देवेन्द्र पौडेल विकासवादी पार्टीको इमानदार सिपाही : दीनानाथ शर्मा

देवेन्द्र पौडेल विकासवादी पार्टीको इमानदार सिपाही : दीनानाथ शर्मा

वागलुङ, कात्तिक २४ । नेकपा माओवादी केन्दका नेता दीनानाथ शर्माले वागलुङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका वाम उम्मेदवार देवेन्द्र पौडेल विकासवादी पार्टीको इमानदार सिपाही भएको वताएका छन ।

संयुक्त वाम गठबन्धनले शुक्रबार बुर्तिवाङमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता शमाले भने, ‘उहाँ देशको समृद्धि र स्थायी सरकार सञ्चालनका लागि बाम गठबन्धनका साथ निर्वाचनमा होमिनु भएको छ । तपाईहरुले अत्यधिक मतले विजयी यगराउनु हुने नै छ ।’

शर्माले देश भर टुटफुटको राजनीतिमा छितरिएका बामपार्टी समय सन्दर्भ र जनताको माग अनुसार एक ठाउँमा आएको बताउदै अब एक हुनुको बिकल्प नभएको बताए । उनले देशको विकाशका वामपन्थी शक्तिले मात्रै गर्ने सक्ने बताउदै बुढो रुखले छाहारी दिन नसक्ने बताए ।

वाम शक्ति दुई तिहाई बहुमतका साथ जनताको चाहना अनुसारको स्थायी सरकार निर्माणका लागि आतुर रहेको शर्माले दावी गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता शर्माले यो देशका ६५ प्रतिशत बाम जनमत रहेको ठाउँमा ३५ प्रतिशत मत रहेको काँग्रेसले राजकाज चलाएर राज्यको यो हाल बनाएको आफूहरुले नजिकबाट महसुस गरेको बताए ।

नेता शर्माले हिजो टुटफुट र तितरवितर भएका शक्ति अव एकवद्ध भएपछि राज्य लुटको राजनीति र अस्थिरताको फाइदा उठाउने शत्तिहरु हार्ने र जनताको जनजीविकाको लागि बलिदानीपूर्ण आन्दोलनमा होमिएर जनताको राजनीति गरेका बामपार्टीहरु देशको बागडोर हातमा लिन तयार भएको दावी गरे ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथि एवं नेकपा एमाले प्रदेश नं. ४ का ईञ्चार्ज गणेश तिमिल्सिनाले, देशभर विभिन्न विचार समुह खडा गरेर कम्युनिष्ट राज्य व्यवस्था बनाउने भन्दै छरिएका पार्टीहरु अव एकतावद्ध भएर देश र जनताको आसा र अभिलासाका पात्र भएर देखाउने दावी गरे ।

यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् बागलुङ जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुँगानाले, बामगठबन्धन भएको खवरले काँग्रेस अतालिएको र चुनावी सभामा बरबराउन थालेको टिप्पणी गरे ।

नेता ढुँगानाले देशको प्रधानमन्त्री जस्तो व्यक्ति र आजसम्म राजकाज चलाएको पार्टी काँग्रेसका सभापतिले चुनावी खुराक अरु केही नभएर कम्युनिष्टहरु अव जनतालाई रुन पनि दिंदैन भन्दै हिडेको प्रति संकेत गर्दै उनले देउवाले भनेको ठीक हाे आजसम्म काँग्रेसले नेपाली जनता रुवायो, अव कम्युनिष्टहरुले जनता रुवाउँदैन देश विकास र आर्थिक समृद्धि सहित हसाउने दावी गरे ।

बागलुङका तीन बाम पार्टीहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा एकसाथ संयुक्त बाम तालमेल गरि निर्वाचनमा होमिएका छन् । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि जिल्ला भर चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।

यसैबीच बागलुङ पश्चिमको बुर्तिबाङ क्षेत्रलाई लक्षित गरि आज बुर्तिबाङ बजारमा संयुक्त शक्ति पर्दशन सहितको चुनावी सभा आयोजना गरिएको निर्वाचन परिचालन समितिका २ नं प्रदेश संयोजक धर्मबहादुर कुँरले जानकारी दिए ।

