दुई तिहाई मत ल्याउने यस्तो छ वाम गठबन्धनको रणनीति

दुई तिहाई मत ल्याउने यस्तो छ वाम गठबन्धनको रणनीति

दोलखा, कात्तिक २४ । वाम गठबन्धन दोलखामा दुई तिहाई भन्दा बढी मत ल्याउने कसरतमा जुटेको छ । वाम गठबन्धन आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा दुई तिहाई भन्दा बढी मत ल्याउने गरि चुनाव प्रचार अभियानमा जुटेको छ ।

एमालेको गढको रुपमा रहेको दोलखामा यस पटक एमाले–माओवादी केन्द्र गठबन्धनसहितका साझा उम्मेदवार बनाइएपछि यस्तो रणनीतिको कसरतमा नेताहरु जुटेका हुन् ।

वाम गठबन्धनले दोलखाका सबै सरोकारवाला पक्षलाई गोलबन्द गर्दै ८० प्रतिशत भन्दा बढि भोट खसाल्ने रणनीति बनाएको एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश २ का सांसद उम्मेदवार पशुपति चौलागाईले बताए । गठबन्धनले कांग्रेसका केही आधार इलाकालाई बढी केन्द्रित गरि चुनावी प्रचार अगाडि बढाउने र अन्य ठाउँमा आफनो बर्चस्व कायम राख्ने गरी चुनावी यात्रामा होमिएको छ ।

उसले कांग्रेस वाहेकका सबै शक्तिहरुलाई आफ्नो पक्षमा तान्दै दुई तिहाई भन्दा बढि मत प्राप्त गर्ने रणनीति अख्तियार गरेको हो । त्यसका लागि उम्मेदवारी दर्ता गराएका साना दलहरुसँग पार्टी एकता गर्ने र ती पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरुलाई साथमा लिई आफ्ना उम्मेदवारलाई समर्थन गर्न लगाउने बाम गठबन्धनको योजना छ । नयाँ शक्ति पार्टी, नेपाल र संघिय समाजवादी फोरम नेपाल गठबन्धनमा सामेल छ भने ती दलबाट प्रतिनिधिसभा र समानुपातिकतर्फ उम्मेदवारी दिएकाहरुले गठबन्धनका उम्मेदवारहरुलाई समर्थन जनाएको घोषणा गरिसकेका छन् ।

निर्वाचनको अन्तिमसम्म जिल्लाका अन्य साना दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुलाई पनि आफ्ना उम्मेदवारलाई समर्थन गर्न लगाउने संयुक्त वाम गठबन्धनले जनाएको छ । नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार पार्बत गुरुङले कांग्रेस बाहेकका साना दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुलाई गठबन्धनमा ल्याउने प्रयास जारी रहेको जानकारी दिए । चुनावको अन्तिम समयसम्म दोलखामा कांग्रेस एक्लै हुने र गठबन्धनको पक्षमा दुई तिहाई मत खस्ने गुरुङको दावी छ ।

दोलखा वामपन्थीहरुको बर्चस्व रहेको जिल्लाका रुपमा चिनिन्छ । त्यसमा पनि मुख्य वामपन्थी पार्टीहरु एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेत भएपछि वाम गठबन्धन अत्याधिक मत ल्याउनुपर्ने दवावमा छ । त्यसका लागि दोस्रो विकल्पमा कांग्रेस सहित अन्य दलका पदाधिकारी सहित जिम्मेवार नेता कार्यकर्तालाई तान्ने कसरतमा गठबन्धनका उम्मेदवार तथा नेताहरु लागेका छन् । चुनावी अभियानका क्रममा राप्रपाका जिल्ला सचिव, काग्रेसका प्रभावशाली नेता कार्यकर्ताहरुलाई गठबन्धनले प्रवेश गराईसकेको छ ।

वाम गठबन्धनले जिल्ला स्थित सबै पेशागत संघ संगठन र आफ्ना भातृ संस्थाहरुलाई चुनावको तयारीमा होमिईसकेको छ । दुवै पार्टीका युवा, विद्यार्थी संयुक्त भेलाले जिल्लाको ९४ वटै बुथहरुमा सुरक्षा कमाण्डरहरु खटाईसकेको छ । ती कमाण्डहरुको नेतृत्वमा एक बुथमा दुई सय युथ खटाउने उनीहरुको दावी छ ।

