकाले अनियन्त्रित भई त्रिशुलीमा खसेको हो ।

मृतकहरुको सनाखत हुने काम र पोष्टमार्टम जारी रहेकाले आईतवार मात्रै धादिङबाट शव सप्तरी ल्याउन सकिने त्यहाँबाट तिलाठी निवासी सिमारक्षक आन्दोलनका अगुवा देवनारायण यादवले बताए ।

यसैबीच, उक्त दुर्घटनाले गर्दा सप्तरीमा धेरै मानवीय क्षति भएकोले सिङ्गो सप्तरी शोकमग्न भएकोले आईतवार सप्तरीका सबै ९ वटै नगरपालिका र ९ वटै गाउँपालिकाहरु बन्द गर्ने निर्णय समेत भएको छ ।

घाइते १६ जना मध्ये राजविराज ९ का दुर्गानन्द चौधरी र अभिषेश चौधरीलाई थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ ल्याइएको र अन्यको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा तीनै वटा सुरक्षा निकायको टोली उद्धार कार्यमा खटिएको छ ।

नयाँ पत्रिका दैनिकमा जितेन्द्र खड्गा, दिलिप सिंहको रिपोर्ट साभार गरिएको

बाढी पहिरो अपडेटः देशभर २४ को मृत्यु, २७ बढी बेपत्ता

काडमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा ९, भक्तपुर, काभ्रे र पाँचथरमा ३–३, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा काठमाडौं, झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। २७ जना बेपत्ता छन्। ललितपुरमा मात्रै बाढी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। ११ जना हराइरहेका छन्। उनीहरुको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। भक्तपुरमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका– ९ पलाँसेमा पहिरोले घर पुर्दा कालिकोटका तीन जानको मृत्यु भएको हो। मृत्यु हुनेमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका ५ स्थायी घर भएकी २४ वर्षीया बिमला शाही, उनकी बहिनी १४ वर्षिया मनिषा र ४ वर्षिया छोरी सूर्या बमको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता मोहनमणि अधिकारीले जानकारी दिए। त्यस्तै, काभ्रेको तेमाल गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान करिब ३ बजेतिर भीमबहादुर तामाङको घर पहिरोले पुर्दा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। थप एकजना मृतको भने पहिचान खुलेको छैन्। यस्तै सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका ३ मा पहिरोले घर पुर्दा पूर्व वडाध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमती सुन्तली तामाङको मृत्यु भएको हो। उता, पाँचथरको फिदिममा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ। वडा नं ४ मा २४ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो। यस्तै फिदिम–१ मा गएको पहिरोमा परि स्थानीय ५० वर्षका गोपी विश्वकर्माको मृत्यु भएको छ। फिदिम–१ कै पाँचजना अझै वेपत्ता छन्। धनकुटामा पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ। पाख्रिबास नगरपालिका ५– गुराँसेमा सन्तोष तामाङकी ३० वर्षिया श्रीमती आशा तामाङ र उनकी आमा रामकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। काठमाडौंको नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलका अनुसार घर अरु केही व्यक्ति पुरिएका छन्। मृतक र बेपत्ताको परिचय खुल्न बाँकी छ। झापामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। झापा गाउँपालिका–२, बालुवाटार बस्ने ३५ वर्षीया धनमाया घोरासैनीको माइखोलामा आएको बाढीमा परी मृत्यु भएको हो । दुई जना बेपत्ता छन्। यस्तै काभ्रेको पनौती नगरपालिका– ११ थुम्कीमा पहिरोले घर बगाउँदा पाँचजना सम्पर्कविहीन भएका छन्। स्थानीय अर्जुन भण्डारीको घर पुरिँदा उनी र श्रीमतीसहित पाँचजना बेपत्ता भएका हुन्। श्रीमान–श्रीमती र आफन्त तीनजना पहिरोमा पुरिएको खबर पाए पनि ठाउँठाउँमा पहिरो गएका कारण त्यहाँ पुग्न कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ। सिस्नेरीका ३० घर बगायो अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ। सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए। बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन्। अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुई वटा ढोका खोलिएको थियो। विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ। बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ। स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ। पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।

सिस्नेरीमा एन्फा एकेडेमीका ६ विद्यार्थी बगे

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीमा रहेको बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको छ। आज बिहान ६ बजेतिर सिस्नेरी खोलामा आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिनुभयो । कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बाढीले बगाएको ठकुरीले बताउनुभयो । एन्फाले गत वर्ष उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो। बेपत्ता विद्यार्थीहरुमा अनुप घलान मकवानपु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन ।

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

लोकप्रिय