यस्तै कार्यक्रममा बागलुङ जिल्लाको क्षेत्र नं. २ मा प्रतिनिधि सभा उम्मेदवार देबेन्द्र पौडेल र २ न निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश नं २ बाट प्रदेश सभा सदस्यका उम्मेदवार टेकबहादुर घतीएले बामपार्टीहरुले समग्र जिल्ला तथा आ आफ्ना प्रदेशमा जनताका समस्या बुझेर वृहद योजना निर्माण गरि जनहितका कार्यक्रमहरु गाउँ गाउँमा लैजाने योजना कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपाली, अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष कुशुम बुढा नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा राष्ट्रिय जनमोर्चाका केन्द्र, जिल्ला तथा गाउँ नगर कमिटि स्तरका कार्यकर्ताहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष तथा जनवादी गायक जीवन शर्मा तथा लोकदोहोरी गायक विष्णु खत्रीको समेत प्रस्तुती रहेको थियो ।

निसी भुजी तमान तथा बडिगाड क्षेत्रबाट तीनवटै पार्टिका कार्यकर्ता जनता उपस्थित रहेको ¥याली बजार परिक्रमा गरि सभामा परिणत भएको थियो । कार्यक्रम नेकपा माओवादी केन्द्र ढोरपाटन नगर अध्यक्ष चन्द्रलाल अर्यालको अध्यक्षता, नेकपा एमालेका जिल्ला कमिटि सदस्य ददीराम शर्माको स्वागत मन्तव्य तथा अखिल छैठौंका केन्द्रिय महासचिव भिमलाल पोखरेलले सञ्चालन गरेका थिए ।

ढोरपाटन निसीखोला तथा तमानखोला कलस्टर प्रदेशमा पहिलो चरणको चुनावी कार्यक्रम सकेको बाम गठबन्धनले पुनः गाउँ गाउँमा प्रदेश सभा उमेदवार तथा समानुपातिक उमेदवार सहित घरदैलो सभा तथा अन्तरक्रियात्मक कार्यक्रम गर्ने जनाएको छ ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी र पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाउन प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपत् व्यवस्थापनमा सरकार उदासिन देखिएको भन्दै बेपत्ताको खोजी, घाइतेको उपचार, पुनर्स्थापना र पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाउन सरकारलाई आग्रह गर्नुभएको छ ।  उहाँले आज प्रेस वक्तव्यमार्फत यस्तो आग्रह गर्नुभएको हो ।  प्रस्तुत छ, वक्तव्यको पूर्ण पाठ केही दिनयताको अविरल वर्षाको कारण ठूलो जनधनको क्षति भएको छ । पछिल्लो विपद्मा मात्रै झण्डै एक सय बढी नागरिकको ज्यान गएको छ भने ठूलो संख्यामा बेपत्ता र घाइते भएका छन् । हजारौं नागरिक घरवारविहीन भएका छन् । बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दछु । मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।  अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी गर्नु, घाइतेहरुको उपचार गर्नु, घरबारविहीन भएकाहरुलाई सुरक्षित गर्दै पुनस्र्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हुनेछ । तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरुको निःशुल्क उपचार र विस्थापितहरुलाई पुनस्र्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि संभावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गर्दछु । राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने जुन पीडादायी अवस्था देखियो, यसले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि गर्दछ ।  अहिले पनि विभिन्न स्थानमा मुख्य राजमार्गसहित सडक, सञ्चार र विद्युतका पूर्वाधार क्षतिग्रस्त अवस्थामा छन् । नेपालीहरुका मुख्य पर्व दशैं तिहार नजिकिएकाले युद्धस्तरमा पुनर्निर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । हाम्रो पार्टीका सम्बन्धित क्षेत्रमा रहनुभएका सबै नेता कार्यकर्ता साथीहरु उद्धार र पुनस्र्थापनाको काममा लागिरहनुभएको छ । उहाँहरु सबैलाई धन्यवाद दिंदै बेपत्ता नगारिकको खोजी, बिस्थापितहरुको पुनस्र्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण लगायतका कार्यमा निरन्तर लाग्न पुनः निर्देशित गर्दछु ।  

कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचिसहित)

काठमाडौं । वर्षासँगै आएको बाढी पहिरोका कारण विभिन्न राजमार्गहरू अझै अवरुद्ध छन् । साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ। नेपाल प्रहरीले सार्वजनिक सूची अनुसार पृथ्वी राजमार्ग, सिस्नेरी सडकखण्ड, मध्य पहाडी लोकमार्गलगायत पूर्ण रूपमा अवरुद्ध छ ।

लोकप्रिय