यसैगरी करिव १५ सय शिक्षक र ५ सय बुद्धिजिवी वाम गठबन्धनको चुनावी प्रचारमा सक्रिय छन् भने कर्मचारीहरुलाई त्यही अनुसार परिचालन गरिँदैछ । जिल्ला स्थित उद्योगी व्यवसायीहरुले पनि वाम गठबन्धनलाई विजयी गराउन सक्दो सहयोग गर्ने घोषणा गरिसकेका छन् । शुक्रवार दुबै पार्टीका कर्मचारी संगठनको संयुक्त भेलाले एउटै संगठन बनाउने र निर्वाचनमा गठबन्धनको पक्षमा उभिने निर्णय गरेको छ ।

प्रदेशसभा १ नम्वर क्षेत्रका उम्मेदवार विशाल खड्काले गठबन्धनलाई जिताउन सिंगो जिल्लालाई एकढिक्का बन्दै गएको बताए । जिल्लामा ८० प्रतिशत भन्दा बढि मत गठबन्धनको पक्षमा खस्ने निश्चित भएको खड्काको भनाई छ ।

एमाले र माओवादी केन्द्रले जिल्लादेखि स्थानीय स्तरसम्म संयुक्त निर्वाचन परिचालन समिति गठन अभियान अन्तिम चरणमा पुगेको जनाएको छ । जिल्लाको २ नगर र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तह र ७४ वटै वडामा संयुक्त निर्वाचन परिचालन समिति खडा गरेको छ । उक्त संयुक्त निर्वाचन परिचालन समिति मातहत अन्य सहायक संगठनहरुको छुट्टै चुनाव परिचालन समिति बनेको छ ।
वाम गठबन्धनका उम्मेदवारहरु फरक फरक निर्वाचन चिन्हमा लडेका कारण मत विग्रन सक्ने र विगतको तिक्तताका कारण एक दलको मतदाताले अर्को दलका उम्मेदवारलाई मत दिनेमा धेरै आशंका व्यक्त भैरहेका छन् । गठबन्धनका उम्मेदवार र नेताहरुले पनि उक्त समस्यालाई महसुस गरी मतदाताहरुलाई कन्भिन्स गर्नमा धेरै समय खर्चिरहेका छन् ।

चुनावी कार्यक्रमहरुमा उनीहरुले एउटै कम्युनिष्ट पार्टी बन्ने भएका कारण विगतको सवै तिक्तता विर्सि्दिन जोडतोडका साथ आग्रह गर्ने गर्छन् । स्थानीय निर्वाचनका क्रममा जुँगुमा भएको घट्नापछि एमाले र माओवादी केन्द्रबीचको दरार उत्कर्षमा पुगेको थियो । तर उक्त घट्नाले पैदा गरेको समस्या पनि करिव साम्य भैसकेको नेताहरुको दावी छ ।

दोलखामा १ लाख ४७ हजार ९ सय २३ जना मतदाता रहेका छन् । कुल मतदाताको ८० प्रतिशत १ लाख १८ हजार ३ सय ३८ हुन्छ । जिल्लामा ७० प्रतिशत अर्थात १ लाख ३ हजार ५ सय ४६ मत खसेको अवस्थामा पनि वाम गठबन्धनले १० हजार मत बदर भयो भनेपनि ७२ हजार भन्दा वढि मत ल्याउनुपर्ने हुन्छ ।

त्यसैगरि आज दोलखाको जिलुमा आयोजित चुनावी सभामा बोल्दै वाम गठबन्धनका नेताहरुले दोलखामा वाम बठबन्धनको जित नभई अत्यधिक बहुमतका साथ विजयी हुने बताएका थिए । कार्यक्रममा एमाले नेता तथा दोलखाबाट प्रतिनिधिसभा उम्मेदवार पार्वत गुरुङले दोलखामा वाम गठबन्धनको बहुमत आउने र दोलखाली जनताको सम्बृद्धिको लागि सदैव लागिरहने बताए ।

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।  आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

राष्ट्रियसभामा दुई समितिमा एमाले र माओवादीबाट सभापति निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित हनुभएको छ । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुनुहुन्छ ।  यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गर्नुभएको हो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।

लोकप्रिय